भर्खरै :

हिमाली महाभूल – २९, नाम्का चू खोलाको लडाइँ

(सन् १९६२ को चीन–भारत युद्धबारे चिनियाँ कैदमा परेका ब्रिगेडियर जेपी डाल्भीको प्रसिद्ध पुस्तक ‘हिमाली महाभूल’ (Himalayan Blunder) को सङ्क्षिप्त अध्ययन)
चुत्था गतिविधिहरू – १३/१९ अक्टोबर १९६२
यो अवधि पिरलो र अनिष्ट सूचक थियो । जालो थुनिँदै थियो । चिनियाँ तयारी तीव्रगतिमा चल्दै थियो । मारमाङसम्म सडक आइपुगेको थियो र त्यहाँबाट तिब्बती उम्दा खच्चरबाट आवतजावत भइरहेको थियो । चिनियाँहरूले मिहिनेत र विधिपूर्वक मोर्चा कस्दै थिए । कोरिया युद्धमा उनीहरूको यो कुशलता संसारले देखेको थियो । थागलामा नयाँ अफिसरहरू आइरहेका थिए । नयाँ हतियार र तोपहरू थपिँदै थिए । उनीहरूले थागलासम्म एउटा जीप पनि ल्याएका थिए । एक बुज्रुक अफिसरलाई खोलावारिबाट ठम्याउन सकिन्थ्यो । उनी जनरल पदका हुनसक्ने अनुमान थियो ।
नाम्का चू वारि ब्रिगेडियर डाल्भीले चिनियाँ निर्माण कार्य र गतिविधिहरूको निगरानी गर्न २५ वटा अवलोकन चौकी बनाएका थिए । तिनले चिनियाँहरूका हातहतियार पनि गन्न सक्थे । १९ अक्टोबरमा अस्थाई फड्केहरू परी १९७८ जना चिनियाँ जवान सेङजोङनजिक जम्मा भएको सूचना थियो । ढोलाबाट पठाइने विशेष रिपोर्टहरूमा यी कुरा उल्लेख हुन्थे । त्यसैले चासो दिनेलाई चिनियाँ तैनाथीको बारेमा थाहा थियो । नाम्का चूवारिका भारतीय अफिसरहरू आसन्न विनाशका मौन साक्षीमात्र थिए ।
भारतीय सेना हतियार, सङ्ख्या र मैदानका दृष्टिले कमजोर थिए र जस्तोसुकै मूल्य चुकाउनुपरे पनि खोलाका पुलहरूको ‘सुरक्षा’ गरिरहेका थिए । बञ्चरो, आरा, काट्ने हतियार र अन्य सैन्य सामग्रीको अभाव छँदाछँदै पनि भारतीय सैनिकहरू सक्दो तयारी गरिरहेका थिए । सैनिकहरू पुलहरूको पट्यारलाग्दो पहरा दिँदादिँदा आजित भइसकेका थिए । १९ अक्टोबरसम्म चारवटा ग¥हौँ बन्दुक र ४ वटा तोपहरू (४.२ इन्च मुखको) पठाइएको थियो । त्यसमध्ये २ वटा बन्दुक काम नलाग्ने गरी बिग्रेका थिए । २० अक्टोबरसम्ममा ४५० बमको बन्दोबस्त मिलाइयो । यी हतियारले धेरै टाढा प्रहार गर्नसक्दैनथे । चिनियाँहरूसँग त्योभन्दा पर मार हान्न सक्ने तोप थिए । खोलाको खोँचमा यी हतियार राख्ने उपयुक्त स्थान पनि थिएनन् । ती हतियार साङधरमा राख्नुपथ्र्यो । त्यसो गर्दा तिनको मार हान्ने दुरी घट्थ्यो । प्रभावकारी प्रहारको लागि मौसमको तथ्याङ्क पनि थिएन । १२ माइल लामो दुरीका लागि अघिल्लो पङ्क्तिमा अवलोकन गर्ने केवल दुई टोली थिए ।
स्वास्थ्य प्रबन्ध
नाम्का चूको दूनमा स्वास्थ्य सेवा फितलो थियो । सेप्टेम्बर २५ मा दुइटा स्वास्थ्य टोली तवाङबाट लुम्पुतिर लागेका थिए । पञ्जाब ९ बटालियनसँग स्वास्थ्य टोली थिएन । उसको एउटा स्वास्थ्य टोली दुई दिनको बाटोमा थियो । सेनाप्रमुखको आदेशअनुसार सेप्टेम्बर १७ गते हमला गरेको भए पञ्जाब ९ स्वास्थ्य टोलीबिना लडाइँमा जाने थियो । चीनलाई खेद्ने अनेक मितिमा स्वास्थ्य टोलीतिर ध्यान दिइएको थिएन । यो योजनानिर्माणको सिद्धान्तविपरीत र अत्यन्त निर्दयी कुरा थियो ।
तवाङदेखि लुम्पुको बाटोको बीचमा एउटा स्वास्थ्य टोली थियो । लुम्पुमा अर्को टोली थियो । अक्टोबर ६ मा एउटा स्वास्थ्य टोली साङधर पठाइएको थियो । यो टोलीको काम अति कष्टदायी थियो । यसले रसद, बर्दी, आवास र चिकित्सा सामग्रीको अभावमा १४,००० फिटको उचाइमा काम गर्नुपथ्र्यो । यो टोली ब्रिगेड ७ सँगै भोलिपल्ट साङधर पुगेको थियो । टोलीका कप्तान कोलीले दैनिक ३०÷४० जना गम्भीर बिरामीहरू जाँच्नुपथ्र्यो । तीमध्ये ८÷१० जना खतराको स्थितिमा हुन्थे । सबै बिरामीमा फोक्सोको समस्या थियो । न्यानो लुगा, बिछ्यौना र आवासको अभाव नै त्यसको मूल कारण थियो ।
बिरामीहरूलाई तत्काल स्थानान्तरण गर्न असम्भव थियो । दुई सीटको हेलिकप्टरमात्र उपलब्ध थियो । सामान्यता बिरामीलाई साङधरबाट जिमिथाङबाट र त्यहाँबाट तेजपुर लगिनुपथ्र्यो । एकजना बिरामीलाई आठजना सैनिकले स्ट्रेचरमा बोकेर साङधर पु¥याउनुपथ्र्यो । यसो गर्दा नाम्का चूको सैनिक सङ्ख्या घटाउँथ्यो । त्यसो त सैनिकहरू आफैँले साङधरमा खसेको आपूर्ति बटुलेर नाम्का चू पु¥याउनुपथ्र्यो । प्रतिरक्षा प्रणालीको तयारी, रातदिनको गस्ती र अवलोकन चौकीमा बस्नलाई सैनिक अपुग हुन्थ्यो । ब्रिगेडमाथि पराजयको दोष थोपर्नेहरूले यतातिर ध्यान दिँदैनन् ।
घाइते र बिरामीहरूलाई चिप्लो र भिरालो बाटोमा १०,५०० देखि १४,५०० फिट उचाइसम्म बोक्नुपथ्र्यो । जाँदाआउँदा ८ घण्टा लाग्थ्यो । स्ट्रेचर बोक्नेहरूको खुट्टा मर्किने, चिप्लिने वा थकानले थिलथिलो हुने हुन्थ्यो । तिनै सैनिकले फर्किने बेला आपूर्तिका सामान बोक्नुपथ्र्यो । नाम्का चूमा आएर उनीहरू नै पहरामा पनि बस्नुपथ्र्यो । बिरामी बोकिरहने वायुसेनाका विलियम्स खुब खटिन्थे । उनले दैनिक २३ बिरामी ओसार्थे । साँझको सबैभन्दा पछिल्लो खेपमा झमक्क रात परिसकेको हुन्थ्यो ।
लडाइँको मैदानबाट सबैभन्दा नजिकको स्वास्थ्य सेवामा एउटा सर्जिकल टोली थियो । सुरूमा त्यो टोली पञ्जाब ९ बटालियनका घाइतेहरूको उपचारका लागि लुम्पुमा थियो । जनरल कौल ढोला पुगेको दिन अक्टोबर ७ मा माथिल्ला स्वास्थ्य अधिकारीसँग सल्लाह नगरी त्यस टोलीलाई उनले पुल १ को मुखमा बस्ने आदेश दिए । त्यो स्थान चिनियाँहरूबाट झन्डै १०० मिटरको दुरीमा थियो । शत्रुको नजिकै स्वास्थ्य टोली राख्नु घातक थियो । चलायमान सर्जिकल टोलीले स्वतन्त्ररूपमा काम गर्न सक्दैन किनभने यसले धेरै स्वास्थ्य सेवा दिन सक्दैन । ९,००० फिटको उचाइमा स्वास्थ्य सेवा दिन अक्सिजन उपकरण हुनुपथ्र्यो । त्यस टोलीसँग त्यस्तो उपकरण थिएन । यसले बिरामीको स्थिति झन् जोखिममा पर्न जान्थ्यो । स्वास्थ्य टोलीको विषयमा जनरल कौलको निर्णयले उनले सो टोलीको सामान्य कार्यविधि मिचेका थिए र कुनै रक्तपातको अपेक्षा गरेका थिएनन् भन्ने स्पष्ट हुन्छ ।
अक्टोबर १० मा आदेशअनुरूप सर्जिकल टोली पुल १ मा पुग्यो । सेङजोङको लडाइँका घाइतेहरूको उपचार गर्ने अपेक्षा थियो । १८० पाउन्डको टेन्टबाट खोलानजिकै अपरेसन थियटर बनाइयो । लडाइँ नचर्किएकोले सर्जनले १० र ११ सेप्टेम्बरमा ९ जना घाइतेको उपचार गरे । १२ अक्टोबरमा सर्जन मेजर जयरामले आफ्ना विभाग प्रमुखलाई नाम्का चूको दुरवस्थामा काम गर्न नसक्ने बताए । विभाग प्रमुख मित्रा दृढ चरित्रका व्यक्ति थिए । उनले जनरल कौलको आदेशलाई उल्ट्याएर स्वास्थ्य टोलीलाई जिमिथाङ फर्काए । टोली अक्टोबर १६ मा जिमिथाङ पुगेको थियो ।
असङ्गत आपूर्ति
आपूर्ति प्रणाली सन्तोषप्रद थिएन । अक्टोबर ८ पछि साङधर मुख्य आपूर्ति मैदान बनेको थियो । डिभिजन हेडक्वाटरका एक मेजरले आपूर्ति सङ्कलन, भन्डारण र वितरणको जिम्मा लिएका थिए । उनलाई सघाउने कुनै युनिट थिएन । बाहिरबाट आएका व्यक्तिहरूलाई उनी काममा लगाउँथे । ती व्यक्ति पनि त्यहाँको कठोर मौसममा अभ्यस्त हुँदैनथे । खोला किनारका सैनिकहरूको जिम्मामा भरियाको काम पनि थियो । पछि तिनको स्थान सीमा सडक निर्माता टोलीले लियो ।
सैनिकहरूको आवश्यकताको लगत राख्ने कुनै निकाय थिएन । उनीहरूका आवश्यकताको प्राथमिकता हेरिन्नथ्यो । माग ठूला थिए किनभने कतिपय युनिट आफ्नो आधारभूत सामग्री नलिइकन थपिँदै थिए । प्रशासन यो हतारोसँग जोडिन सक्दैनथ्यो । सामान पठाउनेहरूले यी सामान चाहिएलान् भनी छनोट गरेका आधारमा सामग्रीहरूको आपूर्ति भइरहेको थियो । उनीहरू हातमा जे प¥यो त्यही पठाइरहेका थिए । कहिले उनीहरू कामै नलाग्ने ६ र १२ नम्बरका बुट पठाउँथे । धेरै दिनसम्म सैनिकहरू गोटीदार जुत्ता पाएका थिएनन् । त्यसको अभाव थियो । लेउ जमेका पहाडी बाटोमा गोटीदार जुत्ता नहुनु घातक हुनसक्थ्यो । यस्तो आधारभूत साधन उपलब्ध गराउन नसक्नेहरूले मुलुकमा विमान र ट्याङ्कहरू बनाउने हल्ला पिटिरहनु अपराध नै थियो । १६,००० फिट भञ्ज्याङहरूमा गोटी नभएका बुट लगाएर सैनिकहरूलाई हिँडाउने जनरलहरू दोषीमात्र होइन, निर्दयी र अमानवीय थिए ।
हाथुङला हुँदै डिभिजनदेखि ब्रिगेड ७ सम्म टेलिफोन तार बिछ्याइएको थियो । चिनियाँहरूको अघिल्लो पङ्क्ति सामुन्ने ७ माइलसम्म तार बिछ्याइएको थियो । यो सैन्य सिद्धान्तको खिलाफमा थियो । चिनियाँ आक्रमणभन्दा अगाडिका गन्थन गर्न त्यसले सघायो तर आक्रमणलगत्तै त्यसले काम गरेन । त्यो तार सजिलै काटियो । चिनियाँ आँखाअगाडि नै गरिएको यस्तो तयारी क्षीण सैन्य तयारीको भ्रममात्र थियो ।
सबै तयारी चिनियाँहरूको सामुन्ने भइरहेको थियो । त्यसैले अकस्मात् केही गर्न सकिन्नथ्यो । चिनियाँहरूलाई पनि सजिलै देख्न सकिन्थ्यो । यसले राम्रोभन्दा नराम्रो नै हुन्थ्यो । यसले सैन्य मनोबल खस्काउँथ्यो । उनीहरू प्रबल र तम्तयार थिए त्यसैले हाकाहाकी काम गर्थे । उनीहरूले भारतीय सैनिकलाई अगाडि बढ्न दिएका थिए जसले गर्दा उनीहरूले ‘आत्मरक्षामा प्रत्याक्रमण गर्ने’ बहाना पाएका थिए । भारतीय सैनिकले उनीहरूलाई ठूलो तयारीका लागि बाध्य गरेका थिएनन् तर उनीहरू आफ्नो अकाट्य अधिकारजस्तै खुला गतिविधि गरिरहेका थिए ¤ (भारतीय पक्षले एकचोटि आक्रमण गरिसकेको थियो र फेरि पनि आक्रमण गर्ने कोलम्बो यात्राको क्रममा प्रम नेहरूले बोलिसकेका थिए । त्यसैले चिनियाँहरू चनाखो हुनु स्वाभाविक थियो । सामान्य स्थितिमा समेत सीमामा यस्तै हुन्छ । जस्तो, नेपाल भारत सीमामा नेपाली पक्ष कमजोर छ भन्दैमा भारतीय पक्ष असावधान भई बस्दैन । भारतसँग नेपाल सरकारको हिमचिम हुँदैनथ्यो भने लिम्पियाधुरामा नेपाली सेनाले चिनियाँहरूले थागलामा गरेको तयारीजस्तै केही गर्ने थियो । डाल्भीको व्यङ्ग्य पूर्वाग्रही छ तर कालान्तरमा त्यहीँ व्यङ्ग्य भारततिर सोझिएको छ । उसले नेपाली भूभागमा ‘आफ्नो अकाट्य अधिकारजस्तै खुला गतिविधि गरिरहेको’ छ ।)
अक्टोबर १५ देखि १९ सम्म साङधरमा हवाई आपूर्ति तीव्र भयो । सामान हराउने क्रम पनि बढ्यो । ३० प्रतिशत सामानमात्र फेला पथ्र्यो । यसमा पाइलटको दोष थिएन । साङधरको आपूर्ति मैदान सानो थियो । कति सामान मैदानमा उफ्रेर चिप्लो भीरमा उछिटिँदै तल खस्थे । डाल्भीले सुरक्षा कार्यमा लगाउने सेनालाई भरियाको काममा नलगाउने कुरा राख्दा ‘सामान बोक नत्र मर’ भनियो । साङधर पुगेर फर्किँदा ८ घण्टा लाग्थ्यो । सामानहरू फरक रङको प्यारासुटमा खसालिन्नथ्यो । नत्र आफूलाई अत्यावश्यक सामान जम्मा गर्न सैनिकहरूलाई सजिलो हुने थियो । यस्तै एक प्यारासुट समात्न निकै कष्ट गरेर सैनिकहरू गुराँसका बुट्यान हुँदै पहाडमा झरेछन् । त्यसमा हिउँमा लगाउने चस्माहरू थियो । उनीहरू रिसले मुर्मुरिए ।
आपूर्तिको जिम्मा हेर्ने तेजपुरस्थित अधिकारीहरूले आपूर्तिको सिद्धान्त बेवास्ता गरिरहेका थिए । आपूर्ति जति तीव्र भयो त्यति नै सामान खेर पनि जान्थ्यो । जस्तो दिनभरि जहाजले सामान खसाल्यो भने मैदान खालि गर्न समय लाग्थ्यो । खालि नगरेमा समान बाहिर खस्थे । चिनियाँहरूले साङधरको आपूर्ति मैदान देख्न सक्थे । त्यसका धेरै तस्वीरहरू चिनियाँ अखबारहरूमा छापिएका थिए । त्यसलाई चिनियाँहरूले प्रचारमा ल्याएका थिए ।
हलुका क्षणहरू
दिनदिनैका निर्णयहरू उच्च तहबाट लिइएका थिए । माथिका हाकिमका सन्देशवाहकहरूको प्रतिक्षा भइरहन्थ्यो । सर्वहाराहरू प्रक्रियामा बुद्धिसम्मत र रचनात्मक रुचि लिन सक्दैनथे ।
(डाल्भीको व्यङ्ग्य !)
चिनियाँहरू ठूलो तयारीमा व्यस्त भइरहँदा माथिका अफिसरहरूलाई आसन्न विनाशको सुइँको समेत थिएन । एक दिन डिभिजनका शिक्षा विभागका एकजना अफिसर खेलकुद प्रतियोगिताको लागि ब्रिगेडका खेलाडीहरू तेजपुर नपठाउनुको कारण सोध्दै डाल्भीसँग खनिए । सायद उनी आफैँ पनि सूची तयार गर्न माथिल्ला हाकिमको दबाबमा थिए ।
अक्टोबर १६ मा एक वरिष्ठ अफिसर डाल्भीसँग आपूर्ति सङ्कलनको गतिमा ढिलासुस्ती गरेकोमा “असन्तुष्ट” भए । उनले तत्काल दैनिक २०० जना मान्छे आपूर्ति उठाउन पठाउन ‘आदेश’ दिए । नत्र अनुशासनको कारबाही गर्ने धम्की पनि दिए । गोहाटीमा आरामले बसेका ती अफिसरलाई वर्षौँदेखि अघिल्लो पङ्क्तिमा बसेका सैनिकहरूप्रति गरिएको बेवास्ताबारे थाहा थिएन । उनलाई धम्कीमाथि पूर्ण विश्वास थियो र भारतीय सेनामा छुमन्तर गरेर काममा लगाउन सकिन्थ्यो भन्ने विश्वास थियो । उनलाई लडाइँको फौजलाई लक्ष्य र नेतृत्वको खाँचो हुन्छ, धम्कीको होइन भन्ने थाहा थियो । उनलाई सैनिकहरू लडाइँको मुखमा छन् भन्ने पनि थाहा थिएन ।
जनरल कौल अस्तित्वमा नै नभएको कोरको कमान्डर नियुक्त भएपछि उनले आफू र स्टाफकहाँ बस्ने समस्या झेलेका थिए । उनले तेजपुरस्थित डिभिजन हेडक्वाटरका सरसाधन र सुविधा लिएर डिभिजन हेडक्वाटरलाई ‘अपरेसन नियन्त्रण गर्न मोर्चानजिक जिमिथाङ’ पठाए । सबैले वालोङस्थित दोस्रो ब्रिगेडका प्रमुखलाई बिर्से । उनको लागि डिभिजन हेडक्वाटर ३०० माइल टाढा गएको थियो । हेडक्वाटरको हेरफेरमा जिम्मेवारीको परिवर्तन आवश्यक थिएन किनभने नेफामा चिनियाँहरूको सामुन्ने एउटै ब्रिगेड थियो । सबैले मौखिकरूपमा त्यसैको नेतृत्व गरिरहेका थिए । उच्च तहमा निर्देशन बन्थ्यो र त्यही निर्देशन सबैले प्रसार गर्थे । प्रशासनको काम कोर हेडक्वाटर मातहत आयो र डिभिजन हेडक्वाटर बेरोजगार भयो । त्यसैले डिभिजन हेडक्वाटरका अफिसरहरूलाई नाम्का चू किन नपठाउने भन्ने विचार प्रकट भयो । सैन्य सामग्री पठाउन नसके पनि अफिसरहरूको लर्को पठाउन त सकिन्थ्यो ¤ तीन दिनमा नाम्का चूमा तीनजना अफिसरहरू पुगे । उनीहरू आफूलाई केही जिम्मेवारी दिन डाल्भीको दैलोमा पुगे । तीमध्ये एक अफिसर अक्टोबर २० को आक्रमणमा परी साङधरमा मारिए । दोस्रो अफिसर आउँदाकै घडी बिरामी भएर अर्को दिन फर्किए । तेस्रो अफिसरले उत्सव, वेतन, पेन्सन, कल्याण वा अनुशासनमा केही समस्या छैन भनी धन्यवाद भनेर फर्किए ।
डिभिजन हेडक्वाटरका स्टाफहरू पर्यटक बन्न पुगेका थिए । यसले १९६२ को अक्टोबरमा सैन्य सङ्गठनको भताभुङ्ग स्थिति छर्लङ्ग पार्छ । यसको लागि राजनीतिक हस्तक्षेपलाई मात्र दोष दिन मिल्दैनथ्यो । सबै सैन्य अधिकारीहरू आफ्नो ओहोदाअनुसार दोषी थिए ।
साङलेमा कब्जा र निर्माणकार्य
चिनियाँहरूलाई खेद्ने प्रयासमा विफल भएका, चिनियाँ कब्जाकारी निर्माण कार्यबारे बेखबर, अचेत जनमतबाट नारिएका र फिर्ता हुने वा सम्झौता गर्ने थाहा नपाएका दिल्लीका उच्च योजनाकारहरूले साङलेमा शरण लिन पुगे । साङले घटनाले लडाइँप्रतिको भारतीय सोचको टाटपल्टाइ देखाउँछ र कठोर सैन्य तथ्यहरूसँग मनोवैज्ञानिक र राजनीतिक उडान मिलाउन कति गा¥हो थियो भन्ने स्पष्ट पार्छ ।
नाम्का चूका सबै पुलहरूको सुरक्षा असम्भव थियो । चिनियाँहरूले चाहेमा ब्रिगेड ७ उनीहरूको गोलाबारीको आहार हुने थियो । यति हुँदाहुँदै पनि डाल्भीलाई आफ्नो ऊर्जा र स्रोतसाधन केन्द्रित गर्न दिइएन । साङले नामको खर्कगोठमा निर्माण कार्य गरिरहन डाल्भीलाई आफ्ना स्रोतसाधन बाँडचुँड गर्न भनियो । गस्ती टोलीले सो स्थान कसैले कब्जा नगरेको चाल पाएपछि अक्टोबर ४ मा साङले कब्जा गरिएको थियो । आफैँले पैदा गरेको गञ्जागोलबाट फुत्किन हत्तुहैरान भारत सरकारले दुलो खोजिरहेको थियो । थागलामा केही ‘हासिल’ गरेको देखाउने मौका मिल्यो । मूल योजनामा सम्झौता गरेर डाल्भीलाई साङलेलाई थामिराख्न भनियो । पछि त्यहाँ निर्माण कार्य बढाउन भनियो । यसले भारत चीनसँग मात्र होइन भुटानसँगको सीमामा पनि सतर्क छ र त्यसको लागि भारतसँग पर्याप्त सेना छन् भनी देखाउन सकिन्थ्यो । भारत आफैँलाई भ्रममा राखिरहेको थियो ।
सुरूदेखि नै साङले थामिराख्न गा¥हो थियो । त्यसले तनावमात्र बढाएको थियो । पुल ४ बाट सीधै त्यहाँ जाने बाटो थिएन । त्यसकारण साङधर हुँदै घुमाउरो बाटो साङले जानुपथ्र्यो । अक्टोबरको मध्यसम्म हिउँले ढाकिएको चिप्लो भीर हुँदै त्यहाँ जानआउन ५ दिन लाग्थ्यो । भरियाले आफ्नै लागि १० दिनको रसद आदि बोक्नुपर्ने हुँदा अन्य सामान बोक्न सक्दैनथे । सत्तासीन तर ज्ञानहीन व्यक्तिहरूले जीवनका यी कठोर तथ्यहरू बेवास्ता गरे । धेरै भरियाले बाटोमै आफ्ना भारी छोड्न थाले र सबैभन्दा बलियाहरूले थोरैमात्र सामान पु¥याउन सक्थे । उनीहरूलाई नाम्का चूको सुरक्षामै खटाएको भए प्रभावकारी हुने थियो ।
साङधरबाट साङले जाने सबैलाई हिउँमा लगाउने लुगा दिनुपर्ने थियो । किनभने त्यहाँको उचाइ र जाडो मुटु छेड्ने थियो । मौसमसँग जुध्न नसक्ने भरिया मर्ने निश्चित थियो । तर, यसको एउटै उपाय थियो । नाम्का चूका सैनिकहरूले आफ्ना लुगा फुकालेर साङले जाने भरियाहरूलाई दिनुपथ्र्यो । सामान्य जवानहरूले यसलाई सहर्ष स्वीकारेका थिएनन् । यहाँ एकजना सैनिकलाई बचाउन अर्कोलाई नङ्ग्याइएको थियो ।
डाल्भीले डिभिजन प्रमुख जनरल प्रसादलाई साङले छोड्न अनुमति मागे । त्यसबाट आफ्नो स्रोतसाधन खेर गएकोमा उनको विरोध थियो । जनरल प्रसादले चिनियाँहरूको खतरा भएमात्र साङले छोड्न मिल्ने जनरल कौलको आदेश भएको सम्झाए । बरु डाल्भीलाई साङलेमा अझ बढी मान्छे, तोप र मेसिनगन पठाउन हुकुम भयो । अक्टोबर १७ मा एक पल्टन गोर्खालीहरू साङले पठाउने आदेश दिइयो । साङलेमा पञ्जाबीहरू बसिरहेका थिए । अक्टोबर १९ मा बाँकी गोर्खालीहरू पनि पञ्जाबीहरूको सहयोगका लागि पठाउन आदेश दिइयो । त्यसो गरेको खण्डमा नाम्का चूमा ५ कम्पनी सैनिक जम्मा अवस्थामा र १० कम्पनी सैनिक छरिएको अवस्थामा बाँकी रहने थिए । यी आदेश चिनियाँ तीव्रतर भइरहेको बेला जारी गरिएको थियो । चिनियाँ नियत बेवास्ता गर्नु अति आशावाद थियो वा मूर्खता थियो । साङले थामिरहनुपर्ने अठोटबाट सैन्य नेतृत्व चिनियाँ आक्रमणको अनुमान लगाउन अक्षम भएको स्पष्ट हुन्छ ।
साङले थामिरहनुको कुनै तुक थिएन । त्यसले ‘वर्तमान स्थिति कायम राख्नुपर्ने’ जिम्मेवारी जोखिममा पर्ने थियो । स्थानीय अफिसरहरूलाई कहिल्यै चित्तबुझ्दो कारण बताइएको थिएन । डाल्भीले साङले सामरिक स्थान हुन नसक्ने बताइरहेका थिए । यसले फौजलाई एउटा अडिलो जिम्मेवारी दिन नसकिएको उनको तर्क थियो । उनको तर्कलाई मत्थर पार्दै जवाफ आयो, “यो उच्च तहबाट आएको आदेश हो ।” एकचोटि डाल्भीले कडा भाषामा उनै तर्क दोहो¥याए । जवाफमा साङलेको विषयमा अझै यस्ता तर्क र विरोध ग¥यौ भने कोर्टमार्शल गरिनेछ भनियो । किनभने यी सबै आज्ञा उच्च तहबाट आएका थिए ।
साङले ‘जनप्रतिनिधिको सर्वोच्चता’ को लागि निकै महत्वपूर्ण थियो । जनरल उमराव सिंहले साङले कब्जा गर्ने योजनाको विरोध गरेका थिए । उनका कुरा किनारा लगाइयो । जनरल कौलको दाबीअनुसार १७ अक्टोबरमा उनले पनि त्यसै गरे र उनका कुरा पनि सुनिएन । उनले यसबारेमा आफ्ना माथिल्ला अफिसर थापर र सेनसँग तर्कवितर्क गरेको उल्लेख गरेका छन् । तर, उनले नाम्का चूबाट सैनिक फिर्ता बोलाउन किन तर्कवितर्क गरेनन् ? ब्रिगेडलाई किन बलियो स्थानमा राख्न भनेनन् ? नाम्का चूको पातलिँदो सैन्य उपस्थिति कसरी भरिन्थ्यो ? ‘राजनीतिक बैठक’ हरूमा कौलले जे भने पनि उनले तल्ला अफिसरहरूलाई आदेश कार्यान्वयन गर्न करकापमा पारेका थिए । अक्टोबर १० पछि उनले एकचोटि पनि लडाइँ मैदानको भ्रमण गरेनन् ।
त्यतिबेला ‘उच्च तह’ भनेको को हो भनी तल्ला अफिसरहरूलाई थाहा थिएन । कोही रक्षामन्त्री कृष्ण मेनन उच्च तह हुन् भन्थे । कौलको कुरा मान्ने हो भने अक्टोबर १७ मा मेननले भनेका थिए, “साङलेमा थामिनु राजनीतिक दृष्टिले महत्वपूर्ण छ किनभने यो भारत, भुटान र तिब्बतको त्रिदेशीय बिन्दुमा अवस्थित छ ।” मेननले घमन्डी कुरा गर्न पछि पनि छोडेनन् । १९६७ मा उनले भने, “यस्तो निर्णय सरकारले बाहेक कसले लिन सक्छ ?” १९६२ अक्टोबर १७ मा तेजपुरमा बसेको बैठकलाई मेननले जनप्रतिनिधिहरूको सर्वोच्चताको अभ्यास ठानेका थिए । तर, ‘राष्ट्रिय हित’ हेर्दा देश पराजित हुने सम्भावना थियो । नाम्का चूको सैन्य उपस्थिति पातलिँदै थियो । अधिकारीहरू खालि तासका पत्ता फिटिरहेका थिए । एकातिरका सैनिक अर्कोतिर सारिरहेका थिए । नयाँ थप्ने सम्भावना थिएन । अक्टोबर १७ सम्म चिनियाँ तयारी बढिरहेको रिपोर्ट दैनिकरूपमा पठाइन्थ्यो तर मेननलाई राष्ट्रिय हितको चिन्ता थियो ।
साङले जनप्रतिनिधिहरूको सर्वोच्चताको अन्तिम चिह्न थियो । सैनिक नेतृत्वको कमजोरीको चिह्न पनि थियो । सैन्य सिद्धान्तको हाँसोमा उडाइएको थियो । एउटा अपरेसनमा खटिएको कमान्डरलाई आफ्ना स्रोतसाधन अर्को काममा मोड्न दिइन्न । त्यसको लागि पहिलो कार्यभारमा संशोधन गर्नुपर्ने हुन्छ । राजनीतिक दबाब र मौखिक विरोधले यसमा काम गर्दैन । नाम्का चूका अफिसरहरूले यसलाई राजनीतिक र सैन्य नेतृत्वबीच दुष्ट र अपवित्र गठबन्धन बनेको अर्थमा बुझे ।
अक्टोबर १० को सेङजोङ मुठभेडपछि लन्डनस्थित द टाइम्स पत्रिकामा टिप्पणी छापियो, “सम्भवतः भारतले सुरू गरिसकेको सैन्य होडबाजी कति चर्को छ भन्ने विषयमा यहाँ (नयाँ दिल्लीमा) अनुभव नगरेको देखिन्छ । तथ्यहरूको पहुँचमा रहेका पर्यवेक्षकहरूले समेत ३÷४ सय चिनियाँहरूलाई खेद्ने सजिलो कारबाहीबारे हलुकारूपमा बोलिरहेका छन् । चिनियाँ सेनाको निरन्तर सुगठनका आधिकारिक विवरणहरूलाई बेवास्ता गरिएको छ ।” साधनस्रोत सम्पन्न सरकारभन्दा एक यायावर पत्रकारले घटनाक्रमको स्पष्ट तस्वीर प्रस्तुत गरेका थिए । (द टाइम्सका भारतस्थित संवाददाता नेभिल म्याक्सवेल थिए ।)
अक्टोबर १५ मा नेहरूले कोलम्बोमा भने, “भूभाग हडपेर छलफल चलाउनु चिनियाँ सरकारको प्रवृत्ति हो । भारत त्यो सहन तयार छैन । चीनलाई भारतीय भूभाग कब्जा गर्न र मोलमोलाइ गर्न अनुमति छैन ।” अक्टोबर ११ को सैन्य जटिलताबारे ब्रिफिङ सुनेपछि नेहरूले त्यसो भन्न पाउँदैनथे । त्यसमा उनी आफैँ के गर्नसक्थे ? प्रधानमन्त्रीजस्तो व्यक्तिले पत्रकारहरूका अगाडि आत्मालाप गर्ने होइन । उनका विचार मन्त्री परिषद्का बैठकमा राख्नुपथ्र्यो र सत्यतथ्यमा आधारित ठोस प्रतिकारका योजना बनाइनुपथ्र्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *