भर्खरै :

आरोप–प्रत्यारोप हेर्दा दुवै अध्यक्ष नालायक !

काठमाडौँ, १४ मङ्सिर । नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल एक अर्कालाई आरोप–प्रत्यारोप लगाउँदै अन्तद्र्वन्द्वको मैदानमा हामफालेका छन् । ती दुई अध्यक्षको विचार बुझ्दा दुवै अध्यक्ष देश र जनताका निम्ति नालायक देखिएका छन् । एकले अर्काको कमजोरी या गल्ती देखाएर उनीहरूले आफूलाई बहादुरी र नायक देख्न थालेका छन् । उनीहरूले एक अर्काको कार्यशैलीको टिप्पणी गर्दा जुन काम गर्नुहुँदैन भनी सुझाएका छन् तिनै गल्ती दोहो¥याएका छन् ।
कुन अध्यक्षको प्रस्ताव खारेजयोग्य छ, उनीहरू नै जानून् या त्यो सचिवालय बैठकले फैसला गर्ला । जनतामाझ बदनाम भइसकेका दुवै अध्यक्षको प्रस्ताव एकै ठाउँमा राखेर पछि तालतुल गरी ‘फेरि हामी मिल्यौँ, एकतालाई सुदृढ बनायौँ’ भनी उनीहरूले हातेमालो पनि गर्लान् । सचिवालयमा सीमित गर्नुपर्ने प्रस्ताव अध्यक्ष दाहालले कार्यकर्ताको घर आँगनमा पु¥याई अनौपचारिकरूपले पार्टी फुटाएको भनी घोषणा गर्ने केपी ओलीले आफ्नो मन्तव्य गोरखापत्रमा प्रकाशित गरी व्यापक बनाएर पार्टी फुटेको घोषणामात्र गर्न बाँकी राखेको टिप्पणी नेकपाका नेता र कार्यकर्ताले गरे ।
मङ्सिर १३ गतेको सचिवालयको बैठकमा पार्टीभित्रको बहसलाई स्वस्थ र मर्यादित बनाउन सल्लाह दिने केपी ओलीले अध्यक्ष दाहालको प्रत्युत्तर र खण्डनमात्र गरेनन् भएभरको बुद्धि प्रयोग गरी सम्झी सम्झी गल्तीहरू देखाएर सबैसामु चिनाउने काम गरे । अध्यक्ष दाहालको ‘प्रस्ताव’ बैठकमा छलफल या परामर्श गर्न रीतसम्म नपुगेको औँल्याउने नेता ओलीको विचार पनि आफ्ना नितान्त व्यक्तिगत असन्तुष्टि, सीमाहीन कुण्ठा र निहित स्वार्थ लुकेको सँगालो रहेको टिप्पणी गरियो । नेकपा अध्यक्ष ओलीको कुरा सही हो भने अर्का अध्यक्ष दाहालले पदबाट तुरून्त राजीनामा दिनुपर्छ या पार्टीले निकाला गर्नुपर्छ ।
ओलीको विचारमा अध्यक्ष दाहालले पार्टीभित्रको असहमतिलाई शत्रुतापूर्ण ठानेका छन्, आफ्नै सहयोद्धामाथि निराधार आरोप लगाएका छन् । ओलीले चेतावनी दिँदै भने, “पार्टीभित्र चलिरहेको बहसको चरित्र स्वस्थ नीतिगत हो कि ‘वार कि पार’ को लडाइँ । तपाईँले रोजेको बाटो वाद, प्रतिवाद–संवादको हो कि वाद, प्रतिवाद र बिग्रहको ? कि आरोप पुष्टि गर्नुस् र राज्यको कानुन तथा पार्टी विधानअनुसार मलाई कारबाही गर्नुस्, कि त आफ्नै सहयोद्धामाथि निराधार आरोप लगाएर पार्टी एकता भङ्ग गर्ने धृष्टताको जवाफदेही बन्न तयार हुनुहोस् ।”
अध्यक्ष ओलीले मानव अधिकार उल्लङ्घन गरेको आधारमा दाहाल कारबाहीमा पर्नसक्ने चेतावनी दिँदै पूर्वमाओवादी केन्द्र पूर्वएमालेमा मिलेर नेकपा नभएको भए माओवादी केन्द्र विलय हुने जिकिर पनि गरे । अध्यक्ष दाहाललाई अवसरवादी, अस्थिर नेता, सत्तालोभी भन्दै अध्यक्ष ओलीले अध्यक्ष दाहाललाई कुनै स्पष्ट दृष्टिकोण या भिजन नभएको र माओवादी ‘जनयुद्ध’ को क्रममा कब्जा भएको रकममा भ्रष्टाचार गरेको दाबी पनि गरेका छन् । अध्यक्ष ओलीले अर्का अध्यक्ष दाहाललाई विदेशी भूमिमा विदेशी नेतासामु पालैपालो प्रम हुने समझदारी बनेको कथा सुनाउने को सत्तालोभी भनी प्रश्न गरे । केपी ओलीले दाहालमाथि गरेको दोषारोपण के आफूमाथि पनि लाग्दैन भन्ने प्रश्न पनि नेकपाकै नेता र कार्यकर्ताहरूले तेस्र्याएका छन् ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *