इरान युद्ध बन्न सक्छ पेट्रोडलरमाथि अर्को धक्का
- जेष्ठ १, २०८३
पुँजीवादी व्यवस्थामा हुने हरेक निर्वाचन एक वर्गसङ्घर्ष पनि हो । अहिले हुन लागेको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचन पनि एक वर्गसङ्घर्ष हो । यो निर्वाचन वैचारिक र सैद्धान्तिक सङ्घर्षभन्दा फरक हुनेछैन । राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा तीन जनाको उम्मेदवारी परेका मध्ये नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य कृष्णबहादुर तामाङ पनि एक हुनुहुन्छ । आगामी जेठ ६ गते हुने उक्त निर्वाचनमा बाग्मती प्रदेशका प्रदेशसभा सदस्य ११० जना र ११९ स्थानीय तहका नगरपालिका प्रमुख, उपप्रमुख, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षसहित २३८ जना गरी ३४८ जना मतदाता रहेका छन् ।
पुँजीपति वर्गको प्रतिनिधित्व गर्ने सांसद, नपा प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्षहरूले आ–आफ्ना उम्मेदवारलाई मतदान गर्नु स्वाभाविक हो । त्यस्तै वैज्ञानिक समाजवादको निम्ति सङ्घर्षरत नेमकिपाका उम्मेदवार तामाङलाई कम्युनिस्टप्रति आस्था राख्ने समर्थक तथा सदस्यहरूले मतदान गर्नु आवश्यक हुन्छ । कम्युनिस्ट मतदाताहरूले नेका, जसपा सम्मिलित या समर्थक उम्मेदवारहरूलाई मतदान गर्नु आफ्नो पार्टीको सिद्धान्त र विचारविपरीत हुन्छ । कम्युनिस्ट पार्टीको सिद्धान्त र विचार छोडेको पार्टी एमालेका उम्मेदवारलाई सच्चा कम्युनिस्टहरूले नैतिकताको आधारमा मतदान गर्न मिल्दैन । अतः प्रत्येक कम्युनिस्ट, प्रगतिशील र देशभक्त उम्मेदवारले सिद्धान्त र विचारको आधारमा नेमकिपाका उम्मेदवारलाई मतदान गर्नु जरूरी छ ।
हरेक उम्मेदवारले एउटा न एउटा विचार या सिद्धान्तको प्रतिनिधित्व गरेको हुन्छ । खिमलाल देवकोटा संयुक्त उम्मेदवार हुन् । उनलाई नेका र जसपाले समर्थन गरेका छन् । यस अर्थमा उनले पुँजीपति वर्ग, सङ्कीर्ण र साम्प्रदायिक वर्गको प्रतिनिधित्व गरेका छन् । एमालेका रामबहादुर थापा नक्कली कम्युनिस्ट पार्टीका उम्मेदवार हुन् । ओलीले नेतृत्व गरेको एमालेले कम्युनिस्ट पार्टीको प्रतिनिधित्व नगरेको कुरा एमालकै नेताहरूको भनाइ छ । पार्टी स्थापनादेखि अमेरिकी साम्राज्यवाद, भारतीय विस्तारवाद, सामन्तवाद, पुँजीवाद, अर्धउपनिवेशवादको विरोधमा र समाजवादी गणतन्त्रको पक्षमा सङ्घर्ष गर्दै आएको नेमकिपाका उम्मेदवार कृष्णबहादुर तामाङलाई मतदान गर्नु समयको आवश्यकता हो । आ–आफ्नो अमूल्य मत उचित ठाउँमा प्रयोग हुने सबैको विश्वास हो ।
Leave a Reply