भर्खरै :

‘स्मार्ट सिटी’ होइन, नेपाल माफियाको स्वर्ग हुनेछ !

– निर्जला
नेपालको जनतान्त्रिक र गणतान्त्रिक शासक दलका नेताहरूले २० वर्षसम्म स्थानीय स्तरका निकायहरूको निर्वाचनबारे पटक्कै ध्यान नदिई गाविस सचिवहरू र दलहरूका प्रतिनिधिहरूले कुनै योजनाविना हिजोका निर्वाचनमा प्राप्त मतको आधारमा बजेट भागवण्डा गरी एक पुस्ता राजनैतिक कार्यकर्ताहरूलाई अराजक बनाए तथा स्थानीय विकास अधिकारी र कार्यकारी अधिकृतहरू ‘ज्यानको माया लाग्योे’ भन्दै अराजकता अगाडि दुवै हात उठाई दिए । २० वर्षसम्म स्थानीय विकास निर्माण भएन, युवाहरूले काम पाएनन् र घर–खेत बेच्न लगाई विदेशमा सस्तो ज्यामी पठाउने राजनैतिक दलका नेताहरूले शोषणको एउटा नयाँ क्षेत्र खुलेको अनुभव गरे । ७० लाख युवाहरू विदेशमा दुःख पाएर बसे पनि आफ्नो देशका राजनैतिक दलहरूकै छत्रछायाँमा बसिरहे । निर्वाचनमा आफू देशमा नफर्के पनि मोबाइलबाट आ–आफ्ना परिवार र नातागोतालाई कुन पार्टीलाई मत दिने हो भनी प्रभाव पार्दै गए ।
सेना, प्रहरी, गुप्तचर विभाग, तलदेखि माथिसम्मका कर्मचारीतन्त्रमा शासक दलहरूको अनैतिक र अस्वाभाविक कालो छायाँका दागहरू व्याप्त रह्यो । समाचार पत्रहरूमा ठूल्ठूलै पदका व्यक्तिहरूले आत्मसमर्पण गरेको र जेल चलान भएका समाचारहरू पढ्दा वा जघन्य अपराधका फरार दोषीहरू सरकारहरूबाट उल्टा पुरस्कारजस्तै करोडौं रकम क्षतिपूर्ति पाउँदा संवेदनशील जनताको एकछिन साँस रोकेसरह अनुभूति गरे ।
यस्तो कहालीलाग्दो स्थितिमा लाटाको पाइला बाटामा भन्ने उखानअनुसार स्थानीय तहको निर्वाचनको घोषणा भयो । जनता र संवेदनशील समुदायले अब शासक राजनैतिक दलहरूबाट भ्रष्टाचार नहुने, पारदर्शी हुने, २० वर्षसम्म थुप्रेका जनताको समस्या छिट्टै समाधान हुने, खानेपानी, सडक, ढल, उपचारपोखरी र फोहर व्यवस्थापनबारे शासक दलका प्रमुख र उपप्रमुखहरूले आ–आफ्ना घोषणापत्रहरूमा आश्वस्त पार्ने अनुमान गरेका थिए । त्यस्ता आश्वासनहरू एकप्रकारको आत्मआलोचना सावित हुने थियो । तर त्यस्तो केही भनिएन र सुनिएन । अलि पढे–लेखेका जनता निरास भए ।
चिया पसल, भट्टी, चौतारी र पाटीहरूमा, कहिलेकाहीं बसमा एकले अर्कोसँग सोधे– ‘होइन, ‘स्मार्ट सिटी’ भनेको के हो ?’ अर्कोले जवाफ दियो –‘ठूलो सहर बनाउने भनेको हो क्या !’ तेस्रोले सोध्यो –‘ठूलो भनेको कत्रो, भारतको कलकत्ता, बम्बई, दिल्लीजस्तो हो कि सुनेअनुसार जापानको टोकियो, चीनको शाङ्घाई, बेलायतको लण्डन आदि के हो ?’
६०–६५ नाघेका एक ज्येष्ठ नागरिकले जिज्ञासाको साथै अनुमान लगाए, –‘ए बम्बईजस्तो भयो भने त जनतालाई गा¥हो हुने भयो !’ उनले लामो सुस्केरा हाल्दै थिए, एक युवाले सोध्यो –किन बुबा के गा¥हो हुन्छ, बम्बई जस्तो भयो भने किन गा¥हो हुन्छ ?’
‘ए, बाबु ! म पहिले बम्बईमा काम गरिसकेको व्यक्ति हुँ । बम्बई नाउँजस्तो कहाँ हो र ! ठूल्ठूला सहरहरूमा वेश्यालय कति छन् कति, जुवा–तास खेल्ने ठाउँ त्यस्तै, हत्या हिंसा, चोरी–डकैती त हामीले सास फेरेजस्तै हो । सडक पेटीमा सुत्नेहरू कति हो कति ! एकचोटि राजकपुर भन्ने सिनेमाको हिरोको ४२० भन्ने फिलिम थियो, बस त्यस्तै हो बम्बई । सोझा–सिधा, इमानदार र गरिब जनता बस्ने ठाउँहरू होइन – ठूला सहरहरू ! सरकारभन्दा हाजि मस्तान भन्ने कालाबजारी र अपराधीहरूले राज गर्ने ठाउँ हो क्या !’
यस्तै यस्तै छलफल र अनुमान गरियो साधारण जनताको माझमा ! आफ्नो पालो पर्खिरहेको एउटा अस्पतालमा ‘स्मार्ट सिटी’ बारे भन्यो –त्यो त स्वर्गजस्तै हो, जापानमा यसरी बिरामीको पालो नै कुर्नुपर्दैन । एउटा यसो चुकुल दबाइ दिएपछि आफूले चाहेको खानेकुरा आफै आउँछ, पसलमा फोन गरेपछि चाहेको सामान घरमै पु¥याइदिन्छ ।’
साधारण जनताले ‘स्मार्ट सिटी’ भनेको ‘मन चिन्ते झोली’ भन्ने कथा सम्झे । शासक दलका नेताहरूलाई घर–जग्गाका व्यापारी र निर्माण व्यवसायीहरूसँग बैठकमा भाग लिंदै ठिक्क, विदेश पठाएका युवाहरूबाट पठाइने डलरको हिसाब बुझ्दै ठिक्क ! अनि स्थानीय स्तरको निर्वाचनको घोषणापत्रमा व्यवहारिक र तत्काल जनताको समस्याबारे सोच्ने फुर्सद भएन । अनि सरकारमा भएका प्राविधिक र कर्मचारीतन्त्रका चतुरहरू फमाईदिए –‘स्मार्ट सिटी’, ‘मेट्रो सिटी’, ‘स्याटलाइन सिटी’, ‘ओभरहेड सिटी’ !
जग्गा दलाल र भू–माफियाहरूले आ–आफूले सस्तोमा लिएका गाउँका जग्गा, खोला–नालाको घरलाई अन्तै मोडी जनतालाई हाहाकार मचाई दिएको क्षेत्रमा ‘स्मार्ट सिटी’ बनाउने प्राविधिक नक्सा र तस्वीरहरू देखाए, नेताहरूले बुझे पनि नबुझे पनि आ–आफ्नो घोषणापत्रमा राखिहाले । हाम्रा शासक दलका नेताहरू ‘सम्राटको नयाँ लुगा’ का पात्रहरू हुन् ।
पहिलो चरणको निर्वाचन देखिहालियो, निर्माण व्यवसायीहरू, भूमाफिया, बालुवाखानीका ठेकेदारहरू, गुण्डा र डन होइन माननीय भन्नुपर्ने नयाँ कार्यकर्ताहरू सक्रिय रहे, पहिलोचोटि उपत्यकामा घर–घरमा नून–तेल–चामल, महिलालाई चोलो–फरिया, लोग्ने मानिसलाई सर्ट र बियर अनि परिवारैपिच्छे एक मत बराबर १० हजार र २० हजार वितरण गरे । उपत्यकाको ४ ठाउँमा अब जनताले आ–आफ्नो जग्गा बेच्न पाउने भएन, घर बनाउन पाउने भएन, सबै योजनाअनुसार भू–माफियाहरूको हातमा पुग्यो । २–४ वर्षपछि काठमाडौं उपत्यकाको ठाउँ–ठाउँमा गरिबहरूको झुग्गी–झोपडीहरू पाइनेछन् । आफ्नो गाउँ आफ्नो हुनेछैन र आफ्नो नगर आफ्नो हुन छोड्नेछ – आफूले नचिनेका मानिसहरू आफ्नो मालिकजस्तै बन्नेछन् । अर्को शब्दमा आफ्नै देशमा आफै विदेशी हुनेछन् ।
केही प्राविधिकहरू ‘स्मार्ट सिटी’ भन्दै लेखिएको मेक्सिको महानगरको उदाहरण दिन्छन् । संसारको सबभन्दा धेरै लागूपदार्थ उत्पादन हुने, ओसारपसार हुने देश हो । कालोबजारी, हत्या–हिंसाको गढ हो, प्रशासन असफल भएको हुँदा त्यहाँ सेना प्रयोग हुन्छ, व्यापार, नाफा, जुवा–क्यासिनो, भट्टी र नाइट क्लव, अपराध र सञ्चारको मेल भएको ठाउँ, खानेपानीको हाहाकार, धनी र बलियाको अगाडि गरिब र कमजोरहरू बाँच्न गा¥हो भएको ठाउँ हो त्यो । फोहरको अव्यवस्था, फुटेको ढल, घण्टौंसम्म मोटर जाम, अव्यवस्था नै ‘स्मार्ट सिटी’ को पर्याय हो ।
२० वर्षपछि भएको स्थानीय तहको निर्वाचनमा भू–माफिया, कालाबजारी, बस–सिन्डिकेट, बालुवा ठेकेदार, खानेपानीका कम्पनीका मालिकहरू आदिले निर्वाचनको हार–जितको निर्णय गर्ने देखिएको छ । गाउँ र नगरका अलि आई लाग्दो, बोलैया र पढे–लिखेका सरल युवाहरूलाई भोलि आफ्नो प्रतिद्वन्द्वी सम्झेर विदेश पठाई दिने ‘गुण’ लगाउँदै आएका छन् – लाखौं रकम लिएर !
नेपाल र नेपालीको भाषा, साहित्य, कला–संस्कृति र आफ्नो देशको परिचयको महत्व बुझ्ने बुद्धिजीवीहरू, राजनैतिक कार्यकर्ता र साधारण जनताले आफ्ना मठ–मन्दिर, स्मारक र जीवित सम्पदाहरूलाई जोगाउन सङ्घर्ष गरेनन् भने काठमाडौं उपत्यका ती सबै सम्पदाहरू बुल्डोजरले रातभरिमा भत्काएर एक कुनामा पु¥याउनेछन्, पाटी–पौवा, गहिरो ढु·ेधारा, रानीपोखरी, दुई पोखरी, कमलपोखरी, सिद्धपोखरी, कृष्ण मन्दिर र लायकुहरू एकादेशको वस्तु हुनेछ । ती सबै स्मारक र धरोरहरू अन्तै एक कुनामा पन्छाउने छन् र ठेक्कामा दिनेछन् । जहाँ व्यापारीहरूले धार्मिक र पर्यटकहरूलाई ठग्नेछन् । नेपालको नाम अपराधम कर्मको अर्को नाम हुनेछ । बाल–बालिका बेचिनेछन् र ज्येष्ठ नागरिकहरू वृद्धाश्रममा लाशको रुपमा रहनेछन् । अनि स्मार्ट सिटीहरू भारत र अन्तर्राष्ट्रिय अपराधीहरू (माफिया) को स्वर्ग बन्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *