भर्खरै :

बुटवलमा दुईदिने चित्रकला प्रदर्शनी

बुटवल, २७ माघ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, परम्परागत शिल्पकला विभागको आयोजनामा बुटवलमा दुईदिने ‘सामूहिक चित्रकला प्रदर्शनी–२०७७’ मङ्गलबार सम्पन्न भयो । प्रदर्शनीमा नेपाली परम्परागत पौभा र थाङ्का चित्रकलाका प्रसिद्ध दिवङ्गत तथा वर्तमान चर्चित कलाकारहरूका कलाहरू राखिएका थिए ।
प्रदर्शनीको उद्घाटन समारोहमा नेपाल ललितकला विभाग परम्परागत शिल्पकला विभाग प्रमुख बुद्धिबहादुर गुरूङले परम्परागत कला र आधुनिक कलाकारबीच अन्तरक्रिया गर्ने उद्देश्यले प्रदर्शनीको आयोजना गरेको बताउनुभयो । पौभा चित्र प्रदर्शनी गर्न चित्रकला बिग्रिने जोखिम रहेको हुँदा सोही चित्रको छापेर प्रदर्शनी गर्न सहज भएको बताउँदै प्राज्ञ बुद्धिबहादुर गुरूङले नेपाली पौभा चित्र विदेशमा लोकप्रिय र प्रसिद्ध भए पनि नेपालीबीच चिनाउनु आवश्यक रहेको बताउनुभयो ।
नेपाल ललितकला पत्रकार समाजका अध्यक्ष देवेन्द्र थुम्केली स्थानीय पाठ्यक्रममा स्थानीय कला र प्रविधिलाई प्राथामिकता दिनुपर्ने चर्चा गर्दै भक्तपुर नपाले कला र संस्कृतिको लागि बजेट छुट्याएको अनुकरणीय छ भन्नुभयो । अध्यक्ष थुम्केलीले ‘परम्परागत नेपाली चित्रकलाको वर्तमान अवस्थॉ र ‘नेपालमा कला शिक्षा’ विषयक दुई कार्यपत्र प्रस्तुत गर्नुभयो ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्य, कलाकारहरू मन गोल्डी, पूर्ण ह्योजू, उदयचन्द्र श्रेष्ठ, एचबी रम्तेल, पत्रकार सुन्दर बासी, बुटवल नपाका अध्यक्ष भीमबहादुर श्रेष्ठले नेपाली कलाको विकासबारे टिप्पणी गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *