भर्खरै :

न रह्यो बास, न बच्यो गाँस

हेलम्बु, ६ असार । असार १ गते साँझ हेलम्बु गाउँपालिका–१ सेमेसिदाङ हिमालमुनि रहेको भेमाथाङ चौरमा गएको भीषण पहिरो र यसपछि मेलम्ची खोलामा आएको आकस्मिक र अकल्पनीय बाढीले मानवीय तथा भौतिक संरचनामा ठूलो क्षति पु¥याएको छ  ।
बाढीले विशेषगरी तिम्बु, किउल, चनौटे, ग्याल्थुम, तालामाराङ र मेलम्चीमा नोक्सान पु¥यायो । व्यक्तिगत घर, सङ्घसंस्था, विभिन्न कार्यालय, खेतीयोग्य जमीन, विद्यालयलगायत भौतिक संरचनामा अपूरणीय क्षति भयो । साँझमा भागेर ज्यान बचाउन सफल भएका मानिस बिचल्लीमा परेका छन् । विद्यालयका पक्की संरचनासमेत भत्किँदा बालबालिका विद्यालय जानबाट वञ्चित हुनुपरेको छ भने सञ्चार माध्यममा क्षति पुग्दा आम नागरिक सूचनाको पहुँचबाट टाढा हुन परेको छ ।
कोरोेनाको कहरका बीचमै पनि तेर्से मावि तालामाराङले विभिन्न माध्यमबाट शैक्षिक गतिविधि अगाडि बढाउँदै आएको थियो । विद्यार्थी भर्ना, पुस्तक वितरणजस्ता कार्यले गर्दा विद्यालयले आफ्नो गतिविधि सक्रियरूपमा अगाडि बढाएको थियो । मेलम्ची भेगको अग्रणी विद्यालय, गुणस्तरीय शिक्षा प्रदान गर्दै मेलम्ची नगरपालिकाको नमुना विद्यालयको रूपमा परिचित छ । असार १ गतेको बाढीले सामान्य क्षति पु¥याएको विद्यालयमा शनिबारको बाढीले विद्यालयको भौतिकरूपमा क्षति ग¥यो ।
विद्यालयमात्र नभएर प्रहरी चौकी र स्थानीयवासीको घरमा समेत जोखिम बढाएको छ । विद्यालयको भौतिक क्षति त भयो । यसले गर्दा हजारौँ विद्यार्थीको भविष्य अन्धकारमा धकेलिएको छ । गुणस्तरीय शिक्षा कसरी प्रदान गर्न सकिन्छ भन्दै अहोरात्र खटिनुहुने विद्यालयका प्रधानाध्यापक कृष्ण ढुङ्गाना, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नीलबहादुर शाहीलगायत सम्पूर्ण शिक्षक, विद्यार्थी, अभिभावक र अन्य शिक्षापे्रमी महानुभावले चासो र चिन्ता लिइरहेको बेला प्रकृतिले किन चिन्ता लिन सकेन ? स्याउलाले बारेर खरले छाएर यस भेगमा शिक्षा दिनुपर्छ भन्दै २०४७ सालमा स्थापना भएको तेर्से माविले ढुक्कको श्वास फेर्न कहिले पनि पाएन । विभिन्न सङ्घसंस्था, दातृ निकाय र अभिभावकहरुको पहलमा विद्यालयको भवन निर्माण भएको थियो । २०७२ सालको भूकम्पले विद्यालयलाई माटोमा मिलाइदियो । त्यतिबेला विद्यालय सञ्चालनका लागि गरिएको पहल र सङ्घर्ष अभिभावक, विद्यार्थी तथा शिक्षकहरूले भुल्न सक्ने अवस्था छैन । काठका खम्बा, टिनले बारेको विद्यालय, जस्ताले छाएको छानो भूकम्पपछिको अवस्था हो । एउटा कक्षामा पढाएदेखि हल्ला गरेसम्म सबै कुरा अर्को कक्षाका सबै विद्यार्थीले सुन्न सक्थे । त्यतिबेलाको फाइदा के थियो भने विद्यालयको भवन ढले पनि जमीन त्यहीँ थियो । अहिले न घर छ, न जमीन । यो दर्दनाक अवस्थाबाट तेर्से मावि फेरि पनि उठ्नका लागि प्रयासरत छ । विद्यालयका प्रधानाध्यापक ढुङ्गाना जस्तोसुकै चुनौती सामना गरेर भए पनि विद्यालय सञ्चालनका लागि निरन्तर लागिरहने प्रण गर्नुहुन्छ । भूकम्पको बेलाजस्तै आम अभिभावक, शिक्षाप्रेमी महानुभाव, सरोकारवाला निकायलगायत सम्पूर्णको सहयोगले खोलामा तारजाली लगाएर विद्यालयको बाँकी भूभाग बचाउन सकिन्छ कि भन्ने अभियानमा लागेको उहाँले जानकारी दिनुभयो ।
मेलम्ची बजारदेखि हेलम्बुको चनौटेसम्मका विद्यार्थीको भविष्य बोकेको विद्यालय क्षणभरमै खोलामा मिल्नुले विद्यार्थीको मात्र हैन यो भेगको सम्भावना तुहिने हो कि भन्ने चिन्ता लाग्नु स्वाभाविक नै हो । यता विद्यालयका अध्यक्ष शाही पनि विद्यार्थीको भविष्यको चिन्ता लिँदै पुनः गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि विद्यालय अगाडि बढ्ने बताउनुहुन्छ । रासस
मेलम्ची–हेलम्बु जोड्ने मोटर बाटो निर्माण कार्य जारी
पहिरो र बाढीले प्रभावित सिन्धुपाल्चोक जिल्लाको मेलम्ची–हेलम्बु जोड्ने मोटर बाटो निर्माण कार्य गरिँदै । तस्बिरः देवराज सुवेदी/रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *