भर्खरै :

पश्चिमा मुलुकद्वारा चीनविरुद्ध ‘जनमत नियन्त्रणवाद’ लागू

पेइचिङ, १५ अप्रिल (सीआरआई) । धेरै वर्षयता पश्चिमा देशहरूले जनमतमाथि जबरजस्ती नियन्त्रण गरी चीनमाथि हिलो छ्यापिरहेको छ । तर, कोभिड–१९ महामारीको अवस्थालाई चीनले सामना गरेको तथा पश्चिमा मुलुकहरू महामारीबाट डामाडोल भएको स्पष्ट तुलना विश्वले देखेको छ । चीनको वास्तविक अवस्था अझ बढी विदेशी जनताले थाहा पाएपछि क्रमशः पश्चिमा मुलुकको जनमत प्रभुत्ववाद पनि कम प्रभावकारी हुँदै गएको छ । जनमत प्रभुत्ववादको संरक्षण गर्न पश्चिमा देशहरूले फेरि व्यापार संरक्षणवाद लगाउन चाहेका छन् । यस पटक उनीहरूले व्यापारमा मात्र संरक्षणवाद लगाउने होइन, जनमतलाई जबरजस्ती नियन्त्रण गर्ने कोसिस गरिरहेका छन् । त्यस उद्देश्य पूरा गर्न तल उल्लेखित तीन तरिकाबाट चीनको अन्तर्राष्ट्रिय प्रभावलाई कमजोर बनाउने कोसिस भएको छ ।
पहिलो, चिनियाँ टेलिभिजन स्टेसनमाथि प्रतिबन्ध लगाइएको छ । सन् २०१९ मा अमेरिकाले निहुँ खोजेर अमेरिकामा रहेका चिनियाँ पत्रकारलाई निष्कासित गरेको थियो । त्यसपछि बेलायत, अस्ट्रेलियाले चाइना ग्लोबल टेलिभिजन नेटवर्कको सञ्चालन लाइसेन्स रद्द गरेका थिए ।
दोस्रो, चीन र विदेशी सञ्चारमाध्यमको सामान्य सहयोगलाई बिथोलिएको छ । भुक्तान गरिएको पेजमा रिपोर्ट प्रकाशित गर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमबीचको सामान्य र वैध सहयोग हो । तर, अमेरिकी ‘न्युयोर्क टाइम्स’ ‘वाशिङटन पोष्ट’ बेलायती ‘दैनिक टेलिग्राफ’ तथा अस्ट्रेलियाको ‘सिड्नी मर्निङ्ग हेराल्ड’ आदि पश्चिमा सञ्चारमाध्यमले तथाकथित राजनैतिक प्रचार अस्वीकार गर्ने निहुँमा चीनले भुक्तान गरेको पेजमा समाचार प्रकाशित गर्न अस्वीकार गरेका थिए ।
तेस्रो, वेबसाइटमा पनि चीनलाई सीमित पारिएको छ । केही वर्षयता, चिनियाँ सरकार, विदेशमा रहेका चिनियाँ संस्था, सञ्चारमाध्यम तथा चिनियाँ नेटिजनले विदेशी नयाँ सञ्चारमाध्यममार्फत विश्वलाई एउटा वास्तविक चीनको जानकारी दिँदै आएका छन् । तर, यी पश्चिमा मुलुकले नयाँ सञ्चारमाध्यम चौतारोमाथि दबाब दिएर सर्वसाधारण चिनियाँ तथा चिनियाँ संस्थालाई सरकारी लेबल टाँसेर आफ्नो इच्छाअनुसार ती चिनियाँहरूको सामाजिक खाता तथा पेजहरू बन्द गरेका थिए ।
जनमत नियन्त्रणवादको सारतत्व समाचार स्वतन्त्रताको झन्डा झुन्ड्याएर राजनैतिक दबाब सिर्जना गर्नु हो । १ अर्ब ४० करोड जनसङ्ख्या रहेको चीन विश्वको दोस्रो ठुलो आर्थिक शक्ति हुनुका साथै अन्तर्राष्ट्रियरूपमा प्रभावकारी विशाल मुलुक पनि हो । साथै चीन अन्तर्राष्ट्रिय जनमतको मुख्य उत्पादन स्थान पनि हो । विविध सञ्चारमाध्यममार्फत विश्वले वास्तविक चिनियाँ आवाज अवश्य नै सुन्ने छ ।
अमेरिकालगायत पश्चिमा मुलुकमा उपनिवेशवादको भूत
हालै विश्व स्वास्थ्य सङ्गठनको अफ्रिकी कार्यालयका प्रमुख मातशिदिसो मोएतीले वक्तव्य प्रकाशित गरी अफ्रिकी मुलुकमा कोभिड–१९ विरूद्ध खोप लगाउनेको सङ्ख्या विश्वको २ प्रतिशतमात्रै पुगेको र विश्व खोप वितरण असन्तुलित अवस्थामा पुगेकोमा चिन्ता व्यक्त गर्नुभयो । तर, पश्चिमा मुलुकको उपनिवेशवाद इतिहासबारे बुझेकाहरूलाई यो कुरा अचम्म लाग्दैन । किनभने, ठुलो खोप अन्तर नै विगत केही शताब्दीमा संरा अमेरिकालगायत पश्चिमा मुलुकको उपनिवेशवादबाट उत्पादित अन्तर्राष्ट्रिय अन्यायमध्येको एक हो ।
किन विश्व जनसङ्ख्याको १६ प्रतिशत रहेको धनी मुलुकले विश्वको ६० प्रतिशतको कोभिड–१९ विरूद्ध खोप पाएको छ तर अफ्रिकालगायत अविकसित मुलुकमाथि ध्यान दिइएको छैन ?
धेरै विभिन्न विकसित मुलुकले विगत केही शताब्दीमा उपनिवेशवाद आधारमा विकास गरेका हुन् । उदाहरणका लागि अमेरिकाले भूभाग र स्रोतको कब्जा गर्न आदिवासी रेड इन्डियनहरूलाई व्यवस्थित निष्कासन र हत्या गरेको थियो जसबाट आदिवासीहरूको सङ्ख्या १५ औँ शताब्दीको अन्तको लगभग ५० लाखदेखि २० औँ शताब्दी सुरूको लगभग २.५ लाखसम्म घटाइएको छ । जातीय नरसंहार अपराध गरेको मुलुकले हाल खोपको अनुसन्धान, सङ्कलनको एकाधिकार गरी विकासोन्मुख मुलुकलाई सहयोग नगर्नु सामान्य कुरा हो ।
समयको आयामबाट हेर्दा हत्यारा लुटमा आधारित अमेरिकालगायत पश्चिमा मुलुकको उपनिवेशवादको इतिहास बनिसकेको छ । तर, वास्तविकताको आयामबाट हेर्दा प्रभुत्ववादमार्फत उपनिवेशवादको भूत अझै यथावत देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *