कैलालीमा सन्देशमूलक कार्यक्रम
- बैशाख ११, २०८३
सरकारले तोकिएको तौलभन्दा बढी सामान बोक्ने मालबाहक साधनलाई कारबाही गर्ने भएको छ । मङ्गलबारदेखि बढी तौल बोक्ने मालबाहक सवारीलाई कारबाहीका रूपमा यातायात कार्यालयमा पठाउने तयारी गरिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगरका प्रहरी सहायक निरीक्षक विजयप्रसाद अधिकारीले जानकारी दिए ।
तौलपुलमा जोख्दा बढी देखिएको सामान तत्काल सवारीबाट निकालिने र त्यसको व्यवस्थापन मालबाहक धनीले गर्नुपर्ने उनको भनाइ छ । बढी तौल बोक्ने सवारीलाई जरिवाना गर्न थालिसकेको प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगर चितवनले जनाएको छ । यस्ता सवारीबाट पहिलोपटक ५ सय रुपैयाँ र त्यसपछि पटकैपिच्छे थप ५ सयका दरले जरिवाना वृद्धि गरिँदै लगिएको छ ।
प्रहरीका अनुसार बढी तौल बोक्ने ढुवानीका साधनलाई अधिकतम ६ हजार ३ सय रुपैयाँसम्म जरिवाना हुनेछ । चितवनको भरतपुरस्थित आँपटारीमा तौलपुल स्टेसन परीक्षणका रूपमा २० माघदेखि सञ्चालनमा आएको हो । यससँगै मालबाहक सवारीसाधनको भारवहन नियमनसम्बन्धी निर्देशिका, २०७४ पनि कार्यान्वयनमा आएको छ ।
तौलपुल भन्नाले मालबाहक सवारीसाधनको कुल वजन जोख्ने प्रयोजनका लागि सडक–किनारमा स्थापना गरिएको उपकरण वा यन्त्रसहितको संरचना हो ।
मालबाहक साधनहरूको भारमापन गर्न चितवनको भरतपुरस्थित आँपटारीमा तौलपुल स्टेसन स्थापना गरिएको छ । अहिले त्यस स्टेसनमा दैनिक ८५ देखि १ सय मालबाहक सवारीसाधनको तौल गर्ने गरिएको छ । त्यस्तै, महोत्तरीको बर्दिवासमा दोस्रो तौलपुल स्थापना गरिसकिएको छ । यी तौलपुलबाट १८ मिटर लामा तथा ८० टन क्षमता मापन गर्न सकिन्छ ।
तौलपुल स्टेसनमा भार क्षमता मापन गर्न ‘इलेक्ट्रो–मेकानिकल कन्ट्रोल रुम’ व्यवस्था गरिएको छ । दुवै तौलपुलको लागत करिब २ करोड ४० लाख रुपैयाँ रहेको छ । त्यसमध्ये चितवनमा निर्माण भएको तौलपुलको लागत १ करोड २१ लाख ७३ हजार रुपैयाँ छ । अर्को वर्ष पोखरा, बुटवल, वीरगञ्ज, विराटनगरजस्ता ठाउँमा तौलपुल विस्तार गर्ने सरकारको तयारी छ । त्यसपछि सबै मालबाहक सवारीसाधन यो सञ्जालमा आउने यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए । ‘सडक विभागबाट उपयुक्त ठाउँ सिफारिस गरेर आएपछि त्यसलाई नै अघि बढाउनेछौँ,’ उनले भने ।
तौलपुल स्टेसनको सञ्चालन ट्राफिक प्रहरीसँगै यातायात कार्यालयका कर्मचारीले गर्नेछन् । तर, बढी तौल बोकेका मालबाहक साधनलाई भने यातायात कार्यालयमै पठाइने प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगरका प्रहरी सहायक निरीक्षक विजयप्रसाद अधिकारीले जानकारी दिए । यसबाहेक भारमापन र प्राविधिक जनशक्तिको व्यवस्थापन यातायात व्यवस्था विभागले गर्नेछ ।
यातायात व्यवस्था विभागले तौलपुलको कार्यान्वयनले सडकलाई दीर्घकालीन रूपमा सञ्चालन गर्न सहयोग गर्नेछ । यातायात व्यवस्था विभागले सन् २०१६ मा गरेको अध्ययनअनुसार सवारीको बढी भारका कारण सडक छिटो जीर्ण बन्न पुगेको देखाएको थियो । गैँडाकोट, हेटौँडा र धार्केमा गरेको सर्वेक्षणमा ७५ प्रतिशत मालबाहक साधनले तोकिएको भन्दा बढी तौल बोक्ने गरेका छन् । मालबाहक सवारीसाधनले तोकिएको भन्दा १ टन बढी तौल बोक्दा वार्षिक १ किलोमिटरमा ९७ रुपैयाँ क्षति पुग्ने प्रक्षेपण छ ।
तौलपुलको कार्यान्वयनले मालबाहक साधनको भार नियन्त्रण हुनेछ भने सडक सुरक्षामा सहयोग पुग्नेछ । विभागले देशभरका सडकहरू अधिक भारबाहक सवारीसाधनका कारण बिग्रिएर साना तथा मझौला सवारीसाधन सञ्चालनमा समेत व्यवधान सिर्जना भएको उल्लेख गरेको छ । विभागले तौलपुलमा स्वदेशी तथा विदेशी मालबाहक सवारीसाधनको भार परीक्षण गरी अधिक भार तुरुन्त निकालिनेछ । त्यसपछि मात्र मालबाहक साधन गन्तव्यतर्फ जाने अनुमति पाउनेछ ।
स्रोतः नयाँ पत्रिका, १७ फागुन
Leave a Reply