भर्खरै :

समाजवाद ल्याउन सशस्त्र क्रान्ति गर्नुपर्ने

समाजवाद ल्याउन सशस्त्र क्रान्ति गर्नुपर्ने

बाँके, २२ वैशाख । १३५ औँ अन्तर्राष्ट्रिय मजदुर दिवस तथा कार्ल माक्र्सको २०६ औँ जन्म दिवसको अवसरमा नेपाल मजदुर किसान पार्टी बाँकेको तेस्रो जिल्ला परिषद् शनिबार कोहलपुरमा सम्पन्न भयो ।
परिषद्मा नेपाल मजदुर किसान पार्टी कर्णालीका संयोजक सरोजराज गोसाईले त्याग, समर्पण र बलिदान बोलीमा होइन हृदयबाटै व्यवहारमा देखिनुपर्छ भन्नुभयो । पुँजीवादी व्यवस्था भनेको नाफाको लागि एकले अर्काको घाँटी रेट्ने व्यवस्था हो भन्दै संयोजक गोसाईले मजदुर र किसानहरूलाई शोषण गरेर नै पुँजीपतिहरू धनी भएको हो भन्नुभयो ।
पुँजीवादी व्यवस्था ध्वस्त पारी समाजवाद ल्याउन सशस्त्र क्रान्ति गर्नुपर्नेमा जोड दिँदै संयोजक गोसाईंले क्रान्तिको बाटो नागबेली हुन्छ भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य जग्यबहादुर शाहीले मजदुरहरूलाई ज्यावलको रूपमा उपयोग गरिरहेको बताउँदै पुँजीपतिहरूले काम सकिनासाथ वस्तुजस्तै मजदुरहरूलाई फाल्ने गरेको बताउनुभयो । गलत राजनीतिको बाढी आउँदा पनि नेमकिपा सिद्धान्तनिष्ठ भई डटेर लडिरहेको बताउँदै केन्द्रीय सदस्य शाहीले अराजकतावादीहरूले कि त माओवादी कित राजावादी बिचमा कोही छैन भनेको बेला ‘हामी छौँ’ भनी नेमकिपाले प्रतिवाद गरेको स्मरण गर्नुभयो ।
नेमकिपा बाँकेका अध्यक्ष बखत थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेमकिपा लुम्बिनी प्रदेश संयोजक हरिसुन्दर वासी, हरिलाल न्यौपाने, भावना थापा, शेरबहादुर शाही र नवीन शाहीले शुभकामना दिनुभयो ।
साथै सोही परिषद्मा विश्वका प्रसिद्ध मजदुर आन्दोलन पुस्तकबारे अन्तरक्रिया गरियो । कार्यक्रममा प्रकाश शाही, अन्जिरबहादुर शाही, हीराबहादुर शाही, नारायणी चौधरी, रूपेश श्रेष्ठ, प्रकेश शाह, तुल्सी आचार्य, भावनासिंह ठकुरी, वीरबहादुर चौधरीले टिप्पणी गरेका थिए ।
परिषद्ले नेमकिपा बाँकेका सचिव नवीन शाहीले प्रस्तुत गर्नुभएको राजनीतिक तथा कोषाध्यक्ष डिल्लीबहादुर पुनले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेन पारित ग¥यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *