भर्खरै :

बाग्मती प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित

हेटौँडा, २ वैशाख । बाग्मती प्रदेशसभाको बैठक फेरि अवरुद्ध भएको छ । बिहीबार बैठक बोलाइए तापनि सुचारु हुन नसकी अनिश्चितकालका लागि स्थगित भयो ।
प्रमुख प्रतिपक्ष नेकपा (माओवादी केन्द्र) ले आफ्नो अडान कायम रहेको भन्दै संसद अवरुद्ध ग¥यो । त्यस अगाडि दलका नेताहरूले नव वर्ष २०७८ को शुभकामना व्यक्त गरेका थिए । नेपाल मजदुर किसान पार्टीको तर्फबाट प्रदेशवासीहरूलाई शुभकामना दिँदै सांसद सुरेन्द्रराज गोसाईले असहज परिस्थिति कायमै रहेको बताउँदै मन, वचन तथा कर्मले शुभकार्यमा अग्रसरता आवश्यक भएको प्रस्ट पार्नुभयो । शुभकामना केवल औपचारिकता हुन नहुने उहाँको धारणा थियो ।
सांसद गोसाईले भन्नुभयो, सङ्घीयताप्रति आक्रोश बढ्दै गइरहँदा प्रदेश सरकार र प्रदेशसभाको सक्रियता आवश्यक छ । जनताको जीवनसँग जोडिएका सवालमा प्रदेश सरकारले तत्परता तथा समस्या समाधानमा अगुवाइ गरे जनताको विश्वास जित्न सम्भव हुनेछ ।”
उहाँले भन्नुभयो, “एउटा रुखबाट अर्काे रुखमा दिनभरि हामफाली बस्ने बाँदरले आफू साह्रै व्यस्त भएको देखाउन खोजेझैँ प्रदेश सरकारले पनि त्यहीँ प्रवृत्ति देखाइरहेको छ ।”
नव वर्ष तथा चाडपर्वकै बखत महँगी ह्वात्तै बढाएर जनताको ढाड सेक्ने काम हुनु गलत भएको बताउँदै उहाँले भन्नुभयो, “के सरकारले जनतालाई महँगी उपहार दिएको हो ?”
सांसद गोसाईले एमसीसी पारित गर्ने सर्तमा सरकार फेरबदल हुन लागेको चर्चा जनताबीच चलिरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “एमसीसी परियोजना सैन्य परियोजना हो । विकास, उन्नति र समृद्धि केवल खलबलिन नदिन एमसीसी अन्य देशले झैँ बिफल पार्न आवश्यक छ ।
कोभिड–१९ महामारीमा रोकथाम तथा नियन्त्रणमा मूर्त कार्य योजनाका साथ अगुवाइ गर्न ढिलाइ भइसकेको बताउँदै सांसद गोसाईले चीन, क्युवालगायतका देशमा अनेक खोप पुग्दो मात्रा ल्याई जनताको स्वास्थ्य सुरक्षित बनाउन आग्रह गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *