भर्खरै :

सी चिनफिङको भ्रमणले फेरिएको एउटा नगर

सन् २०१८ मा सियाताङ नगर
“तीस वर्ष जनताको अथक सङ्घर्षपछि सियाताङमा सडकको सहज पहुँच विस्तार भएको छ । त्यो ठाउँको काया नै फेरिएको छ । स्थानीय जनताका ओठमा खुसी र सन्तोषको भाव दौडिन थालेको छ । उनीहरूको अनुहारमा फैलिएको खुसीले पुरानो उखान ‘निम्छरो चराले हतारमा उडान भर्छ’ र ‘लगातार घन हान्दा चट्टान चोइटिन्छ’ लाई पुष्टि गरेको छ”, सियाताङका जनताले गरिबीलाई पछारेको खबर सुनेपछि सन् २०१९ को अगस्टमा त्यहाँका जनतालाई पठाउनुभएको बधाई सन्देश चीनका राष्ट्रपति सी चिनफिङले लेख्नुभएको थियो ।
पहाडको बीचमा अवस्थित सियाताङ पूर्वी चीनको फुजियान प्रान्तको निङ्ते प्रिफ्याक्चरको शोउनिङ काउन्टीमा अवस्थित दुर्गम नगर हो ।
सन् १९८८ मा सी चिनफिङ चिनियाँ कम्युनिस्ट पार्टीको निङ्ते प्रिफ्याक्चर समितिको सचिव हुनुहुन्थ्यो । त्यत्तिबेला सियाताङ निकै थोरै स्रोत साधनसहित गरिबीको दलदलमा फसेको थियो । त्यहाँ कुनै राम्रो सडक थिएन । कहीं धाराको बन्दोबस्त थिएन । जनतासँग थोरै पैसा थियो । कुनै सरकारी भवन थिएन ।
एउटा साँघुरो, काँडाघारीले भरिएको खोँच र ढुङ्गाको अप्ठ्यारो बाटोले सियाताङलाई बाहिरी संसारसँग जोडिएको थियो । गाउँलेहरूसँग त्यही बाटोमा ओहोरदोहोर गर्नुको अर्काे कुनै विकल्प थिएन । डरलाग्दो भिरको बाटोको कारण मानिसहरू हातमा सिसाको भाँडो बोक्न पनि धक मान्थे । त्यही भएर त्यत्तिबेला गाउँलेहरूले कहिल्यै चुक अमिलोको झोल वा सोया सस पनि चाखेका थिएनन् ।
“त्यत्तिबेला सियाताङको जनसङ्ख्या ७ हजार ५ सय थियो । उनीहरूमध्ये ७० प्रतिशत मानिस गरिबीको रेखामुनि थिए”, शोउनिङ काउन्टी सरकारका तत्कालीन उपप्रमुख लियाङ डेरेनले भने ।
सी चिनफिङले सियाताङको तीन पटक भ्रमण गर्नुभयो । ती हरेक पटकको भ्रमणले त्यहाँको जीवनमा गहिरो प्रभाव पा¥यो । त्यहाँका बासिन्दालाई पहाडको कठिन जीवनबाट पार पाउन र प्रगति गर्न तिनले मद्दत ग¥यो ।
सीले सन् १९८९ को जुलाई १९ मा सबभन्दा पहिलो पटक भ्रमण गर्नुभयो । उहाँसँग तीस जना सरकारी अधिकारीहरू साथमै थिए । झन्डै तीन घण्टा कारमा यात्रा गरेर दुई घण्टा पैदल हिँडेपछि मात्र उहाँहरू सियाताङमा पुग्नुभएको थियो । उखरमाउलो गर्मीको पर्वाह नगरी टोलीले लगातार पैदल यात्रा गरेको थियो ।
“यहाँ आइपुग्नु हुँदा उहाँले सेतो भित्री गञ्जी र सेतो आधा बाहुला भएको लुगा लगाउनुभएको थियो । उहाँले लुगा फुकाल्नुभयो र पसिना निचोर्नुभयो”, सियाताङ नगर पार्टीका उपसचिव ल्यु मिङह्वाले भने ।
सी चिनफिङको भ्रमणपछि त्यहाँ बाटो बनाउन, धाराको पानीका लागि आवश्यक पूर्वाधार बनाउन, विद्युत् ल्याउन र सरकारी भवन बनाउन ७ लाख २० हजार युआन सरकारी बजेट दिने निधो भयो ।
सियाताङलाई गरिबीबाट उकास्न सीले दिनुभएको त्यो पहिलो विकास कोष हो र नगरको विकासको लागि त्यो पैसा नै कोसेढुङ्गा सावित भयो”, ल्याङले भने ।
एक सातापछि नै त्यहाँ भारी वर्षा भयो । जुलाई २६ मा सी पानीमै एक घण्टाभन्दा बढी पैदल यात्रा गरेर सियापिङफेङमा पुग्नुभयो । वर्षाले प्रभावित जनताका समस्या र क्षतिबारे बुझ्न उहाँ सबभन्दा बढी प्रभावित त्यो गाउँमा पुग्नुभएको थियो ।
“त्यो गाउँका सबै ६२ घरधुरीलाई १५ सय युआनलाई सहायता प्रदान गरिएको थियो । पुनःनिर्माणको लागि गाउँ समितिलाई १ लाख ५० हजार युआन उपलब्ध गराइयो । हामीले त्यो पैसाबाट भूतह चार मिटरभन्दा माथि उठाएर विद्यालयको पुनःनिर्माण ग¥यौँ”, सियापिङफेङ गाउँका याङ शाङपाओले भने ।

सन् १९८० दशकको सियाताङ नगर


“म सधैँ त्यहाँका जनताको विषयमा सोचिरहेको हुन्छु”, सात वर्षपछि फुजियान प्रान्तीय समितिको चिनियाँ कम्युनिस्ट पार्टीका उपसचिवको रूपमा तेस्रो पटक त्यहाँ पुग्दा सीले भन्नुभयो ।
यो पटक उहाँसँग यातायात, वित्त, नागरिक मामिला र गरिबी निवारणका प्रान्तीय विभागका अधिकारीहरूसहित सियाताङ पुग्नुभएको थियो । उहाँले सियापिङफेङ गाउँको पुनःनिर्माणका साथै नयाँ पूर्वाधारको पनि अनुगमन गर्नुभयो । सियाताङको स्थानीय निर्माण र विकासको लागि सम्बन्धित विभिन्न विभागहरूसँगको समन्वयमा सीले दस लाख युआन विनियोजन गराउनुभयो ।
“एक लाख युआनबाट सियापिङफेङ गाउँ जान एउटा पुलको निर्माणमा खर्च गरियो । एक लाख उत्पादन प्रवद्र्धनको लागि खर्च गरियो । बाँकी आठ लाख युआन राजमार्ग बनाउन खर्च गरियो”, ल्युले त्यहाँ बनाइएको सडकले सियाताङलाई चचियाङ प्रान्तमा जोडेको थप्दै भने,“यति बाटो बनेपछि यातायातको विषय समाधान भयो ।”
“निङ्तेमा सीको कार्यकाल तुलनात्मकरूपमा छोटो थियो । एक वर्ष एघार महिनामात्र उहाँले त्यहाँ काम गर्नुभयो । यद्यपि, त्यो अवधिमा उहाँले १२४ नगरमा १२३ पटक भ्रमण गर्नुभयो ।
सन् २०१८ सम्ममा सियाताङका १७७ घरधुरीबाट सबै ५०४ जना गाउँलेहरू गरिबीबाट मुक्त भए । सन् २०१९ सम्ममा उनीहरूको औसत वार्षिक आम्दानी १४ हजार ७७७ पुग्यो । सन् १९८८ को तुलनामा त्यो आम्दानी भनेको ७० प्रतिशतभन्दा बढी थियो । साथै राष्ट्रिय गरिबीको रेखाभन्दा उनीहरूको वार्षिक आम्दानी २३ सय युआनले बढी थियो । पर्यटन र विशेष कृषि उत्पादनको विकासको कारण त्यो सब सम्भव भयो ।
म फुजियान प्रान्तको निङ्तेमा काम गर्दा मलाई एउटा प्राचीन भनाइले निकै प्रभावित बनाएको थियो । “एक जना असल नेताले जनतालाई आमाले आफ्ना केटाकेटीलाई जस्तो र एक जना मानिसले आफ्ना भाइहरूलाई गरेजस्तो व्यवहार गर्नुपर्छ । भोका मानिसहरूका क्रन्दनले मलाई राम्ररी निदाउन दिंदैन । दुःखको सागरमा डुबेका जनताले मलाई दुःखी बनाउँछ”, सन् २०१५ मा विश्वव्यापी गरिबी न्यूनीकरण र विकास मञ्चमा मुख्य मन्तव्य राख्दै सीले भन्नुभयो । उहाँले यही मन्त्र सधैँ व्यवहारमा लागू गर्नुभयो ।
स्रोतः सीजीटीएन

Leave a Reply

Your email address will not be published. Required fields are marked *