भर्खरै :

हरित र पर्यावरणमैत्री विकासतिर चीन

औद्योगिकरणको सुरुवातयता मानिसले अभूतपूर्व भौतिक सम्पत्तिको जोगाड गरिसकेको छ । तथापि, यो समृद्धिको लागि प्रकृतिले ठुलो मूल्य चुकाउनुपरेको छ ।
ग्लोबल फुटप्रिन्ट नेटवर्कका अनुसार आजभोलि मानिसले यति धेरै पर्यावरणीय स्रोतको प्रयोग गरिरहेको छ कि मानौँ उनीहरू १.८ वटा पृथ्वीमा बसिरहेको छ । यसको अर्थ मानिसले एक वर्षमा जति पर्यावरणीय स्रोतको दोहन गरिरहेको छ, त्यत्ति स्रोत पुनः हुर्काउन एक वर्ष र आठ महिना लाग्छ ।
‘कञ्चन पानी र घना पहाड बहुमूल्य सम्पत्ति हुन्’ भन्ने विचार राख्दै चीनका राष्ट्रपति सी चिनफिङले पर्यावरणीय वातावरणको संरक्षण र दिगो विकास अघि बढाउनु हामी सबैको साझा जिम्मेवारी भएकोमा जोड दिनुहुन्छ । अन्ततः उहाँले भन्नुभएको छ, “हामीसँगै एउटै त पृथ्वी छ ।”
हरित र पर्यावरणमैत्री विकासतिर चीन
औद्योगिकरणको सुरुवातयता मानिसले अभूतपूर्व भौतिक सम्पत्तिको जोगाड गरिसकेको छ । तथापि, यो समृद्धिको लागि प्रकृतिले ठुलो मूल्य चुकाउनुपरेको छ ।
ग्लोबल फुटप्रिन्ट नेटवर्कका अनुसार आजभोलि मानिसले यति धेरै पर्यावरणीय स्रोतको प्रयोग गरिरहेको छ कि मानौँ उनीहरू १.८ वटा पृथ्वीमा बसिरहेको छ । यसको अर्थ मानिसले एक वर्षमा जति पर्यावरणीय स्रोतको दोहन गरिरहेको छ, त्यत्ति स्रोत पुनः हुर्काउन एक वर्ष र आठ महिना लाग्छ ।
‘कञ्चन पानी र घना पहाड बहुमूल्य सम्पत्ति हुन्’ भन्ने विचार राख्दै चीनका राष्ट्रपति सी चिनफिङले पर्यावरणीय वातावरणको संरक्षण र दिगो विकास अघि बढाउनु हामी सबैको साझा जिम्मेवारी भएकोमा जोड दिनुहुन्छ । अन्ततः उहाँले भन्नुभएको छ, “हामीसँगै एउटै त पृथ्वी छ ।”
‘प्राकृतिक स्रोतको नापी तौली उपभोग’
सन् २०१९ मा अन्तर्राष्ट्रिय बागवनी प्रदर्शनीको उद्घाटन समारोहमा राष्ट्रपति सीले उत्तरी सोङ वंश (९६०–११२७) का चिनियाँ इतिहासकार सिमा क्वाङ (१०१९–१०८६) का सुरुको कृति ‘चिझी तोङजियाङ’ अर्थात् ‘शासन सहायक विस्तृत दर्पण’ का माथि उल्लेखित भनाइ उद्धृत गर्दै पर्यावरणीय संरक्षणको बाटोबारे प्रकाश पार्नुभएको थियो ।
आजको चीनमा प्राकृतिक स्रोतको मितव्ययी प्रयोगको विचारलाई नयाँ अर्थसाथ बुझिँदैछ । आफ्नो मन्तव्यमा सीले भन्नुभएको छ,“अण्डाको लागि कुखुरा मार्ने’ र ‘माछा मार्न पोखरी सुकाउने’ विकासको ढाँचा भनेको आत्मघाती हो । प्रकृतिको नियममा चल्ने पर्यावरणमैत्री विकासले मात्र भविष्य उज्यालो हुनसक्छ ।”
हरित, न्यून कार्बन र अनुसन्धानमुखी विकासको बाटोमा अघि बढ्नुले नै एउटा आधुनिक समाजवादी देश बनाउने चीनको लक्ष्यलाई आधार प्रदान गर्न सक्छ ।
सन् २०१८ मा चीनले पहिलो पटक संविधानमै पर्यावरणीय सभ्यताको विचार समावेश ग¥यो । चीनको पछिल्लो पञ्चवर्षीय योजनाले पनि सन् २०३० सम्ममा कार्बन डायोक्साइड उत्सर्जनको चुलिँदो अवस्था नियन्त्रण गर्ने र सन् २०६० सम्ममा कार्बन तटस्थताको अवस्थामा पु¥याउने प्रतिबद्धता व्यक्त गरिएको छ ।
चौधौं पञ्चवर्षीय योजना (सन् २०२१ देखि २०२५ सम्म) मा कुलगार्हस्थ उत्पादनको प्रतिएकाइ ऊर्जा उपभोग १३.५ प्रतिशतले न्यून गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । साथै कुल गार्हस्थ उत्पादनको प्रतिएकाइ कार्बन डायोक्साइड उत्सर्जन १८ प्रतिशतले घटाउने निर्णय गरेको छ ।
त्यस्तै चीनले सन् २००५ को अवस्थाबाट सन् २०३० सम्ममा वनपैदावर ६ अर्ब क्युबिक मिटर बढाउने निधो गरेको छ । अनि वायु र सौर्य ऊर्जाको कुल क्षमता १ अर्ब २० करोड पु¥याउने सङ्कल्प गरेको छ ।
वचन व्यवहारमा रूपान्तरण
राष्ट्रपति सीले धेरैपटक मानिस र प्रकृतिबीच सद्भावपूर्ण सहअस्तित्वलाई चीनले व्यवहारमै अघि बढाउने चीनको प्रतिबद्धता दोहो¥याउनुभएको छ ।
बितेका दस वर्षमा जङ्गल स्रोत बढाउनेमा चीन संसारकै सबभन्दा अग्रणीमा छ । चीनले वृक्षारोपण गरेको क्षेत्रफल ७ करोड हेक्टर नाघिसकेको छ । यसैबीच चीनले भूमि पर्या–पर्यावरणको ९० प्रतिशत र प्रमुख जङ्गली जनावरको सङ्ख्याको ८५ प्रतिशत राज्यको प्रभावकारी संरक्षणमा छन् ।
बितेका केही दसकदेखि चीनको आर्थिक प्रगतिको आधार भनेको मुख्यतः कोइलामा निर्भर थियो । तर, आज चीन संसारमै नवीकरणीय ऊर्जाको सबभन्दा ठुलो लगानीकर्ता भइसकेको छ । संसारको कुल पर्यवारणीय ऊर्जा क्षमतामध्ये चीनले मात्र ३० प्रतिशत ओगटेको छ ।
सन् २०१७ मा चीनको जम्माजम्मी ऊर्जा स्रोतमा कोइला ऊर्जा उपभोगको हिस्सेदारी ६०.४ प्रतिशत थियो भने सन् २०२० मा त्यो घटेर ५६.८ प्रतिशतमा सीमित भएको छ । त्यसको ठीकविपरीत सन् २०१६ मा चीनको सफा ऊर्जा उपभोग १९.१ प्रतिशत थियो भने सन् २०२० सम्ममा त्यो बढेर २४.३ मा उकालो लागेको चीनको राष्ट्रिय तथ्याङ्क विभागले जनाएको छ ।
सन् २००५ को तुलनामा सन् २०१९ मा चीनको कार्बन उत्सर्जन घटेर ४८.१ प्रतिशतमा झरेको थियो । यो अवस्था कार्बन उत्सर्जनको तीब्र विस्तारभन्दा ठीकविपरीत भएको सन् २०२० को डिसेम्बरमा चीनको राज्य परिषद्अन्तर्गत सूचना कार्यालयले जारी गरेको ऊर्जा विकाससम्बन्धी श्वेत पत्रमा उल्लेख छ ।
“यो काम ज्यादै चुनौतीपूर्ण छ”, राष्ट्रपति सीले चीनले जलवायु परिवर्तनको सामनाका लागि गरेका प्रतिबद्धतालाई सङ्केत गर्दै हालै सम्पन्न चीन–फ्रान्स–जर्मनी भिडियो सम्मेलनमा भन्नुभयो । “तर, चीनले आफ्नो वाचा पूरा गरिछोड्नेछ”, उहाँले भन्नुभयो ।
नेपाली अनुवादः सुशिला
स्रोतः सीजीटीएन

Leave a Reply

Your email address will not be published. Required fields are marked *