कैलालीमा सन्देशमूलक कार्यक्रम
- बैशाख ११, २०८३
भक्तपुर, १७ फागुन । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नागार्जुन बक्सिङ खेलकुद विकास समितिको आयोजनामा फागुन १९ गतेदेखि २२ गतेसम्म हुने ‘वीर गणेशमान सिंह बाग्मती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिता’ मा भक्तपुर नगरपालिकाको तर्फबाट सहभागी खेलाडीहरूलाई सोमबार ट्रयाकसुट वितरण गर्नुभयो ।
खेलाडीहरूलाई मार्गनिर्देश गर्दै प्रमुख प्रजापतिले खेलाडीहरूले डराएर होइन आत्मविश्वास बलियो बनाएर अनुशासित ढङ्गले खेलमा सहभागी हुनुपर्नेमा जोड दिँदै कुनै पनि प्रतियोगितामा हुने हार र जीतले मानिसलाई शिक्षा प्रदान गर्ने बताउनुभयो ।
भक्तपुर नगरलाई खेलाडीहरूको नगरको रूपमा परिचित गर्न र नगरवासी युवाहरूलाई सक्रिय र क्रियाशील बनाउन प्रत्येक वर्ष अन्तरनगर प्रतियोगिता गर्दै आएको र विभिन्न खेल प्रशिक्षण तथा प्रतियोगिताहरू पनि गर्दै आएको उहाँले बताउनुभयो ।
युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले नगरपालिकाले ६ वटा खेलको नियमित प्रशिक्षण दिँदै आएको र नपाको आयोजनामा फागुन २९–चैत ३ गतेसम्म अन्तरनगर बुद्धिचाल प्रतियोगिताको आयोजना हुने जानकारी गराउनुभयो । उहाँले खेलाडीहरूलाई अनुशासितरूपमा आफ्नो खेल प्रदर्शन गर्न मार्गनिर्देश गर्नुभयो ।
प्रमुख प्रजापतिले सो प्रतियोगितामा भाग लिन जाने सात जना बक्सिङ खेलाडीहरूलाई नपाको ट्रयाक सुट वितरण गर्नुभएको हो ।
Leave a Reply