सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ४
- असार १५, २०८३
ला गुआइरा, (एएफपी) । शक्तिशाली भूकम्प गएको तीन दिनभन्दा बढी समय बितिसक्दा पनि उद्धारकर्मीहरूले शनिबार भग्नावशेषमा बाँचेकाहरूको खोजी गर्न दौडधुप गरिरहेका छन् ।
शनिबार राति एक ११ वर्षीय बालकलाई सकुशल उद्धार गरिएको छ । आइतबार यो समाचार तयार पार्दासम्म मृतक सङ्ख्या एक हजार ४३० पुगेको पुष्टि भएको छ । समय बित्दै जाँदा भग्नावशेषमा पुरिएका व्यक्तिलाई जीवित अवस्थामा भेट्ने सम्भावना क्षीण बन्दै गएको छ ।
भूकम्पका कारण हजारौँ मानिस बेपत्ता भएका छन् भने ठुलो सङ्ख्यामा घाइते भएका रिपोर्ट प्राप्त भएका छन् ।
पहिल्यै आर्थिक सङ्कट र राजनीतिक अस्थिरताबाट गुज्रिरहेको भेनेजुयलामा भूकम्पको क्षतिका कारण थप सङ्कट आएको छ । जनवरीमा अमेरिकी विशेष बलले राष्ट्रपति निकोलस मादुरोलाई अपहरण गरेको थियो ।
लाखौँ मानिसहरूलाई सरसफाइ र अन्य आधारभूत आवश्यकताहरूको अभाव भएको डर छ । विशेषज्ञहरूका अनुसार प्राकृतिक विपत्तिपछि पहिलो ७२ घण्टा बाँचेकाहरू फेला पार्ने महत्वपूर्ण समय हो । त्यसपछि खोजी शव निकाल्ने कार्यमा परिणत हुन्छ ।
नाम दिन नचाहने एक साल्भाडोरका उद्धारकर्मीले भन्नुभयो, “यो अवस्थामा उनीहरू (बेपत्ता मानिस) जीवित पाउने सम्भावना कम रहन्छ । भगवानको कृपाले केही जीवित मानिसहरू फेला परेमा यो ठुलो चमत्कार हो ।”
देशको उत्तरमा रहेको काराबालेडा शहरमा शनिबार साँझ भग्नावशेषबाट ११ वर्षीय बालकलाई उद्धार गरिएको अन्तरिम नेता डेल्सी रोड्रिगेजले बताउनुभएको छ ।
“भेनेजुयलाका लागि हरेक जीवन आशाको स्रोत हो,” उहाँले उद्धारको भिडियोसहित एक्समा गरेको पोस्टमा लेख्नुभएको छ ।
स्थानीय अधिकारीहरूको प्रतिक्रियाप्रति सार्वजनिक आक्रोश बढिरहेको बेला, अमेरिका समर्थित रोड्रिगेजले सहायताको लागि अन्य देशहरूलाई धन्यवाद दिनुभएको छ ।
संयुक्त राज्य अमेरिकाले सिमोन बोलिभार अन्तर्राष्ट्रिय विमानस्थलको एउटा रनवे आंशिक रूपमा सञ्चालनमा रहेको र त्यहाँ सी–१७ अमेरिकी सैन्य विमानहरू अवतरण गर्न सक्ने बताएको छ । यसका साथै एउटा नौसेना जहाज तटमा पुगिसकेको छ ।
बुधबारका दुई भूकम्पमा भत्किएका भवनहरूबाट बाँचेका मानिसहरूको खोजीमा स्थानीय बासिन्दाहरूले मेसिनहरूको अभावमा हातले नै भग्नावशेष हटाउने प्रयास गरिरहेका छन् ।
“यो अत्यन्तै अराजक, गर्मी र अव्यवस्थित छ,” मियामीबाट एक्लै ला गुआइरा आएका ४३ वर्षीय अष्ट्रेलियन अग्नि नियन्त्रक क्रेग डेमिलोनले भन्नुभयो, “आशा छ, अझै पनि धेरै मानिसहरू फेला पार्न सकिनेछ ।”
संयुक्त राष्ट्रसङ्घका सहायता प्रमुख टम फ्लेचरले शुक्रबार एएफपीसँग भन्नुभयो, “अहिलेसम्मको अनुमान अनुसार ५० हजारभन्दा बढी मानिस बेपत्ता रहेका छन् ।”
भेनेजुयला भूकम्प : २४ देशबाट सहायता र सयौँ उद्धारकर्मी प्राप्त
भेनेजुयलामा केही दिनअघि देशलाई झट्का दिने विनाशकारी दुई ठुला भूकम्पपछि २४ देशले मानवीय सहायता, विशेष उद्धार टोली र हजारौँ आपत्कालीन प्रतिक्रियाकर्मी पठाएर सहयोग गरेका छन् ।
शनिबार टेलिग्राममा पोस्ट गरिएको विज्ञप्तिमा भेनेजुयलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले भन्नुभएको छ, “अन्तर्राष्ट्रिय समुदायले अहिलेसम्म ५२१ टन राहत सामग्री, ८६ वटा विशेष कुकुर खोज टोली र दुई हजार ७४१ भन्दा बढी खोज, उद्धार तथा प्राविधिक सहयोग कर्मी पठाएको छ, जसले भेनेजुयाली टोलीसँग मिलेर विपद् व्यवस्थापनमा काम गरिरहेका छन् ।” उहाँले थप्नुभयो, “अन्तर्राष्ट्रिय कर्मीहरू भेनेजुयाली अधिकारीहरूसँग मिलेर दुई भूकम्पबाट प्रभावित क्षेत्रमा निरन्तर खोज, उद्धार र राहत कार्य गरिरहेका छन् ।”
सीएनएनका अनुसार, “भेनेजुयलाका राष्ट्रिय सभाका अध्यक्ष जर्ज रोड्रिगेजले दिएको अद्यावधिक जानकारीअनुसार बुधबार भएको विनाशकारी दुई भूकम्पबाट कम्तीमा १,४३० जनाको मृत्यु भएको पुष्टि भएको छ ।”
उहाँले तीन हजार २३८ जना घाइते भएको र तीन हजार १४२ परिवार घरबारविहीन भएको बताउनुभएको छ ।
उद्धार टोलीहरूले बाँचेकाहरूको खोजी जारी राखेका छन् तर महत्वपूर्ण उद्धार समय सकिँदै गएको छ । भारी उपकरणको अभाव र निरन्तरको पराकम्पनले कार्यमा बाधा पु¥याइरहेको छ । बुधबार ७.२ र ७.५ म्याग्निच्युडका दुई ठुला भूकम्प गएपछि देशमा पटक–पटक साना ठुला पराकम्पनहरू गएका छन्, जसले उद्धार तथा राहत कार्यलाई जटिल बनाएको छ ।
आइतबार ‘युरोपियन–मेडिटेरेनियन सिस्मोलोजिकल सेन्टर’ ले भेनेजुयलाको तटबाट ५.६ म्याग्निच्युडको भूकम्प गएको पत्ता लगाएको थियो, जसले आरागुवा तट नजिकको जल क्षेत्रलाई प्रभावित गरेको थियो । सीएनएनका अनुसार, भूकम्पलाई लोगारिदमिक म्याग्निच्युड स्केलमा मापन गरिन्छ, जहाँ प्रत्येक पूर्ण सङ्ख्या बढ्दा ऊर्जा रिलिज करिब ३२ गुणा बढी हुन्छ ।
पहिलो भूकम्पभन्दा करिब ४० सेकेन्डपछि गएको भेनेजुयलाको दोस्रो ७.५ म्याग्निच्युडको भूकम्पले पहिलो ७.२ म्याग्निच्युडको भूकम्पभन्दा निकै बढी कम्पन गराएको थियो ।
Leave a Reply