भर्खरै :

नरवणे–विस्तारवादी सोचका बाहक

भारतका प्रधानसेनापति मनोजमुकुन्द नरवणे नेपाल सेनाको ‘मानार्थ सेनापति’ को दज्र्यानी ग्रहण गर्न बुधबार काठमाडौँ आएका छन् । नेपाल सेनाले उनी शुक्रबार स्वदेश फिर्ता हुने बताएको छ । नरवणेको नाम नेपाली जनताको लागि नौलो होइन । भारतको रक्षा मन्त्रालयअन्तर्गत सशस्त्र सीमा सुरक्षा बलले लिपुलेक क्षेत्रमा नेपाली भूमिमा सडक बनाएपछि नेपाली जनताले एकस्वरमा त्यस्तो मिचाहा कदमको विरोध गरे । ऐतिहासिक तथ्य–तथ्याङ्कले सुदूरपश्चिम नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र नेपालको भूभाग स्पष्ट पार्छ । तथापि भारतले सो क्षेत्रमा पञ्चायतकालदेखि आफ्नो सशस्त्र सेनामात्र तैनाथ गरेको छैन, बरु पछिल्लो समय नेपाललाई बिनाजानकारी एकलौटी सडक निर्माण गरिरहेको छ ।

नेपाली जनताको यस्तो विरोधलाई भारतका सेनापति नरवणेले भने ‘अरू देशको उक्साहटमा भएको विरोध’ भनी नेपाली जनताको भावनाको अपमान र न्यूनाङ्कन गरे । स्पष्टतः उनले चीनको उक्साहटमा नेपाली जनताले लिपुलेकमा भारतीय भूमि अतिक्रमणको विरोध गरेको भनेका थिए । उनको यो शतप्रतिशत गलत बुझाइ थियो । आफ्नो भूमिमाथि अतिक्रमण हुँदा विरोध गर्न कुनै पनि जिउँदो मानिस बस्ने देशलाई कसैले सिकाउनुपर्दैन । नेपाली जनताले कुनै देशको इसारामा त्यस्तो विरोध गरेका थिएनन् । नेपालका शासक वर्गले सत्ता र आफ्ना निजी स्वार्थ फत्ते गर्न देशको सार्वभौमिकता, भूमि र इज्जतमा सम्झौता गरेका उदाहरण छन् । आगामी दिनमा पनि त्यस्ता सम्झौता हुन सक्छन् ।

आफ्नो देशको भूमिमाथि भारतबाट भएको यस्तो अतिक्रमणको विरोधमा नेपाली जनता एकजुट हुनु कुनै नौलो कुरा होइन । क्रिकेट खेलमा कुनै देशसँग प्रतिस्पर्धामात्र भए पनि भारतीय जनता एक ठाउँमा उभिएर भारतीय टोलीको समर्थन गर्छन् भने नेपालीले आफ्नो भूमि भारतले मिच्दा आक्रोशित हुन आवश्यक र अपरिहार्य थियो । आफ्नो भूमिमाथि भारतले हस्तक्षेप गर्दा पनि मुखमा दही जमाएर बसे नेपालीहरू जिउँदा लास समान हुने थिए । देशभक्तिपूर्ण आन्दोलनको लामो इतिहास भएको नेपालमा जनता लिपुलेक क्षेत्रमा भारतीय भूमि अतिक्रमणको खरो विरोधमा उत्रे ।
नेपाली जनताको यस्तो विरोधलाई भारतका सेनापति नरवणेले भने ‘अरू देशको उक्साहटमा भएको विरोध’ भनी नेपाली जनताको भावनाको अपमान र न्यूनाङ्कन गरे । स्पष्टतः उनले चीनको उक्साहटमा नेपाली जनताले लिपुलेकमा भारतीय भूमि अतिक्रमणको विरोध गरेको भनेका थिए । उनको यो शतप्रतिशत गलत बुझाइ थियो । आफ्नो भूमिमाथि अतिक्रमण हुँदा विरोध गर्न कुनै पनि जिउँदो मानिस बस्ने देशलाई कसैले सिकाउनुपर्दैन । नेपाली जनताले कुनै देशको इसारामा त्यस्तो विरोध गरेका थिएनन् । नेपालका शासक वर्गले सत्ता र आफ्ना निजी स्वार्थ फत्ते गर्न देशको सार्वभौमिकता, भूमि र इज्जतमा सम्झौता गरेका उदाहरण छन् । आगामी दिनमा पनि त्यस्ता सम्झौता हुन सक्छन् । तर, देशभक्त नेपाली जनताले देश हितको सधैँ पहरेदारी गर्दै आएका छन् । नरवणेले नेपाली जनताको भावना नबुझेको मात्र होइन, अपमानसमेत गरेका छन् । उनका अभिव्यक्तिले भारतीय शासक वर्गको दिमागमा अझै स्याउँस्याउँती सल्बलाइरहेका विस्तारवादको भाइरस प्रतिबिम्बित गर्छ । बेलायती उपनिवेशवादले भारतलाई छोडेर गएको ७५ वर्ष नाघिसकेको छ । भारतबाट बेलायतीहरू फर्के पनि उनीहरूले विस्तारवादी सोच भने भारतीय शासक वर्गलाई छोडेर गए । फलतः आज संसारकै ‘सबभन्दा ठूलो प्रजातन्त्र’ दाबी गर्ने भारतले आफ्नो वरपरका कुनै पनि देशसँग असल छिमेकीको व्यवहार र सम्बन्ध कायम गर्न सकेको छैन । साना, कमजोर र गरिब देश भनेर हेप्ने चिन्तन नै विस्तारवादी सोचको जग हो । यस्ता विस्तारवादी र मिचाहा चिन्तन बोक्ने भारतीय शासक वर्गभित्रका एक जना पात्र हुन्–नरवणे ।
अरू देशले भन्न लगाएर नेपालीले लिपुलेकमा भारतीय मिचाहा कार्यको विरोध गरेको भन्ने उनको अभिव्यक्तिभित्र भारतले अतिक्रमण गरेको भूमि भारतकै भएको भन्ने आशय पनि लुकेको छ । प्रधानसेनापतिजस्तो जिम्मेवार पदमा आसीन व्यक्तिबाट यस्तो गैरजिम्मेवार र छिमेकी देशका जनताको भावना लत्याउने खालको अभिव्यक्ति दिनु गैरजिम्मेवारी हो ।
त्यस्ता व्यक्ति नेपाल भ्रमणमा आएका छन् । उनलाई नेपाली जनताले कसरी आफ्नो माटोमा स्वागत गर्नसक्छन् र ¤ जसले नेपालको भूमि नै भारतको भएको झूट बोल्छ, त्यो व्यक्तिलाई नेपाली जनताले कसरी नेपाली सेनाको ‘मानार्थ सेनापति’ को दज्र्यानी दिनसक्छ ? उनको छातिमा तक्मा लागे पनि उनले नेपाली जनताको मनमा भने अपमानको टीका लगाइदिएका छन् । नेपाली जनताले यस्ता विस्तारवादी सोचका बाहकहरूलाई सधैँ घृणा गरिरहनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *