लोकतन्त्र भनेको ‘एल्गोरिदमतन्त्र’ होइन, न त ‘मिदासतन्त्र’ नै हो !
- बैशाख २८, २०८३
भक्तपुर, २९ पुस । नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले मधेसी मोर्चाले निर्वाचन गर्न दिन्न भन्नु अराजक भएको बताउनु भएको छ ।
रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै सचिव ज्ञवालीले मधेसी मोर्चाले लोकतान्त्रिक मूल्य मान्यताको विपरीत गएर निर्वाचनमा जान्नौं भन्नु गलत भएको बताउनुभयो । आफूलाई मधेसको हिमायती ठान्ने मधेसी मोर्चालाई मधेसको ८० सिट जितेर देखाउन चुनौती दिँदै उहाँले आठ÷दश सिट जितेर आएकाले संशोधनको कुरा गर्नु अराजक भएको बताउनुभयो ।
आफूलाई मधेसको हिमायती ठान्ने मधेसी मोर्चालाई मधेसको ८० सिट जितेर देखाउन चुनौती दिँदै उहाँले आठ÷दश सिट जितेर आएकाले संशोधनको कुरा गर्नु अराजक भएको बताउनुभयो ।
उहाँले निर्वाचनमा गएर जनताको ताजा जनादेश ल्याएर आफू अनुकूल संविधान संशोधन गर्न मोर्चालाई आग्रह गर्नु भयो । निर्वाचनले नै सबैको उद्देश्य पुरा गर्ने भएकाले यसको उपयोगबाट चुके मधेसी मोर्चा इतिहासमा सीमित हुने उहाँले बताउनुभयो ।
उहाँले मधेशी मोर्चाकै कारण संघियताका बारे गलत भ्रम फैलन थालेको भन्दै नेपालमा तराई र पहाड छुट्टाउने जातजातिबीच दुरी बढाउनेलगायतको काम भइरहेको भन्दै संघीयतालाई विफल पार्ने काम विभिन्न शक्ति केन्द्रबाट भइरहेको आरोप लगाउनु भयो ।
Leave a Reply