भर्खरै :

चीनमा गरिबी उन्मूलन गर्न राजनीतिक व्यवस्थाको मुख्य भूमिका

चीनका ८३२ वटा राष्ट्रियस्तरमा गरिब गाउँहरू गत सोमबारसम्ममा गरिबीबाट उन्मूलन भएका छन् । अत्यन्त गरिबी उन्मूलनमा चीनले ऐतिहासिक सफलता हासिल गरेको छ । यो खालको विश्वव्यापी समस्यालाई चीनको लक्षित गरिबी उन्मूलनका प्रयासहरूका कारण सफल भएको हो । यो चिनियाँ व्यवस्थाका तीन वटा प्रमुख पाटोहरूका कारण प्रभावकारी भएको हो ।
पहिलो, चीनले महत्वपूर्ण कार्यहरूका लागि आवश्यक नियम–कानुन, आदेश र निषेधहरूलाई कडा कार्यान्वयन गराउन सक्छ, जुन अरू देशहरूको लागि सम्भव छैन । सरकारले गर्ने व्यापक परिचालनमा चिनियाँ समाजका सबै क्षेत्रहरू गरिबी उन्मूलन अभियानमा सहयोग दिन उत्प्रेरित भएका छन् । यसले विपन्नताविरूद्धको महान सङ्घर्षमा आउन सक्ने विकृतिविरूद्ध रक्षाकवचको काम गरेको छ ।
दोस्रो, स्थानीय अवस्थाअनुसार बस्नको लागि सा¥है कठीन दुर्गम हिमाली भू–भागका जनतालाई त्यस क्षेत्रहरूबाट अन्यत्र स्थानमा बस्नको लागि मद्दत गरियो । सो कार्यको लागि श्रम तथा पुँजीको आवश्यकता पर्दछ । यतिमात्र नभई उनीहरू बसिरहेका र स्थानान्तरण गरिने क्षेत्रका स्थानीय सरकारहरूबीचमा समन्वय पनि अति आवश्यक थियो । यो स्थानान्तरण कार्यले जीवनयापनको मुख्य चुनौतीलाई समाधान ग¥यो । यो लक्षित गरिबी उन्मूलन प्रयासले चीनको जनजीविका र राजनीतिक नीतिको सकारात्मकतालाई सटिकरूपमा प्रस्तुत गरेको छ ।
तेस्रो, चीनले औद्योगीकरणबाट गरिबीलाई घटाएको छ । गरिबीले ग्रसित क्षेत्रहरूको दीर्घकालीन समाधान गर्न औद्योगिक विकास सबैभन्दा प्रत्यक्ष र प्रभावकारी माध्यम साबित भएको छ । अहिले संसारका धेरै ठाउँहरू गरिबीका कारण समस्याग्रस्त छन् । विकसित भनिएका ठूला पुँजीवादी देशका धेरै जनता अहिले पनि दयनीय जीवनयापन गर्दै छन् । जस्तोसुकै अवस्थामा पनि नाफाकै बारेमा मात्र विचार गर्ने पुँजीवादको चरित्रका कारण गरिबी उन्मूलन कहिले पनि प्राथमिक विषय हुने गर्दैन । त्यसकारण यस्ता कार्यलाई संस्थागत गर्नका लागि कुनै नीतिहरू बनाउने कार्यहरू गर्नसक्दैनन् ।
गरिबी निवारणको क्षेत्रमा चीनले केही वर्ष यता धेरै व्यवहारिक अनुभवहरू हासिल गरेको छ । यी अनुभवहरूको साथमा संसारमा गरिबी निवारणको लागि चीनले महत्वपूर्ण योगदान गर्न सक्दछ ।
यस्ता कार्यक्रमहरूलाई संस्थागत गर्नको लागि पहिले त केन्द्रीय सरकारले आह्वान गर्ने र सोअनुरूप स्थानीय सरकारहरूले स्पष्ट कार्यान्वयन गर्ने वातावरणलाई चुस्तता दिइनुपर्दछ ।
दोस्रो, लक्षित उपायहरू अवलम्बन गर्न कसलाई मद्दत चाहिने, कसले मद्दत गर्ने र कसरी गर्ने भन्ने व्यवहारिक मुद्दामा केन्द्रित हुनुपर्दछ ।
तेस्रो, समाजका सबै क्षेत्रहरूलाई गरिबी उन्मूलन कार्यक्रममा परिचालन गर्न कटिबद्ध हुनुपर्दछ ।
चौथो, गरिबी उन्मूलन गर्ने कार्यको हरेक पाइलाका अति आवश्यक विषयहरूमा ध्यान केन्द्रित गरिनुपर्दछ । यसमा यी कार्यहरूको लागि जिम्मेवार सरकारी कर्मचारीहरूको सुपरिवेक्षण पनि पर्दछ । चीनले गरिबी उन्मूलनको सम्पूर्ण प्रक्रियाहरूमा आधुनिक शासन व्यवस्थाका तरिकाहरू अवलम्बन गरेको छ ।
अन्त्यमा, आवश्यकतामा रहेकालाई आर्थिक सहयोग उपलब्ध गराईंदा बौद्धिक सहयोग पनि आवश्यक पर्दछ । आर्थिक र बौद्धिक दुवै सहयोगका कारण गरिबी उन्मूलनलाई अझ टेवा दिन आन्तरिकरूपमै बल प्रदान गर्दछ ।
चीनले गरिब घटाउने उपायहरूमात्र अवलम्बन गर्ने होइन, पुनः गरिबीको अवस्थामा जाने अवस्था नआउने वातावरण पनि तयार गर्दछ । पुनः गरिब हुनसक्ने धेरै कारणहरू हुन सक्दछन् । केही ग्रामीण भागहरूमा पूर्वाधार विकास र स्वास्थ्य उपचारका अवस्थाहरू कमजोर हुनुका कारण पनि हुनसक्दछ । यस्ता अवस्थाहरूले रोग र प्रकोपहरूका कारण आर्थिक समस्या उत्पन्न गराउन सक्दछ । त्यसैगरी विवाहजस्ता संस्कारहरूमा तडकभडक गर्ने पुराना सोचका कारण ऋण लिने तर तिर्न नसक्दा समस्या उत्पन्न हुनसक्दछ ।
यसको अर्थ सरकारले जनतालाई निरपेक्ष गरिबीबाट उत्थान गरिसकियो भनेर त्यतिकै छोड्न मिल्दैन । जीवनस्तरमा क्रमिक सुधार ल्याउन गरिबी निवारणका कार्यक्रमलाई निरन्तर विकास गर्दै जानुपर्दछ । पुनः गरिबीमै नपुगोस् भन्नका लागि अनुगमन गरिराख्ने व्यवस्था मिलाइनुपर्दछ । मुख्यरूपमा कमजोर अवस्था र सीमान्तकृत क्षेत्रका व्यक्ति र परिवारहरूप्रति अनुगमन कार्य लक्षित हुनुपर्दछ ।
अत्यन्त गरिबीलाई उन्मूलन गरियो भन्दैमा गरिबीको समस्या सदाको लागि नरहने भनेको हुँदैन किनभने गरिबीको अवधारणा नै सापेक्ष हुन्छ । अतः अहिलेलाई अत्यन्त गरिबीलाई आधिकारिकरूपमा उन्मूलन भयो भने पनि चीनको गरिबीको व्याख्या बृहत् हुँदै जानेछ । अबको लक्ष्य हात र मुखको समस्या समाधानमात्र नभई सभ्य जीवनयापन कसरी गर्ने भन्ने हो । यसको लागि सफा, स्वच्छ खानेपानी, सुदृढ स्वास्थ्य सेवा तथा शिक्षाको आवश्यकता पूर्ति गर्नुपर्नेछ । सन् २०२० पछि चीनले गरिबी उन्मूलनलाई प्राथमिकतामा राख्दै गरिबीको नयाँमापदण्ड कायम गरेर अझ माथिल्ला लक्ष्यहरू प्राप्त गर्ने गतिलाई बढाउँदै लग्नेछ ।
स्रोत: ग्लोबल टाइम्स
नेपाली अनुवाद: एसडी

Leave a Reply

Your email address will not be published. Required fields are marked *