फुटसल प्रतियोगिताको सातौँ दिन आज पनि तीन वटा खेल हुने
- जेष्ठ ११, २०८३
भक्तपुर, २९ पुस । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप उच्च मावि, ख्वप कलेज र शारदा क्याम्पस उच्च माविमा अध्ययनरत विद्यार्थीहरुबीचका ‘खेलकुद सप्ताह’अन्तर्गत शुक्रबार फूटबलका फाइनल खेलहरु सम्पन्न भयो ।
फूटबलको फाइनल खेलमा व्यवस्थापन–१२ डीडी समूह पहिलो, व्यस्थापन–१२ डीबी समूह दोस्रो र विज्ञान –१२ एमटु समूह तेस्रो हुन सफल भए ।
ख्वप कलेज तथा उच्च माविको आयोजनामा भक्तपुर–काभ्रेव्यापी विद्यालयस्तरीय र कलेजस्तरीय बास्केटबल प्रतियोगिता शुक्रबारबाट ख्वप कलेजमा सुरु भयो । शुक्रबार भएको खेलमा काठमाडौं स्कूल अफ लले ख्वप उच्च माविलाई र चाणक्य कलेजले निकल्सन कलेजलाई हराई दोस्रो चरणमा पुग्न सफल भए । प्रतियोगिताको अर्को खेलहरु सोमबार हुने आयोजक विद्यालयले जानकारी दिएको छ ।
Leave a Reply