भर्खरै :

एकहप्ते घरजग्गा नापजाँच तालिम सम्पन्न

भक्तपुर, १७ फागुन । भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को ऋण उपसमितिको आयोजनामा भएको एकहप्ते घरजग्गा नापजाँच तालिम शनिबार सम्पन्न भएको छ ।
फागुन ९ गतेदेखि फागुन १५ गतेसम्म भएको उक्त कार्यक्रममा २७ जना प्रशिक्षार्थीले सहभागिता जनाएका थिए ।
समापन कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले पुर्खाले सिर्जेको सम्पत्ति, हाम्रो कला र संस्कृति भन्ने नारालाई सफल पु¥याउन यस्तो तालिमको आवश्यकता रहेको प्रस्ट्याउनुभयो ।
उहाँले २०७२ सालको भूकम्पबाट भत्केका घरहरू जग्गाकै आपसी विवादका कारण बनाउन नसकेको स्पष्ट पार्दै नापजाँच संवेदनशील भएकोले नापजाँचमा शुद्धता आउनुपर्नेमा जोड दिनुभयो ।
संस्थाका अध्यक्ष बलराम प्रजापतिले असल र सभ्य नागरिक तयार गर्न संस्थाले विभिन्न तालिमहरू दिइरहेको बताउनुभयो । उहाँले युवा लक्षित कार्यक्रम सरकारले नल्याउँदा विदेशमा पलायन भएको स्पष्ट पार्नुभयो ।
प्रशिक्षक विष्णुकुमार प्रजापतिले यो तालिम दुईवर्षे अमिनको तालिमजस्तै भएको बताउनुभयो ।
आयोजक समितिका संयोजक जगनाथ प्रजापतिको सभापतित्वमा भएको कार्यक्रममा प्रशिक्षार्थीहरू बालकृष्ण प्रजापति, कृष्णराम सुलु, व्यवस्थापक सत्यनारायण साँयजू, उर्मिला कोजूलगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *