भर्खरै :

२०३ औँ कार्ल माक्र्स जन्म दिवस काठमाडौँमा मनाइयो

नेमकिपा काठमाडौँ जिल्ला समितिको आयोजनामा २०३ औँ माक्र्स जयन्ती बुधबार अनलाइनमार्फत मनाइयो ।
नेमकिपाका केन्द्रीय सचिव प्रेम सुवालले पुँजीवादको उत्थान, विकास र पतन अवश्यम्भावी रहेको विश्वको राजनीतिक इतिहासले देखाएको भन्दै माक्र्सवाद वैज्ञानिक र व्यवहारिक उपयोगी समाजवाद भएकोले कहिले हार हुँदैन भन्नुभयो ।
उहाँले सबै राजनैतिक कार्यकर्ताहरूले माक्र्सवादको दर्शन, विश्व प्रसिद्ध मजदुर आन्दोलन, मानव समाजको विकास, बेलायत र फ्रान्सको पुँजीवादी क्रान्ति, पेरिस कम्युन, चीन, भियतनाम सबै आन्दोलनका उपलब्धिहरूलाई गहिरिएर शिक्षा लिन आग्रह गर्नुभयो । आफूले सिकेको शिक्षा समाजको लागि प्रेरणादायी हुनुपर्ने उहाँले बताउनुभयो ।
उहाँले कोभिड–१९ को कारण सङ्क्रमित र मृत्युको सङ्ख्या बढिरहेको भन्दै सरकार गम्भीर भएन भने थप जटिलता सिर्जना हुने बताउनुभयो ।
चिकित्सक समाजका अध्यक्ष डा. रत्नसुन्दर लासिवाले कोभिड–१९ बाट बच्न आफै स्वास्थ्य मापदण्डअनुसार अगाडि बढ्ने र सतर्क हुनुपर्ने बताउनुभयो ।
नेमकिपाका काठमाडौँ जिल्ला समितिका अध्यक्ष नारायण महर्जनको सभापतित्वमा भएको कार्यक्रममा केन्द्रीय सदस्यहरू सनकमान महर्जन, राजवीर डंगोल, नारायणबहादुर दुवाल, प्राध्यापक सुजन माक, प्रज्ज्वल महर्जन, विश्वक डंगोललगायतले माक्र्स जयन्तीको अवसरमा माक्र्सले विश्वका न्यायप्रेमी जनतालाई गरेको योगदानबारे चर्चा गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *