भर्खरै :

कीर्तिपुरमा स्थापना दिवस

कीर्तिपुर, ७ माघ । नेपाल मजदुर किसान पार्टीको ४७ औँ पार्टी स्थापना दिवसको अवसरमा नेपाल क्रान्तिकारी शिक्षक सङ्घ कीर्तिपुर नगर समितिको आयोजनामा अन्तरक्रिया कार्यक्रम भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सचिव प्रेम सुवालले नेमकिपा स्थापनाका सैद्धान्तिक र राजनीतिक आधारबारे प्रकाश पार्नुभयो ।
‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिकको विषयमा चर्चा गर्दै उहाँले आस्थाको पत्रिका प्रकाशित गरी देश र जनताको सेवा गरिरहेको बताउनुभयो । आस्थाको पत्रिकाले माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ विचारधारालाई अङ्गीकार गर्दै जनचेतना जगाउने र प्रगतिशील विचार प्रचार गरिरहेको बताउनुभयो । ‘श्रमिक’ र ‘मजदुर’मा प्रकाशित आलेखहरूलाई लिएर विद्यार्थीहरूले थेसिस बनाउने गरेको बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनले ४७ औँ पार्टी स्थापना दिवस मनाउँदा अन्य राजनैतिक दल र नेमकिपाबीच भिन्नताबारे बुझ्ने अवसर मिल्ने बताउनुभयो ।
उहाँले संसद् विघटनको सवाललाई लिएर अन्य राजनैतिक दलहरूको राजनैतिक दृष्टिकोण गलत भएको र नेमकिपाले राजनैतिक ढङ्गले औचित्य र स्वाभाविकरूपमा लिएको बताउनुभयो ।
नेपाल क्रान्तिकारी शिक्षक सङ्घ कीर्तिपुर नगर समितिका अध्यक्ष रामचन्द्र महर्जनको अध्यक्षतामा भएको कार्यक्रममा सुनिल महर्जन, सुरेन्द्र महर्जन, श्यामकुमार महर्जन, शैलेष डंगोल, नारायणबहादुर दुवाल, राजवीर डंगोल, कृष्णबहादुर डंगोल, मेरिना महर्जनलगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *