भर्खरै :

निकिता ख्रुश्चेभका पछिल्ला वर्षहरूसक्वको म राजदास – ६८

सोभियत सर्वोच्च कमान्डर नेता जोसेफ स्तालिनको निधनपश्चात् सोभियत सत्तामा नियुक्त भएका सोभियत नेता मिकोयानलाई पन्छाएर सोभियत सत्तामा हालीमुहाली हुन आएका निकिता खु्रश्चेभको सत्ता सञ्चालन गर्ने नीति सुरुदेखि नै विवादित र चुनौतीपूर्ण थियो ।
द्वितीय विश्वयुद्धताका सङ्घर्ष गरेबापत लडाइँ अन्त्य भएपछि उक्राइना गएका निकिता ख्रुश्चेभलाई मस्को बोलाएर स्तालिनको सल्लाहको रूपमा राखेको भए पनि र स्तालिनको निकै समर्थक भए पनि आफ्नो हातमा सत्ता आएपछि ख्रुश्चेभले सबभन्दा पहिले गरेको काम नै स्तालिनको खेदो खन्ने भयो । स्तालिनले देशको तीव्रगतिमा औद्योगिकीकरण र बृहत् कृषि सहकारीमा लगिराखेको अर्थतन्त्रलाई ख्रुश्चेभले विदेशी पुँजीवादी देशहरूसँगको सहअस्तित्वमा गएर शान्तिपूर्ण समाजवादको विकासको अवधारणा ल्याएर विश्व कम्युनिस्टधारलाई नै मोड्ने काम गरे ।
सन् १९५६ को फेब्रुअरीमा सम्पन्न भएको सोभियत कम्युनिस्ट पार्टीको २० औँ महाधिवेशनमा ख्रुश्चेभले एक बन्द सत्रमा आफ्नो ‘गोप्य भाषण’ दिएर सोभियत सत्ता सञ्चालनमा ठूलो जोखिम उठाए । उक्त गोप्य भाषणमा ख्रुश्चेभले दिवङ्गत सोभियत नेता स्तालिनको धेरै खेदो खनेर अफवाह फैलाएर देशमा उदार नीति अपनाउने मार्गनिर्देशन गरे । यद्यपि, स्तालिनको उद्योग, वाणिज्य, शिक्षा, सञ्चार र संस्कृतिमाथिको केन्द्रिकृत नीतिलाई ख्रुश्चेभले त्यागेनन् ।
ख्रुश्चेभले दिएको गोप्य भाषण सोभियत सङ्घभित्र र पूर्वी युरोपका समाजवादी देशहरूमा केही समयमै हावासरि फैलियो । ख्रुश्चेभको स्तालिनविरोधी उदार नीतिले देशभित्र सबभन्दा पहिले समाजवादविरोधी साहित्य सिर्जना हुनथाल्यो भने पूर्वी युरोपका समाजवादी देशहरूमा सोभियत सङ्घ नियन्त्रणबाट स्वतन्त्र हुन सङ्घर्षहरू भए । सन् १९५६ मा हङ्गेरीमा उठेको विद्रोह र पोल्यान्डमा सोभियत सङ्घको इच्छाविपरीत भ्लादिस्लाभ गोमुल्काले पोलिस कम्युनिस्ट पार्टी आफ्नो हातमा लिएको थियो । सन् १९५८ मा चेकोस्लाभाकियामा अलेक्जेन्डर डुब्चेकको नेतृत्वमा सोभियतविरोधी उपद्रव भएको थियो ।
ख्रुश्चेभले पूर्वी युरोपमा भएका दङ्गाहरूमाथि कठोर प्रहार गरी देशभित्रै प्रतिगमनको बिजारोपण गरे । ख्रुश्चेभको स्तालिनविरोधी नीति निर्माणले चीनसँग धेरै सम्बन्ध बिग्रिन गयो ।
विश्व कम्युनिस्ट आन्दोलनमा सोभियत कम्युनिस्ट नेता जोसेफ स्तालिनपछिको उत्तराधिकारी माओ त्सेतुङ हुने निश्चित भइरहँदा रेड स्क्वाएरको मोब्जालियामा महान् क्रान्तिकारी नेता भ्लादिमिर लेनिनको समाधिसँगै राखिएको स्तालिनको शवलाई उक्त समाधिस्थलबाट निकालेर क्रेमलिन पर्खालमुनि गाड्न लगाएर ख्रुश्चेभले कम्युनिस्ट नेता माओ त्सेतुङसँगको सम्बन्धमा ठूलो समस्या निम्त्याए ।
स्तालिनको अपहेलना गर्दै खु्रश्चेभले सोभियत सत्तामा आफ्नो कब्जा बलियो पार्दै आफ्ना विरोधीहरूको शक्ति क्षीण गराउनमा धेरै ऊर्जा खर्च गरे । सोभियत सङ्घसँग आणविक क्षेप्यास्त्रहरू भइसकेको कारण तेस्रो विश्व युद्धको खतरा नभएको निष्कर्ष गर्दै सुरुमा ख्रुश्चेभ र उनका प्रतिद्वन्द्वी मिकोयानले विदेशी पुँजीवादी देशहरूसँग मिलेर जाने र शान्तिपूर्ण ढङ्गले सोभियत सङ्घमा समाजवादको विकास गर्दै लाने नीति अपनाएका थिए ।
सन् १९५७ मा आएर सोभियत नेतृत्वमा रहेका बहुसङ्ख्यक सदस्य सोभियत नेता ख्रुश्चेभको नीतिको विरोधमा उत्रिए । ख्रुश्चेभलाई सोभियत प्रधानमन्त्रीको पद त्याग गरी कृषिमन्त्री बन्न सुझाव दिइयो । तर, ख्रुश्चेभ तत्कालीन रक्षामन्त्री दोस्रो विश्वयुद्धका कमान्डर इन चिफ मार्सल गियोर्गी झुकोभको साथ लिइकन सत्तामा टिकिरहन सफल भए । मार्सल झुकोभको सहयोगमा पार्टी केन्द्रीय कमिटीमा आफ्नो बहुमत जुटाएर ख्रुश्चेभले आफ्ना सत्ता झन् मजबुत पारेर आफूलाई अपदस्थ पार्न खोज्ने मालेन्कोभ, मोलोक्षोभ, कागानोभिचजस्ता प्रभावशाली नेताहरूलाई पार्टी द्रोहीको संज्ञा दिएर पार्टीबाट नै निष्काशन गरिदिए । चार वर्षसम्म निरन्तर सङ्घर्ष गरेर ख्रुश्चेभले सोभियत सत्ता आफ्नो कब्जामा राखे । आफ्नो सत्ताभित्र अर्थतन्त्र सुधार गर्नको लागि उनले आफूले चाहेको जस्तो व्यक्ति पाउन सकेनन् र अर्थतन्त्रमा खास कुनै उन्नति र प्रगति ल्याउन सकेनन् ।
सन् १९५९ मा ख्रुश्चेभले प्रथम पटक संयुक्त राज्य अमेरिकामा औपचारिक भ्रमण गरे । तर, यस अमेरिकी भ्रमणबाट उनले खास कुनै उपलब्धि हासिल गर्न सकेनन् ।
सन् १९६० को मे १ तारिखमा सोभियत सङ्घले उराल पहाडमाथि आफ्नो भूमिउपर उडिरहेको एक अमेरिकी गुप्तचर विभाग हवाईजहाज क्षेप्यास्त्र प्रयोग गरी खसालेर उक्त जहाजका चालक ग्यारी पावर्सलाई कब्जामा लिए र अमेरिकी राष्ट्रपतिलाई क्षमायाचना गर्न माग राखे ।
यसबाहेक सन् १९६० कङ्गोमा भएको गृहयुद्ध र कम्युनिस्ट नेता प्याट्रिसा लुमुम्बाको अमेरिकी सीआइएद्वारा भएको अमानवीय निर्मम हत्याले गर्दा सोभियत–अमेरिका सम्बन्धमा धेरै चिसोपन थपियो ।
यसबाहेक सन् १९६१ मा बर्लिनमा सोभियत निर्देशन र निगरानीमा जर्मनीको राजधानी बर्लिनमा निर्मित ‘बर्लिन वाल’ र सन् १९६२ मा भएको क्युवाली क्षेप्यास्त्र घटनाले गर्दा सोभियत अमेरिका सम्बन्ध झन्झन् बिग्रँदै गयो । सोभियत नेता ख्रुश्चेभको छवि सोभियत सङ्घभित्र र सोभियत सङ्घबाहिर पनि झन्झन् धमिलिँदै गयो ।
क्युवामा तैनाथ गरिसकेका क्षेप्यास्त्रहरू क्युवाली नेता फिडेल क्यास्ट्रोसँग कुनै सरसल्लाह र परामर्शबिना नै अमेरिकासँग गोप्य सम्झौता गरी हटाइएकोमा चीनले ख्रुश्चेभको धेरै आलोचना गरे र फिडेल क्यास्ट्रो पनि यसबाट धेरै दुःखित भए ।
क्युवाबाट क्षेप्यास्त्रहरू हटाइएपछि अमेरिकाले पनि सोभियत सङ्घतिर तेस्र्याएर टर्कीमा राखिएका अमेरिकी क्षेप्यास्त्रहरू हटाएका थिए । सन् १९६३ मा सोभियत सङ्घ, संयुक्त राज्य अमेरिका र संयुक्त अधिराज्य बेलायतबीच ‘आणविक परीक्षण निषेध’ सम्झौता भएको थियो । तापनि, संरा अमेरिका र सोभियत सङ्घबीच शीतयुद्धको साथसाथै क्षेप्यास्त्रहरूको निर्माणमा होडबाजी चल्दै गयो । यस क्षेप्यास्त्र होडबाजीले गर्दा सोभियत जनताले चाहेअनुसार देशभित्र आर्थिक विकास हुन सकिएन । ख्रुश्चेभले देशमा खाद्यान्न सड्ढट टार्न संरा अमेरिकाबाट सिकेर सोभियत सङ्घमा विशाल बाँझो खेतमा लाखौँ–करोडौँ बिघा जमिनमा मकै खेती गर्न थाले । सन् १९६२–६३ मा मकै खेतीले राम्रो फसल दिए पनि सन् १९६४ मा मकैबारीमा ठूलो क्षति व्यहोर्नु प¥यो । उन्नत खेती गर्न वैज्ञानिक तरिका नभएको र मौसमले पनि साथ नदिएको कारण सोभियत सङ्घले ठूलो खाद्यान्नको सड्ढट भोग्नु प¥यो । खु्रश्चेभको असक्षम नीतिले देशको क्षति व्यहोर्नुपरेको निष्कर्षका साथ सन् १९३४ मा ख्रुश्चेभलाई सत्ताबाट हटाइयो । ख्रुश्चेभको सत्ता बहिर्गमनपछि लिओनिड इलिच ब्रेझनेभ सोभियत कम्युनिस्ट पार्टीको महासचिवमा नियुक्त भए र पदगोर्नीलाई राष्ट्रपति बनाएर लिओनिड ब्रेझनेभले सोभियत सत्ता चलाउन थाले ।
सन् १९६४ को अक्टोबर महिनामा ख्रुश्चेभ कृष्णसागरमा बिदा मनाइरहेका थिए । उनलाई पार्टीको केन्द्रीय कमिटीबाट अक्टोबर १४ तारिखमा १५ वटा मुद्दा लगाएर सत्ताबाट हटाइयो । अन्य मुद्दाहरूसँगै ख्रुश्चेभमाथि ‘व्यक्तिपूजा’ को आरोप लगाइयो । अन्तर्राष्ट्रिय नेताहरू माओ त्सेतुङ, बल्गेरियन नेता टोडोर झीकोभजस्तालाई अपमानजनक शब्दहरू प्रयोग गरेको र संयुक्त राष्ट्र सङ्घको रोस्टमा जुत्ता बजारेका थुप्रै आरोपहरू लगाइएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *