भर्खरै :

संरा अमेरिकी निर्वाचनमा भारतीय–अमेरिकी मतदाता

संरा अमेरिकी राष्ट्रपति चुनावबारे प्रमुख चर्चाभन्दा पर एउटा कमैले ध्यान दिने विषयले भारत र अमेरिकी चुनावी रणनीतिज्ञ दुवैलाई आकर्षित गरिरहेको छ । संरा अमेरिकामा भारतीय–अमेरिकी समुदायको मत भनेको मुस्किलले १ प्रतिशतमात्र छ । तथापि, संरा अमेरिकामा यो समुदायको बढ्दो प्रभावले संसारकै सबभन्दा जेठो प्रजातन्त्रलाई संसारकै सबभन्दा ठूलो प्रजातन्त्रलाई उपेक्षा गर्न असम्भव बनाएको छ ।
भारतीय–अमेरिकी समुदाय संरा अमेरिकामा दोस्रो ठूलो आप्रवासी समुदायमात्र होइन, सबभन्दा तीव्रगतिमा बढिरहेको समुदाय पनि हो । बितेको दसकमा संरा अमेरिकामा भारतीय–अमेरिकी समुदायको आकार झन्डै १५० प्रतिशतले बढेको छ । अन्य अरू आदिवासी समूहभन्दा भारतीय–अमेरिकीहरू बढी प्रभावशाली र धेरै पढेलेखेका छन् । भारतीय–अमेरिकी नागरिकको मध्यम आय संरा अमेरिकाको औसत राष्ट्रिय आयभन्दा दोब्बरले बढी छ । (सन् २०१५ मा भारतीय–अमेरिकी नागरिकको मध्यम आय १ लाख अमेरिकी डलर छ ।) मतदाता, अभियन्ता, चन्दादाता र उम्मेदवारको रूपमा यो समुदायका मानिसहरू राजनीतिक ढङ्गले उल्लेखनीयरूपमा सक्रिय छन् । भारतीय–अमेरिकी समुदायबाट बितेका दुई दसकमा दुई जना राज्य गभर्नर, एक जना सिनेटर, पाँच जना प्रतिनिधिसभा सदस्य र अहिलेको निर्वाचनमा उपराष्ट्रपति पदका एक जना उम्मेदवार भारतीय मूलका छन् ।
दुई प्रमुख दलले भारतीय–अमेरिकी समुदायलाई आफूतिर तान्न सक्रियतापूर्वक काम गरिरहेकोमा कुनै आश्चर्य छैन । तर, यो समुदायका अधिकांश जनता टेक्सास, मिचिगन र पेन्साल्भानियाजस्ता कुनै एउटा दलले मात्र चुनाव नजित्ने अनिश्चित राज्यहरूमा बस्छन् । राष्ट्रपति पदका दुवै उम्मेदवारहरूले संरा अमेरिकाका प्रमुख भारतीय टेलिभिजन प्रसारण सञ्जालमा भारतका विभिन्न भाषामा विज्ञापन प्रसारण गरेका छन् । भारतीय–अमेरिकी मतदातालाई खुसी बनाउन जो बाइडेनले हिन्दी चाड गणेश चतुर्थीसमेत मनाएका थिए ।
डेमोक्रेटिक दलको तर्फबाट बाइडेनको प्यानलमा उपराष्ट्रपति पदका उम्मेदवार क्यालिफोर्नियाकी संरा अमेरिकी सिनेटर कमला ह्यारिस आफ्नो मूल जराको खुलारूपमा फाइदा उठाएकी छिन् । गएको अगस्ट महिनामा उपराष्ट्रपति पदको उम्मेदवारी स्वीकार्ने क्रममा दिएकी भाषणमा उनले आफ्ना भारतीय काकीको चर्चा गर्ने क्रममा तालिम शब्दको प्रयोग गरेर भारतीय–अमेरिकी समुदायको मन जितेकी छिन् । उनले आफ्नो भारतीय मूलबारे लामो समय चर्चा गर्ने गरेकी छिन् । साथै उनी आफ्ना हजुरबुबालाई भेट्न गई कुराकानी गर्दै चेन्नाईको समुद्री किनारामा पैदल यात्रा गरेकी थिइन् । भारतीय–अमेरिकी लोकप्रिय व्यक्तिहरू (सेलिब्रिटी) बाइडेन–ह्यारिसलाई उम्मेदवार बनाउन उत्साहपूर्वक अभियानमा लागेका थिए । सेप्टेम्बर महिनामा भारतीय–अमेरिकी समुदायबाट ३३ लाख अमेरिकी डलर चन्दा उठाएर एक जना चन्दा सङ्कलनकर्ताले रेकर्ड नै राखेका थिए ।
डेमोक्रेटिक दलको तर्फबाट भारतीय मूलकी कमला ह्यारिस उम्मेदवार बनेपछि प्रतिक्रियामा संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको साथ लिएका थिए । मोदीले ट्रम्पको पहिलो कार्यकालमा खुलेर प्रशंसा गरेका थिए । अल्पसङ्ख्यक समुदायमाथि गहिरो सन्देह र मुसलमानविरुद्ध खुलमखुला पूर्वाग्रह पाल्ने दुवै जना दक्षिणपन्थी लोकप्रियवादी हुनुको कारण ट्रम्प र मोदीबीच आपसमा निकटको सम्बन्ध विकास गरेका थिए । टेक्सासमा आयोजित ‘हाउडी, मोदी !’ र मोदीको गृहप्रान्त गुजरातमा आयोजित ‘नमस्ते ट्रम्प’ नामका कार्यक्रमहरूमा उनीहरू दुवै चुनावी शैलीको संयुक्त प्रदर्शनीमा सँगै सहभागी बनेका थिए ।

भारतीय–अमेरिकी समुदाय पहिलेदेखि नै डेमोक्रेटिक पक्षधरहरू थिए । यसपालिको निर्वाचनअघि यस्ता गतिविधिलाई भारतीय–अमेरिकीहरूको समर्थन आफूतिर तान्न रिपब्लिकहरूको प्रयासको रूपमा पर्यवेक्षकहरूले विश्लेषण गरे । बितेका आठ वर्षअघि देखि पक्कै पनि उनीहरू पुरानै पक्षधरमा छन् । बाराक ओबामालाई पुनः निर्वाचित गर्न ८४ प्रतिशत भारतीय–अमेरिकीहरूले उनको पक्षमा मतदान गरेका थिए । युगोभको पछिल्लो मत सर्वेक्षणले पनि ७२ प्रतिशत भारतीय–अमेरिकीहरू बाइडेनको समर्थनमा रहेको देखाएको छ । त्यस्तै अर्को एक सर्वेक्षणले निष्कर्ष निकालेको छ,“भारतीय–अमेरिकीहरू गहिरोसँग डेमोक्रेटिक पार्टीसँग आबद्ध हुने क्रम चालू छ । निकै थोरै सङ्ख्याले भने रिपब्लिकन पार्टीतर्फ झुकाव राखेका छन् ।”

रिपब्लिकनहरूले ‘भारतीयको मत ट्रम्पलाई’ नामको प्रचार सङ्गठन नै बनाएको छ । साथै हिन्दू, शिख र मुसलमान भारतीय–अमेरिकी मतदातालाई लक्षित गरी अलग अलग विभिन्न उपसमूहरू बनाएको छ । ट्रम्पका पक्षधरहरूले हालै ह्वाइट हाउसमा विरलैमात्र हुने नागरिकताको सपथग्रहण समारोहमा सारी लगाएकी एक जना भारतमा जन्मेकी सफ्टवेयर इन्जिनियरलाई ट्रम्पको हातबाट नागरिकता प्रमाणपत्र दिन लगाए ।
भारतीय–अमेरिकी समुदाय पहिलेदेखि नै डेमोक्रेटिक पक्षधरहरू थिए । यसपालिको निर्वाचनअघि यस्ता गतिविधिलाई भारतीय–अमेरिकीहरूको समर्थन आफूतिर तान्न रिपब्लिकहरूको प्रयासको रूपमा पर्यवेक्षकहरूले विश्लेषण गरे । बितेका आठ वर्षअघि देखि पक्कै पनि उनीहरू पुरानै पक्षधरमा छन् । बाराक ओबामालाई पुनः निर्वाचित गर्न ८४ प्रतिशत भारतीय–अमेरिकीहरूले उनको पक्षमा मतदान गरेका थिए । युगोभको पछिल्लो मत सर्वेक्षणले पनि ७२ प्रतिशत भारतीय–अमेरिकीहरू बाइडेनको समर्थनमा रहेको देखाएको छ । त्यस्तै अर्को एक सर्वेक्षणले निष्कर्ष निकालेको छ,“भारतीय–अमेरिकीहरू गहिरोसँग डेमोक्रेटिक पार्टीसँग आबद्ध हुने क्रम चालू छ । निकै थोरै सङ्ख्याले भने रिपब्लिकन पार्टीतर्पm झुकाव राखेका छन् ।” दोस्रो कार्यकालको लागि भएको निर्वाचनको क्रममा भएको बहसमा ट्रम्पले भारतको हावा ‘गन्हाउने’ भनेका थिए । तत्कालै बाइडेनले साथीलाई त्यसरी होच्याउन नहुने भनेका थिए ।
तथापि भारतीय–अमेरिकी समुदायभित्र पनि विभिन्न कमी कमजोरी बढ्दो छ । भारतीय डायस्पोराको सामूहिक प्रभाव भए पनि आपसमा विचारधारा, धर्म, उमेर, आप्रवासनको इतिहास र जातको आधारमा पनि गहिरो विभाजन छ । भारतीय–अमेरिकी समुदायबीच गहिरो धु्रवीकरण ल्याउने व्यक्ति त नरेन्द्र मोदी नै हुन् । जसले मोदीको समर्थन गर्छन्, उनीहरू हुरुक्कै भएर त्यसो गर्छन् । कास्मिर, पाकिस्तान र हिन्दुत्व (हिन्दू राष्ट्रवादी) विचारधारको पक्षधरता जस्ता मोदीका निकै जटिल अडानलाई पनि उनीहरू समर्थन गर्छन् । मोदी सरकारको विवादास्पद नागरिकता संशोधन ऐन र मस्जिद भत्काएर राम मन्दिर शिलान्यास गरेको सभामा उनको सहभागिताजस्ता कदमको पनि उनीहरू प्रशंसा गर्छन् ।
तर, उदारपन्थी भारतीय–अमेरिकीहरू पनि मोदीको त्यत्ति नै सघन विरोध गर्छन् । मोदीका पक्षधरहरूले उनको अमेरिका भ्रमणमा खुसियाली मनाइरहेको बेला उनीहरू बाहिर विरोध जुलुस गरिरहेका हुन्छन् । मोदीको मानव अधिकारसम्बन्धी रेकर्डलाई लिएर उनीहरू नाराबाजी गर्छन् । केही भारतीय–अमेरिकी मतदाताहरूबीच मोदीको लोकप्रियता बढ्नुको कारण ट्रम्पसँग उनको निकटता पनि हो । तर, डेमोक्रेटिकलाई समर्थन गर्नेको तुलनामा यस्तो भारतीय–अमेरिकीको सङ्ख्या निकै कम छ ।
तर, दुवै खेमामा उभिएका आ–आफ्नै नकारात्मक पक्ष पनि छन् । भारतीय प्राविधिक जनशक्तिलाई असाध्यै चोट पु¥याएको ए–१ बी भीसामाथि कडा निषेध गर्नेलगायत ट्रम्पको कडा आप्रवासन सोचाइ र नीतिले भारतीय–अमेरिकी समुदायलाई उनको पक्षमा उभिन दिएको छैन । तर, डेमोक्रेटिक दलका नेताहरूबाट भएको मोदीको कडा आलोचनाले डेमोक्रेटिक दललाई कतिको क्षति वा फाइदा पुग्नेछ, त्यो भने हेर्न बाँकी नै छ । वाशिङ्टनका प्रतिनिधि प्रमिला जयपाल र क्यालिफोर्नियाका रो खन्नाले ह्यारिसकै कुरामा होमा हो मिलाउँदै कास्मिरमाथि मोदी सरकारको निर्णयको भत्र्सना गरेका थिए ।
यदि बाइडेनले जिते सरकारमा ह्यारिसको उपस्थितिले भारतलाई बिर्सन त पर जाओस्, उपेक्षा गर्न पनि सक्नेछैन । तर, अमेरिकी सरकारले दुई तरिकाबाट भारतलाई हेर्नेछ । प्रजातन्त्र र मानव अधिकारको पक्षमा बलियो आवाज उठाउनु ह्यारिसको कर्तव्य हुनेछ । त्यसले उनलाई मोदी सरकारले असहजरूपमा लिनसक्नेछ । कोही राजनीतिक नेताको अर्को देशसँग विशेष सम्बन्ध हुन्छ तब उनीहरूले भावनात्मक र सिद्धान्तनिष्ठ नीति अङ्गीकार गर्ने गर्छ । तर, त्यस्तो नीति सधैँ देशभित्र स्वागतयोग्य हुने गर्दैन । मोदी र उनका साझेदारहरूको सन्दर्भमा पनि त्यस्तै हुने पक्का छ ।
मोदीका भारतीय–अमेरिकी समर्थकहरू ट्रम्पले पुनः चुनाव जिते ‘भारतको लागि लाभदायी हुने’ सोच्छन् । तर, मोदी र उनको हिन्दुत्वको मुद्दामा निःशर्त समर्थन र विशेषतः दक्षिण एसिया क्षेत्रमा चीनको उपस्थिति रोक्न सुरक्षा सहकार्यको सघनताबीच ट्रम्प सरकार भारतप्रति सधैँ सहयोगी भने रहेन । भन्सार र आप्रवासनमा कडाइदेखि जलवायु राजनीतिसम्म बितेका चार वर्षमा संरा अमेरिकी नीतिले नयाँ दिल्लीलाई घोचिरह्यो ।
ट्रम्पलाई मन नपराउने भारतीय–अमेरिकीहरूले डेमोक्रेटिक सरकार त्यत्ति साह«ो खराब हुने तर्क गर्नसक्छन् । मोदीसँग ट्रम्पको निकटताले भारतीय–अमेरिकी समुदायमा मोदीका विरोधीहरूको मतलाई प्रभावित बनाउनेछ ।
हालै एक जना पत्रकारले भारतीय–अमेरिकीहरूले उनको पक्षमा मत दिने–नदिनेबारे धारणा सोध्दा ट्रम्पले पूर्ण विश्वासका साथ उत्तर दिए, “मलाई विश्वास छ ।” उनी कति सही छन्, हामी पक्कै हेर्नेछौँ ।
स्रोतः प्रोजेक्ट सिन्डिकेट
नेपाली अनुवादः सुमन

Leave a Reply

Your email address will not be published. Required fields are marked *