भर्खरै :

‘मजदुर’ श्रमजीवी वर्गको पक्षमा

देशको स्वाधीनता र सार्वभौमसत्ता जोगाउने र देशभक्त नागरिक तयार गर्ने काम नेमकिपाको मात्र होइन पत्रिकाको पनि हो । भ्रष्टाचार, कालाबजारी, घुसखोरी र अनियमितताको विरोध गर्ने आस्थाको पत्रिका हो, ‘मजदुर’ दैनिक । कुनै पनि सरकार या पार्टीको जनविरोधी र देशविरोधी कदमको र कुसंस्कृतिविरूद्ध जनचेतना जगाउनेतर्फ यो पत्रिका केन्द्रित छ । नेपालको कम्युनिस्ट आन्दोलन र कम्युनिस्ट पार्टीलाई बाटो देखाउने नेमकिपाको इतिहास, नेमकिपाले कम्युनिस्ट आन्दोलन, कम्युनिस्ट सिद्धान्त र विचारमा पु¥याएको योगदान र गतिविधि जनताको घर–आँगनमा पु¥याउने काममा ‘मजदुर’ दैनिकले सहयोग पु¥याइरहेको छ । कुनै सरकार र पार्टीले गरेको झूटको खेती र भ्रमबारे चिर्ने, राष्ट्रिय अखण्डतामा प्रतिकूल प्रभाव पार्ने कामको चिरफार गर्ने र जातीय राजनीतिको विरोधमा ‘मजदुर’ दैनिक उभेको छ ।
यो पत्रिका नागरिक भावना जगाउने र जनताको सांस्कृतिक स्तर उठाउने काममा केन्द्रित छ । शोषणरहित समाज र आदर्शोन्मुख समाज स्थापनामा टेवा पु¥याउनेसम्बन्धी लेख र समाचारलाई पत्रिकामा स्थान दिइएको छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय मजदुर, किसान र उत्पीडित वर्गको पक्षमा आवाज उठाउने र ऐक्यबद्धता जनाउने यस पत्रिकामा वैदेशिक हस्तक्षेपको विरोध र देश विभाजन गर्ने राजनीतिविरुद्धको स्वर पाइन्छ । नेपालमा अहिले पनि प्रत्यक्ष या अप्रत्यक्षरूपमा वैदेशिक हस्तक्षेप छोडेको छैन । सीमा मिच्ने, विदेशी शक्ति राष्ट्रको दबाबमा बस्ने, आर्थिक सहयोग र विकासको प्रलोभन देखाएर नेपाल सरकारलाई अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको चङ्गुलमा फसाउने षड्यन्त्र बुनिरहेको छ । विदेशी शक्ति राष्ट्रको षड्यन्त्र र चलखेलमा सरकार र राजनीतिक दल नफस्न र सतर्क रहन पत्रिकाले खबरदारी गरिरहेको छ ।
नेमकिपाको मुखपत्र ‘मजदुर–किसान’ साम्राज्यवादविरोधी सङ्घर्ष, सामन्तविरोधी प्रजातान्त्रिक आन्दोलन, किसान, मजदुर आन्दोलन एवम् समाजवादी क्रान्तिबारे जानकारी दिने उद्देश्यले प्रकाशित पत्रिका हो । यसरी नै ‘मजदुर’ दैनिक मजदुर, किसान, बुद्धिजीवी तथा न्यायप्रेमी र देशभक्त जनताको पक्षमा सेवा गर्न, बहुमत जनताको सेवा हुने हरेक काम र गतिविधिलाई उजागर गर्न र पुरानपन्थी विचारबाट मुक्त हुन, जनविरोधी र देशविरोधी कार्य जनतामाझ उदाङ्ग्याएर जनताको सांस्कृतिक, राजनीतिक र सैद्धान्तिकस्तर उठाउने उद्देश्यले प्रकाशित भइरहेको छ । माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ्ग विचारधाराबारे व्यापक जनतालाई सुसूचित र सङ्गठित गरी समाजवाद स्थापना गर्ने बाटो हरेक कम्युनिस्ट पार्टीको जिम्मेवारी हो । त्यो जिम्मेवारी नेमकिपाले पूरा गरिरहेको छ । त्यसरी नै ‘मजदुर’ दैनिकले पनि श्रमिजीवी वर्गको पक्षमा कलम चलाएर जनतालाई सुसूचित पार्ने काम गरिरहेको छ । राष्ट्रिय, अन्तर्राष्ट्रिय मजदुर, किसान, शोषित–पीडित तथा उत्पीडित जनताको पक्षमा सर्वहारा वर्गका विभिन्न नेताहरूको जीवनी, अनुभव, न्यायप्रेमी आन्दोलन र सङ्घर्षका लेख र समाचार पत्रिकामा छापिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *