भर्खरै :

स्तालिनका अङ्गरक्षकको संस्मरण – १२

(स्तालिनका अङ्गरक्षक ए.टी. रेबिनले लेख्नुभएको पुस्तक ‘नेक्स टु स्तालिन नोट्स अफ अ बडीगार्ड’ (Next To Stalin Notes of A Bodyguard) को पहिलो प्रकाशन रुसी भाषामा सन् १९९२ मा मस्कोको भेटेरान प्रकाशन गृहले गरेको थियो । सो पुस्तकको अङ्ग्रेजी अनुवाद नर्थस्टार कम्पास जर्नलका सम्पादक माइकल लुकासले गर्नुभएको थियो । नर्थस्टार कम्पास जर्नलले नै अङ्ग्रेजी अनुवादको प्रकाशन गरेको थियो । सो पुस्तक स्तालिनको व्यक्तित्व, निजी जीवनका विभिन्न आयाम र स्वभावबारे बुझ्ने सान्दर्भिक कृति हो । स्तालिनबारे पश्चिमा सञ्चारमाध्यमले फैलाइरहेका भ्रम र झूटको खण्डन गर्न यो पुस्तकको पठन उपयोगी हुने देखिन्छ । नेपालकै पनि केही वामपन्थी भनिने नेता र कथित बुद्धिजीवीहरू स्तालिनबारे भ्रममा छन् । पश्चिमा दुष्प्रभारको शिकार बनेका छन् । त्यस्ता पूर्वाग्रह र भ्रमको खण्डन गर्न यसअघि वर्कर्स पब्लिकेसनले नेपाली भाषामा प्रकाशन भएको ‘गोप्य दस्तावेज’ कृति नेपाली बौद्धिक जगतले निकै रुचाए । यो छलफललाई गहकिलो बनाउन आर टी रेबिनको यो पुस्तक मजदुर दैनिकमा धारावाही प्रकाशन गर्दै जाने छ । आशा छ, पाठकहरूको निम्ति यो रुचिकर र जानकारीमूलक हुनेछ–सम्पादक)
जुन जिल्लामा इमानदार बोल्शेविक, समर्पित र कर्तव्यपरायण सोभियत पार्टी सचिव बनेका थिए, ती ठाउँमा निर्दोष मानिस पक्राउ पर्ने वा षड्यन्त्र गर्ने कुनै समस्या थिएन । यसको एउटा उदाहरण थिए–स्तालिनग्राड जिल्ला समितिको समर्पित पार्टी सचिव ए. चुयानोभ । एनकेभीडीका प्रमुख शारोभ र सहायक त्साकले चुयानोभसमक्ष पक्राउ गर्नुपर्ने मानिसहरूको एउटा सूची दिँदा उनले यसबारे सोच्न आफूलाई एक दिनको समय दिन अनुरोध गरे । उनले कागजातहरू पल्टाएर हेर्दा सूचीमा परेका सबै मानिस निर्दोष भएको थाहा पाए । त्यसपछि उनले तीमध्ये पक्राउ परेका केहीलाई रिहाइ गरिदिए । मस्कोबाट उनलाई मलेन्कोभ रिसाएर फोन गरे । उनले चुयानोभमाथि मनपरी काम गरेको आरोप लगाए । आक्रोशित चुयानोभ पनि स्तालिनलाई भेट्न गए र भएका सबै घटनाको जानकारी दिए । स्तालिनले मलेन्कोभको कुरा सकार्नुभएन । उहाँले लामो समयदेखि चुयानोभसँग काम गर्नुभएको थियो । त्यसकारण उहाँलाई चुयानोभबारे धेरै कुरा थाहा थियो । चुयानोभ समाजवादप्रति समर्पित साहसिक बोल्शेविक भएको कुरा लामो सहकार्यबाट स्तालिनलाई अवगत थियो ।
यहाँनेर हवाई उडानका मार्सल ए.गोलोभानोभबारे स्मरण गर्नु उपयुक्त हुन्छ । एक दिन स्तालिनसँग कुराकानीपछि उनी अलमलिएर कोठामै बसिरहे । उनको यस्तो चाला देखेर स्तालिनले सोध्नुभयो, “तपाईँ केही सोध्न खोजिरहनुभएको जस्तो लाग्यो ।”
“कमरेड स्तालिन, यो हवाई इन्जिनियरलाई किन जेल सजाय गरिएको हो ?”, उनले सोधे ।
“उनीहरूको विदेशीसँग साँठगाठ छ रे नि त !”
“कमरेड स्तालिन, के तपाईँ यो कुरामा विश्वास गर्नु हुन्छ ?”
“के तपाईँ विश्वास गर्नुहुन्छ ?”
“अहँ, गर्दिनँ कमरेड ।”
“हो, म पनि विश्वास गर्दिनँ । लौ, अहिलेलाई बिदा”, स्तालिनले भन्नुभयो ।
केही समयपछि नै त्यो इन्जिनियर जेलमुक्त गरिए ।
येझोभले यस्ता गिरफ्तारी र हत्यालाई स्तालिनको आँखाबाट जतिसुकै लुकाउन खोजे पनि यो समाचार स्तालिनको कानमा तुरुन्तै पुगिहाल्थ्यो । आफैँ खतरामा पर्ने सम्भावनालाई विचार गरेर येझोभ स्तालिनकै नजिक बने । उनले समाजवादप्रति आफ्नो समर्पण र कर्तव्यपरायणप्रति स्तालिनको विश्वास जित्न सबै उपाय लगाए । एक दिन स्तालिनले येझोभलाई खोज्नुभयो । येझोभ हुनसक्ने सबै सम्भावित स्थानमा उनको खोजी भयो । तर, येझोभका कोही पनि सहयोगीले उनी कहाँ छन् भन्न सकेनन् । स्तालिनले कर्णेल किरिलिनलाई येझोभ बस्ने गरेको पोडलिप्कीमा एउटा सामानसहित पठाए । सामान प्राप्त भएपछि येझोभको हस्ताक्षर पनि गराउनु भनी निर्देशन दिनुभयो । येझोभका सहायक फतिआनोभले आफ्ना हाकिमलाई जोगाउन आफैले हस्ताक्षर गर्न खोजे । तर, किरिलिनले त्यसो गर्न दिएनन् । त्यो पत्र पार्टी केन्द्रीय समितिमा हाजिर हुन येझोभलाई पठाइएको अनुरोध पत्र थियो ।
सोभियत कम्युनिस्ट पार्टी केन्द्रीय समितिको विस्तारित बैठक सन् १९३८ को जनवरीमा भएको थियो । स्तालिनले सो विस्तारित बैठकमा एनकेभीडीको गतिविधिको विश्लेषण र आलोचना गर्नुभयो । एनकेभीडीले क्रान्तिकारी सिद्धान्त त्यागिसकेका थिए । सङ्गठनका केही नियमको उल्लङ्घन गर्ने प्रवृत्ति उच्च नेतृत्व र लालसेनाका केही हिस्सामा फैलिसकेको थियो । एनकेभीडीको प्रमुख पदबाट येझोभलाई पदच्युत गरियो । एनकेभीडीको तल्लो तहमा त्यो विषयमा यति गम्भीर बहस र आलोचना भयो, त्यसको तुलनामा अहिलेको ‘ग्लासनोस्ट’ फितलो हुनेछ । एनकेभीडीको नेतृत्वलाई आलोचनाबाट जोगाउने नियोजित लक्ष्य बोकेका मान्छेहरू पनि थिए । तर, देशैभरि जताततैबाट एनकेभीडीको नेतृत्वको आलोचनामा गरमागरम बहस र बैठकहरू भए । सबै जिल्लाहरूमा षड्यन्त्रकारी, गुप्तचर, शत्रुको घुसपैठिया र अन्यायीहरूलाई पदच्युत गरियो । केहीलाई जेल सजाय तोकियो । अनि देश, पार्टी र समाजवादलाई हानि पु¥याउने कसैलाई कानुनी कारबाही गरी मृत्युदण्डको सजाय दिइयो । एनकेभीडीको केन्द्रीय समितिमा यस्ता विषय हेर्न ए.एन्ड्रेभको नेतृत्वमा एउटा आयोग नै बनेको थियो । एनकेभीडी र अन्य सुरक्षा निकायमा यो देशव्यापी शुद्धीकरणपछि ३० हजारभन्दा बढी मानिस पक्राउ परे । ती मानिसहरूलाई येझोभ र उनीभन्दा अघि एगोडा र अरूहरूले भर्ती गरेका थिए । पक्राउ परेकामध्ये एक जना मानिस मेरो कार्य क्षेत्रका थिए । त्यो युवकमा केही अस्वाभाविकता थिएन । उनी मन लगाएर काम गर्थे । त्यसपछि उनलाई काशिन्कोमा पठाइयो । येझोभ र अरूहरूको निर्देशनमा झूटा ‘फौजदारी राज्यविरोधी गतिविधि’ का ४० हजारभन्दा बढी आरोपितलाई आवश्यक छानबिनपछि रिहा गरियो । स्तालिनको अगुवाइमा अनुसन्धान आयोगले काम थालेपछि प्रमाण नपुगेको भन्दै ३ लाख २० हजारभन्दा बढी मानिसलाई निर्दोष भएको भनी थुनामुक्त गरिएको थियो ।
यति कुरा थाहा भएको कसैले पनि दमन र अपराधको अभियोगमा स्तालिनलाई आलोचना गर्नु मूर्खता नभए के हो त ? येझोभ र सोभियत सत्ताका अरू दुश्मनहरूले चलाखीपूर्वक बुनेको यो एउटा चालबाजीमात्र थियो । त्यही चालबाजीमा करोडौँ करोड मानिसको दिमाग भुटेको थियो । व्यवहारमा सबै जना ‘शत्रुहरू’ खोजिरहेका थिए । सोभियत कम्युनिस्ट पार्टी केन्द्रीय समिति तिनको विरोधमा लाग्यो । सबै उपाय अङ्गीकार गरेर लड्यो । विशेषतः स्तालिन यसमा दिलोज्यान दिएर लड्नुभयो । जनता पनि यसमा सामेल भए । साथीहरू ‘शत्रु’ बाट मुक्त हुने नाममा साथीहरूलाई नै ‘डुबाइरहेका’ थिए । यसलाई पक्कै पनि सामूहिक मनोरोगको रूपमा व्याख्या गर्न सकिन्न ¤ त्यो अवधिका छानबिनमा एउटै कागजपत्र पनि ३०–४० जना व्यक्तिले हेर्ने गर्थे । तर, तीमध्ये कुनै पनि कागजपत्रमा स्तालिनको नाम थिएन न त स्तालिनको निर्देशन भनी उल्लेख थियो । यस्ता कारबाही गर्ने भनेर कुनै निर्णय भएको पनि भेटिएन । ती सबै सोभियत जनताका वास्तविक शत्रुहरूले गरेका थिए । ती सबै दस्तावेजमध्ये कुनैमा पनि स्तालिन, मोलोतोभ वा भोरोशिलोभका निर्देशन कहीँ कतै थिएन ।
मेरो विचारमा स्तालिन त्यत्तिबेला देशको राष्ट्रप्रमुख भएको नाताले केही दोषको भागीदार हुनुपर्छ । उहाँको एउटै दोष भनेको उहाँ सधैँ ‘सामूहिक निर्णय’ को पक्षमा उभिनुभयो । त्यही भएर उहाँलाई सधैँ उहाँका ‘सहयोद्धाहरू’ एगोडा, मलेन्कोभ, ख्रुश्चेभ, बेरिया र अरूहरूले झुक्याइरहे । येझोभको सन्दर्भमा स्तालिन सुरुदेखि नै सजग हुनुहुन्थ्यो । उहाँले उनलाई रोक्न र पन्छाउन बारम्बार प्रयास गर्नुभएको थियो ।
जनरल रुमैनत्सेभले सधैँ आयोगमा हाम्रो अनुसन्धानमा मद्दत गरे । पन्ध्र वर्षअघि उही रुमैनत्सेभ स्तालिनका अङ्गरक्षक थिए । उनको जस्तो समर्पणभाव र सम्मान त कोही अरूको थिएन । सन् १९२४ देखि स्तालिनको अङ्गरक्षक दलको प्रमुख बनेका भ्लासिकमा पनि उनमा जस्तो समर्पणभाव थिएन ।
ख्रुश्चेभ उनका धेरै टिप्पणी र व्यङ्ग्योक्तिको लागि ‘चर्चित’ बने । तीमध्ये अधिकांश टिप्पणी वा व्यङ्ग्योक्ति सर्वविदित भएको हुनाले थप चर्चाको आवश्यकता नहोला । तर, जनताप्रति उनको घृणा जनाउने निम्न तथ्य भने धेरैलाई थाहा नहोला । उनी जनताले आफूलाई हानि पु¥याएको वा अपमान गरेको ठान्थे । त्यही भएर ती जनतालाई उनी घृणा गर्थे । उनी बीसौँ वर्ष लागे पनि उनको सोचाइमा आफ्नो अपमान वा हानि गरेका मानिसलाई माफीमात्र नगर्ने होइन, बदलासमेत लिइछोड्थे । खु्रश्चेभ वास्तवमा को थिए भन्ने कुरा बुझ्न केही तथ्यको चर्चा गरौँ ।
सन् १९३५ मा ख्रुश्चेभ मस्को पार्टी समितिका सचिव बनेका थिए । आफू चढ्ने गाडीमा सोभियत सरकारको चिह्न राख्न दिनुपर्ने उनले स्तालिनसमक्ष माग राखे । अनि आफ्नो आवासमा फ्रिज उपलब्ध गराउन पनि माग गरे । अर्को शब्दमा उनी आफूलाई सोभियत सरकारको पोलिटब्युरो सदस्यको रूपमा व्यवहार गरोस् भन्ने चाहन्थे । भ्लासिकले खु्रश्चेभलाई यी सबै सुविधा पोलिटब्युरो सदस्यलाई मात्र प्राप्त हुने जानकारी दिएका थिए । खु्रश्चेभलाई कसले के पाउने र कसले के नपाउने विषयमा भन्न सक्ने हिम्मत कसको ? सिद्धान्तनिष्ठ भ्लासिकमात्र यस्तो जोखिम उठाउन तयार हुने गर्थे । त्यसो भनेबापत भ्लासिकसँग बदला लिन खु्रश्चेभले सन् १९५२ सम्म कुरे । अन्ततः बेरियासँग मिलेर ख्रुश्चेभ भ्लासिकलाई जेलमा कोच्न सफल भए । जेलबाट मुक्त भएपछि उनलाई एउटा सामुदायिक कोलोनीमा पठाइयो । त्यहीँ स्तालिनको लागि जिउज्यान दिने एक जना कार्यकर्ता भ्लासिकको टुक्रिएको मन र खराब स्वास्थ्यको कारण निधन भयो ¤
सन् १९४१ को अक्टोबरमा मेलिन्कोभ र बेरियाको सल्लाहअनुसार उनीहरू (ख्रुश्चेभ र बेरिया) स्तालिनलाई मस्कोबाट निष्काशन गर्न खोजे । स्तालिन मौन रहनुभयो । अनि आफ्नो आसनबाट उठेर उहाँले ख्रुश्चेभको हात समात्नुभयो र ढोकासम्म डो¥याउनुभयो । अनि ढोकाबाट बाहिर जान निर्देशन दिनुभयो । त्यो घटनाको लागि पनि ख्रुश्चेभले स्तालिनलाई कहिल्यै माफ गरेनन् ।
युद्धकालीन वर्षहरूमा ख्रुश्चेभका कालिनोभ्काका जेठी श्रीमतीतर्फका छोराले अरू मानिसहरूसमक्ष कसैको टाउकोमाथि राखिएको बोटललाई सही निशाना हान्न सक्ने धाक लगाए । विडम्बना ¤ उनको त्यही फुस्रो धाकको कारण एक जना युवा सैनिक अधिकारीको बेफ्वाँकमा ज्यान गयो । त्यही कारण ख्रुश्चेभका छोरामाथि सैनिक छानबिन भयो । छानबिनमा उनी दोषी ठहर भए । अनि उनलाई ‘ज्यान सजाय’ को फैसला भयो । ख्रुश्चेभले आफ्नो छोरा गुमाउनुप¥यो । त्यस्तै एउटा लडाइँमा ख्रुश्चेभका छोराले जर्मन फासीवादीहरूसामु आत्मसमर्पण गरे । जर्मनहरूले उनको र उनको बुबाबारे थाहा पाएछन् । अनि उनीहरूले ख्रुश्चेभको छोरालाई आफ्ना मान्छे छोडाउन लेनदेनको निम्ति प्रयोग गरे । यो कुरा थाहा पाएर स्तालिनले ख्रुश्चेभका छोरालाई मुक्त गर्न सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिनुभयो । ख्रुश्चेभका छोरामाथि छानबिन भयो र पछि सैनिक अदालतले उनलाई गोली हानी मार्ने ज्यान सजायको पैmसला ग¥यो । (ई. जुगाश्भिली, योङ गार्ड १९९१. अङ्क.३२, पृष्ठ.२५०)
खु्रश्चेभ यसकारण पनि स्तालिनसँग रुष्ट थिए । खु्रश्चेभ दक्षिण–पश्चिम मोर्चाको युद्ध परिषद्का सदस्य छँदा उनी खार्कोभ नजिकको मोर्चाबाट भागेको के उनले भुल्न सक्छन् र ? उनी आफ्ना सिपाहीहरूलाई बेवारिसे छोडेर मस्कोमा भागेका थिए । युद्ध अदालतबाट खु्रश्चेभ बल्ल जोगिएका थिए । युद्ध अदालतले आफ्नो नेतृत्वमा रहेका सिपाहीहरूलाई छोडेर भाग्ने जनरलको रूपमा कारबाही गर्न खोजेको थियो । ६ महिनासम्म त ख्रुश्चेभले आफ्ना कोही पनि मित्र वा सरकारी नेता वा स्तालिनलाई मुखै देखाउन सकेका थिएनन् । तर, उनले त्यो सबै परिस्थिति छिचोलेर भविष्यको योजना बनाए ।
युद्धपछि पोलिटब्युरो बनी टोपलेका ख्रुश्चेभलाई स्तालिनले आप्mना अङ्गरक्षकहरूअघि उनका गलत कामको लागि दुई घण्टा झपारिएको कुरा उनले कसरी बिर्सन सक्लान् र ? त्यो विषयमा खु्रश्चेभले लोज्गाचेभलाई गुनासो पोखेका थिए, “उनीहरू मलाई निकै क्रुर भन्छन् । तर, म किन क्रुर बन्दिनँ ? यी इभानहरू (रुसीहरूप्रति आफ्नो घृणा देखाउन उनले यो शब्द प्रयोग गरेका थिए) लाई एकथरी कुरा भन्छु । उनीहरू अर्कै थोक अर्थ लगाउँछन् । अनि सबै राज्यका गल्तीहरू हिमपहिरोजस्तै मेरै थाप्लामा खन्याउँछन् । अनि मेरा स–साना गल्तीको उछिटो काट्छन् !”
ख्रुश्चेभ सबै कमजोरी र गल्तीको दोष स्तालिनमाथि थोपर्थे । त्रोइका अदालतको प्रमुख छँदा उनले कति मानिस मारेका थिए ? अथवा चुयानोभले जस्तै कति मानिसका काम रोकेका थिए ? त्यसकारण खु्रश्चेभसँग स्तालिनमाथि सबै दोष थोपर्नुको अर्को कुनै विकल्प नै बाँकी थिएन । आफ्ना सबै कमी कमजोरी र गल्ती रोक्न उनले त्यसो गर्ने गर्थे । उनी मिकोयानजस्ता मित्रहरूसँग काम गर्थे जसले येझोभलाई आफ्ना परिवारका शत्रुहरूको ‘ख्याल गर्न’ आग्रह गरेका थिए । (केजीबी, येझोभको अभिलेखालय) संस्मरण लेखक ए टी रेबिन येझोभलाई राम्ररी चिन्थे ।
सोभियत कम्युनिस्ट पार्टीको बीसौँ महाधिवेशनको उच्चस्तरीय बैठकदेखि ख्रुश्चेभले भोरोशिलोभमाथि दोषको भारी बिसाउन थालेका थिए । भोरोशिलोभ सधैँ आफ्नो बाटोको लागि तगारो भएको उनको भनाइ थियो । भोरोशिलोभकै कारण आफूले प्रभावकारी ढङ्गले काम गर्न नसकेको ख्रुश्चेभको आरोप थियो । अनि यिनी प्रथम मार्सल आफ्नो कारमा आएर धुरुधुरु रोएका थिए ।
नेपाली अनुवादः बर्बरिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *