भर्खरै :

इन्टरनेट युद्धः नयाँ प्रविधिबाट क्युवाली क्रान्तिलाई परास्त गर्ने संरा अमेरिकी योजना

मोबाइल फोन, इन्टरनेट र सामाजिक सञ्जालको यस युगमा संरा अमेरिकाले आकाशवाणी रेडियो र टेलिभिजनको समयदेखि नै सूचना प्रविधिको प्रयोग गरी क्युवामाथि आक्रमण गरिरहेको हामी बिर्सिंदै छौँ ।
संरा अमेरिकाले गएको जनवरी २०१८ मा क्युवा इन्टरनेट टास्क फोर्स बनाएको थियो । यो संरा अमेरिकाको क्युवाली क्रान्तिलाई परास्त गर्ने लामो ध्वंसात्मक योजनाको सिलसिला हो ।
आमसञ्चारको माध्यमबाट मनोवैज्ञानिक युद्धदेखि इन्टरनेटको माध्यमबाट प्रविधि युद्धसम्म संरा अमेरिकाले क्युवाली क्रान्तिविरुद्ध निरन्तर आक्रमण गरिरहेको छ । क्युवा प्रशासनको दक्षता, कुशलता र क्युवाली क्रान्तिप्रति जनताको साथले संरा अमेरिकी योजना विफल हुँदै आएको छ ।
मार्च १७, १९६०
तत्कालीन संरा अमेरिकी राष्ट्रपति ड्वाइट डी. आइजनहावरले क्युवाविरुद्ध एक गोप्य कार्ययोजनालाई प्रमाणीकरण गरे । सो योजनाअनुसार सीआईएलाई रेडियो स्टेसन सञ्चालन र राजनैतिक प्रोपागाण्डा गराइयो । मे १७, १९६० मा क्युवाली टापुमै पहिलो ११६० किलोहर्ज तरङको रेडियो स्टेसन विकास भयो ।
सेप्टेम्बर २२, १९८१
राष्ट्रपति रोनाल्ड रेगनले एउटा कानुन बनाई क्युवामा रेडियो प्रसारणको लागि राष्ट्रपतीय आयोग गठन गरे र रेडियो मार्टीजस्ता संरा अमेरिकापरस्त रेडियो स्टेसनहरू स्थापना गरी क्युवामा नियोजितरूपमा कार्यक्रम प्रशारण योजना तयार गरियो ।
मे २०, १९८५
कट्टर क्युवाविरोधी रोनाल्ड रेगन प्रशासनद्वारा पहिलोपल्ट गैरकानुनीरूपमा रेडियो मार्टी नामको रेडियो प्रशारण क्युवाली टापुभरी तरङ्गित गरियो र क्युवाली समाजवादी क्रान्तिविरुद्ध ‘लोकप्रिय विद्रोह’ को नाममा उत्तेजित पार्ने काम भयो ।
मार्च २७, १९९०
विध्वंसक रेडियो मार्टीलाई पछ्याउँदै संरा अमेरिकी पुँजीपतिहरूको दसौँ लाख लगानी र अन्तर्राष्ट्रिय मूल्य–मान्यताविपरीत टीभी मार्टीको प्रसारण सुुरु गरियो । क्युवाली सरकारद्वारा टीभी मार्टीको प्रसारण तरङ्गलाई क्युवाली टापुभरि प्रभावकारीरूपमा रोक लगाइयो ।
२००४
जर्ज डब्लु बुश प्रशासनले तुरून्तै क्युवाको समाजवादलाई परास्त गर्न नयाँ योजना बनायो । नयाँ योजनाअनुसार अन्य तेस्रो देशका सरकारको माध्यमबाट क्युवामा अन्य विषयसँगसँगै खुला इन्टरनेटको पहुँच बनाउने प्रयास गरियो । त्यसको लागि सूचना प्रवाह तथा प्रजातन्त्रवादी गतिविधि र प्रविधिमा पहुँचजस्ता अभियानहरू सञ्चालन गराइयो ।
२००६
‘प्रजातान्त्रिक भविष्यको लागि क्युवा कोष’ को स्थापना गरी क्युवाविरोधी प्रचारबाजीको लागि २ करोड ४० लाख अमेरिकी डलर सहयोग गरी अनलाइन गतिविधिहरू चलाइयो ।
फेब्रुअरी २००६
संरा अमेरिकी राज्य विभाग प्रमुख कोन्डोलिजा राइसद्वारा चीन, इरान र क्युवामा अभिव्यक्ति स्वतन्त्रता र सूचना तथा विचारको स्वतन्त्र प्रवाह बढाउने उद्देश्यअनुरुप ‘विश्व इन्टरनेट स्वतन्त्रता टास्क फोर्स’ बनाइयो ।
जुलाई २००७
राष्ट्रपति जर्ज डब्ल्यु बुशद्वारा चौथो ‘साइवरस्पेस’ सेना निर्माणको लागि आह्वान गरियो । (यो प्रविधि युद्धको लागि हो )
डिसेम्बर २००९
यूएसएड कार्यक्रमअन्तर्गत अमेरिकी नागरिक अलान फिलिप ग्रोसलाई गैरकानुनी सञ्चार उपकरणसहित क्युवाली सरकारले पक्राउ गरी मार्च २०११ मा क्युवाली कानुनअनुसार १५ वर्षको जेल सजाय गरियो । डिसेम्बर १७, २०१४ मा दुई देशको सम्झौताबमोजिम ग्रोसलाई अमेरिका पठाइयो ।
मार्च २०११
क्युवामा विभिन्न उपकरण र सफ्टवेयरहरूको तस्करी गराई गैरकानुनीरूपमा इन्टरनेटका एन्टिनाहरू राख्ने ‘अपरेसन सर्फ’ नामक गोप्य योजना क्युवाली सुरक्षाद्वारा विफल बनाइयो ।
२०११
सिनेटर रिचर्ड लुगरको अनुरोधमा सिनेटको विदेश सम्बन्ध समिति ल्याटिन अमेरिकाका प्रमुखलगायत वरिष्ठ कूटनीतिज्ञहरू रहेको टोलीले ल्याटिन अमेरिकामा संरा अमेरिकाले चाहेको जस्तो प्रजातन्त्रलाई प्रचार गर्न र बलियो गरी स्थापना गर्न सामाजिक सञ्जाल र प्रविधिलाई कसरी प्रयोग गर्ने विषयमा धेरै महिना लगाएर अनुसन्धान ग¥यो । अनुसन्धानको रिपोर्टमा क्युवाविरुद्ध संरा अमेरिकी विध्वंसकारी योजना र कार्यहरूको निर्लज्ज तरिकाले प्रशंसा गरियो ।
मार्च २१, २०२२
गुगलको प्रायोजनमा आयोजित “How the internet can unfreeze an island frozen in time .” अर्थात् इन्टरनेटले कसरी एउटा स्थिर टापुलाई चलायमान बनाउँछ भन्ने कार्यक्रममा संरा अमेरिकी अति रुढीवादी हेरिटेज फाउन्डेसन सहभागी भयो ।
अप्रिल, २०१४
यूएसएडको आर्थिक लगानीमा निर्मित जुनजुनियो नामक सामाजिक सञ्जाल सुुरु गरियो । क्युवाली ट्वीटर भनिएको जुन जुनियोमा सुरुमा त विवादरहित गैरराजनीतिक सन्देशहरू प्रचार गरियो । पछि बिस्तारै क्युवाली जनतालाई आन्दोलनको आह्वान गर्ने, क्युवाको समाजवादलाई अस्थिर बनाउनेजस्ता राजनीतिक सन्देशहरू फैलाइयो ।
पिरापिडियो नामक एसएमएसमा आधारित सामाजिक सञ्जालले रेडियो र टीभी मार्टी एवं जुनजुनियोले जस्तै क्युवाली व्यवस्थालाई ध्वंश गर्न प्रचार गर्ने मञ्चको काम ग¥यो । पिरामिडियोले सूचनालाई तीव्ररूपमा फैलाउन एउटा एसएमएसको पैसामा आफ्नो सञ्जालका सदस्यहरू सबैलाई एकैचोटि सन्देश पठाउन सकिने सुविधा दियो ।
संरा अमेरिकाले नै बनाएको कमोसन नामक ताररहित सञ्जालमा पनि दसौँ लाख डलर अमेरिकी लगानी गरी क्युवामा प्रयोग गराइयो र क्युवाविरुद्ध प्रचार ग¥यो ।
सेम्टेम्बर १२–१३, २०१६
गैरकानुनीरूपमा क्युवाविरोधी रेडियो र टेलिभिजन चलाइरहेको क्युवा ब्रोडकास्टिङ कार्यालय (ओसीबी) को तत्वावधानमा संरा अमेरिकाले पहिलो क्युवा इन्टरनेट स्वतन्त्रता सम्मेलन आयोजना ग¥यो । सम्मेलनले क्युवाली टापुका ‘स्वतन्त्र’ भनिएका संरा अमेरिकापरस्त पत्रकारहरू, नयाँ प्रविधि आविष्कारकहरू, र नयाँ प्रविधि अभियन्ताहरूलाई एक ठाउँमा ल्याई क्युवाको राजनीतिक प्रणाली परिवर्तनको आवाज उठाइयो ।
जनवरी २०१८
ट्रम्प प्रशासनले नयाँ इन्टरनेट टास्क फोर्स बनाई क्युवाको आन्तरिक व्यवस्था ध्वस्त बनाउने घोषणा ग¥यो । संरा अमेरिकी सरकारी र गैरसरकारी कार्यालयहरूलाई क्युवाली टापुमा स्वतन्त्र सूचना प्रवाहलाई प्रचारप्रसार गर्ने जिम्मा दिइयो । वासिङ्टनको यो पहल नयाँ प्रविधिको प्रयोगबाट क्युवाको राजनीतिलाई अस्थिर बनाउने संरा अमेरिकी योजनाको अर्को रुप हो ।
नेपाली अनुवाद: आक्रोश
(स्रोत– ग्रान्मा डट सीयू)

Leave a Reply

Your email address will not be published. Required fields are marked *