भर्खरै :

सोभियत–क्युवा मैत्री सम्बन्ध

क्युवाली नेता फिडेलको स्वागतमा मस्कोमा आयोजित विशाल समारोह
महान अक्टोबर सोभियत समाजवादी क्रान्तिको सफलतापछि नवोदित समाजवादी व्यवस्थाले धेरै समस्या झेल्नुपरेको थियो । भोकमरी र गृहयुद्ध नै सबभन्दा ठूला समस्या थिए ।
सन् १९२२ सम्ममा गृहयुद्ध समाप्त भयो र समाजवादी क्रान्तिको ठूलो विजयले सफलता पायो । तर, सोभियत सरकारसामु आर्थिक समस्या तडकारोरूपमा प्रस्तुत भयो । देशको जल्दोबल्दो समस्या समाधान गर्न अक्टोबर क्रान्तिका महान् नेता भ्लादिमिर इलिच लेनिनले दुई वटा नीति प्रतिपादन गर्नुभयो । प्रथमतः देशमा सिर्जना भएको खाद्यान्नको अभाव हटाउन उहाँले नयाँ आर्थिक नीति लागु गर्नुभयो । जसले सर्वसाधारण जनतालाई आफ्नो घडेरी, खेतबारीमा फलफुल, तरकारी र दूधजन्य तथा माछा–मासुको निजी उत्पादन गर्न र स्थानीय बजारमा व्यवस्थितरूपमा बिक्री वितरण गर्नसक्ने अधिकार दिइयो र यो व्यवस्था सन् २००० सम्म (जब अन्तिमपटक रुसको भ्रमणमा म गएको थिएँ) कायम नै भएको पाएँ । हुन त सन् १९९१ मा नै सोभियत सङ्घको विधिवतरूपमा विघटन भइसकेको थियो ।
निजी तरकारी बजार र निजी उत्पादन गर्न दिने सरकारी नीति कतिको जायज थियो–एक समाजवादी देशमा भन्ने प्रश्न आफ्नो ठाउँमा छ नै । तापनि त्यस्ता निजी व्यवसायिक बजारमा बेच्ने र किन्ने सर्वसाधारण जनताको घुइँचो लागेको देखिन्थ्यो । त्यहाँ राम्रा–राम्रा गुणस्तरका खाद्य सामग्री उपलब्ध हुन्थे अन्य सरकारी तरकारी सागसब्जी बजारमा भन्दा पनि । तर, बजार भाउ धेरै महँगो हुन्थ्यो त्यस्ता बजारमा । सीमित आम्दानी हुने व्यक्तिहरू त्यस्तो बजारहरूमा जान सक्ने अवस्था हुँदैनथ्यो । म सन् १९७४ तिर नयाँ वर्षको दिन अलिकति राम्रो मीठो खानुप¥यो भनेर एक स्थानीय निजी बजारमा गएँ र माछा–मासु तथा केही चीज र सागसब्जी किनेर ल्याएँ । किनमेलमा मेरो पच्चीस रुबल खर्च भयो । बिहान र दिउँसो खाना खाइसकेपछि बेलुकीलाई खान पुगेन । २५ रुबल एक दिनको खानामा जानु भनेको हामी विद्यार्थीले धान्न सक्ने खर्च थिएन । मेरी श्रीमतीले खान–बस्नको लागि महिनामा मात्र ३५ रुबल पाउँथिन् ।

७० वर्षको सोभियत समाजवादी देशमा र सोभियत जनतामा निराशा र असन्तुष्टि पैदा हुनुमा यो पनि एक कारक तत्व थियो । यसले पनि शनैः शनैः सोभियत समाजवादलाई बिसर्जनको बाटोमा लगेको अनुभव मैले गरेँ । पहिले भनेझैँ सन् १९६० मा सोभियत सङ्घको भ्रमणमा आएका क्युवाका उद्योगमन्त्री चे ग्वेभाराले पनि आलोचना गरेका थिए– यसप्रकारको अन्यौलग्रस्त सोभियत अर्थ व्यवस्थाको । सोभियत ब्लकका पूर्वी समाजवादी देशहरूले सोभियत अर्थव्यवस्थाको अनुकरण गरे पनि क्युवा यस व्यवस्थाअन्तर्गत जान मानेन । यद्यपि फिडेल क्यास्ट्रोले द्वितीय विश्व युद्धपछि सन् १९६१ मा क्युवा एक समाजवादी देश हुने घोषणा गरेका थिए ।

सोभियत सङ्घजस्तो समाजवादी देशमा यस प्रकारका दुई अर्थव्यवस्था हुनु ठीक थिएन । जुन कुरा निजी बजारमा पाइन्थ्यो । ती कुरा सरकारी बजारमा पनि पाउनुपथ्र्यो । त्यस्तै प्रकारको गुणस्तरीय खाद्यवस्तु उपलब्ध हुनुपथ्र्यो – सरकारी बिक्री स्थलहरूमा । तर, व्यवहारमा त्यो लागू हुन सकेन । ७० वर्षको सोभियत समाजवादी देशमा र सोभियत जनतामा निराशा र असन्तुष्टि पैदा हुनुमा यो पनि एक कारक तत्व थियो । यसले पनि शनैः शनैः सोभियत समाजवादलाई बिसर्जनको बाटोमा लगेको अनुभव मैले गरेँ । पहिले भनेझैँ सन् १९६० मा सोभियत सङ्घको भ्रमणमा आएका क्युवाका उद्योगमन्त्री चे ग्वेभाराले पनि आलोचना गरेका थिए– यसप्रकारको अन्यौलग्रस्त सोभियत अर्थ व्यवस्थाको । सोभियत ब्लकका पूर्वी समाजवादी देशहरूले सोभियत अर्थव्यवस्थाको अनुकरण गरे पनि क्युवा यस व्यवस्थाअन्तर्गत जान मानेन । यद्यपि फिडेल क्यास्ट्रोले द्वितीय विश्व युद्धपछि सन् १९६१ मा क्युवा एक समाजवादी देश हुने घोषणा गरेका थिए ।
सन् १९५९ मा प्रतिक्रियावादी अमेरिकी साम्राज्यवादको पृष्ठपोषक वाटिस्ताको सरकारविरुद्ध क्रान्ति गरेर सत्तामा आएका फिडेल क्यास्ट्रोले आफ्नो देशलाई समाजवादको बाटोमा लाने अठोट गरेपछि सोभियत सङ्घले क्युवासँग सम्बन्ध गाँस्ने सोचेको थियो । यद्यपि, तत्कालीन सोभियत नेता ख्रुश्चेभ र सोभियत कम्युनिस्ट पार्टीलाई फिडेल क्यास्ट्रो वास्तवमा को हुन् र के हुन् भन्ने निश्चय थिएन । सोभियत नेताहरूको नजरमा फिडेल क्यास्ट्रो एक पुँजीवादी पृष्ठभूमिका अमेरिकी सर्मथक सी.आई.ए. (अमेरिकी गुप्तचर विभाग) का एजेन्ट थिए ।
तर, सन् १९६० मा क्युवाली नेता फिडेल क्यास्ट्रोलाई अमेरिकाका संयुक्त राष्ट्र सङ्घको साधारणसभामा भाग लिन जाँदा वाशिङ्गटनमा अमेरिकी राष्ट्रपति आइजेनआवरसँग भेट नदिइकन अपमानपूर्वक फर्काएको देख्दा सोभियत राष्ट्रपति निकिता ख्रुश्चेभले आफ्ना डेपुटी आनास्टास मिकोयानलाई क्युवाको भ्रमणमा पठाए–क्यास्ट्रोको वास्तविक अभियान बुझ्न । क्युवा भ्रमणबाट फर्केलगत्तै मिकोयानले ख्रुश्चेभलाई क्युवासँग नजिक भएर क्युवालाई आर्थिक तथा राजनीतिक सहयोग गर्ने सल्लाह दिए । यद्यपि, त्यसबेला सैनिक सहयोगबारे कुनै निर्णय भने लिइएको थिएन ।
यस आर्थिक सहयोगअन्तर्गत सोभियत सङ्घले क्युवाको चिनी किनिदिने र त्यसको बदला क्युवालाई आवश्यक इन्धन आपूर्ति गर्ने सम्झौता गरियो । यहीँबाट सोभियत सङ्घ र क्युवाबीचको मैत्री सम्बन्ध सुरु भएको मान्न सकिन्छ । यद्यपि सन् १९२५ मा नै क्युवामा कम्युनिस्ट पार्टीको स्थापना भएको थियो–सन् १९१७ मा रुसमा भएको महान अक्टोवर क्रान्तिको सफल क्रान्तिपछि । महान अक्टोबर क्रान्तिपछि विश्वका विभिन्न देशहरूमा उपनिवेशवादविरुद्ध सशस्त्र सङ्घर्ष भएजस्तै क्युवामा पनि विभिन्न चरणमा जनआन्दोलन र आमहड्ताल हुँदै स्पानियाली उपनिवेशवाद र अमेरिकी साम्राज्यवादसमर्थक शासकहरूविरुद्ध सङ्घर्ष हुँदै गए । सन् १९२५ मा क्युवामा सर्वप्रथम कम्युनिस्ट पार्टीको गठन भयो । पछि सन् १९४४ मा राष्ट्रिय समाजवादी पार्टी (नेसनल–सोसलिस्ट) पार्टीमा नामकरण गरियो । क्युवामा कम्युनिस्ट पार्टी गठन गर्नमा क्युवाली नेता हुलियो आन्तनिओ मेलियाको अग्रणी भूमिका थियो । सो पार्टीले साम्राज्यवादी अमेरिकी समर्थित माछ्याडोको निरङ्कुश शासनविरुद्ध ठूलो सङ्घर्ष ग¥यो–सन् १९२५ देखि १९३३ सम्म ।
सन् १९२९ देखि १९३३ सम्म विश्वमा ठूलो आर्थिक सङ्कट भएको थियो । आर्थिक सङ्कटले क्युवाली अर्थतन्त्रलाई ठूलो आघात पु¥यायो जुन अर्थतन्त्र त्यसबेला मुख्यतया अमेरिकी पुँजीमा आधारित थियो । आर्थिक सङ्कटको चपेटामा परेर लाखौँ–लाख (पाँच लाख जति) क्युवाली जनताले आफ्नो रोजगारी गुमाउनु परेको थियो भने क्युवाको आर्थिक व्यापार चार गुणाले घटेको थियो ।
त्यस्तो सड्ढटकालीन अवस्थामा कम्युनिस्ट पार्टीको नेतृत्वमा क्युवाली जनताले साम्राज्यवादी समर्थक सरकारविरुद्ध ठूलठूला आन्दोलनहरू गरे । ठाउँ–ठाउँमा सशस्त्र गुरिल्ला युद्धहरू पनि भए । साथसाथै अश्वेत नेताहरूको नेतृत्वमा किसान आन्दोलनले पनि चर्काे रूप लिन थाल्यो । अफ्रिकी मूलका अश्वेत कामदारहरू अफ्रिकी महादेशबाट क्युवामा ल्याइएका थिए दासको रूपमा । कोलम्बसले क्युवा पत्ता लगाएर त्यहाँ स्पेनलगायत बेलायत र जर्मनीले पनि आधिपत्य जमाएपछि । क्युवामा अत्यधिकरूपमा उखु उत्पादन हुन्छ । आज पनि क्युवाको मूल आर्थिक स्रोत उखुबाट उत्पादन हुने चिनी र सुर्तिबाट बनाइने सिगार हो । क्युवाको ‘हवाना’ ब्रान्डको सिगार विश्व प्रसिद्ध छ । बेलायतका तत्कालीन प्रधानमन्त्रीको हातमा जहिले पनि क्युवाको सिगार देख्न सकिन्थ्यो । क्युवाका महान क्रान्तिकारी नेता फिडेल क्यास्ट्रो पनि सिगारप्रेमी थिए । तर, विश्व स्वास्थ्य सङ्गठनको अनुरोधमा उनले क्युवाली जनस्वास्थ्यलाई ध्यानमा राखेर आफूले कहिल्यै पनि सिगार नतान्ने प्रतिबद्धमा जनाए । यस सत्कर्मको लागि फिडेलले विश्व स्वास्थ्य सङ्गठनबाट ठूलो सम्मान पाए र आजीवन उनले आफ्नो प्रतिबद्धताअनुरूप सिगार पिउन छाडे । यद्यपि आजसम्म क्युवाको अर्थतन्त्र क्युवाली सिगारले धानेको छ ।
एक दिन अमेरिकाको एक चुरोट र सुर्तिजन्य पदार्थ सम्बन्धित पत्रिका ‘त्यदबअय’ का पत्रकारले फिडेल क्यास्ट्रोसँग अन्तर्वार्ता लिने अवसर पाएका थिए । फिडेल क्यास्ट्रोले विदेशी पत्रकारहरूलाई बिरलै अन्तर्वार्ता दिने गर्थे । तर, उक्त ‘टोबाको’ पत्रिकाका पत्रकारले सो अवसर पाए र अन्तर्वार्ताको क्रममा ‘यदि जिम्मी कार्टरसँग भेट्ने अवसर पाए र कार्टरसँग बसेर सिगार तान्ने अवसर मिले तपाईँ सिगार पिउनु हुन्छ कि ?’ भन्ने प्रश्नमा फिडेल क्यास्ट्रोले भने, “विश्व स्वास्थ्य सङ्गठनसँग सोध्नुपर्छ ।”
सन् १९६१ मा ‘बे अफ पीग इन्भेन्सन’ को असफल प्रयासपछि क्युवा संयुक्त राज्य अमेरिका र सोभियत सङ्घबीचको सम्बन्धमा एउटा नयाँ मोड सिर्जना भयो ।
बे अफ पीग इन्भेसन
सन् १९६१ मा फिडेल क्यास्ट्रोको नेतृत्वमा क्युवामा भएको क्रान्तिका विरोधी पक्षधरहरू (जो क्युवाबाट पलायन भएका थिए) अमेरिकी सरकारको आड–भरोसामा क्युवाका दक्षिण–पश्चिम भागमा अवस्थित ‘बे अफ पीग’ नामको खाडीमा एक असफल सैनिक आक्रमण गर्ने चेष्टा भएको थियो । तर, त्यो आक्रमणलाई फिडेल क्याष्ट्रोले पराजित गर र यसले उनको छवि एक राष्ट्रिय हिरोको रूपमा उदय भयो । यसलाई अमेरिकाको वैदेशिक नीतिको असफलताको रूपमा लिइयो । यस घटनाले क्युवालाई सोभियत सङ्घ नजिक ल्याउनुको साथै सन् १९६२ को विश्वविख्यात क्युवा मिसाइल सङ्कट (क्युवा मिसाइल क्राइसिस) निम्त्याउन भूमिका खेल्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *