भर्खरै :

इरानका नवनिर्वाचित राष्ट्रपतिसमक्ष तीन प्रमुख चुनौती

इब्राहिम रैसी

तेहरान, २० जून । इरानको तेह«ो राष्ट्रपति निर्वाचनमा इब्राहिम रैसी निर्वाचित भएको शनिबार इरानको गृहमन्त्रालयले घोषणा गरेको छ ।
आगामी अगस्ट महिनाबाट राष्ट्रपति पद सम्हाल्ने विजयी उम्मेदवारले मुख्यतः तीन वटा प्रमुख चुनौती सामना गर्नुपर्नेछ– पहिलो आर्थिक विकास, राजनीतिक मुद्दाको समाधान र कोभिड–१९ महामारीविरुद्धको लडाइँ ।
अनिश्चित अर्थतन्त्र
राष्ट्रपति निर्वाचनको प्रचारप्रसारको क्रममा आयोजित टेलिभिजन बहसहरूमा सबै उम्मेदवारहरू इरानी अर्थतन्त्रमा मडराइरहेको अनिश्चितताबारे एक मत थिए । उनीहरूमध्ये कोहीले भने इरानको वर्तमान गरिब आर्थिक अवस्थाको निम्ति संरा अमेरिकी नाकाबन्दी र कोभिड–१९ महामारीलाई दोषारोपण गरेका थिए ।
सन् २०१५ मा इरान आणविक सम्झौता भए पनि इरानी सरकारी अधिकारीहरूले मुद्रास्फीति दर नियन्त्रण गर्न र आर्थिक वृद्धि पुनःस्थापना गर्ने विषयलाई जोड दिएका थिए । इरान आणविक सम्झौताअन्तर्गत प्रमुख अन्तर्राष्ट्रिय र पश्चिमा इरानविरोधी नाकाबन्दी हटाइएको थियो । तर, सन् २०१८ मा आएर संरा अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौताबाट अमेरिकाले हात झिक्ने र इरानमाथि नाकाबन्दी पुनः थोपर्ने घोषणा गरेपछि आर्थिक पुनःस्थापना गर्ने इरानी सपनामा फेरि कालो बादल छाएको थियो ।
केही विश्लेषकहरू मौद्रिक र बजेट सुधार गर्ने, विदेशी लगानी भित्र्याउने र अर्थतन्त्रको स्थायित्व र वृद्धि गर्ने अवसर इरानले गुमाएको बताएका छन् ।
फाइनान्सिएल त्रिव्युन डेलीले जून १६ मा प्रकाशित समाचारमा हाल इरानको बजेट असन्तुलन ५० प्रतिशत भएको उल्लेख छ ।
यसको अर्थ इरानको खर्चले त्यहाँको स्रोत वा आम्दानीलाई चाँडै उछिँदै छ । इरानको अवस्थामा कुनै परिवर्तन नभएसम्म जनजीवनमा अझ बढी प्रतिकूलता बढ्नेछ । इरानका वरिष्ठ आर्थिक विज्ञ मसौद निलीले आफ्नो लेखमा भनेका छन् ।
अन्तर्राष्ट्रिय मुद्रा कोषले इरानको मुद्रास्फीति दर सन् २०२१ मा ३९ प्रतिशत पुग्ने बताएको छ । गत वर्ष मुद्रास्फीति दर ३६.५ प्रतिशत थियो । अघिल्लो वर्षको तुलनामा इरानको बेरोजगारी दर १०.८ प्रतिशतबाट ११.२ प्रतिशतमा बढेको छ ।

राजनीतिक मुद्दा
सन् २०१५ को इरान आणविक सम्झौताबाट वाशिङ्टनले आफुखुसी हात झिकेपछि र इरानविरुद्ध थप नाकाबन्दी थोपर्नुका साथै सघन बनाउँदै लगेपछि सम्झौतामा हस्ताक्षर गर्ने सबै पक्षलाई संरा अमेरिकाले चुनौती दियो । तर, अमेरिकाले एकपक्षीयरूपमा चालेको सो कदमको सबभन्दा चर्को मार भने इरानमाथि प¥यो ।
इरानका प्रतिनिधि र बेलायत, चीन, फ्रान्स, जर्मनी र रुस सामेल रहेको पी ४ प्लस १ बीच इरान आणविक सम्झौतामा सामेल सबै पक्षलाई पुरानो प्रतिबद्धतामा फर्काउन र इरानविरुद्ध संरा अमेरिकी आर्थिक र वित्तीय नाकाबन्दी हटाउन संयन्त्र स्थापनाको लागि भियनामा वार्तामा चलिरहेको छ ।
केही उल्लेखनीय प्रगति भए पनि इरान आणविक सम्झौता पुनःस्थापना नै सम्भावना भने निकै कम छ । यसैबीच इरानमा अब बन्ने सरकारको लागि क्षेत्रीय एकता पनि उच्च प्राथमिकताको विषय बन्न सक्छ ।
यसको निम्ति धेरै चुनौती भए पनि छिमेकी देशहरूसँगको रणनीतिक सम्बन्धले भविष्यको सरकारको राजनीतिक सफलता निर्धारण गर्नसक्छ ।
इराकको मध्यस्थतामा इरान र साउदी अरबबीच हालै वार्ता भएको छ । सिरिया, यमन र इराकमा तनाव कम गर्ने र दुष्मनीपूर्ण राजनीतिक प्रभावको समस्या समाधान गर्नु त्यो बैठकको लक्ष्य थियो ।

अनियन्त्रित महामारी
संरा अमेरिकाको नाकाबन्दीको कारण इरानको अर्थतन्त्र त्यसै पनि घाइते छ । त्यसमाथि महामारीको कहर उसको निम्ति गलगाँडको पिलो बनेको छ ।
विदेशी नाकाबन्दीका साथै रोगले पनि स्वास्थ्य क्षेत्रमा ठुलो दबाब पारेको छ । त्यस्तै कम्पनीहरूको व्यापार र नागरिकको दैनिकीमा पनि त्यसले प्रभाव पारिरहेको छ । सबभन्दा चिन्ताजनक कुरा त महामारीले गहिरो सामाजिक र मनोवैज्ञानिक प्रभाव पारेको छ ।
इरानको आधिकारिक तथ्याङ्कअनुसार ३० लाखभन्दा बढी मानिस भाइरसबाट सङ्क्रमित भएका छन् र तीमध्ये ८२ हजारभन्दा बढीको निधन भइसकेको छ ।
गत शनिबारसम्म ४३ लाख ७४ हजार ७ सय २९ जना मानिसले कोभिड–१९ को खोप लिएका छन् । तीमध्ये ९ लाख ६ हजार ५ सय ४६ जनाले दुई मात्रा खोप लगाइसकेका छन् ।
इरानी अधिकारीहरूले संरा अमेरिकी नाकाबन्दीको भत्र्सना गर्दै खोप ल्याउन नसक्दा खोप अभियान पछाडि धकेलिएको बताएका छन् ।
नयाँ राष्ट्रपतिले मुद्रास्फीति, त्यसका बहुआयामिक प्रभाव, लगानी वृद्धिमा नकारात्मक असर, नाकाबन्दीको जटिल प्रणालीजस्ता विषय समाधान गर्न अग्रसर हुनुपर्ने तेहरानको उद्योग वाणिज्य, खानी र कृषि सङ्घका अध्यक्ष मसौद खन्सारीले पर्सियाली दैनिक दोन्या–इ–इक्तेसदलाई भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *