सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ४
- असार १५, २०८३
आजको विश्व तीव्रगतिमा परिवर्तन भइरहेको छ । विज्ञान र प्रविधिको विकास, विश्वव्यापीकरण, सहरीकरण, वैदेशिक रोजगारी, बसाइँसराइ, वातावरणीय सङ्कट, सामाजिक असमानता तथा सांस्कृतिक परिवर्तनले समाजलाई नयाँ चुनौती र अवसर दुवै प्रदान गरेका छन् । यस्ता परिवर्तनहरूलाई देख्नु मात्र पर्याप्त हुँदैन† तिनको कारण, प्रभाव र समाधान पनि बुझ्न आवश्यक हुन्छ । यही आवश्यकता पूरा गर्ने विषय हो– समाजशास्त्र । समाजशास्त्र समाज, सामाजिक सम्बन्ध, सामाजिक संस्था, संस्कृति, मूल्य–मान्यता, सामाजिक परिवर्तन तथा मानव व्यवहारको वैज्ञानिक अध्ययन गर्ने विषय हो । यसले समाजलाई केवल बाहिरी रूपमा होइन, गहिरो रूपमा बुझ्न सिकाउँछ । समाजशास्त्र अध्ययन गर्ने व्यक्तिले कुनै पनि सामाजिक घटनालाई तथ्य, प्रमाण र अनुसन्धानका आधारमा विश्लेषण गर्न सक्छ । त्यसैले समाजशास्त्र पढ्नु भनेको केवल डिग्री प्राप्त गर्नु होइन, समाजलाई बुझ्ने दृष्टि, विश्लेषण गर्ने क्षमता र परिवर्तनको नेतृत्व गर्ने चेतना विकास गर्नु हो । नेपालमा विशेषगरी त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूमा प्रत्येक वर्ष हजारौँ विद्यार्थीले समाजशास्त्र तथा मानवशास्त्र अध्ययन गरिरहेका छन् । पछिल्ला वर्षहरूमा समाज विकास, अनुसन्धान, स्थानीय सरकार, गैरसरकारी संस्था तथा अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाहरूमा समाजशास्त्रीहरूको बढ्दो आवश्यकता देखिएको छ । यसले समाजशास्त्रको व्यावसायिक महत्व निरन्तर बढिरहेको सङ्केत गर्दछ ।
समाज बुझ्ने वैज्ञानिक दृष्टिकोण
हामी समाजमा गरिबी, बेरोजगारी, लैङ्गिक विभेद, जातीय असमानता, घरेलु हिंसा, बालविवाह, मानव बेचबिखन, लागूऔषध दुव्र्यसन, वृद्धवृद्धाको समस्या, जलवायु परिवर्तन, सामाजिक सञ्जालको प्रभाव तथा युवाको विदेश पलायनजस्ता धेरै सामाजिक समस्या देख्छौँ । समाजशास्त्रले यस्ता समस्यालाई केवल व्यक्तिगत कमजोरीको रूपमा होइन, सामाजिक संरचना, आर्थिक अवस्था, संस्कृति, नीति तथा शक्ति सम्बन्धसँग जोडेर विश्लेषण गर्छ । समाजशास्त्र पढ्ने विद्यार्थीले “के भयो ?” भन्ने प्रश्न मात्र होइन, “किन भयो ?”, “कसलाई बढी असर प¥यो ?”, “यसको सामाजिक प्रभाव के हो ?” र “यसको समाधान कसरी सम्भव छ ?” भन्ने प्रश्न पनि उठाउन सिक्छ । यही आलोचनात्मक सोच (Critical Thinking) समाजशास्त्रको प्रमुख विशेषता हो ।
समाजशास्त्री : समाजका सामाजिक इन्जिनियर
भवन निर्माण गर्न इन्जिनियर आवश्यक पर्छ भने समतामूलक, समावेशी र न्यायपूर्ण समाज निर्माण गर्न समाजशास्त्री आवश्यक पर्छ । त्यसैले समाजशास्त्रीलाई समाजका सामाजिक इन्जिनियर भन्न सकिन्छ । जसरी इन्जिनियरले कुनै संरचना निर्माण गर्नुअघि त्यसको डिजाइन, गुणस्तर र सम्भावित जोखिमको अध्ययन गर्छन्, त्यसैगरी समाजशास्त्रीले समाजको संरचना, सामाजिक सम्बन्ध, संस्कृति, मूल्य, समस्या र परिवर्तनको अध्ययन गरेर समाजलाई सही दिशामा अघि बढाउने उपायहरू खोज्छन् । समाजशास्त्रीहरूले अनुसन्धान गर्छन्, सामाजिक नीति निर्माणमा सहयोग पु¥याउँछन्, विकास कार्यक्रमहरूको सामाजिक प्रभाव मूल्याङ्कन गर्छन्, समुदायको आवश्यकता पहिचान गर्छन् र प्रमाणमा आधारित निर्णय लिन सरकार, स्थानीय तह, शैक्षिक संस्था तथा विकास साझेदार संस्थाहरूलाई सहयोग पु¥याउँछन् । उनीहरूको भूमिका समाजमा सामाजिक न्याय, समानता, सहभागिता र दिगो विकास सुनिश्चित गर्नु हो ।
फिल्ड भिजिट : समाजशास्त्रको वास्तविक प्रयोगशाला
समाजशास्त्रको अध्ययन पुस्तक र कक्षाकोठामा मात्र सीमित हुँदैन । समाज नै यसको वास्तविक प्रयोगशाला हो । त्यसैले फिल्ड भिजिट (Field Visit) र फिल्डवर्क समाजशास्त्र शिक्षाको अभिन्न अङ्ग मानिन्छ । फिल्ड भिजिटको क्रममा विद्यार्थी विभिन्न गाउँ, सहर, समुदाय, विद्यालय, उद्योग, गुठी, स्थानीय सरकार, सांस्कृतिक सम्पदा तथा विकास परियोजनाहरूमा पुगेर प्रत्यक्ष अध्ययन गर्छन् । उनीहरूले अन्तर्वार्ता, अवलोकन, समूह छलफल, प्रश्नावली तथा केस अध्ययनका माध्यमबाट सामाजिक तथ्य सङ्कलन गर्छन् । यस प्रक्रियाले कक्षामा पढेका सिद्धान्तलाई व्यवहारसँग जोड्ने अवसर प्रदान गर्छ ।
फिल्डवर्कले विद्यार्थीमा अनुसन्धान गर्ने क्षमता, नेतृत्व विकास, सञ्चार सीप, प्रतिवेदन लेखन, समस्या विश्लेषण तथा समुदायसँग सहकार्य गर्ने दक्षता विकास गर्छ । यही कारण विश्वका अधिकांश विश्वविद्यालयहरूले समाजशास्त्र विषयमा फिल्डवर्कलाई अनिवार्य शैक्षिक अभ्यासका रूपमा समावेश गरिएको छ ।
ख्वप कलेजको अनुभव
ख्वप कलेजले समाजशास्त्र विषयलाई व्यवहारिक, अनुसन्धानमुखी र समुदायकेन्द्रित बनाउन विशेष जोड दिएको छ । कक्षाकोठामा सिकेका सिद्धान्तलाई व्यवहारमा उतार्ने उद्देश्यले विद्यार्थीहरूलाई समुदाय अध्ययन, सामाजिक सर्वेक्षण, फिल्डवर्क, प्रतिवेदन लेखन तथा अनुसन्धान प्रस्तुतीकरणमा सहभागी गराइन्छ । यस्ता गतिविधिले विद्यार्थीलाई वास्तविक सामाजिक जीवनसँग परिचित गराउनुका साथै अनुसन्धानप्रति रुचि र आत्मविश्वास बढाउन महत्वपूर्ण भूमिका खेल्छ । फिल्ड भिजिटका क्रममा विद्यार्थीहरूले स्थानीय समुदायको सामाजिक संरचना, संस्कृति, आर्थिक अवस्था, शिक्षा, स्वास्थ्य, परम्परा, सामाजिक परिवर्तन तथा विकासका चुनौतीहरूको प्रत्यक्ष अध्ययन गर्ने अवसर प्राप्त गर्छन् । यस्तो अनुभवले उनीहरूलाई राम्रो विद्यार्थी मात्र होइन, जिम्मेवार अनुसन्धानकर्ता र समाजप्रति उत्तरदायी नागरिक बन्न प्रेरित गर्छ ।
समाजशास्त्र : भविष्यको विषय
आज विकासको मापन आर्थिक वृद्धिद्वारा मात्र हुँदैन । सामाजिक समावेशिता, लैङ्गिक समानता, वातावरणीय दिगोपन, मानव अधिकार, सामाजिक न्याय र समुदायको सहभागिता पनि विकासका महत्वपूर्ण आधार बनेका छन् । यी सबै विषयलाई बुझ्न र प्रभावकारी नीति निर्माण गर्न समाजशास्त्रीहरूको भूमिका झन् महत्वपूर्ण बन्दै गएको छ । समाजशास्त्र अध्ययन गरेका व्यक्तिहरू अनुसन्धान संस्था, विश्वविद्यालय, सरकारी सेवा, स्थानीय सरकार, गैरसरकारी संस्था, अन्तर्राष्ट्रिय विकास साझेदार संस्था, सामाजिक विकास परियोजना, नीति अनुसन्धान केन्द्र तथा सामाजिक उद्यमका क्षेत्रमा सफलतापूर्वक कार्य गर्न सक्छन् । त्यसैले समाजशास्त्र एउटा शैक्षिक विषय मात्र नभई समाज परिवर्तनको आधारशिला हो ।
समाजलाई सही रूपमा बुझ्न, सामाजिक समस्याको वैज्ञानिक विश्लेषण गर्न, अनुसन्धानमा आधारित समाधान खोज्न र समतामूलक समाज निर्माण गर्न समाजशास्त्रको अध्ययन अपरिहार्य छ । समाजशास्त्रले व्यक्तिलाई संवेदनशील, विश्लेषणात्मक, अनुसन्धानमुखी र जिम्मेवार नागरिक बनाउँछ । यसले समाजलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्छ र सकारात्मक परिवर्तनका लागि कार्य गर्ने प्रेरणा दिन्छ ।
यदि हामी समृद्ध, न्यायपूर्ण, समावेशी र दिगो समाज निर्माण गर्न चाहन्छौँ भने समाजशास्त्रलाई केवल एउटा विषयका रूपमा होइन, समाज परिवर्तनको शक्तिशाली माध्यमका रूपमा स्वीकार गर्न आवश्यक छ । वास्तवमा समाजशास्त्रीहरू समाजका विश्लेषक, अनुसन्धानकर्ता, नीति–सल्लाहकार र समाजका वास्तविक ‘सामाजिक इन्जिनियर’ हुन् । उनीहरूको ज्ञान र अनुसन्धानले नै समाजलाई सही दिशा दिन, विकासलाई मानवीय बनाउन र भावी पुस्ताका लागि राम्रो समाज निर्माण गर्न महत्वपूर्ण योगदान पु¥याउँछ ।
Leave a Reply