भर्खरै :

राजनीतिक डबलीमा नेमकिपाको फेरि अर्को ‘सर्प्राइज’ !

नेमकिपाको ४७ औँ स्थापना दिवस
गत माघ महिनाको पहिलो हप्ताबाट सुरु भएको नेमकिपाको ४७ औँ स्थापना दिवसका गतिविधि जारी छन् । सङ्गठित कार्यकर्ता, सदस्य, समर्थक, नयाँ पुस्ता तथा शुभचिन्तकहरूलाई प्रशिक्षित पार्न गोष्ठी, अन्तरक्रिया, बैठक, भेलाहरू चालु छन् । जुलुस प्रदर्शनी, सभा, कोणसभामार्पmत सर्वसाधारण जनतामा पार्टीको सन्देश पु¥याउने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयमा पार्टीको धारणा प्रस्ट पार्ने काम हिमाल – पहाड – तराईका विभिन्न जिल्लामा भइरहेको छ । पत्रपत्रिका तथा विविध सञ्चारमाध्यममार्पmत पनि जनताबीच नेमकिपाको आधिकारिक दृष्टिकोण, पार्टी स्थापनाको ऐतिहासिक पृष्ठभूमि तथा आधारहरूबारे स्पष्ट पार्ने प्रयत्न पनि जारी छ । यी सबै उपाय तथा गतिविधि नेपाली वामपन्थी आन्दोलन, कामदार जनताको सङ्घर्ष, वर्गसङ्घर्ष, विस्तारवाद तथा साम्राज्यवादविरोधी सङ्घर्षलाई अझ बलियो बनाउने उद्देश्य हासिल गर्नका निम्ति अगाडि बढाइएका हुन् । नेपाली कम्युनिस्ट आन्दोलनमा देखापरेको संशोधनवाद, अवसरवाद तथा अराजकतावादविरुद्ध नेमकिपा निरन्तर सङ्घर्षमा छ । ४७ औँ स्थापना दिवसमा त्यो सङ्घर्षले अझ तीव्रता पाउँदै छ ।
पार्टी प्रकाशन प्रदर्शनीबारे
यो लेख तयार गरिरहँदासम्ममा काठमाडौँ उपत्यका, काभ्रे, मकवानपुर, चितवन, सिन्धुपाल्चोक, दोलखा, दैलेख, बाँके, सुर्खेत, कैलाली, रुपन्देही, पाल्पा गरी १४ वटा जिल्लामा पार्टी प्रकाशन प्रदर्शनी तथा बिक्री, छलफल एवम् अन्तरक्रिया सम्पन्न भइसकेका छन् । रामेछाप, सिन्धुलीलगायतका जिल्लामा पनि निरन्तरता पाउनेछ । राजधानी काठमाडौँका सम्पूर्ण नगरपालिका, बानेश्वर, रत्नपार्क, बसन्तपुरमा गरी बा¥ह दिन प्रदर्शनी चल्यो । भक्तपुरका चार वटा नगरपालिका, काभ्रेका तीनवटा नगरपालिका, ललितपुरका दुई स्थान, रुपन्देहीका बुटवल र भैरहवा र दैलेखका विभिन्न भेगमा गरी देशका महत्वपूर्ण ३०–४० ठाउँमा पार्टी प्रकाशन प्रदर्शनी साथै कोणसभाहरू सम्पन्न भए ।

नेमकिपाको प्रकाशन प्रदर्शनी शासक दलका निम्ति नैतिक हाँकको रूपमा धेरैले अनुभूत गरे । विचारशून्यता चिर्ने एउटा सुझबुझपूर्ण कदमका रूपमा पनि लिएको पाइयो । बुभ्mनेलाई इशारा काफी ! अरू पाखुरा सुर्किँदै सडकमा, नेमकिपा पुस्तक बोकेर सडक, बजार तथा गाउँबस्तीमा ! शासक दल पञ्चे शैलीको प्रदर्शनीमा नेमकिपा समाजवादी प्रचार अभियानमा ! राजनीतिक डबलीमा नेमकिपाको फेरि अर्को ‘सरप्राइज’ !

यी गतिविधि त्यस्तो परिस्थितिमा हुँदै छन् जतिखेर देशका शासक दलहरू भीड जम्मा गरी शक्ति प्रदर्शनमा व्यस्त छन् । ती करोडौँ धनराशी खर्च गरी शक्ति प्रदर्शन गर्दै छन् । ती भीमकाय प्रदर्शनीमा ज्ञान–विज्ञान, विचार, सिद्धान्त, दर्शनका कुरा भइरहेको छैन । तिनीहरू आमूल परिवर्तनका विषय उठाउँदैनन् । चेतना, न्याय, समानताका उद्देश्य प्राप्तितर्पm उन्मुख हुन चासो देखाउँदैनन्् । यी सबै तिनको प्राथमिकताको सूचीमा समेत पर्दैनन् । तिनको पहिलो, दोस्रो र तेस्रो प्राथमिकता भनेको सत्ता प्राप्ती हो । अमूक व्यक्तिलाई राजदूत, जिएम, मन्त्री, प्रधानमन्त्री बनाउनु नै तिनको माग तथा चाहना हो ।
शासक दलका निर्लज्ज चाला देखेर वाक्क–दिक्क तथा निराश भइरहेका मानिसले नेमकिपाको पुस्तक प्रदर्शनीलाई स्वागत गर्दै अन्धकारमा दियो र हिलोमा कमल भनी टिप्पणी गरे । सङ्कटको घडीमा सान्त्वना या सहानुभूति प्राप्त भएको मात्र होइन उत्साह बढेको भनी खुसी व्यक्त गरे । एक सहभागीले बताए – “जोसँग जे छ त्यही बाहिर देखाउँछ । शक्ति या सङ्ख्या हुनेले त्यही देखाउँछ र ज्ञान, विचार तथा सिद्धान्त हुनेले पनि त्यही देखाउँछ । के गर्ने ? यहाँ जोसँग सही विचार छ उसँग ठूलो सङ्ख्या छैन तर जोसँग ठूलो सङ्ख्या छ त्योसँग सही विचार नै छैन !”
निश्चय पनि एउटा जिम्मेवार राजनीतिक दलले जनतालाई शिक्षित पार्नुपर्ने, चेतना बाँड्नुपर्ने र सच्चाइको पक्षमा सङ्घर्ष गर्न उत्साहित गर्दै नेतृत्व गर्नुपर्ने हो । समाजमा खराबीको आतङ्क पैmलाउने होइन असल विचार तथा कर्मको अभ्यास प्रवद्र्धन गर्नुपर्ने हो । यथार्थमा नेपालका हरेक राजनीतिक दलले नेमकिपाले भैmँ जनतालाई सचेत बनाउन, जनताबीच आफ्नो विचार पु¥याउन के कस्ता काम ग¥यो र गर्दै छ भन्ने प्रस्ट ढङ्गमा राख्नुपथ्र्यो । एक किसिमको इमानदारी र पारदर्शिता भनेको त्यही हो । नेमकिपाको यो उच्च संस्कृतिबाट अरूले पनि सिकून् ! विचारको प्रवाह या बहसबाट विमूख हुन खोज्नु पनि विचलन हो । जनताले पनि राजनीतिक दल तथा नेतालाई विचार र व्यवहारको आधारमा चिन्ने, बुभ्mने र समर्थन जनाउने सामथ्र्यको विकास गरेको दिन नेपाली समाजको मुहार बेग्लै हुनेछ । अन्यथा, एक छाक मासुभात, ५–१० लिटर पेट्रोल, दुई–चार बोतल विदेशी रक्सी या एक–दुई विट्टा नोटको राजनीतिले नेपाली समाज दूर्गन्धित मात्र हुने होइन योभन्दा पनि कुहिन थाल्नेछ । शासकहरू बारम्बार नेपाली जनताको गरिबी, अभाव र बेरोजगारीको फाइदा उठाउँदै छन् । शासकहरू हिजोका राणाहरूकै शैलीमा जनतालाई दास बनाउन चाहन्छन् ! स्वाभिमानी जनता त्यसलाई अस्वीकार गर्दै जाग्न सके मात्र परिवर्तन सम्भव हुनेछ ।
नेमकिपाको प्रकाशन प्रदर्शनी शासक दलका निम्ति नैतिक हाँकको रूपमा धेरैले अनुभूत गरे । विचारशून्यता चिर्ने एउटा सुझबुझपूर्ण कदमका रूपमा पनि लिएको पाइयो । बुभ्mनेलाई इशारा काफी ! अरू पाखुरा सुर्किँदै सडकमा, नेमकिपा पुस्तक बोकेर सडक, बजार तथा गाउँबस्तीमा ! शासक दल पञ्चे शैलीको प्रदर्शनीमा नेमकिपा समाजवादी प्रचार अभियानमा ! राजनीतिक डबलीमा नेमकिपाको फेरि अर्को ‘सरप्राइज’ !
नेमकिपाको मौलिक पहिचान
नेपाली शासक दलमा विदेशी प्रभाव बढ्दै गएको धेरैले अनुभव गरेकै विषय हो । ती पार्टीका नेताले बोल्दासमेत विदेशी प्रभाव झल्किने गुनासा बरोबर सुनिन्छ र सञ्चारमाध्यममा चर्चा पाउँछ । एनजीओ–आईएनजीओ, होली वाइन, बहुर्राष्ट्रिय कम्पनी, विदेशी खुफिया एजेन्सी, हिन्दुवादी सङ्गठन आदिसँग कैयौँ नेपाली नेता र तिनका सङ्गठन प्रभावित या सञ्चालित रहेका खबरहरूले नेपाली सञ्चारमाध्यममा चर्चा नपाएको दिन विरलै भेटिन्छ । यस्तो अवस्थामा समेत नेमकिपाले आपूmलाई चोखो कायम राख्न सफल भयो । एक कानुनविद्ले प्रस्ट भाषामै बोले, “कम्युनिस्टहरूमा नारायणमान बिजुक्छेँको पार्टी बाहेक सबै पार्टी एनजीओकरण भए । सबै कार्यकर्ताहरू एनजीओ सञ्चालनमा गए ।” यो प्रतिनिधि बोलीमात्र हो । यो वास्तविकता धेरैले बोध गर्दै छन् ¤ नेपाली राजनीतिमा एनजीओ–आईएनजीओमार्पmत देशमा हुने विदेशी हस्तक्षेप तथा नवउपनिवेशीकरणबारे सजग गराउने पार्टी नेमकिपा नै हो । रुस, युगोस्लाभिया, चेकोस्लोभाकिया आदि देशहरू साम्राज्यवादी एनजीओ–आईएनजीओबाट समाप्त पारिए भनी पत्रपत्रिका, पुस्तकमार्पmत खबरदारी नेमकिपाले नै ग¥यो । ती साम्राज्यवादका हातखुट्टा हुन् भनी नेमकिपाले आफ्ना कार्यकर्तालाई टाढा रहन निर्देशन दियो । तिनको समानान्तर सरकार सञ्चालनविरुद्ध नेमकिपाले सङ्घर्ष ग¥यो ।
प्रधानमन्त्रीसमेत भइसकेका एक नेताले तत्कालीन संसद्मा का. रोहितबाहेक सम्पूर्ण नेपाली सांसद भारतीय गुप्तचरी संस्था ‘रअ’ को प्रभावमा परेको दाबी गर्दै ‘कान्तिपुर’ दैनिकमा आलेख नै प्रकाशित गरेको घटना पनि ताजै छ ।
नेमकिपा : क्रान्तिकारी संसद्वादको ‘एक्लो बृहस्पति’ !
सङ्घीय संसद् होस् या प्रदेशसभा सबैतिर नेमकिपाको अनुशासन, अडान, इमानदारी, विश्वसनियता तथा सिद्धान्तनिष्ठताबारे चर्चा या प्रशंसा हुने गर्दछ । नेमकिपा व्यवस्थित ढङ्गमा प्रस्तुत हुन्छ । जथाभावी बोल्दैन । पूर्वतयारीका साथ छलफलमा भाग लिन्छ । सुझबुझपूर्ण ढङ्गमा भनाइ राख्ने, बहस गर्ने या विरोध गर्ने नेमकिपाको धेरै अगाडिदेखिको प्रचलन हो ।” स्वयम् विपक्षीहरू यसो भन्न बाध्य छन् । “कमसेकम नेमकिपाले कम्युनिस्ट धर्म बिर्सेको छैन । कम्युनिस्टको बिउ धन्न जोगिएको छ ।”, विपक्षीमध्ये धेरैको भनाइ यस्तै आउने गर्दछ । संसदीय इतिहासमा नेमकिपाले कहिल्यै केटाकेटीपन देखाएन । भागबण्डामा कहिल्यै भाग लिएन । अनुशासन र इमानदारीको त नेमकिपा उदाहरण नै हो । सत्ताकेन्द्रित सोच तथा शक्तिको भोक नेमकिपालाई कहिल्यै जागेन । व्यक्तिगत स्वार्थ त्यागेर देश र जनताको पक्षमा नेमकिपाले अथक सङ्घर्ष ग¥यो । शासक नेताहरूको अवसरवादी प्रवृत्तिविरुद्ध नेमकिपाले गरेको सङ्घर्ष संसदीय इतिहासमा कहिल्यै मेटिने छैन । नेमकिपाको यो अमिट योगदानको रूपमा इतिहासले सम्झिरहने छ । संसद्भित्र विशेषगरी महाकाली सन्धि, नागरिकता विधेयक, माथिल्लो कर्णाली, लगानी बोर्ड विधेयक, भारतीय नाकाबन्दी, एमसीसी, लिम्पियाधुरा–लिपुलेक जस्ता राष्ट्रिय महत्वका ठूला–ठूला विषयमा नेमकिपाले जे विचार व्यक्त ग¥यो, अडान लियो र सङ्घर्ष ग¥यो त्यो इतिहासमा स्वर्ण अक्षरले लेखिने छ । नेमकिपाको आवाज कति सही थियो आज स्पष्ट हुँदै छ । संविधान निर्माणका क्रममा नेमकिपाको सङ्घर्ष पनि उल्लेखनीय छ । नेमकिपाले स्वतन्त्र, निर्भिकतापूर्वक देश र जनताको पक्षमा प्रखर प्रतिपक्षको जसरी भूमिका निर्वाह ग¥यो अन्य कुनै दलबाट पनि त्यो हुन नसकेको जगजाहेर छ । नेमकिपा संसद्मा कामदार जनताको आवाज पु¥याउने र दलाल पुँजीपति वर्गविरुद्धको सङ्घर्षमा कहिल्यै लचिलो बनेन । नेपाली शोषित पीडित जनताको वारेसका रूपमा नेमकिपाका प्रतिनिधिहरू सदा संसद्मा प्रस्तुत भए ।
स्थानीय तहमा पनि नेमकिपाका प्रतिनिधिहरू देशमै नमुना बन्दै छन् । जहाँजहाँ नेमकिपा निर्वाचित भयो ती ठाउँमा जनसेवाको कर्ममा नेमकिपाका कार्यकर्ताहरू अग्रणी भूमिका निर्वाह गर्दै छन् । साथै, जनताको पक्षमा हुने सडक सङ्घर्षमा त नेमकिपा झनै बेजोड अर्थात् झनै अग्रणी भएको स्पष्ट छ ।
स्थापना दिवसको शुभकामना !
पाँच दशकमा नेमकिपा अझ बढी वैचारिकरूपमा परिपक्व, राजनैतिकरूपमा जिम्मेवार, जनताप्रति समर्पित तथा सङ्घर्षशील बनेर अगाडि बढ्दै छ । कामदार जनताको प्रजातन्त्र ‘जनताको प्रजातन्त्र’ हुँदै समाजवाद र साम्यवादसम्म पुग्ने नेमकिपाको उद्देश्य पूरा गर्न अझ बढी फलामे अनुशासनका कार्यकर्ताहरूको सक्रियता, सङ्गठनको व्यापक ढङ्गमा निर्माण गरी कामदार जनताको आन्दोलनको उत्थान तथा विकास, देशभक्तिपूर्ण आन्दोलनमा अगुवाइ आजको आवश्यकता हो । नेमकिपा त्यही ऐतिहासिक जिम्मेवारी पूरा गर्न कृतसङ्कल्पित छ ।
नेपालको कम्युनिस्ट आन्दोलनको प्रकाशस्तम्भ नेमकिपालाई ४७ औँ स्थापना दिवसमा हार्दिक शुभकामना ¤ सम्पूर्ण नेपाली कामदार जनता तथा विस्तारवाद र साम्राज्यवादविरोधी नेपाली दाजुभाइ–दिदीबहिनीमा बधाई !

One response to “राजनीतिक डबलीमा नेमकिपाको फेरि अर्को ‘सर्प्राइज’ !”

  1. प्रमोद न्यौपाने (दैलेख) says:

    अत्यन्तै महत्त्वपूर्ण कदम नेमकिपा मात्र जनतालाइ हरेक दृस्ठिकोण ले सचेत र सङठित पार्ने काम गरेको मैले पाय

Leave a Reply

Your email address will not be published. Required fields are marked *