भर्खरै :

फोर्ट डेट्रिक प्रयोगशाला किन बन्द गरियो ?

सन् २०१९ को डिसेम्बर १ मा चीनमा पहिलो पटक नयाँ कोरोना सङ्क्रमित केस सार्वजनिक भएदेखि हालसम्म अमेरिकाका नेता तथा पदाधिकारीलगायत केही विदेशी राजनीतिज्ञ र सञ्चारमाध्यमले सधैँ चीनको उहानको विषय झिकेर समस्या खडा गर्दै आएका छन् । व्यक्तिगत हितमा जोड दिएका ती व्यक्तिहरूको दृष्टिमा वैज्ञानिक तथ्याङ्क र सैद्धान्तिक दर्शन कुनै पनि महत्वपूर्ण छैन । अमेरिकी नागरिकलगायत अन्तर्राष्ट्रिय जनमतको ठहरअनुसार भाइरसको स्रोतको खोजीका लागि धेरै शङ्कास्पद मानिएको जाँचबुझ गर्नुपर्ने स्थल अमेरिकी फोर्ट डेट्रिक प्रयोगशाला नै हो ।
प्रमाणअनुसार अमेरिकाको पहिलो कोभिड– १९ सङ्क्रमित केस सन् २०१९ को डिसेम्बर १ भन्दा अघि भएको हो । अमेरिकाले यसप्रति तल्लोस्तरमा यसरी रिपोर्ट गर्दै भनेको छ, “अनुसन्धानअनुसार अमेरिकाको पहिलो कोभिड– १९ सङ्क्रमित केस थाहा भएभन्दा केही हप्तादेखि नै थियो ।” उक्त अनुसन्धान अमेरिकी सरकारद्वारा सन् २०१९ को डिसेम्बर १३ देखि सन् २०२० जनवरी १७ सम्म ९ राज्यका ७ हजार ३ सय ८९ रक्त नमुनामा गरिएको एक जाँचबुझ हो । जसबाट १०६ वटा कोभिड– १९ को शरीर प्रतिरोध पाइएको छ । अर्को शब्दमा सन् २०१९ को डिसेम्बर १३ अघि १.४ प्रतिशत अमेरिकी जनतासँग कोभिड– १९ शरीर प्रतिरोध थियो । शरीर प्रतिरोध जन्मिनका लागि लगभग दुई हप्ता चाहिन्छ । त्यसैले डिसेम्बर १ अर्थात् चीनमा पहिलो केस सार्वजनिक भएअघि अमेरिकामा लगभग ४७ लाख कोभिड– १९ सङ्क्रमित केस रहेका थिए ।
अमेरिकामा कोभिड– १९ को सङ्क्रमित पहिलो केस कहिले देखिएको हो ? त्यसबारे सन् २०१९ मा आकस्मिक रूपमा बन्द भएको फोर्ट डेट्रिक प्रयोगशालालाई जोड दिनुपर्छ । अमेरिमामा यस प्रयोगशालाको बन्द र कोभिड– १९ बीचको सम्बन्धबारे जाँचबुझ गर्नुपर्ने देखिन्छ । सन् २०१९ को मे महिनामा अमेरिकी रक्षा मन्त्रालयले एक योजनाको बोलपत्र आह्वान गरेको थियो । यस योजनाको लक्ष्य सार्स भाइरसको प्रतिरोधको अनुसन्धान गर्ने हो । जुलाई महिनामा अमेरिकी रोग नियन्त्रण केन्द्र अर्थात् सीडीसीले यस प्रयोगशालाको निरीक्षण गरेपछि सुरक्षा समस्याको कारण प्रयोगशाला नै बन्द गर्ने आदेश दिएको थियो । प्रयोगशाला बन्द भएपछि यसका वरिपरि क्षेत्रमा रहस्यमय ‘भ्यापिङ रोग’ देखिएको थियो । यसबाट मृत्युसमेत भएको थियो । यस रोगको लक्षण र फोक्सो सीटी स्क्यानको परिणाम हेर्दा कोभिड– १९ झैँ लगभग उस्तै छ । सोही महिना रक्षा मन्त्रालयको उक्त सार्स भाइरस योजना रद्द भयो । त्यसपछि आएको अमेरिकाको मौसमी फ्लुमा परी सङ्क्रमित ३ करोड २० लाख अमेरिकीमध्ये १८ हजार जनताले ज्यान गुमाए । यसबारे सीडीसीका प्रमुख रेडफिल्डले सार्वजनिकरूपमा स्वीकार गरेअनुसार ती मृत्युहरूमध्ये कोभिड– १९ सङ्क्रमित रहेका छन् ।
त्यसबेला अमेरिकामा ४७ लाख कोभिड– १९ सङ्क्रमित रहेका थिए । उल्टो अमेरिकाको पहिलो केस अगष्टको मध्य अवधिमा देखिनसक्ने सम्भावना छ । यसबेला अमेरिकाको ‘भ्यापिङ रोग’सम्बन्धी मृत्युको केस देखिएको अवधिसँग मिल्दोजुल्दो छ ।
यसपछि अमेरिकाले सन् २०१९ को अक्टोबरमा ‘२०१ घटना’ नामक ग्लोबल महामारी अभ्यास गर्दै मानव जाति र पशुधनबीच साझा लगाइएको कोरोना भाइरस विश्वव्यापी फैलावटको नक्कल गराएको थियो । यस अभ्यासको नतिजाअनुसार भाइरस केवल ६ महिनामा विश्वव्यापीरूपमा फैलावट गर्न सकिन्छ । यसले ग्लोबल बैङ्किङ सङ्कट गराउनेछ । यो नतिजा वर्तमान वास्तविक कोभिड– १९ महामारीसँग अत्यन्तै मिल्दोजुल्दो छ ।


फोर्ट डेट्रिक प्रयोगशाला किन बन्द भयो ? रक्षा मन्त्रालयले सार्स भाइरस अनुसन्धान योजनालाई किन रद्द गरेको थियो ? इलेक्ट्रोनिक–सिगरेट लोकप्रिय भएका मुलुकहरूमा इलेक्ट्रोनिक–सिगरेटसम्बन्धी कुनै पनि रोग फैलिएको छैन भन्ने पृष्ठभूमिमा यस प्रयोगशाला नजिक किन भ्यापिङ रोगबाट मृत्युको केस देखिन्छ ? ग्लोबल महामारी अभ्यास र यसपछिको कोभिड– १९ महामारीसँग किन उस्तै छ ? विश्वमा सबैभन्दा उच्चस्तरीय चिकित्सा स्तर रहेको अमेरिका किन विश्वको सबैभन्दा गम्भीर प्रभावित देश बन्यो ? यस प्रश्नको जवाफ अमेरिकाको तत्कालीन सरकारले किन दिएको छैन ?
भाइरसको स्रोतको खोजीमा ‘नम्बर शून्य केस’को निश्चितता निकै महत्वपूर्ण छ । विश्व स्वास्थ्य सङ्गठनको आपत्कालीन परियोजना प्राविधिक पर्यवेक्षक मारिया भ्यान कोखोभका अनुसार ‘नम्बर शून्य केस’ वास्तविक प्रारम्भिक केस हुन नसक्ने देखिन्छ । त्यसैले अझ गहिरो अनुसन्धान गर्नुपर्छ । भाइरसको स्रोतको खोजी गर्न विश्वका विभिन्न मुलुकको सक्रिय संलग्नता चाहिन्छ । नयाँ कोरोना भाइरसदेखि यता चीनको दायित्वबोध, सक्रियता तथा गतिविधिले अन्तर्राष्ट्रिय सङ्गठनसँग भाइरसको स्रोतको खोजीसम्बन्धी सहयोग गर्दै आएको छ । चीनलाई एक नमुनाको रूपमा लिँदै अमेरिकाले कुचेष्टा वा झूठो फैलाउन बन्द गर्दै फोर्ट डेट्रिक प्रयोगशाला र ‘भ्यापिङ रोग’को चौतर्फी छानबिन गर्नसक्ने आशा छ । यसबाट अन्तर्राष्ट्रिय चासो तथा शङ्कालाई जवाफ दिन सकिन्छ ।
स्रोतः सीआरआई

Leave a Reply

Your email address will not be published. Required fields are marked *