के ‘गाँसे गुसे एकै नासे’ हो ?
- असार १५, २०८३
भक्तपुर, २ वैशाख । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा नेपाल क्रान्तिकारी महिला सङ्घ, ब्यासी भक्तपुर नपा वडा नं. २ को आयोजनामा नयाँ वर्ष २०७८ सालको शुभकामना आदानप्रदान कार्यक्रम बिहीबार सम्पन्न भयो ।
कार्यक्रममा नगर प्रमुख प्रजापतिले समाज विकासको निम्ति युवा पुस्ताले निरन्तर अध्ययनलाई जोड दिनुपर्ने बताउँदै युवाहरूलाई समयमै समाजमा भएका विकृति–विसङ्गतिबारे सचेत गराउनुपर्ने बताउनुभयो ।
उहाँले भक्तपुर नगरपालिकाले नगरवासीहरूलाई नैतिक शिक्षा र रोजगारमूलक सीप दिने उद्देश्यका साथ विभिन्न गतिविधि र तालिमहरू सञ्चालनमा ल्याएको बताउँदै समाजवादी देश क्युवामा हरेक क्षेत्रमा महिलाहरू अगाडि परेको र नम्र, सरल, विचारप्रति प्रतिबद्ध राजनैतिक कार्यकर्ताहरूले देशको उन्नतिमा सकारात्मक भूमिका खेल्ने बताउनुभयो ।
रोजगार र पैसा कमाउने लोभमा विदेशिएका युवाहरू अधिकांशले भोग्नुपरेको दुःख र सङ्घर्षबारे प्रस्ट पार्दै उहाँले शिक्षित व्यक्तिहरूमा भएको अहङ्कार र घमण्ड नै पारिवारिक झगडाको प्रमुख कारण बनिरहेको छ भन्नुभयो ।
भक्तपुरको शिक्षा, स्वास्थ्य, सरसफाइ तथा कला संस्कृति संरक्षणमा रूपान्तरण ल्याउन निरन्तर पहल गर्दै आइरहेको बताउँदै नगर प्रमुख प्रजापतिले भक्तपुर नपाको प्रयासबाट यहाँ सांस्कृतिक समूहहरूको पनि विकास भएको बताउनुभयो ।
नेमकिपा भक्तपुर नगर समितिका अध्यक्ष नारायणबहादुर दुवालले कामदार वर्गका महिलाहरू शैक्षिकरूपमा अगाडि बढे समाज स्वतः अगाडि बढ्ने र महिलाहरू राजनैतिक रूपले सचेत र सङ्गठित हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेपाल कर्मचारी समाजका केन्द्रीय अध्यक्ष गौतमप्रसाद लासिवाले देशका प्रमुख पदहरूमा महिलाहरू तुलनात्मकरूपमा अगाडि बढ्नु देश र समाज विकासको निम्ति सकारात्मक पक्ष रहेको बताउँदै समाजमा महिला पुरुषबीच विभेद् बिस्तारै अगाडि बढ्दै जानु सुखद पक्ष भएको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकला, नेमकिपा चिह्रां ब्यासी वडा नं. २ समितिका अध्यक्ष रत्नकाजी नात्ररी, नेक्रामहिला सङ्घ भक्तपुर नपा वडा नं. २ ब्यासीका अध्यक्ष बद्रीलक्ष्मी कोजु र आयशा नात्ररीले पनि बोल्नुभएको थियो ।
Leave a Reply