भर्खरै :

ट्रम्पको बर्हिगमन

बुधबार संरा अमेरिकी राष्ट्रपति कार्यालयबाट डोनाल्ड ट्रम्प बिदा भए । चार वर्षको कार्यकाल सकाएर बिदा हुँदा उनले आफ्नो कामको जतिसुकै औचित्य पुष्टि गर्न खोजे पनि अमेरिकी जनताले मात्र होइन, सिङ्गो संसारले उनको बिदाइमा एक प्रकारको उन्मुक्ति महसुस गरे । अमेरिकी अनुदारवादीहरूमध्ये सबभन्दा कट्टरपन्थी र व्यक्तिगतरूपमा लहडी नेता ट्रम्पको कारण अमेरिकी जनताले मात्र होइन, सिङ्गो संसारले पनि पछिल्ला चार वर्षमा ठूलो क्षति भोग्नुप¥यो । पछिल्लो घटनाक्रमको मात्र चर्चा गर्दा पनि संसारभर कोभिड–१९ महामारी फैलिरहेको बेला ट्रम्प सरकारले विश्व स्वास्थ्य सङ्गठनबाट हात झिक्ने र सहायता रकम नदिने घोषणा ग¥यो । यसले संसारकै लागि चुनौती बनेको कोभिड–१९ महामारी नियन्त्रणमा विश्व स्वास्थ्य सङ्गठनको समन्वयकारी भूमिकालाई नराम्ररी प्रभावित बनायो । महामारीले अमेरिकाका लाखौँलाख जनता पनि पिरोलिए । यद्यपि, ट्रम्प प्रशासनले लकडाउन गर्नमात्र होइन, मास्क लगाउने, स्यानिटाइजर प्रयोग गर्नेजस्ता सावधानीका आधारभूत उपायको पालनामा समेत उदासिनता देखाइरह्यो । ट्रम्पले त महामारीलाई ‘हल्लाबाजी’ (होक्स) भनेर गैरजिम्मेवारीको सीमा नै नाघे ।

ट्रम्पको व्यक्तिगत स्वभावको कारण पनि उनलाई विपक्षीहरूले मात्र होइन, उनकै धेरै सहयोगी र समर्थकहरूले साथ छोडे । उनको मन्त्रिमण्डलका धेरै सदस्यहरूले उनको व्यवहार र नीतिप्रति विमति राख्दै राजीनामा दिए । सञ्चारमाध्यमसँग उनको सम्बन्ध कहिल्यै राम्रो भएन । उनले पत्रकार र सञ्चारमाध्यमहरूलाई समेत मनपरी गालीगलौज गरे । सञ्चारमाध्यमहरूले उनलाई सबभन्दा बढी झूट बोल्ने राष्ट्रपति भनी तथ्यहरू सार्वजनिक गरे । उनी झूट बोल्न कति पनि असजिलो मान्दैनथे । उनले गलत कुरा पोस्ट गरेको भन्दै ट्वीटरले सधैँको लागि उनको खाता नै बन्द गरिदियो । अन्य सामाजिक सञ्जालहरूले पनि उनलाई कारबाही गरे ।

ट्रम्प शासनकालमा संरा अमेरिकामा काला, अल्पसङ्ख्यक, आदिवासी, महिला, आप्रवासी, मजदुरहरूमाथिको विभेद अझ फराकिलो बन्यो । राज्यसंयन्त्रभित्रका अनुदार सोचका पदाधिकारीहरू खुलमखुला यी समुदायमाथिको दमन र हिंसामा उत्रे । जर्ज फ्लोड नामको काला समुदायको एक जना पुरूषको निर्मम हत्या एउटा प्रतिनिधि घटनामात्र थियो । यो क्रममा धेरै जर्ज फ्लोडहरूको निर्मम हत्या भयो ।
जलवायु परिवर्तन आजको संसारसामु तेर्सिएको प्रधान चुनौती हो । यसको निम्ति विशेषतः विकसित र प्रमुख अर्थतन्त्रको उत्तरदायित्व बढी छ । तर, जलवायुसम्बन्धी पेरिस विश्व सम्मेलनको सम्झौताबाट हात झिकेर जलवायुप्रति आफ्नो कर्तव्यबाट ट्रम्प भागे । त्यस्तै इरानको आणविक सम्झौता संरा अमेरिकाकै नकारात्मक भूमिकाको कारण झन्डै मृतप्रायः बन्न पुग्यो । संसारको अर्को उदयीमान देश चीनसँग अमेरिकाको शत्रुतापूर्ण व्यवहारले धेरै क्षेत्रमा संसारले हासिल गर्न सम्भव उपलब्धि हात लाग्न सकेन ।
ट्रम्पको व्यक्तिगत स्वभावको कारण पनि उनलाई विपक्षीहरूले मात्र होइन, उनकै धेरै सहयोगी र समर्थकहरूले साथ छोडे । उनको मन्त्रिमण्डलका धेरै सदस्यहरूले उनको व्यवहार र नीतिप्रति विमति राख्दै राजीनामा दिए । सञ्चारमाध्यमसँग उनको सम्बन्ध कहिल्यै राम्रो भएन । उनले पत्रकार र सञ्चारमाध्यमहरूलाई समेत मनपरी गालीगलौज गरे । सञ्चारमाध्यमहरूले उनलाई सबभन्दा बढी झूट बोल्ने राष्ट्रपति भनी तथ्यहरू सार्वजनिक गरे । उनी झूट बोल्न कति पनि असजिलो मान्दैनथे । उनले गलत कुरा पोस्ट गरेको भन्दै ट्वीटरले सधैँको लागि उनको खाता नै बन्द गरिदियो । अन्य सामाजिक सञ्जालहरूले पनि उनलाई कारबाही गरे ।
निर्वाचनमा हार र जीत स्वाभाविक प्रक्रिया हो । प्रजातान्त्रिक व्यवस्थामा उम्मेदवारले चुनावमा हार र जीत दुवै स्वीकार्न सक्नुपर्छ । तर, ट्रम्प गत नोभेम्बरमा भएको निर्वाचनमा पराजित भएपछि आफ्ना समर्थकहरूको हुल उठाएर गत जनवरी ६ मा अमेरिकाको संसद् भवनमै हमला गरे । प्रजातन्त्र, संविधानवाद र राजनीतिक मूल्य–मान्यतामा अब्बल दाबी गरिएको देशमा चुनावमा हारेको झोंकमा पराजित उम्मेदवारले आफ्ना समर्थकहरूलाई उचालेर संसद् भवनमाथि नै हमला गर्दा धेरै विश्लेषकहरूले अमेरिकी राजनीतिक मूल्य–मान्यता र आदर्श क्षीण भएको निष्कर्ष निकालेका छन् । हिंसा, आतङ्क, अनुदारता, कट्टरपन्थमा विश्वास गर्ने ट्रम्प ह्वाइट हाउसबाट बिदा हुनुलाई अमेरिकाले खुसीसाथ लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *