भर्खरै :

ध्वनि, धुवाँ रसायन प्रदूषणबाट जनस्वास्थ्यमा हुने हानिलाई बेवास्ता नगरौँ

देश र जनताको इमानदारीपूर्वक सेवा गर्ने काममा ट्रक व्यवसायी प्रालि भक्तपुरका साथीहरूलाई सफलता मिल्ने शुभकामना दिन चाहन्छु । माटो ओसार्ने र सवारी साधन चलाउने विषयमा जनतालाई अप्ठेरो नपर्ने गरी ट्रक व्यवसायी, प्रशासन र प्रहरीबीच छलफल हुने अपेक्षा गर्दछु । सवारी सञ्चालनमा सडक यात्रुलाई प्राथमिकता दिने, ट्रक व्यवसायी स्वयम् र चालक तथा परिचालकको स्वास्थ्य र सांस्कृतिक स्तर उठाउने कार्यक्रम बनाई कार्यान्वयन गर्ने काममा पनि ट्रक व्यवसायी साथीहरूलाई सफलता मिल्ने कामना गर्न चाहन्छु ।
देश र जनताको निम्ति कृषि, शिक्षा, स्वास्थ्य, जलविद्युत्, उद्योग–व्यापार आदिको विकास हुनु आवश्यक छ । कृषि कमजोर हुँदै आउँदा नेपालमा वर्षको २ खर्ब रुपैयाँको खाद्यान्न आयात भइरहेको छ । विदेशमा स्वास्थ्य उपचार र शिक्षा प्राप्त गर्न विद्यार्थीहरूको ओइरो बढ्दो छ । यसको निम्ति वर्षको थप खर्बाैँ रुपैयाँ खर्च भइरहेको छ । सरकारको कुल व्यापारघाटा वर्षको १५–१६ खर्ब रुपैयाँ पुग्यो, यो बढ्दो छ । देशको आन्तरिक उत्पादन बढाउने काममा सरकार अघि नसरेको हुँदा विकास निर्माण विदेशीको निगाहामा मात्र हुने अहिलेको स्थिति भएको छ ।
नेपाली जनता यतिखेर धुलो, धुवाँ, ध्वनि र रसायन प्रदूषणबाट पीडित छन् । धुलो र धुवाँ प्रदूषणको कारण काठमाडौँ उपत्यका फोक्सोका रोगीहरूको थलो बन्दै छ । सरकारले उद्योग क्षेत्र र निर्माण स्थललाई नियमन गर्न सकेन, सवारी साधनमा प्रयोग हुने गुणस्तरहीन इन्धन बिक्रीमा रोक लगाएन र प्राविधिकहरूको तालिम सञ्चालन तथा सवारी समयमा मर्मत गराउने काम गरेन । यसकारण, पनि उद्योग क्षेत्र र सवारीको धुवाँ प्रदूषण बढ्दो छ । गाडीको धुवाँ पास वितरणमा पनि आर्थिक अनियमितता भइरहेको जनगुनासो छ ।

वायु प्रदूषणको कारण क्यान्सर, किड्नी, छाला, मुटु, उच्च रक्तचापलगायत रोगी बढ्ने तथा हृदयघातसमेत हुने विज्ञहरूको मत छ । महिलामा गर्भ तुहिने तथा समयअगावै बच्चा जन्मिने, बाल मृत्यु बढ्ने र मानिसको आयु कम हुने समस्या पनि वायु प्रदूषणबाटै बढ्ने विज्ञहरूको मत छ । वायु प्रदूषणको कारण नेपालमा पर्यटक घट्ने र यसबाट विदेशी मुद्रा आर्जन पनि घट्ने छ । प्रदूषणबाट सचेत कतिपय देशमा सरकारी अधिकारीहरू, युवा, ज्येष्ठ नागरिकसमेत साइकलमा हिँड्छन् र यसको प्रयोगमा जोड दिन्छन् । नेपालमा सार्वजनिक यातायात व्यवस्थित नहुँदा निजी सवारी चढ्ने बढ्दो छ । यसरी देशको खर्बाैँ रुपैयाँ सवारी र इन्धन खरिदमा विदेशिँदै छ ।

धुलाम्य सडक र फोहरमैलाको अव्यवस्था तथा असन्तुलित सहर विकासको कारण पनि हावा प्रदूषण बढ्दो छ । नेपालमा राजमार्गको दायाँबायाँ मानव बस्ती र बजार विकास गरिएको बेठीक छ । राजमार्गको ५–६ किमिभित्र मानव बस्ती विकास गर्नु आवश्यक छ ।
वायु प्रदूषणको कारण क्यान्सर, किड्नी, छाला, मुटु, उच्च रक्तचापलगायत रोगी बढ्ने तथा हृदयघातसमेत हुने विज्ञहरूको मत छ । महिलामा गर्भ तुहिने तथा समयअगावै बच्चा जन्मिने, बाल मृत्यु बढ्ने र मानिसको आयु कम हुने समस्या पनि वायु प्रदूषणबाटै बढ्ने विज्ञहरूको मत छ । वायु प्रदूषणको कारण नेपालमा पर्यटक घट्ने र यसबाट विदेशी मुद्रा आर्जन पनि घट्ने छ । प्रदूषणबाट सचेत कतिपय देशमा सरकारी अधिकारीहरू, युवा, ज्येष्ठ नागरिकसमेत साइकलमा हिँड्छन् र यसको प्रयोगमा जोड दिन्छन् । नेपालमा सार्वजनिक यातायात व्यवस्थित नहुँदा निजी सवारी चढ्ने बढ्दो छ । यसरी देशको खर्बाैँ रुपैयाँ सवारी र इन्धन खरिदमा विदेशिँदै छ ।
काठमाडौँ उपत्यकामा ध्वनि प्रदूषण पनि बढ्दो छ । सामान्यतः घरभित्र ध्वनिको मात्रा ४५–५५ डीबीएभन्दा बढ्न नहुने विज्ञहरूको मत छ । ध्वनि प्रदूषणले मानिसको निद्रामा बाधा पु¥याउने, तनाव र उच्च रक्तचाप बढाउने, कुराकानी, सञ्चार र अन्य कार्य सम्पादनमा बाधा पु¥याउनेछ । काठमाडौँ उपत्यकाको भक्तपुर, बालाजु र पाटन औद्योगिक क्षेत्रको वरिपरीको मानवबस्तीमा ८० डीबीएभन्दा बढी ध्वनि प्रदूषण भएको एक अध्ययनले बताएको छ । उद्योगी–व्यापारीहरूको सामाजिक उत्तरदायित्वबारे पनि चर्चा हुनु आवश्यक छ । आप्mनो कामबाट जनतालाई हुने हानिबारे सबै सजग हुनु आवश्यक छ ।
काठमाडौँ उपत्यकामा ध्वनि, धुवाँ र रसायन प्रदूषण न्यून गर्न जिल्ला सदरमुकाम र प्रदेश राजधानीमा काठमाडौँ उपत्यकामा जस्तै स्वास्थ्य, शिक्षा र भौतिक पूर्वाधारको विकाससहित देशको सन्तुलित विकास गर्नु आवश्यक छ । काठमाडौँ उपत्यकामा एक लाख ४० हजार रोपनी खेतीयोग्य जग्गा मासेर चार वटा थप उपसहर विकास गर्ने सरकारको योजना देशको सन्तुलित विकासको अवधारणाविपरीत छ । भूकम्पलगायत प्राकृतिक प्रकोपमा मान्छे भागेर बस्ने ठाउँसमेत नहुने गरी काठमाडौँ उपत्यकामा बस्ती विकास गर्नु पर्यावरणीय दृष्टिकोणले पनि गलत हो । देशभरिका जनताको सेवा गर्नुपर्ने निजामती कर्मचारीमध्ये आधालाई काज, स्वास्थ्य उपचार, तालिम आदिको नाममा काठमाडौँमा बसाल्ने सरकारी नीति पनि गलत छ ।
सरकारमा गएका पार्टीका नेताहरूको भागबन्डाको झगडाकै कारण प्रतिनिधिसभा विघटन भयो र नयाँ चुनावको मिति तोकियो । नयाँ संविधान निर्माणपछि चुनावबाट आएको तीन वर्षयताको सरकारमा गएका पार्टीहरूले पनि यसअघि भैmँ देश र जनताको हितमा काम गरेनन् । यसकारण ताजा जनादेशको निम्ति निर्धारित मितिमा नयाँ चुनाव हुनु आवश्यक छ । नेपालको तरल राजनीतिक अवस्थामा विदेशी प्रभाव विशेषगरी भारतीय चलखेल बढ्ने नयाँ होइन । सरकारले भर्खरै भारतीय कम्पनी सतलजलाई तल्लो अरुण जलविद्युत् उत्पादनको जिम्मा लगायो । यो नेपालको हितविपरीत हो । समाचारअनुसार तल्लो अरुणबाट नेपालीलाई चीनको कम्पनीले २५ प्रतिशत निःशुल्क विद्युत् दिने प्रस्ताव ग¥यो तर सतलजले २१ प्रतिशतमात्र विद्युत् निःशुल्क दिने प्रस्ताव ग¥यो । सरकारले यस्तो देशहित विपरीत काम गर्नु हुने थिएन ।
सरकारले कानुन र व्यवहारसमेत मिल्ने गरी सर्वसाधारण जनता, उद्योगी, व्यापारीको समस्या समाधान गर्नु आवश्यक छ । प्रशासनले मिलेमतो होइन निष्पक्ष भएर जनताको सेवा गर्ने र गराउने गर्नु आवश्यक छ । मालपोत कार्यालय सुर्खेतमा भइरहेको अनियमितताको विरोध गरेका जनतालाई जिल्ला प्रशासन कार्यालय सुर्खेतले अभद्र व्यवहारको आरोप लगाई हप्तादिनदेखि थुनामा राखेको गलत हो । जनताविरुद्ध झूटा आरोप खारेज गर्नु आवश्यक छ ।
(ट्रक व्यवसायी सङ्घ प्रालि भक्तपुरको २० औँ र २१ औँ साधारणसभाको उद्घाटन समारोहमा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले २०७७ माघ २० गते राख्नुभएको मन्तव्यको सार– सं)

Leave a Reply

Your email address will not be published. Required fields are marked *