सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ४
- असार १५, २०८३
पेइचिङ, ९ फेब्रुअरी । चीनको परराष्ट्र मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा अघिल्लो हप्ता चीनले विश्वमा खोपको प्रयोगको अवस्थाका बारेमा गरेको घोषणाको बारेमा पत्रकारले सोधेको प्रश्नमा प्रवक्ता वाङ वन पिनले जवाफ दिनुभएको छ । पत्रकारले सोधेका थिए, हामीलाई पछिल्लो अवस्थाबारे जानकारी दिन सक्नुहुन्छ ?
परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वन पिनले अघिल्लो हप्ता चीनका राष्ट्राध्यक्ष सी चिन फिङको महत्वपूर्ण घोषणालाई कार्यान्वयन गर्नका लागि खोपको विकास र उपयोगका लागि खोपहरू विकासोन्मुख देशहरूमा उपलब्ध गराएर विश्वव्यापी सार्वजनिक उत्पादनको रूपमा प्रदान गर्ने घोषणाको कार्यान्वयन भएको बताउनुभयो । चीनले पाकिस्तानलगायत ५३ विकासोन्मुख देशहरूलाई खोप सहयोग प्रदान गरेको छ । उहाँले बताएअनुसार चीनले २२ देशहरूमा खोप निर्यात गरेको छ । चीनले विश्व स्वास्थ्य सङ्गठनको ‘नयाँ कोरोना भाइरस खोप कार्यान्वयन योजना’ मा पनि सक्रियरूपमा भाग लिएको र यो योजनालाई विशेष गरी विकासोन्मुख देशहरूलाई १ करोड खोप दिने निर्णय गरेको बताउनुभयो ।
चीनले संयुक्त खोप अनुसन्धान, विकास र साझेदारी उत्पादनमा घरेलु कम्पनीहरू र विदेशी साझेदारहरूलाई सहयोग पु¥याउने भन्दै सम्बन्धित कम्पनीहरूलाई ती खोपहरू तुरुन्तै आवश्यक परेको पनि उहाँले औँल्याउनुभयो । चिनियाँ खोपहरू पहिचान गर्न र आफ्नै देशहरूमा चिनियाँ खोपहरूको आपत्कालीन प्रयोगको अधिकार प्रदान गर्ने मुलुकहरूमा निर्यात गर्न सहयोग गरेको छ ।
‘मानवअधिकार खाली नारा होइन’
मानव अधिकार के हो ? हालै बेलायतको इकोनोमिस्ट वेबसाइट र चाइना ग्लोबल टेलिभिजन नेटवर्कको वेबसाइटले यस सम्बन्धमा लेख प्रकाशन गरेका छन् । तर, यी सम्बन्धित विषयमा दुई संस्थाको उत्तर भिन्न छ । चीनका परराष्ट्र प्रवक्ता ह्वा छुनयिङले यसभन्दा अघि पनि धेरै पटक मानवअधिकार खाली नारा नभएको र यो ठोस विषय भएको भन्दै सबैभन्दा ठूलो मानवअधिकार भनेको जीवन बाँच्न पाउने अधिकार भएको दोहो¥याउँदै आउनुभएको छ ।
प्रवक्ता ह्वा छुनयिङले महामारीमा सबैभन्दा ठूलो मानवअधिकार भनेको स्वस्थ तथा सुरक्षितरूपमा बाँच्ने अधिकार र स्वतन्त्रतालाई मानिएको पनि बताउनुभएको छ ।
यसैबीच फेबु्रअरी ५ तारिख लेबनानका लागि चिनियाँ राजदूतावास वाणिज्य विभागका प्रमुख छाऊ यीले ट्विटरमा यी दुईवटा लेखको शीर्षक राख्दै अमेरिकालाई मानव अधिकारको बारेमा गहनरूपमा सोच्नुपर्ने प्रश्न प्रस्तुत गरेका छन् ।
बेलायतको इकोनोमिस्ट वेबसाइटमा चीनसम्बन्धी ठाउँ ‘छाक्वान’ मा जनवरी १६ तारिख महामारीका कारण आमचिनियाँहरूमाथि असामान्य नियन्त्रण गरेको शीर्षकमा लेख प्रकाशित गरेको थियो । यो लेखको अन्तमा मानिसलाई नियन्त्रण गर्ने चाहना चीनको मूल उद्देश्य भएको जनाइएको छ । साथै उक्त वेबसाइटले सत्यतथ्य कुरालाई मोड्दै चीनको सरकारी सञ्चारमाध्यमले महामारीको नाममा ठूलो त्रास निम्त्याएको र चिनियाँ प्रणालीको श्रेष्ठता प्रस्तुत गर्न खोजिएको उल्लेख गरेको छ । तर, चीन सरकारको महामारी प्रतिरोधको तरिका प्रभावकारी भएको स्वीकार भने गरेको छ ।
सीजिटिएनको वेबसाइटमा भारतीय टिप्पणीकार मैत्रीय भकालले अमेरिकाले महामारीबाट धेरै अमेरिकीहरूको मृत्युप्रति पूर्वाग्रही धारणा लिएको उल्लेख गरेका छन् । साथै उनले अमेरिकामा महामारीका कारण भएको मृत्युलाई गोरा र काला जातिसँग पनि जोडेका छन् । महामारीमा काला जातिको मृत्यु दर धेरै देखिएको छ ।
Leave a Reply