भर्खरै :

चीनबारे दिउँसै सपना देख्नेहरूको नाममा

चीनबाहिर केही निश्चित शक्ति र चीनभित्रका केही मुठ्ठीभर फरक मत राख्नेहरू चीनमा सतही स्थायित्व भएको विश्वास गर्छन् । उनीहरूको मनमा चीन यति कमजोर छ, सानो द्वन्द्व वा विरोध प्रदर्शनले पनि ठूलो असर पार्ने सोच्छन् । उनीहरू त्यस्ता समस्याले चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्व गल्र्यामगुुर्लुम्म ढल्छ भनी विचार गर्छन् । तर, चीनबारे यस्ता बुझाइ सबै हचुवा बुझाइमात्र हुन् । उनीहरू आजको चीनलाई पनि कुनै ऐतिहासिक युरोपेली साम्राज्यजस्तै जबरजस्ती जोडिएको एकताको देश भनी सोच्छन् ।
म उनीहरूलाई जनवादी गणतन्त्र चीनको जग कसरी बस्यो भन्ने कुरा अवगत गराउन चाहन्छु । चिनियाँ जनताको छनोटमा चिनियाँ कम्युनिस्ट पार्टी र नयाँ सरकारको लागि पश्चिमा देशमा हुने आवधिक चुनावबीचको आधारभूत भिन्नताबारे प्रकाश पार्न चाहन्छु ।
छिङ वंश (सन् १६४४–१९११) को उत्तर्राद्र्धमा चीन एकआपसमा प्रतिस्पर्धा गरिरहेका विभिन्न विचारको अराजकतामा फस्यो । सन् १९२१ मा चिनियाँ कम्युनिस्ट पार्टी स्थापना हुँदा त्यो पार्टी एक दर्जन जति सदस्य भएको निकै सानो र कमजोर पार्टी थियो । चीनमा कम्युनिस्ट अन्तर्राष्ट्रिय (१९१९–४३) चलाएको आन्दोलनले चीनमा छरेको सानो बीउमात्र थियो–चिनियाँ कम्युनिस्ट पार्टी । त्यत्तिबेला चीनका हरेक सरकारले चिनियाँ कम्युनिस्ट पार्टीलाई जरैदेखि निर्मूल गर्न चाहन्थे । तर, कम्युनिस्ट पार्टीले प्रतिकूलताको बाटो हिँड्दै क्रमशः बलियो बन्दै गइरहेको थियो र सिङ्गो देशमा शासन गर्ने क्षमता विकास गर्दै थियो ।
विचार गर्नोस् त : जनताको अपार समर्थन र इतिहासको बलियो जोडबलबिना चिनियाँ कम्युनिस्ट पार्टीले कसरी ती अथाह कठिनाइहरू झेल्न सक्थ्यो र एकपछि अर्को विजय हासिल गर्न सम्भव हुन्थ्यो ?
चीनको सरकारी तथ्याङ्कअनुसार जनवादी गणतन्त्र चीन स्थापनाको लागि २ करोड १० लाखभन्दा बढी चिनियाँ जनताले बलिदान गर्नुपरेको थियो । तीमध्ये १६ लाख चिनियाँहरूलाई सहिदको रूपमा सम्मान गरिएको छ भने बाँकीको नाम त अझै पनि पहिचान हुन सकेको छैन । चिनियाँ कम्युनिस्ट पार्टीका सदस्यहरूमध्ये मुठ्ठीभरले पार्टीलाई धोखा पनि दिए । तथापि, क्रान्तिको अवधिमा दृढ निश्चयी र सम्झौताहीन सङ्घर्ष नै पार्टीको मूल भावना थियो । त्यत्तिबेला चिनियाँ कम्युनिस्ट पार्टी आफ्नो लक्ष्यमा सफल हुने पक्का थिएन । तथापि, कैयौँ मानिसहरू बिनासङ्कोच पार्टीमा सदस्य बने । चीनभरका सर्वसाधारण जनता चिनियाँ कम्युनिस्ट पार्टीकै पछि लागे ।

क्रान्तिको क्रममा जब ठूलठूला चुनौती आइपरे, ठूलो बलिदान र निर्णायक लडाइँ लड्नुपर्ने अवस्थामा चिनियाँ जनताले पटक–पटक चिनियाँ कम्युनिस्ट पार्टीकै नेतृत्वमा अघि बढ्न तयार भए । सन् १९२१ देखि १९४९ सम्म चिनियाँ कम्युनिस्ट पार्टीले आफ्नो बाटोमा आएका हरेक प्रतिकुलताको सामना गर्दै क्रान्तिकारी गतिविधिलाई निरन्तरता दियो । के यी सबै इतिहासका घटना आफ्नो राजनीतिक निर्वाचन प्रणालीप्रति गौरव गर्ने आजको पश्चिमा संसारसँग कहीँ कतै पनि तुलनायोग्य पनि छ र ?

पहिलेका शासन र सरकारप्रति चिनियाँ जनताको तीखो आक्रोश र न्यायको बलियो भावना नहुँदो हो त अनि चिनियाँ कम्युनिस्ट पार्टीका कार्यक्रमले चिनियाँ जनताको साझा चाहनालाई गहिरोसँग अङ्गीकार नगर्दो हो त कसरी त्यत्ति धेरै चिनियाँ जनता इतिहासको त्यो ठूलो मूल्य चुकाउन र समाजवादी जनवादी गणतन्त्र चीनको जग बसाल्न चिनियाँ कम्युनिस्ट पार्टीको पछि लाग्थ्यो ?
क्रान्तिको क्रममा जब ठूलठूला चुनौती आइपरे, ठूलो बलिदान र निर्णायक लडाइँ लड्नुपर्ने अवस्थामा चिनियाँ जनताले पटक–पटक चिनियाँ कम्युनिस्ट पार्टीकै नेतृत्वमा अघि बढ्न तयार भए । सन् १९२१ देखि १९४९ सम्म चिनियाँ कम्युनिस्ट पार्टीले आफ्नो बाटोमा आएका हरेक प्रतिकुलताको सामना गर्दै क्रान्तिकारी गतिविधिलाई निरन्तरता दियो । के यी सबै इतिहासका घटना आफ्नो राजनीतिक निर्वाचन प्रणालीप्रति गौरव गर्ने आजको पश्चिमा संसारसँग कहीँ कतै पनि तुलनायोग्य पनि छ र ?
ठूलो दुःखकष्ट सामना गरेर चिनियाँ कम्युनिस्ट पार्टीको स्थापना भएको थियो । समाजवादी चीनको संविधान रगत र आँसुले बनेको दस्तावेज हो । निकै कठिनाइका साथ हासिल गरेको हुनाले चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा रहेको संवैधानिक व्यवस्था त्यत्ति सजिलै फाल्न सजिलो छैन । यो मनचिन्ते झोलाको कुरा कदापि वास्तविक हुनसक्दैन ।
केही मानिसहरू चीनमा कुनै ठूलो सङ्कट आउन लागेको कुरामा सधैँ विश्वास गरेर बस्छन् । उनीहरू चीनको कुनै पनि भागमा कुनै पनि खालको अराजक अवस्थामा निम्तिएको हेर्न अभिसप्त हुने गर्छन् । उनीहरू चीनमा भएका कुनै पनि घटनाका भिडियो अपलोड गरेर आफ्नो सिद्धान्त पुष्टि गर्न हतारिएका हुन्छन् । उनीहरू त्यस्ता सामग्री देखाएर भन्छन्,“हेर ¤ हेर ¤ चीनमा गञ्जागोल भएछ ।” चीन कुनै अराजकतामा डुब्दै गरेको हेर्ने यो चाहना पनि हास्यास्पद नै देखिन्छ ।
कति मानिसहरू सडक प्रदर्शनहरूबाट पश्चिमा देशहरू कति पनि डराउँदैनन्, तर चीन ज्यादै डराउँछ भनी सोच्छन् । तथापि, पश्चिमलाई अलगअलग गर्न नसकेको सडक सङ्घर्षले चीनलाई पनि गर्न सक्दैन भन्नेमा विश्वास गरिन्छ । चीनसँग भित्रैबाट कुनै पनि विध्वंसात्मक राजनीतिक आन्दोलन दबाउने बलियो शक्ति छ । यदि चीनमा त्यस्तो कुनै घटना भए त्यसको प्रभाव अस्थायीमात्र हुनेछ । विषय आजको चीन कस्तो देखिन्छ भन्ने हो । लामो समयदेखि चीनले शान्तिपूर्वक एउटा निश्चित तीव्रतामा जनताको जनजीवनमा सुधार गर्दै आएको छ । सत्तासीन चिनियाँ कम्युनिस्ट पार्टीले जनताको सेवालाई प्राथमिकता दिँदै आएको छ । केही भ्रष्ट अधिकारीहरूलाई बिनाकुनै मोलाहिजा कडा सजाय गरिन्छ । यो समय निःसन्देह आधुनिक चीनको सबभन्दा उत्कृष्ट विकासको चरण हुनुको साथै पछिल्लो क्रान्ति यताको बाली भित्र्याउने याम हो । चीनमा धेरै ठूलठूला परिवर्तन भइरहेका छन् । त्यस्तै चीनको राष्ट्रिय क्षमता र अन्तर्राष्ट्रिय स्तरमा पनि धेरै ठूलो परिवर्तन भइरहेको छ । आजको चीन विश्व मञ्चमा बिहानको सात वा आठ बजेतिरको उदाउँदो घाम हो ।
हरेक देशमा केही निश्चित विषयमा जनताको मत असन्तुष्ट हुनु स्वाभाविक हो । तर, चिनियाँ जनतालाई आफ्नै देशविरुद्ध जान केही मानिसहरूले आफ्नो आक्रोश कहाँ गएर पोख्न सक्लान् ? चीनमा सुनामीको तहमा अथवा सत्ता परिवर्तनको आकारमा पुग्ने शक्ति परिचालन गर्न के सम्भव होला ?
केही मानिसहरू इन्टरनेटको अनुहार हेरेर यसको लागि आशावादी आँखा लगाउने गर्छन् । उनीहरू इन्टरनेट युगमा हुर्केको पुस्ताले चीनलाई हातमा लिने सपना देख्ने गर्छन् । तर, चीनमा सरकारको शासन र मानवीयकरण उजागर गर्ने पुग्दो सूचनासहितको जानकारी लगातार दिइने गरेको कुरा बुझ्न उनीहरू सकिरहेका छैनन् । चिनियाँ जनताबीच ‘रङ्गीन क्रान्ति’ भन्ने शब्द सबभन्दा नकारात्मक शब्द बनिसकेको छ । यो शब्द ‘राजनीतिक मुख्र्याइँ’ को पर्यायवाची शब्द बनिसकेको छ ।
चीन पक्कै पनि सही बाटोमा छ । चीनको तीव्र विकास र जनताको बढ्दो जीवनस्तरले नै यो कुरा प्रमाणित गरिसकेको छ । निकै थोरै मानिसहरूमात्र गुनासो गर्छन् । तर, चिनियाँ जनतामा सामूहिक तार्किकता परिपक्व बन्दै छ । अर्को शब्दमा भन्दा चिनियाँ जनता मूर्ख छैनन् । चीनका अधिकांश समस्या आंशिक र अस्थायी छन् । चिनियाँ जनता चीनको विकासमा आफ्नो भूमिकाबारे ज्यादै सचेत छन् ।
चीनले चुनौती र परीक्षणहरूको सामना जारी राख्नेछन् । तर, चीनको अवसान हुने सङ्केत खोज्न हतार गर्नेहरू वास्तवमा अलि बढी नै सोचिरहेका छन् । चीन ३२ वर्ष लामो आँधीहुरीमा कति पनि विचलित भएन । बरु पाठहरू सिक्दै गयो । केही मानिसहरू सोभियत सङ्घ पनि विघटन भयो भन्छन् । हो, सोभियत सङ्घ विघटन भयो किनभने त्यहाँको नेतृत्व अलमलमा थियो । सोभियत सङ्घको कम्युनिस्ट पार्टी विघटन भयो तर किन अझै त्यो देश उभिएको छ ? चीनले आफ्नै इतिहास र विदेशी अनुभवबाट पनि सिकेको छ । हामीलाई कसैले पनि त्यत्ति सजिलै मूर्ख बनाउन सक्दैनन् । समाजवादी चीनलाई अलगअलग पार्न खोज्ने जो कोही दिउँसै सपना देखिरहेका छन् ।
(लेखक ग्लोबल टाइम्सका प्रधानसम्पादक हुनुहुन्छ ।)
स्रोत : ग्लोबल टाइम्स
नेपाली अनुवाद : सुमन

Leave a Reply

Your email address will not be published. Required fields are marked *