भर्खरै :

भक्तपुर साना औद्योगिक क्षेत्रबारे

नेपाल सरकारले वि.सं. २०३० सालमा घरेलु तथा साना उद्योग विभाग स्थापना ग¥यो । यसअनुसार साना उद्योग प्रवद्र्धन गर्न २०३५ सालमा भक्तपुर साना औद्योगिक क्षेत्र स्थापना गरियो । सानो लगानी अधिक मुनाफा नारा तय भयो । काठमाडौँ उपत्यका कलाकारहरूको बस्ती हो । यहाँका काष्ठकला, मृत्तिकाकला, प्रस्तरकला, धातुकला विश्वमा प्रख्यात छन् । मित्र देश जर्मनी सरकारको सहयोगमा भक्तपुरको सीपमा आधारित साना उद्योगलाई प्रवद्र्धन गर्न भक्तपुर साना औद्योगिक क्षेत्र भक्तपुरको पुरानो बस्ती र दरबार क्षेत्रसँग जोडिएर ७१ रोपनी क्षेत्रमा स्थापना गरिएको हो । यति कम क्षेत्रको ध्वनि र धुवाँ प्रदूषण फाल्ने ठूलो औद्योगिक क्षेत्रमा कसरी हुनसक्ला ? स्थापनासँगै यो औद्योगिक क्षेत्रमा साना उद्योगहरू स्थापना गरिए । व्यवस्थापनसँग सम्बन्धित तत्कालीन सरकारी अधिकारीहरूलाई साना उद्योगबाट कमिसन मिलेन । त्यसपछि यहाँ टेक्स्टाइल र डाइङ मेसिनसहितका उद्योगहरू प्रवेश गराइए । टेक्स्टाइल र दाइङ्ग उद्योगीहरूले मित्र देश जर्मनीको सहयोगमा साना औद्योगिक क्षेत्रमा बनेका टाइल छानासहितका एकतले भवनबाट टाइल हटाउँदै जस्तापाता मोडेर जस्ताको टहरा बनाए । यो काममा नेपो इन्डस्ट्रिजको नाममा स्वेटर बुन्ने उद्योग भएको भवनमा यसको सञ्चालन पवन र रोहित साङ्घाईलगायतले गरे । अहिले जग्गा अधिग्रहणमा परेका किसानहरू गाई मारी बाघ पोस्ने काम भनी निराश छन् ।
टेक्स्टाइल र डाइङ्ग उद्योगले बिहानदेखि रातिसम्म ध्वनि र धुवाँ प्रदूषण फालेर भक्तपुर नगरका जनतालाई हैरान पार्दै छन् । जनताबाट विरोध भएपछि उद्योग राज्यमन्त्री मोतीलाल दुगडसहित सरकारी अधिकारीको टोलीले स्थलगत अध्ययन गरी ध्वनि र धुवाँ प्रदूषणको प्रत्यक्ष अनुभव ग¥यो । टोलीले मानव बस्ती र विश्व सम्पदा सूचीको लायकु दरबार जोडिएर ध्वनि र धुवाँ फाल्ने टेक्स्टाइल र डाइङ्ग मेसिन भक्तपुर साना औद्योगिक क्षेत्रबाट हटाउने आश्वासन दिएको थियो ।
व्यवस्थापन कार्यालय र केही उद्योगीहरू मिलेर घरेलु उद्देश्यको नाममा लिइएको घर जग्गामा पनि टेक्स्टाइल मेसिन चलाउन दिइएको छ । पीडित जनताले मानव बस्तीबीचमा ध्वनि र धुवाँ प्रदूषण फाल्ने उद्योग निर्वाध चलाइरहेको र आफ्नो गुनासो सम्बोधन नभएको हुँदा पीडित जनता भक्तपुरमा के सरकारको उपस्थिति छैन, के अझै कानुन कब्जा गर्नेहरूकै राज छ भनी प्रश्न गर्दै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *