भर्खरै :

स्तालिनका अङ्गरक्षकको संस्मरण – १३

(स्तालिनका अङ्गरक्षक ए.टी. रेबिनले लेख्नुभएको पुस्तक ‘नेक्स टु स्तालिन नोट्स अफ अ बडीगार्ड’ को पहिलो प्रकाशन रुसी भाषामा सन् १९९२ मा मस्कोको भेटेरान प्रकाशन गृहले गरेको थियो । सो पुस्तकको अङ्ग्रेजी अनुवाद नर्थस्टार कम्पास जर्नलका सम्पादक माइकल लुकासले गर्नुभएको थियो । नर्थस्टार कम्पास जर्नलले नै अङ्ग्रेजी अनुवादको प्रकाशन गरेको थियो । सो पुस्तक स्तालिनको व्यक्तित्व, निजी जीवनका विभिन्न आयाम र स्वभावबारे बुझ्ने सान्दर्भिक कृति हो । स्तालिनबारे पश्चिमा सञ्चारमाध्यमले फैलाइरहेका भ्रम र झूटको खण्डन गर्न यो पुस्तकको पठन उपयोगी हुने देखिन्छ । नेपालकै पनि केही वामपन्थी भनिने नेता र कथित बुद्धिजीवीहरू स्तालिनबारे भ्रममा छन् । पश्चिमा दुष्प्रभारको शिकार बनेका छन् । त्यस्ता पूर्वाग्रह र भ्रमको खण्डन गर्न यसअघि वर्कर्स पब्लिकेसनले नेपाली भाषामा प्रकाशन भएको ‘गोप्य दस्तावेज’ कृति नेपाली बौद्धिक जगतले निकै रुचाए । यो छलफललाई गहकिलो बनाउन आर टी रेबिनको यो पुस्तक मजदुर दैनिकमा धारावाही प्रकाशन गर्दै जाने छ । आशा छ, पाठकहरूको निम्ति यो रुचिकर र जानकारीमूलक हुनेछ–सम्पादक)
. एउटा अन्तिम उदाहरण । ख्रुश्चेभ आफुअन्तर्गतका सबै मानिस र सर्वसाधारण जनताबाट सधैँ आफ्नो प्रशंसा र चाप्लुसीको माग र अपेक्षा गर्थे । एक दिन उनी ई.भाख्तानोभ थिएटरमा गएका थिए । विशेष कक्षमा उनी एक्लै थिए । अरू कसैलाई त्यो ‘गौरव’ दिइएको थिएन । सबैले आफ्नो लागि ताली पिट्ने अपेक्षा गर्दै उनी बसेको ठाउँबाट उठे । दर्शकदीर्घामा बसेका सबैले उभिएर ताली पिटे । तर, पहिलो पङ्क्तिमा बसेको एक जना व्यक्ति भने न उभिए न ताली नै बजाए । ख्रुश्चेभले त्यो सबै देखेका थिए । भोलिपल्ट उनले जसोतसो अघिल्लो दिन नउभिएको व्यक्ति पहिचान गरे । त्यो व्यक्तिलाई ख्रुश्चेभ आफैले टेलिफोन गरेर भने, “मेरो अपमान गर्ने तँ को होस् ?¤”
“मलाई साइटिका (ढाडमा नसा च्यापेर हात खुट्टा दुख्ने रोग) को समस्या छ, त्यही भएर म नउठेको हो”,त्यो रुखो मान्छेको कडा वचन सुनेर जिओर्जी झुकोभले भने ।
“मलाई थाहा छ, मलाई थाहा छ, मलाई तँलाई कस्तो खालको साइटिका छ भन्ने कुरा”, खु्रश्चेभले व्यङ्ग्यपूर्ण आक्रोशका साथ मार्सल झुकोभलाई झपारेर फोनको रिसिभर बजारे ।
मातृभूमिको रक्षा गर्न जीवन दिने मार्सललाई त्यत्ति वचन नै चुपचाप आफ्नो बाँकी जीवन वृद्धाश्रममा छटपटाएर बिताउन मनग्य भएको मलाई लाग्छ ।
एउटा भाषणमा ख्रुश्चेभले भने, “किरोभलाई कसले मारेको थियो, हामी पत्ता लगाउने छौँ ।”
उनले किरोभको हत्याबारे खोजबिन गर्न लेनिनग्राडमा दुई पटक विशेष आयोग पठाएका थिए । तर, उनका ती आयोग रित्तो हात फर्के ।
आफू संलग्न सबै खराबीको लागि स्तालिन पनि दोषी भएको आरोप लगाएपछि ख्रुश्चेभले स्तालिनकै खेदो खन्ने आधार भेटाए । उनले स्तालिन समाजवादी निर्माणका बाधक भएको आरोप लगाए । एकपल्ट तथ्याङ्कहरू पल्टाएर हेरौँ । क्रान्तिको विजयपश्चातको सबभन्दा महत्वपूर्ण कार्यभार के थियो ? सोभियत राज्य सत्तालाई आफ्नै खुट्टामा उभ्याउने हो वा विदेशी पुँजीपतिहरूको प्रभाव र नियन्त्रणमा पु¥याउने ? उत्तर सहज थियो–हामीले आफ्नै राज्य बनाउनुपर्छ ।
सिङ्गो देशलाई विद्युत्तीकरण गर्नुपर्ने लेनिनको निकै ठूलो चासोको विषय थियो । उहाँ हाम्रो आफ्नै उद्योग थाल्न चाहना राख्नुहुन्थ्यो । यान्त्रीकरण, कृषि र जनताको सांस्कृतिक स्तर उकास्ने विषयमा उहाँको ध्यान थियो । ती सबै कार्यभार पूरा भए । स्तालिन समाजवादी राज्यका नेता हुनुहुन्थ्यो जसले फासीवादी हमलाकारीलाई पराजित गर्नुभएको थियो । त्यसपछिको छोटो समयमा भग्नावशेषबाट देश निर्माण अघि बढाउनुभयो । यो सर्वविदित तथ्य साम्राज्यवादीहरूले स्वीकारेका छन् । तर, ख्रुश्चेभ यो कुरा स्वीकार्न तयार थिएनन् । बरु, उनी मकै उत्पादनमा संरा अमेरिकालाई उछिन्ने भन्दै आफ्नो ‘मकै’ रोमाञ्चको अमूर्त विचार नै भत्याइरहे । यहाँ हामी उनका अन्य ‘प्रयोग’ को चर्चा गर्ने छैनौँ ।
तर, यी सबै बद्ख्वाइँपछि पनि उनी सन्तुष्ट भएनन् । बेरिया, ख्रुश्चेभ र मलेन्कोभका सबै अतिरञ्जना, छेडछाड र खुलमखुला झूटले पनि स्तालिनलाई चौध घण्टासम्म कुनै चिकित्सकीय सेवा नपु¥याउने जालसाजी वा खुलमखुला निषेधसँगै स्तालिनको निधन धेरै कोणबाट जोडिएको कुरा केही गरे पनि लुकाउन सकिन्न । स्तालिन नबाँचोस् भनेर नै यो आपराधिक र राक्षसी काम भएको थियो ।
सत्य कुरा सधैँको लागि छोपियोस् भनेर स्तालिनको निधनबारे धेरै थरी कथाहरू बुनिएका छन् । तर, ख्रुश्चेभले लेखेका केही कुरा यहाँ हेरौँ । एउटा कुरा प्रस्ट के हो भने खु्रश्चेभले धेरै कुरा उजागर गर्नेभन्दा लुकाउने गर्थे । स्तालिनलाई सञ्चो नभएको कुरा अरू कसैलाई नभन्न मेलिन्कोभले स्टारोस्टिनलाई निर्देशन दिएको कुरा खु्रश्चेभले लुकाएका थिए । बेरियाले लोज्गाचेभलाई ‘कमरेड स्तालिन मस्त निद्रामा भएकाले’ कसैले पनि उहाँलाई नबिथोल्न कडा आदेश दिएको कुरा ख्रुश्चेभले लुकाएका थिए । उनीहरूले स्तालिनको उपचार गर्न चिकित्सकहरू तत्कालै नआउने भनेको कुरा पनि उनले लुकाएका थिए । स्तालिन बिरामी भएको भोलिपल्टको बिहान ९ बजेमात्र चिकित्सकहरू पुगेका थिए । तर, ख्रुश्चेभ भने आत्मप्रशंसामा मख्ख थिए । उनले भनेका थिए, “हामीले स्तालिनको उपचार गर्नसक्ने सबै थोक ग¥यौँ ।” के स्तालिनलाई उपचार गर्ने तरिका यही थियो त ?
“स्तालिनलाई मृत्युशय्यामा भेट्न जाँदा उहाँले आफ्ना बायाँ हात मेरो हातमा राख्नुभयो । उहाँ मुसुक्क हाँस्नुभयो । उहाँले जताततै औँल्याउनुभयो । त्यसो गरेर उहाँ आफ्नो भावना व्यक्त गरिरहनुभएको थियो”, ख्रुश्चेभले भनेका थिए । उनकै शब्दमा यस्तो घटना स्तालिनको निधन हुन एक वा दुई दिनअघि भएको थियो ।
तर, उनको यो बयान स्तालिनकी छोरी श्वेतलानाले आफ्नो ‘मित्रको नाममा बीस पत्र’ मा लेखिएको कुरासँग मेल खान्छ ? श्वेतालानाले लेखेकी थिइन्, “त्यो पीडा ज्यादै भयानक थियो । सबैले त्यही पीडा अनुभव गरिरहेका थिए । एकै क्षण मेरो बुबाले आफ्नो हात उठाउनुभयो र आँखा खोल्नुभयो । अनि त्यहाँ बसेका सबैको अनुहार नियाल्नुभयो । त्यो नजर डरलाग्दो थियो । उहाँका आँखाले आफ्नो वरपर उभिएका सबै सदस्यहरूलाई दोषारोपण गरिरहेको अनुभव भएको थियो । त्यो नजर दोषारोपणको डरलाग्दो नजर थियो । आजसम्म पनि मैले त्यो नजर भुल्न सकेको छैन । उहाँ हात उठाउँदै कोठामा रहेका कसैमाथि दोष लगाएजस्तो गरी औँला ठड्याइरहनुभएको थियो । त्यो दोषारोपणको नजरमा केही अर्थ पक्कै थियो । तर, उहाँले कसलाई हेरिरहनुभएको थियो र कसमाथि दोष लगाइरहनुभएको थियो, त्यो मलाई थाहा भएन ।” (एस. एलिल्युभ्ना, न्यु टाइम्स १९९१ अङ्क.५, पृष्ठ.२१८)
तर, खु्रश्चेभले त्यो अन्तिम क्षणबारे झूट बोलेर आफूलाई जनताको आँखामा चोखो देखाउन खोजे । मेरो विचारमा उनले झूट बोलेको घाम जत्तिकै स्पष्ट छ । खु्रश्चेभको पुस्तक पढेपछि हामीलाई कस्तो खालको प्रभाव पार्छ ? उनको पुस्तक पढेपछि स्तालिन भनेका जड्ँयाहा हुन् जस्तो अनुभव हुन्छ । उनको पुस्तकबाट एउटा वाक्यमात्र म यहाँ उद्धृत गर्न चाहन्छु, “स्तालिन आफ्ना युवा दिनहरूमा पनि निकै पिउँथे । यस्तो लाग्छ, त्यसरी पिउनु उहाँको लत हो ।” (एन. ख्रुश्चेभ. संस्मरण. अगोनोएक १९८९. अङ्क.३७, पृष्ठ.३०) के यो अचम्मको विषय होइन ? तर, स्तालिनसँग वर्षौँवर्ष रातदिन बस्ने हामीहरू के यी सबै कुरामा बेखबर थियौँ ? मैले अघि पनि लेखिसकेको छु, स्तालिन निकै कम मात लाग्ने वाइनमात्र पिउनुहुन्थ्यो । वाइनमा पनि पानी मिसाएर पिउनुहुन्थ्यो । कहिलेकाहीं ब्रान्डी पिउनुहुन्थ्यो । उहाँले कहिल्यै भोड्का पिउनुभएन । तर, उहाँका निकटवर्तीहरू बोटलका बोटल भोड्का घुट्काउँथे ¤ अनि, त्यसको पैसा सबै स्तालिनको व्यक्तिगत हिसाबमा दाखिला गर्थे । मैले भनिसकेको छु, स्तालिनले आफ्नो खर्च २५ हजारबाट झारेर ८ हजार रुबल पु¥याउनुभएको थियो ।… यो पार्टी केन्द्रीय समितिको निर्णय थियो । बचेको रकम जगेडा कोषमा जान्थ्यो । त्यो पैसा पोलिटब्युरो बैठक र सबै सदस्यसँगै खाना खानको लागि प्रयोग हुन्थ्यो । कसैको व्यक्तिगत प्रयोजनमा खर्च गरिंदैनथ्यो ।
स्तालिनकै कुरा गरौँ । सन् १९३० देखि १९५३ को बीचमा हामी अङ्गरक्षकहरूले स्तालिनलाई दुई पटकमात्र सञ्चो नभएको देखेका थियौँ । एस.एम. शतेमेन्कोको जन्म दिवसमा एकपल्ट र अर्को पल्ट झ्दनोभको मलामीमा । उहाँ कहिल्यै रक्सीले मात्तेको वा सामान्य ढङ्गले हिँड्न वा कुरा गर्न असमर्थ भएको थाहा भएन । उहाँ सधैँ सौम्य र तर्कपूर्ण मनस्थिति र रूपमा देखिनुहुन्थ्यो ।
तथापि, यी दुई घटनाको चर्चा गर्दै स्तालिनलाई जड्ँयाहा देखाउन भरपूर प्रयास गर्दै थुप्रै पुस्तक लेखिएका छन् ।
ख्रुश्चेभ आफूले बोलेको वा लेखेको झूटबाट कहिल्यै पनि सन्तुष्ट थिएनन् । खु्रश्चेभ बर्बराएका थिए, “मनैदेखि म स्तालिनप्रति निकै दुःखी छु । उहाँको निधन हुँदा म निकै रोएको छु ।” खु्रश्चेभको मनस्थिति कस्तो थियो होला ?
यो पानीमाथिको ओभानोलाई मैले धेरै लामो समय सहन सकिनँ । अनि सत्यलाई बङ्ग्याउने कार्यको विरोधस्वरुप मैले सन् १९५५ मा सोभियत कम्युनिस्ट पार्टी केन्द्रीय समितिका सदस्यहरूको अङ्गरक्षकहरूको टोलीबाट मैले राजीनामा दिएँ ।
ि ि
ि स्तालिनको काँधमा थोपरिने गरेका धेरै काण्डको शिलशिलामा एउटा सनसनीपूर्ण काण्ड थियो–‘डाक्टर काण्ड’ । त्यसको मूल आशय के थियो भने स्तालिन चिकित्सकहरूलाई पर राख्नुहुन्थ्यो । त्यसकारण, बेरियाबाट उहाँ टाढा बस्नुहुन्थ्यो । तर, यो सत्य थिएन । पत्रकार एन. लिओनटेभले ‘रसियन भेस्टनिक’ मा मेरो अन्तर्वार्ता छापेका थिए । (रसियन न्युज १९९१, अङ्क.१७) तपाईँले त्यो अन्तर्वार्ता पढ्नुभए स्तालिनका ‘सहयोद्धाहरू’ ले के कसरी सरकार आफ्ना हातमा पार्ने प्रयास गरेका थिए भन्ने पढ्न पाउनुहुनेछ ।
पत्रकार एन.लिओनटेभ (एन.एल)– अलेक्साई त्रोफिमोविच, ‘डाक्टर काण्ड’ के हो बताइदिनुहुन्छ कि ? चिकित्सामा पनि कसरी केजीबी मुछियो ?
ए. रेबिन (ए.आर)– सन् १९५२ मा स्तालिनलाई सञ्चो थिएन । स्तालिन औषधि खान मन पराउनुहुन्नथ्यो अथवा उहाँ औषधिमा विश्वास गर्नुहुन्थेन । औषधिले मानिसको अङ्गमा अतिरिक्त प्रभाव पार्ने विषयमा उहाँ जानकार हुनुहुन्थ्यो । समस्या के हो भने कहिलेकाहीँ चिकित्सकहरू खास रोग के हो भन्ने नै पत्ता लगाउन सक्दैनन् । औषधि खाँदा सबै मान्छेको अङ्गले एकै प्रकारले प्रतिक्रिया जनाउने गर्दैन । त्यही भएर रोग नै गलत पत्ता लगाइएका धेरै उदाहरण छन् । जस्तै, बोल्शोई थिएटरका एकल गायक ए.ओर्फेनोभलाई भीटीओ अस्पतालमा राखिएको छ । उनलाई मृगौलासम्बन्धी बिरामी थियो । अस्पतालबाट घर फर्किने क्रममा उनलाई एउटा सुई दिइयो । अर्को बिहान उनको निधन भयो । जेभी स्तालिनका पूर्व अङ्गरक्षक के इस्मितोभ एउटा सुई लगाउन अस्पतालमा पालो कुरेर बसेका थिए । तर, सुई लगाएको केही समयमा उनको निधन भयो । विश्वविख्यात पियानो बादक वाई. गिगल्सलाई कुममा दौरा भएर क्रेमलिन अस्पतालमा भर्ना भए । उनलाई एउटा सुई दिइयो । उनको शरीर बाउँडियो र लगत्तै निधन भयो । सन् १९५२ मा डाक्टर टी. तिमास्चुकको सन्दर्भमा पनि त्यस्तै भएको थियो ।
एन.एल–डाक्टर तिमास्चुकले के केजीबीमा काम गरेकी थिइन् ? उनले किन तपाईँलाई चिट्ठी लेखिन् ? चिकित्सकहरू र केजीबीबीच कस्तो खालको सम्बन्ध हुन्थ्यो ?
ए.आर– मुटुरोग विशेषज्ञ एल. तिमास्चुकले केजीबीको लागि काम गरेकी थिइनन् । तर, क्रेमलिनका चिकित्सकहरूको अवस्थालाई उनले सही तरिकाले विश्लेषण गरेकी थिइन् । उनले ती चिकित्सकहरूले सही तरिकाबाट सरकारी पदाधिकारीहरूको उपचार गरिरहेका छन् वा छैनन् भनी बुझेकी थिइन् । आफूले गरेको अध्ययनको सार उनले बाहिर ल्याइन् । उनको यो खोजप्रति केजीबीले चासो देखायो । उनको खोज कुनै गुप्तचरी थिएन । त्यो गुनासो पनि थिएन । बरु, क्रेमलिनका चिकित्सकहरूले गरिरहेका उपचार र रोगको विश्लेषणबारे खास अनुसन्धान थियो । एफ.ई जेरझिन्स्कीले एक पटकभन्दा बढी नै केजीबीका सदस्यहरूलाई भनेका थिए, “हाम्रा जनता सोभियत गुप्तचरीका आँखा र कान भएको कुरा कहिल्यै पनि नभुल्नु ।” सोभियत देशभक्त डा. एल तिमास्चुकले त्यत्तिबेला क्रेमलिनका चिकित्सकहरूप्रति किन शङ्का गरिन् ?
सन् १९४५ मा ए. स्चरबकोभको निधन भयो । सन् १९४८ मा ए. झदनोभको, सन् १९४९ मा जी डिमित्रोभ, सन् १९५२ मा ए. चौइबालसनको निधन भयो । त्यसअघि एगोडाको व्यक्तिगत रेखदेशमा भी. मेझिन्स्कीको ‘उपचार’ भएको थियो भने ए. गोर्की र उनका छोराको पनि ‘उपचार’ भएको थियो । यी सबै समस्याले ‘क्रेमलिनका चिकित्सकहरू’ नै ठीक नभएको बिन्दुमा कुरा आइपुगेको हो । सन् १९३० दसकमा म सेर्गो ओर्डझानिकिड्सको सचिवालयमा काम गर्थेँ । उनी त्यत्तिबेला बिरामी थिए । उनको हृदयको गति अनियमित थियो । सचिवका प्रमुख ए. सेमुस्किनले चिकित्सकहरूलाई खबर गरे । चिकित्सक एल. लेभिनले मेनझिन्स्की र गोर्कीको पनि ‘उपचार’ गरेका थिए । सेर्गोले आफूले आफैलाई गोली हानी आत्महत्या गरेको कुरा कथामात्र हो ।
एन.एल–त्यसो भए केजीबी चिकित्सकहरूले प्रयोग गरेका औषधिबारे छानबिन गरेको ?
ए.आर–हाम्रा सरकारी नेताहरूको स्वास्थ्य र जीवनबारे चिन्तित चिकित्सक लेडिया तिमास्चुकको अनुसन्धानको परिणाम थियो त्यो । सन् १९५२ मा उनलाई हाम्रा सञ्चारमाध्यमहरूले लोकप्रिय बनाएका थिए । हाम्रो देशका नेताहरूको उच्च मृत्युदर क्रेमलिनका चिकित्सकहरूले ठीक नगरिरहेको सङ्केत थियो ¤ त्यसले केजीबीलाई चिन्तित र चासो राख्ने बनायो ।
सन् १९५२ को अगस्टमा यही विषयमा एउटा निकै महत्वपूर्ण बैठक बसेको थियो । त्यो बैठकमा म पनि सहभागी थिएँ । बैठकमा केही सहभागीहरूले तत्कालै चिकित्सकहरूलाई गिरफ्तार गर्नुपर्ने माग गरे । रोग पहिचानमा केही कमजोरी र गलत तरिकाले दिइएको औषधिलाई नै प्रमाण मानेर उनीहरूलाई पक्राउ गरिनुपर्ने उनीहरूको मत थियो । विशेषतः जी दिमित्रोभको अचानकको निधनलाई उनीहरूले आधार मानेका थिए । अरू केही सहभागीहरूले यो विषयमा विस्तृत छानबिन गर्न एउटा कर्तव्यपरायण आयोग गठन गर्नुपर्ने माग गरे । आयोगमा स्वतन्त्र चिकित्सक र स्वास्थ्य क्षेत्रका विज्ञहरूलाई समावेश गर्नुपर्ने उनीहरूको भनाइ थियो । त्यही आयोगको सिफारिसको आधारमा मात्र यो प्रश्नको निक्र्योल गर्नुपर्ने र विद्यमान अवस्थाको समाधानका लागि कदम चालिनुपर्ने अनि दोषी चिकित्सकहरूलाई कारबाही गर्नुपर्ने ती सहभागीहरूको मत थियो । चर्काचर्की बहस चलिरहेको बेला सरकारको सुरक्षा निकायका प्रमुख जनरल एन.भ्लासिकले धैर्यपूर्वक भने,“क्रेमलिनका चिकित्सकहरूले प्रयोग गर्ने सबै रोग पत्ता लगाउने उपकरण विज्ञहरूलाई छानबिन गराउन आवश्यक छ । अनि हामीले ती सबै उपकरणको ठीक भए नभएको पत्ता लगाउन सक्नेछौँ ।” स्तालिनले वास्तवमै क्रेमलिनका सबै चिकित्सकहरूलाई पक्राउ गर्न चाहेका भए के भ्लासिकले यसो भन्ने थिए ? पक्कै थिएनन् । तर, केही चिकित्सकहरूको उपचारमा भने शङ्का गरिएको थियो ।
एन.एल–त्यसपछि भ्लासिकलाई पदबाट निकालियो । यस्तो किन भयो ?
ए.आर–जनरल भ्लासिकको भनाइले धेरै मानिसलाई बहुला बनायो । उनीहरूले क्रेमलिनका चिकित्सकहरूलाई पक्राउ गर्न माग गरे । हाम्रो शाखाका प्रमुख मस्लेनिकोभले सबै उपकरणबारे जानकारी भएकाले चिकित्सकहरूलाई पक्राउ गर्नुपर्ने भनाइप्रति कुनै प्रतिक्रिया जनाएनन् । भ्लासिकको भनाइ बेरियालाई चित्त बुझेको थिएन । त्यही भएर मस्लेनिकोभको मौनताले बेरियालाई खुसी बनाएको थियो । मस्लेनिकोभका हातमा रहेका कागजपत्र खोसेर बेरियाले आफ्ना आसेपासे सहयोगी गोगलिड्जलाई अध्ययनको लागि दिए । त्यसबाहेक भ्लासिकको खु्रश्चेभसँग पनि सुमधुर सम्बन्ध थिएन । (अरू धेरैसँग भ्लासिकको राम्रो सम्बन्ध थिएन ।) खु्रश्चेभका ‘साथीहरू’ मलेन्कोभ, कागानोविच, बुल्गानिन र बेरिया एकै ठाउँमा मिले र आखिरमा भ्लासिकलाई पदबाट मुक्त गरे । भ्लासिक एक जना कर्तव्यपरायण बोल्शेविक र स्तालिनका मित्र थिए । भ्लासिकलाई पक्राउ गरी युराल क्षेत्रतिर धपाइयो ।
एउटा प्रश्न उठ्छः जेभी स्तालिनले भ्लासिकको किन रक्षा गर्नुभएन ? कुरा यस्तो छ…स्तालिनका ‘मित्रहरू’ ले उनको लागि अङ्गरक्षकको सङ्ख्या बढाउने विषयमा निकै जोड गरेका थिए । यो कुनै वस्तुसङ्गत सुझाव थिएन । जेभी स्तालिनले यो प्रस्तावको अध्ययन गर्नुभयो र आफ्नो अङ्गरक्षकको सङ्ख्या झन्डै ७० प्रतिशतले घटाउने मत व्यक्त गर्नुभयो । भ्लासिकले स्तालिनको यस्तो प्रस्तुतिको आन्तर्य बुझेनन् । उनी त्यसको विरोधमा तर्क गर्न थाले । बैठकमा चिकित्सकहरूलाई पक्राउबाट जोगाउने प्रयासस्वरुप भ्लासिकले राखेको तर्कलाई कसैले समर्थन गरेनन् । कोही पनि सरकारी नेताहरूले पनि भ्लासिकलाई समर्थन गरेनन् । बेरियाले आफ्नो अनुकूलको निर्णय गराउन सफल भए ¤
एन.एल. डा. तिमास्चुकले दिएको ज्ञापनपत्रबारे बेरियाको भनाइ कस्तो थियो ? त्यो पत्रबारे केही विस्तृतरूपमा भन्नुहुन्छ कि ?
ए.आर–जब बैठकमा प्रस्तुत कागजपत्र बेरियाको हातमा पुग्यो, उनले आफ्ना सहायक गोगलिड्जलाई निर्देशन दिए । केही समयपछि ती दस्तावेज बेरियाका अरू पिछलग्गूहरूलाई दिइयो । बेरियाका ती आसेपासेहरूले ती कागजपत्रमा तलमाथि गर्न थाले । उनीहरूले तिनमा झूटको लेप लगाए, अतिरञ्जनाको बुट्टा कुँदे । चिकित्सकहरूका सिफारिसको विश्लेषण गर्दा हामीले ती हरेकको व्याख्या गर्दै चिकित्सकहरूमाथि दोषारोपण गर्नसक्छौँ । त्यसकारण क्रेमलिनको ‘चिकित्सक काण्ड’ लाई त्यत्तिबेला स्तालिनको वरपर को थिए भन्ने आधारमा विश्लेषण गरिनुपर्छ । स्तालिनका ‘सहयोद्धाहरू’ मलेन्कोभलाई स्तालिनपछिको नेता बनाउन आतुर थिए । उनीहरू झदनोभलाई भविष्यको नेता नबनाउन आवश्यक सबै कदम चालिरहेका थिए । बेरियाले पनि आफूलाई भविष्यमा सोभियत सङ्घका नेताको रूपमा प्रस्तुत गर्न आफूलाई बलियो र प्रभावशाली ठानिसकेका थिए । त्यसकारण उनले ‘तानाशाहको पोशाक’ लगाउन थालेका थिए ।
एन.एल. यो ‘चिकित्सक काण्ड’ मा स्तालिनले पनि केही प्रतिक्रिया देखाउनुभएको थियो कि ?
ए.आर. कर्णेल भी. तुकोभले भनेका थिए,“… एक दिन हामी स्तालिनसँगै कारमा यात्रा गरिरहेका थियौं । उहाँले सोध्नुभयो, “हामीले के गर्नुपर्छ ? स्चरबकोभ, झदनोभ, दिमित्रोभ, चिलबल्सानको एकपछि अर्को निधन भयो । उनीहरूभन्दा अघि मेनझन्स्की र गोर्कीको पनि निधन भयो । एकपछि अर्को सरकारका नेताहरू यसरी छोटो समयमा नै मर्नु असम्भव हो ¤ क्रेमलिनमा पुराना चिकित्सकहरूको ठाउँमा हामीले नयाँ युवा चिकित्सकहरू राख्नुपर्छ जस्तो छ ।” मैले जवाफमा भनेँ, “कमरेड स्तालिन । पुराना चिकित्सकहरूसँग धेरै अनुभव र अभ्यास छ । नयाँ युवकहरू अझै कच्चा हुन्छन् र कममात्र अनुभव हुन्छ ।”
“होइन, हामीले पुरानालाई फेर्नैपर्छ । व्याख्या गर्नै नसकिने कुरा धेरै छन् । धेरै परिवारबाट गुनासा आएका छन् । एनकेभीडीले दिमित्रोभ, झदनोभ र अरूहरूको ‘उपचार’ गर्ने ती चिकित्सकहरूलाई किन पक्राउ गर्न माग गरियो त ?”
केही समयपछि गोगलिड्ज चिकित्सकहरूलाई पक्राउ गर्न आवश्यक सबै कागजपत्रहरू बोकेर स्तालिनलाई भेट्न आए । सधैँझैँ बेरिया नेपथ्यमै थिए । तर, उनले स्तालिनलाई गोगलिड्जलाई भेट्न आग्रह गरे । भेटमा गोगलिड्जले चिकित्सकहरूबारे झूटा र फर्जी दस्तावेजहरू प्रस्तुत गरेका थिए । मैले गोगलिड्जलाई सोधेको थिएँ, “पक्राउ परेका चिकित्सकहरूको हालखबर के छ ?”
“हामी अनुसन्धानमा छौँ । चाँडै मुद्दा सकिनेछ ¤”, सगौरव भने ।
त्यो विषयमा कुनै अदालती मुद्दा नै भएन । उनीहरू सबैलाई रिहा गरियो । चिकित्सकहरूलाई उनीहरू बस्ने स्थानसम्म पु¥याउने बन्दोबस्त गर्ने र फारम भर्ने जिम्मेवारी मेरो भागमा परेको थियो ।
एन.एल. ती आरोपितहरूले कस्तो व्यवहार गरेका थिए ?
ए.आर. उनीहरूले कसरी एकले अर्कालाई आरोप प्रत्यारोप गरेका थिए भन्ने कुरा विभिन्न दस्तावेजमा तपार्इँले पाउनुहुनेछ । उदाहरणको लागि झदनोभलाई लिन सकिन्छ । उनलाई मुटु रोग भएको थियो । त्यही भएर उनी क्रेमलिनको अस्पतालमा भर्ना भएका थिए । चिकित्सकहरूले एउटा उपकरण प्रयोग गरी धुलो बनाइएको डिजिटलिस नामको औषधि प्रयोग गरेका थिए । त्यो औषधिको प्रयोगमा सानो गल्ती भए पनि ज्यान जानसक्थ्यो । झदनोभ अस्पतालको कोठामा धूमपान गर्दै पल्टिरहेका थिए । त्यहाँ बसेका नर्सलाई धूमपान गर्नु झदनोभको लागि घातक हो भन्ने कुरा थाहा थियो । अरू चिकित्सकहरू उनलाई गरिएको उपचार विधिमा सहमत थिएनन् । उनीहरू आपसमा बाझ्दै थिए । एनकेभीडीले ती कागजपत्र सबै स्वतन्त्र विज्ञलाई पठाए । त्यसमा बिरामी वा चिकित्सकको नाम उल्लेख गरिएको थियो । ती विज्ञहरूले दिएको नतिजा भने उद्देकलाग्दो थियो ।
झदनोभको कार्यालयका पूर्वप्रमुख ए.बेलियाकोभको भनाइअनुसार झदनोभलाई सन् १९४१ को सेप्टेम्बरमा हृदयघात भएको थियो । त्यो समय लेनिनग्राडमा जर्मनहरूले घेराबन्दी गरेको समय थियो । मुटु रोग विशेषज्ञ एल. तिमस्चुकले यो कुराको खुलासा गरे । तर, उनको कुरा सुन्न उनका पुराना सहकर्मीहरू तयार भएनन् । झद्नोभलाई भएको हृदयघातको कुरा किन चिकित्सकहरूले लुकाए ।
सोभियत सङ्घको स्वास्थ्यमन्त्री स्मिरोभलाई त्यो हृदयघातबारे थाहा थिएन । झ्दनोभको निधन बेरिया र मलेन्कोभको लागि खुसीको कुरा भएको बेलिआकोभले बताएका थिए । ओर्जब्युरोमा मलेन्कोभले भनेका थिए, “यो झदनोभको विरासतलाई जरैबाट उखेलेर फ्याक्नुपर्छ ¤” उनीहरूले सोभियत कम्युनिस्ट पार्टी केन्द्रीय समितिका द्वितीय सचिव पदबाट झदनोभलाई हटाउने प्रस्तावमा स्तालिनलाई मनले नमानेर पनि स्वीकार्न लगाए । पहिलाका चिकित्सकहरूले झदनोभलाई बचाएका थिए र उनी ‘भालदे’ को आरामगृहमा उनी आराम गर्दै थिए । त्यहाँ आराम गर्ने क्रममै उनले रगत छाडे । चिकित्सकहरू त्यहाँ आइपुग्दासम्म उनको निधन भइसकेको थियो ।
डा. लिडिया तिमस्चुकलाई ख्रुश्चेभले अपमान गरे । उनीमाथि गालीगलौज भयो । उनलाई प्रदान गरिएको लेनिन पदक पनि खोसियो । तर, धेरै आलोचना र सन्देहबाट जोगिन उनीहरूले उनलाई रातो झन्डा पदक दिए । त्यसको केही समयपछि चिकित्सक तिमस्चुकको निधन भयो । सहपाठीहरूबाट उनको अपमान भयो र उनलाई फोहोरको डङ्गुरमा फ्याकियो ।
नेपाली अनुवादःबर्बरिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *