भर्खरै :

बुखारिन (९ अक्टोबर १८८८ – १५ मार्च १९३८)

नेपालमा आफूलाई कम्युनिस्ट सम्झने र कम्युनिस्ट नाम अनि शब्द नै मन नपराउने व्यक्तिहरूले नेपाली भाषामा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका अनेक विवादास्पद विषयहरूमा राम्रो पुस्तक नपाउँदा अनेक आरोप–प्रत्यारोप र शङ्का उपशङ्का एवम् हेलाहोचो हुने कर्णकटु शब्दहरू प्रयोग गरी जिज्ञासाहरू राख्ने गर्छन् ।
तर, क्यानाडाको ‘नर्थस्टार कम्पास’ बाट ‘गुप्त दस्तावेजहरू’ (सेक्रेट डकुमेन्टस्) को नेपाली अनुवाद असार २०७२ (जुलाई २०१५) मा वर्कर्स पब्लिकेसन्स् नेपालले प्रकाशित गरेपछि पाठकहरूमा थप जिज्ञासा जागेको देखियो र अनेक गोष्ठी र छलफलमा प्रसङ्गहरू उठे ।
ग्रोभर फ्युररको ‘खु्रश्चेभको झूट’ पुस्तक नेपाली बजारमा आयो । ग्रोभर फ्युररकै ‘सेर्गेइ किरोभको हत्यारा’ पुस्तक सन् २०१५ मा नेपालमा पनि उपलब्ध हुँदा पाठकहरूले नसुल्झिएका प्रश्नहरूकोे उत्तर पाएको महसुस गरे ।
त्यस्तै बुखारिन त्रोत्स्की, काभेनेल, जिनोजियेभ आदिबारे पनि अनेक चर्चा चलाइए । ‘कम्युनिस्टहरूले नै कम्युनिस्ट नेताहरूको उछितो काढ्छन्’, ‘कम्युनिस्टहरूमा को ठीक र को बेठीक रहस्यको विषय हो’ भन्ने जस्ता प्रचारहरू पनि व्यापक छन् ।
तर, संसारमा कुनै एउटा राजनैतिक पार्टी वा राज्य छैन जहाँ नेताहरू धेरैथोरै विवाद नभएका हुन् । ती विवादहरू कति सैद्धान्तिक होलान्, कति व्यक्ति व्यक्तिको महत्वाकाङ्क्षासँग सम्बन्धित होलान्, त्यस्ता विषयमा जानकारी राख्ने उद्देश्यले एक रुसी कम्युनिस्ट नेता ‘बुखारिन’ बारे यो लेखोट प्रकाशित गरिएको छ । पार्टी, नेता, क्रान्ति र राजनीतिबारे छलफलको निम्ति केही सहयोग मिल्ने हाम्रो आशा हो । – सं.)
निकोलाई इभानोभिच बुखारिन ९ल्ष्पयबिष् क्ष्धबलयखष्अज द्यगपजबचष्ल० ९ अक्टोबर १८८८ मा मस्कोमा जन्मिएका थिए । उनी एक प्राथमिक विद्यालयका शिक्षक थिए । मस्को विश्वविद्यालयका एक विद्यार्थी कार्यकर्ताको रूपमा उनले सन् १९०५ को रुसी क्रान्तिमा भाग लिएका थिए । त्यसबेला उनी १७ वर्षका थिए ।
१८ वर्षको उमेरमा सन् १९०६ मा उनी रुसी सामाजिक प्रजातान्त्रिक श्रमिक पार्टीको बोल्सेभिक गुटको सदस्य भए । १९०७ मा १९ वर्षको उमेरमा उनी मस्कोमा भएको राष्ट्रिय युवा सम्मेलनमा सहभागी भए ।
१९०८ मा २० वर्षको उमेरमा उनी पार्टीको मस्को समितिको सदस्य भए । तर, त्यसबेला त्यस समितिमा जार सरकारका गुप्तचरहरू छ्यास्छ्यास्ती हुनेगर्थे । उनी त्यस समितिका एक सक्रिय कार्यकर्ता भएको हुँदा गुप्तचरहरू उनको पछि लाग्नु स्वाभाविक थियो । त्यसबेला निकोलाई लुकिनकी बहिनी नादेज्दा मिखाइलोभ्ना लुकिन पनि उनका घनिष्ट मित्र भइन् ।
२३ वर्षको उमेरमा सन् १९११ मा उनी पक्राउमा परे तथा निर्वासनबाट हानोभरमा भागे ।
सन् १९१२ मा उनी पोल्यान्डको क्रास्कोभा जाँदा लेनिनसँग पहिलोपटक उनको भेट भयो । निर्वासनको बेला उनले केही पुस्तकहरू लेखे । उनी लेनिनको ‘साम्राज्यवाद, पुँजीवादको माल्थिलो चरण’ पुस्तकबाट प्रभावित भए र उनले ‘साम्राज्यवाद र विश्वको अर्थतन्त्र’ लेखे । लेनिनसँग उनको सैद्धान्तिक विषयमा बरोबर छलफल हुन्थ्यो र कहिलेकाहीँ चर्काचर्की पनि हुन्थ्यो । नेताहरूको विरोधी भावनाले उनलाई यूरोपेली वामपन्थीहरूसँग नजिक पु¥यायो । उनको यो प्रवृत्तिले उनलाई अस्ट्रियाली माक्र्सवादीहरूको साहित्यले आकर्षित ग¥यो र गैरमाक्र्सवादी आर्थिक सिद्धान्तकारहरूसँग नजिक लग्यो ।
त्यस प्रवृत्तिले उनलाई लेनिनवादी दृष्टिकोणबाट टाढा लग्यो । सन् १९१३ को भियना जर्जियाली बोल्शेभिक जोसेफ स्तालिनलाई उनले सहयोग गरे । लेनिनले स्तालिनलाई ‘माक्र्सवाद र जातीय प्रश्न’ भन्ने पुस्तक लेख्न अनुरोध गरेका थिए । त्यसबेला उनी २५ वर्षका थिए ।
अमेरिकामा
१६ अक्टोबर १९१६ मा बुखारिन अमेरिकाको न्युयोर्क पुगे । उनले ‘नयाँ विश्व’ भन्ने समाचारपत्र प्रकाशित गरे । त्यहाँ उनले लियोन त्रोत्स्की र अलेक्जेन्द्रा कोलोन्ताईसँग सङ्गत गरे । त्रोत्स्की जनवरी १९१७ मा न्यूयोर्क पुगेका थिए । त्यसबेला बुखारिन २८ वर्षका थिए ।
फेब्रुअरी १९१७ को बेला रुसी क्रान्तिको समाचार न्यूयोर्कमै सुने, उनी जापानबाट रुस पुगे । उनी मस्को बोल्शेभिक पार्टीको नेतृत्व अर्थात् केन्द्रीय समितिमा पुगे ।
२४ अप्रिल १९१७ मा बोल्शेभिक पार्टीको सातौँ सम्मेलनको आयोजना गरियो । यो नै बोल्शेभिक पार्टीको खुला सम्मेलन थियो । यो एक प्रकारको पार्टी महाधिवेशन जस्तै थियो ।
१ सय ३३ जनप्रतिनिधिले भाग लिएको त्यस सम्मेलनमा १८ जनासँग मत दिने अधिकार थिएन । तिनीहरूले ८० हजार पार्टी सदस्यहरूको प्रतिनिधित्व गर्थे ।
सम्मेलनमा छलफलका विषय तत्कालीन परिस्थितिको युद्ध र क्रान्ति, अस्थायी सरकार, सोभियतहरू (प्रतिनिधिसभाहरू), कृषि प्रश्न र राष्ट्रिय प्रश्नहरू थिए । फेब्रुअरी क्रान्तिले जारको सत्ता पुँजीपति वर्गको हातमा गयो र अब दोस्रो चरणमा सर्वहारावर्ग अनि सबभन्दा गरिब किसानहरूको हातमा जानुपर्छ भन्ने प्रस्ताव सम्मेलनको थियो । लेनिनको त्यस प्रस्तावको सार थियो – “समाजवादी क्रान्तिको परिस्थिति परिपक्व भयो ।”
तर, काभेनेल र राइकोभले रुसमा समाजवादी क्रान्तिको निम्ति परिस्थिति तयार भइनसकेको बताउँदै पुँजीवादी सरकारको समर्थन गरे । तिनीहरूको भाषा र आसय मेन्सेभिकहरूको जस्तै समाजवादी क्रान्ति नगर्ने थियो । सर्वहारा पार्टीले साम्राज्यवादको विरोधमा राष्ट्रिय स्वाधीनताको समर्थन गर्नुपर्ने मत लेनिन र स्तालिनले राख्नुभयो । बुखारिनले राष्ट्रिय स्वाधीनताकोे विरोध गर्दै अन्धराष्ट्रवादको पक्ष लिए , त्यसमा प्याताकोच पनि थिए ।
यसरी अप्रिल सम्मेलनमा बुखारिन, काभेनेल, जिनोजित्र्, प्याताकोभ र राइकोभ लेनिनवादी अडानको विरोधमा रही तिनीहरू अवसरवादीको रूपमा उदाङ्गिए । सम्मेलनले एकमतले लेनिनको प्रस्ताव पारित ग¥यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *