भर्खरै :

फ्रान्सेली पुँजीवादी क्रान्ति –२

पद र सामाजिक वर्गहरू
क्रान्तिभन्दा पहिले फ्रान्समा पादरी अथवा धार्मिक शासक र जमिनदारहरू नै दुई मुख्य अधिकार प्राप्त वर्ग थियो । पदहरू स्थायी हुन्थ्यो । ती दुई वर्गले विशेष अधिकार पाएका थिए । तिनीहरू पूर्णतया कर तिर्नबाट मुक्त थिए । त्यस्तै जङ्की र निजामती फाँटका माथिल्ला पदहरू र मुख्य–मुख्य ठाउँहरू राजा–रजौटा र खानदानीहरूले भरिएको हुन्थ्यो । बेलायतका राजा–रजौटा र खान्दानीहरू खेतीपाती, व्यापार र उद्योगमा ज्यामी लगाएर अनेक ठाउँमा हात लगाउँथे । तर, फ्रान्सेली खान्दानीहरू खेतीपाती, बन्द–व्यापार गर्नु आफ्नो इज्जतमा धक्का लागेको सम्झन्थे । यसकारण फ्रान्सेली सामन्तहरू व्यापार र उद्योगलाई तल्लो दर्जाको काम सम्झन्थे । तिनीहरू किसानबाट बेठबेगारी लिएर ऐस आरामको जीवन बिताउनु नै आफ्नो सामन्ती परम्परा र इज्जत सम्झन्थे । तिनीहरू पुरानो कुरामा कुनै किसिमको हेरफेर ल्याउन चाहँदैनथे अथवा क्रान्तिलाई भित्रैदेखि घृणा गर्थे । फ्रान्समा युद्ध सुहाउँदो विचार भएका कम खान्दानीहरू थिए ।
राजा, पादरी, सामन्त र जनता
फ्रान्सको सबभन्दा माथिल्लो व्यक्ति राजा हुन्थ्यो । सबै शक्ति उनको हातमा हुन्थ्यो । उनको मुख नै कानुन हुन्थ्यो । उनी एकदमै निरङ्गुश या स्वेच्छाचारी थिए । १७७४ मा लुई १५ औँ मरेपछि लुई १६ औँ राजा भए । उनी सा¥है मूर्ख र बुद्धिहीन थिए ।
जनताका कुनै कुरामा ध्यान नदिने उनी जिद्दी थिए । उनी सा¥है स्वार्थी थिए । राजनैतिक मामलामा उनी आफ्नी स्वास्नी मेरी एन्टोनेटीको कठपुतली थिए । एन्टोनेटी अस्टे«लियाली राजा Hopsburg Austain Enper की बहिनी थिइन् । अस्ट्रेलियाली राजा रोमन साम्राज्यवादका सम्राट थिए । एन्टोनेटी राम्री, घमण्डी र महत्वाकाङ्क्षा थिइन् । उनी सा¥है मूर्ख, दैवी सिद्धान्त मान्ने र जनतालाई घृणा गर्थिन् । लुई १६ औँ राजपरिषद् बस्दा उध्ने गर्थे । मानसिक काम उनलाई मन पर्दैनथ्यो । मानसिक कामले उनी दिकदार रहन्थे । उनी राजनैतिक काममा कम समय दिन्थे र शिकारको काममा बडो उत्साहित भएर भाग लिन्थे । उनको तबेलामा १८५७ वटा घोडा थिए र त्यसलाई हेरचाह गर्न १४०० जवानको हेरचाह गर्ने सयसहरू थिए । अझ १२०० घोडा जगेडा राखिएको हुन्थ्यो । राजालाई चढ्नको निम्ति २१७ बग्गीहरू थिए । राजाको दरबारमा ठुलठुला क्याथोलिक पादरीहरू(धार्मिक शोषक) हुन्थे । राजाबाहेक समाजलाई तीन तहमा बाँडेको थियो । पहिलो दर्जामा पादरी भन्ने राजगुरुजस्ता पुरोहित र धर्माधिकारीहरू थिए । तिनीहरू आफूलाई ईश्वरको खास मानिस सम्झन्थे । तिनीहरूले राजाबाट दान दक्षिणाका साथै थुप्रै जग्गा पाउँथे । जनतासँग पनि कर लगाउँथे र हुकुम चलाउँथे ।
दोस्रो दर्जामा सबभन्दा ठुलठुला राजा रजौटा, सामन्त, सरदार वा जग्गाधनीहरू हुन्थे । राजदरबार तिनीहरूबाटै घेरिएको हुन्थ्यो । राजाबाट तिनीहरूले थुप्रै जग्गा र विशेष अधिकार पाएका हुन्थे । जनतामाथि हुकुम चलाउँथे र कर, तिरो र रकमहरू लिन्थे । पहिलो र दोस्रो दर्जाका मानिसहरू राज्यको करबाट मुक्त थिए ।
पहिलो तहका धर्माधिकारी र पादरीहरू थिए । दोस्रोमा सामन्ती खान्दानीहरू थिए । ती दुई तहमा नपरेका सबै फ्रान्सेलीहरू तेस्रो तहका गनिन्थे । तेस्रो तहको सबभन्दा ठूलो भागमा किसानहरू थिए । त्यसबाहेक कालीगढ, मजदुर र सहरका गरिबहरू पनि त्यही तहमा थिए ।
साहु महाजन, बैङ्गपति र कारखानाका मालिकहरू पनि तेस्रो तहमा थिए । यसकारण तिनीहरू पनि विशेष अधिकार प्राप्त माथिल्ला दुई तहदेखि असन्तुष्ट थिए । तेस्रो तहको नेतृत्व यी पुँजीपति वर्गहरूको हातमा थियो ।
फ्रान्सेली मजदुर वर्गको विकास अझ हुन बाँकी नै थियो । फ्रान्सेली मजदुर भन्नाले त्यसबेला हाते–कारखानाका मजदुर, कालीगढ अथवा ज्यासलमा काम गर्ने ज्यामी र सिकारु थिए । त्यसको एउटा ठुलो हिस्सा खेतीको कामबाट फुर्सद हुँदा ज्यामी काम गर्ने ऋतुकालीन मजदुरहरू पनि थिए । ती फ्रान्सेली मजदुरहरूको अवस्था सा¥है खराब थियो । तिनीहरू बिहान सबेरैदेखि रातको अबेलासम्म काम गर्थे । यसप्रकार तिनीहरूको कामको घण्टा बिहानदेखि बेलुकासम्म थियो । आजको जस्तो दिनको ७।८ घण्टाको काम थिएन । सानो काम बिग्रनासाथै मजदुरहरूलाई धेरै जरिवाना गरिन्थ्यो । यसकारण कारखानामा बरोबर विद्रोह र गोलमाल हुन्थ्यो । तर, सहरमा कुनै राजनैतिक सङ्कठन थिएन । यसकारण मजदुरहरू पुँजीपति वर्गकै पछि लाग्थे ।धनी हुँदै आएका पुँजीपति वर्गले पनि खान्दानीहरूले जस्तै ठुलठुला घर र महलहरू बनाउन थाले । ठुलठुला भोज र समारोहहरू गर्न थाले । खान्दानीहरूले हरेक मोज–मज्जाको र ऐस आरामका कुरासँग हानथाप गर्न थाले । खस्दै गएको खान्दानीहरूको जग्गा जमिन पनि पुँजीपति वर्गले किन्न थाल्यो । तर, तिनीहरूसँग कुनै किसिमको राजनैतिक अधिकार थिएन । तर पुँजीपति वर्गको प्रभाव जीवनको हरेक क्षेत्रमा पर्न थाल्यो । खास गरेर आर्थिक क्षेत्रमा पुँजीपति वर्गले सामन्त वर्गसँग होड गर्नसक्ने भयो ।
सामन्ती खान्दानीहरू आफ्नो पुरानो हाँकधाक, शासन–शौकत कायम राख्न चाहन्थे । पुँजीपति वर्गको पैसाको बलले तिनीहरू दाजिन चाहन्थे र डुब्न चाहँदैनथे । एकचोटि एक पुँजीपतिले एउटा कलात्मक बाकस किने । त्यो बाकस आफ्नी स्वास्नीको निम्ति थियो । तर, त्यसरी त्यस्तो कलात्मक बाकस खान्दानी वर्गले मात्र किन्न पाउँथ्यो । यसकारण तुरुन्त एक खान्दानी आएर पुँजीपति बुढीलाई धपाएर बाकस कब्जा जमाइन् । निश्चित ढङ्कको वस्तु निश्चित वर्गले मात्र राख्न पाउने बन्दोबस्त सामन्ती समाजमा हुन्छ । फ्रान्समा त्यसबेला त्यस्तै ऐन–कानुन र रीतिरिवाज, धर्मको सिद्धान्तहरूको आधारमा चलेको हुन्थ्यो ।
जे.मेस्लेर (१६६४–१७२९)
जिने मेस्लेर १७ औँ शताब्दीको अन्त र १८ औँ शताब्दीको सुरुमा फ्रान्सको एक गाउँमा बस्थे । उनी एक पुरोहितको जग्गामा बस्थे । उनी एक कपडा बुन्ने जुलाहाका छोरा थिए । जग्गाधनीको अन्याय–अत्याचारले गर्दा उनी किसानहरूप्रति सहानुभूति राख्थे । एक पादरी भएर पनि उनी जमिनदार वर्गको अगाडि किसानहरू झुक्नपर्ने कुरा मन पराउँदैनथे । उनी बडा दुःख मनाउ गर्थे । उनी जमिनदारका विरोधी थिए । सङ्घर्ष गर्ने साहसको कमीले मेस्लेर भोकै मरे ।
उनले आफ्नो इच्छापत्रमा ईश्वर, राजा र धनीहरूको विरोधमा युद्धको घोषणा गरे । रुसोले सानो सम्पत्तिको पक्ष लिए भने मेस्लेरले मानव जातिका सुखको निम्ति जग्गालाई सारा जनताको नाममा लेखे, “तिमीहरू तिम्रा राजाहरू र राजकुमारलाई मात्रै समर्थन गर्दैनौ बरु सबै खान्दानी, धर्माधिकारी र सबै महन्तहरू….पृथ्वीमा भएका रहेका सबै रगत चुसाहा र अल्छीहरूलाई पनि समर्थन गर्छौ ।”

मेस्लेरले गाउँका गरिब, सम्पत्तिहीन किसान र खेतालाहरू (खेती मजदुरहरू) को इच्छा र भावनालाई उठाएका थिए ।
डिडोरोट र विश्वकोष
डिडोरोट मौलिक विचार भएका, चतुर, बोल्नमा सङ्गोचहीन र कल्पनाशील लेखक थिए । उनी सा¥है लगनशील र मानव समाजको उन्नतिमा आशावादी थिए ।
डिडोरोटको सम्पादनमा १७५१ मा फ्रान्समा विज्ञान, कला र शिल्पकलाको प्रसिद्ध विश्वकोषको पहिलो भाग प्रकाशित भयो । त्यसमा भोल्टायर, रुसो र अरू धेरै नामी लेखकहरूले सहयोग गरेका थिए । १७५२ सम्ममा दोस्रो भाग प्रकाशित भयो । त्यसमा निरङ्गुश राजतन्त्र, धार्मिक सहिष्णुता, दास प्रथा, अनुचित कर प्रणाली, सामन्ती शोषण र सैनिक ऐन–कानुनबारे सरल भाषामा उदाङ्ग्याइएको थियो ।
विश्वकोषको प्रकाशन एक महत्वपूर्ण घटना थियो । त्यसमा फ्रान्सको उद्योगको पूरा विवरण थियो र धेरै किसिमका हाते–कारखाना र खेती सबभन्दा राम्रा–राम्रा वस्तुहरूको बयान पनि थियो । फ्रान्सेली पुँजीपति वर्ग आफ्नो प्रगतिलाई देखाउन उत्सुक थियो । विश्वकोष जति जति लोकप्रिय हुँदै गयो सरकारी पक्षमा त्यसको विरोध बढ्दै गयो ।
विश्वकोषको अरू पनि ठूलो महत्व थियो । त्यसमा शिल्पकलामात्र होइन, विज्ञान पनि थियो । वैज्ञानिक समस्याहरूबारे लामा लामा लेख र जाँचबुझहरू पनि थिए । त्यसमा १८ औँ शताब्दीको मध्यसम्मको ज्ञानको सबैजसो लेखाजोखा सिलसिलेवार ढङ्कले प्रस्तुत गरिएको थियो । धर्म र राज्य सत्तामाथिको प्रहारले सरकारले त्यसको प्रकाशनमाथि रोक लगाउन खोज्यो । त्यतिबेलासम्म त्यसको ७ भागसम्म प्रकाशित भइसकेको थियो ।
अझ मुख्य महत्वको कुरा के थियो भने विश्वकोष एक राजनैतिक हतियार थियो । डिडोरोटले क्याथोलिक विश्वासको विरोधमा चर्को हमला सुरु गरे । एकछत्र सामन्ती व्यवस्थाका संस्थाहरूमाथि उनले तीखो प्रहार गरे । यसकारण राजपरिषद्ले पहिलो भागदेखि नै प्रतिबन्ध लगायो र प्रकाशनको स्वीकृति पत्र फिर्ता लियो । क्रान्तिभन्दा पहिले अन्तिम भाग निस्कन सकेन । तर, डिडोरोट चुप लागेन र १० वर्षपछि दसौँ भागसम्म प्रकाशन गरे ।
डिडोरोटले रुसको भ्रमण गरे र रुसी जनताको भविष्यको निम्ति भविष्यवाणी गरे । उनी सेन्ट पिट्सवर्गको विज्ञान एकेडेमीमा सदस्य चुनिएकोमा गौरव गर्थे ।
सामन्ती शोषण र राजाको असीमित अधिकारमाथि हमला गरी विभिन्न लेखक र विद्वानहरूले विभिन्न उद्देश्य र समस्याहरू अगाडि राखे । भोल्टायर र मन्टेस्क्युजस्ता केही लेखकहरूले जनप्रतिनिधिहरूको संस्थाबाट शासन चलाउने र राजाको प्रभुत्वलाई नै मासेर गणतन्त्र स्थापना गर्ने कुरामा जोड दिए । अझ मेस्लेरले भने राजा र धनीको शक्तिलाई मासेर र उत्पादनका साधनलाई जनताको साझा सम्पत्तिमा परिवर्तन गर्ने विचार अगाडि सारे ।
भोल्टायर र मन्टेस्क्युभन्दा भिन्दै फ्रान्सेली पुँजीपति वर्गका लेखक र विद्वानहरूका नयाँ पुस्ता भौतिकवादीहरूको सोचाइमा विश्वकोषवादीहरू मानव समाजको विकासलाई नियन्त्रण गर्ने नियमहरू आदर्शवादी विचार राख्थे । तिनीहरूको सोचाइमा समाजको विकास पूर्णतया मानसिक प्रगतिमा आधारित छ । त्यो गलत कुरो थियो । तिनीहरू आर्थिक विकास र वर्ग सङ्घर्षको निर्णायक महत्वलाई जान्न असफल थिए ।
फ्रान्सेली प्रगतिशील विचारका मानिसहरूले आफूलाई सामन्ती थिचोमिचो र चर्चको प्रभुत्वको आलोचनामा मात्रै सीमित राखेनन् । तिनीहरू फ्रान्सेली क्रान्तिको तयारी र विकासको एक महत्वपूर्ण भूमिका पनि चाहन्थे । सामन्ती व्यवस्था ठुलो सङ्गटबाट गुज्रिरहेको बेला यी विचारकहरूले व्यवस्थालाई भित्रभित्र फुटाउन मद्दत गरे । प्रगतिशील तत्वले हातहतियारको आह्वान गरेको कुरा सुने र प्रगतिशील जनताका मालिकहरू जनसमुदायसम्म पुग्न सफल भए ।
फ्रान्सको राज्य क्रान्ति सुरु
वर्षैपिच्छे किसान र सहरका गरिब जनताको विद्रोह झन्झन् चर्कदै गयो । डिजान भन्ने ठाउँमा भोका मजदुर र किसानहरूले सरकारसँग खानको निम्ति रोटी मागे । तर, सरकारी अधिकारीले हेला गरेर भने, “चौरमा धेरै घाँस छ गएर खाऊ ।”
किसानहरू गरिब हुँदै गएपछि करबाट उठ्ने सरकारको ढुकुटी पनि खाली हुन थाल्यो । राजाले आफ्नो मनलागी खर्च गर्न र मोजमज्जा गर्नमा लाखौँ करोडौँ रूपैयाँ फुक्दै गए । उनले अर्को दरबार बनाउने योजना बनाए र १ करोड लिचर जाने दरबार बनाउन लागे । एक लिचर भन्नाले चाँदीको एक पैसाको बराबर थियो । उनले महारानीको निम्ति पेरिसको नजिकै घर बनाउन ६० लाख लिचर वा रूपैयाँ मागे । यी सब अनावश्यक खर्चलाई जनताले कर तिर्न मानेनन् र पुँजीपति वर्गले ऋण दिन मानेन । सरकारको ढुकुटी झन्झन् खाली हुँदै गयो । मन्त्रीहरूले अस्पतालको निम्ति लिएको पैसा पनि गैरकानुनी कामहरूमा लगाउँथे ।
१७८७ मा सामन्त, सरदार र पादरीहरूको एक बैठक बस्यो । बैठकमा राजाले सरकारको आर्थिक कठिनाइ पार गर्न सल्लाह माग्यो । तर, ती सामन्ती र पादरीहरूले राज्यलाई परेको सङ्गट हटाउन कुनै उपाय देखाउनै सकेनन्, न त तिनीहरू मद्दत गर्न नै चाहन्थे । फेरि तिनीहरू आ–आफ्नो अधिकार पनि छोड्न चाहँदैनथे । जनतासँग कर, तिरो र रकमहरू छोड्दैनथे । राज्य चलाउन तिनीहरू जनताको टाउकोमै मकै भुटेर खर्च गर्ने कुरामा आपत्ति मान्दैनथे । हुँदाहुँदा १७८८ मा राजाको खजाना खाली भयो । रजौटा, खान्दानी र पादरीहरूसँग पनि कर लगाउन बाध्य भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *