भर्खरै :

नारी शिक्षाको चाहना हत्या–हिंसारहित कामना !

विश्वविधातालाई सृष्टि गर्ने सिलसिलामा सुरुमा विभिन्न थरिका वस्तु र जीवहरूको जरुरत पर्न थाल्यो । पृथ्वी निर्माण गर्ने क्रममा माटो–ढुङ्गो आवश्यक प¥यो । चन्द्रको आभालाई अति शीतल र सूर्यको किरणलाई ज्यादै तातो बनाउन प¥यो । त्यसैगरी, प्राणीजगतको पनि सूक्ष्म भेद गरी सांसारिक नियम–कानुनको परिपालना गराउन करै लाग्यो । परिणामस्वरूप, पृथक गुण र विशेषतामा आधारित नारी–पुरुषको मौलिक–आन्तरिक एवम् शारीरिक असमानताहरूको बनोटमध्ये दयालुपन, सुन्दरता, लज्जालु स्वभाव, सरसता, सरलता, कोमलता, आर्थिक सृजन शक्ति आदि जीवन डुङ्गा सञ्चालन गर्ने पात्रको रूपमा ‘नारी’ को संज्ञा दिइयो ।
नारीका अनेकौँ दिव्यगुणले विश्वजगतलाई अस्तित्व जोगाउन ठूलो सघाउ पु¥यायो । यिनैको ममतामयी मोहनीमन्त्रको प्रभावले मनुष्यलाई लठ्यायो, चातुर्य र सृजन शक्तिले मानव जातिले यो धरतीमा पदार्पण गर्ने अपूर्ण अवसर प्राप्त ग¥यो, मायाप्रेमले नै नरको अस्तित्व रहन गयो । नारीको अद्भूत देनले नै सृष्टिकर्तालाई प्रभावित तुल्यायो ।
नारीको गहन भूमिकाले राष्ट्रको उन्नति र अधोगति अडेको छ । नारीले जीवनमा छोरी, दिदी–बहिनी, पत्नी, आमा, हजुरआमा आदिको भूमिका निभाएर सकस पर्दा मन–मुटु जलाएर पनि सिङ्गो कहालीलाग्दो कठोर जीवन–यात्रा सञ्चालन गरेकी हुन्छिन् । नुनिलो आँसु पिएर विश्वलाई दुग्धामृत पिलाउने सुन्दर सांसारिक सपना सजाएकी हुन्छिन्, सृष्टिकर्तालाई बचाएकी हुन्छिन् । नारी, अथाह त्याग–तपस्या, पवित्रता, स्नेह, श्रद्धा र समर्पणकी प्रतिमूर्ति हुन् ।
हाम्रो प्राचीनकालको आदर्शमय वैदिक युगको इतिहास सर्सरती हेर्दा, नारी वर्गको समाजमा योगदान र स्थान अपूर्व भएकोले नै त्यो समाज नारीबाट ऋणी थियो, जसलाई स्वर्णयुगको रूपमा लिइन्छ । नारीको बारेमा युगपुरुष मनुजीको शब्दमाः “यत्र नार्यस्तु पूजयन्ते रमन्ते तत्र देवता” (अर्थात् जहाँ नारीको पूजा हुन्छ त्यहीँ नै देवता रमाउँछ ।)
नारीको महत्ता सर्वत्र व्याप्त छ । फ्रान्सका सम्राट नेपोलियनले भनेका थिए, “तिमी मलाई असल आमा देऊ, म संसारलाई असल राष्ट्र दिन्छु ।” असल राष्ट्र हुनको लागि सुरक्षित र असल आमाको खाँचो अपरिहार्य देखिन्छ । आमा, माता, महातारी, धरा, बहुविध नारीका रूपहरूमध्ये समादरणीय रूप ‘जननी’ हो । अनेकौँ दुःख, कष्ट पीडा सहेर, अभावको भूमरीमा पिल्सेर पनि आफ्नो भ्रुणलाई दस महिनासम्म सुरक्षित तवरले राख्छिन् । आफ्नो कोखबाट जन्म दिएर सहस्रधारा दूध पिलाएर बढाउँदै, पढाउँदै आफ्नो सन्तानलाई जीवनको सर्वस्व ठान्छिन् । नवजात शिशुको लागि तातेताते गर्दै तोते बोल्न सिकाउने पहिलो पाठशाला नै ‘आमाको कोख’ हो । अबोध बच्चाको निम्ति मातृवात्सल्यताजस्तो प्यारो र अनमोल वस्तु यो संसारमा छैन । आमा आफै अशिक्षित र अस्वस्थ भइन् भने त्यसको कुप्रभाव भोलिका राष्ट्रका होनहार सपूतमाथि पर्छ । त्यसैले, प्रत्येक असल आमाबाटै सुसंस्कार, सभ्यता, नैतिकता तथा अनुशासनजस्ता गुणहरू पारिवारिक वातावरणमा सिक्छन् र सिङ्गो राष्ट्र लाभान्वित हुन सक्छ ।
छिमेकी मुलुक भारतमा आक्रामक प्रकृति भएका मुसलमानहरूको शासनपछि हिन्दू कन्याहरूको अपहरण भई नारीहरूको सतीत्व रक्षा गर्न कठिन भयो । उनीहरूबाट हिन्दूहरू पराजय भई नारीहरूलाई तुच्छ सम्झेर बाहिरी दुनियाँबाट वञ्चित गराई बन्धक बनाएर आफ्नो वीरता प्रदर्शन गर्नमा लागे । नारीलाई कमजोर, अवला, अदना ठानेर आधा आकाशजस्तो ‘एक सिक्काको दुई पाटा’ लाई अन्याय गरी कामवासना तृप्ति गर्ने साधनको रूपमा जन्मभर दासी बनाइन थाले । फलतः बालविवाह, बहुविवाह, अनमेल विवाह आदि कुप्रथाले हिन्दू समाज अधः पतन हुन गयो । सीता, गार्गी, मैत्रेयी र सावित्रीको थलोमा जन्मने आजका नारीहरूले शिक्षा र नैसर्गिक हकको समानताको लागि सुनिश्चित गर्न, पौंठेजोरी खेल्दै आउनुपरेको छ । पश्चिमी देशले उन्नतिको शिखर चुम्नुमा, नारी–पुरुषप्रतिको समान सोचाइ र हेराइ नै हो । नारी शिक्षाको लहर पश्चिमी मुलुकबाट भए पनि, प्रेरणा र नारी चेतनाको मूल आधार वैदिक गौरवमय इतिहास नै हो । २०४७ सालको बहुदलीय प्रजातन्त्रपछि दुई लिङ्गबीचको हातेमालोले, देशको पुनीत अभियानमा सशक्त सहभागिता तुल्याउन नारी शिक्षाको ज्योति बराबर छर्नुपर्छ । तर, अहिले पनि छोरा–छोरीबीचको विभेद कायमै छ । वैदेशिक रोजगारीले निम्त्याएर मुग्लान हानिन बाध्य युवा–युवतीहरूले पठाएको विप्रषेणले हाम्रो सामाजिक अवस्थामा सुधारोन्मुखको सट्टामा ‘विखण्ड’ जस्तो भयावह कहालीलाग्दो अवस्था सृजना गरेको छ । बसाइँसराइको क्रम जारी छ । श्रीमान्ले विप्रेषण पठाउन थालेपछि अशक्त वृद्ध–वृद्धालाई चट्टकै त्यागेर शहर पस्ने प्रवृत्तिले गाउँ–बस्तीले खण्डहरको रूप लिएको छ र विकृति बढेको छ । यसमा सरकारको पनि कमी–कमजोरी छ । ‘पोले पनि घामै जाती, पिटे पनि आमै जाती’ भन्ने नेपाली उखानमा ठेस लागेको भान हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *