भर्खरै :

चीनको ऐतिहासिक प्रदर्शनमा माक्र्सको पाण्डुलिपिदेखि पुराना पत्रिकासम्म

माक्र्सको पाण्डुलिपि
पेइचिङ, २० जून (सीआरआई) । चिनियाँ कम्युनिस्ट पार्टीको १०० औँ स्थापना दिवसको अवसरमा जून १८ तारिखमा चीनको राजधानी पेइचिङमा “आफ्नो मूल हृदय नबिर्सनुहोस्, आफ्नो मिसन सम्झनुहोस्” नामक चिनियाँ कम्युनिस्ट पार्टी इतिहाससम्बन्धी प्रदर्शनी सुरु भयो । प्रदर्शनी चिनियाँ कम्युनिस्ट पार्टी इतिहास प्रदर्शनी हलमा चालु छ । प्रदर्शनमा २६०० भन्दा बढी चित्र र ३५०० भन्दा बढी सांस्कृतिक अवशेषहरूको माध्यमबाट कम्युनिस्ट पार्टीको शताब्दी लामो इतिहासलाई चित्रित गरिएको छ ।

नयाँ युवा’ पत्रिका
प्रदर्शनमा विश्व सर्वहारा वर्गका गुरु कार्ल माक्र्सको ‘ब्रसेल्स नोट्स’ को चौथो नोटबुकको पाण्डुलिपिको मुख्य अंश पनि राखिएको छ । सो पाण्डुलिपि माक्र्सले सन् १८४५ मा लेख्नुभएको थियो । त्यतिबेला उहाँ ऐतिहासिक भौतिकवादबारे चिन्तन गर्दै हुनुहुन्थ्यो । सो कृति माक्र्स स्टोक, पिंटो र चाइल्डेजस्ता अर्थशास्त्रीहरूको रचनाबाट लिखित अंश हो । पाण्डुलिपिले माक्र्सको सन् १८६४ देखि सन् १८६३ सम्मको अतिरिक्त मूल्यको गणितीय गणना र घरेलु खाता नोटहरूमा पनि समावेश गर्दछ । पाण्डुलिपि माक्र्सको विचारको विकास र सन्दर्भको अन्वेषण गर्न महत्वपूर्ण रहेको छ ।
प्रदर्शनमा सन् १९१५ को सेप्टेम्बरमा, छन् तु स्युले शाङघाइमा सुरु गर्नुभएको ‘युवा पत्रिका’ का पुराना अङ्क पनि राखिएको छ । पछि सो पत्रिकाको नाम ‘नयाँ युवा’ मा परिवर्तन गरिएको थियो । यो पत्रिकाले विज्ञान र प्रजातन्त्रको साथसाथै मानिसका सोच प्रवद्र्धन गर्न नयाँ साहित्यलाई सक्रियरूपमा बढावा दिएको थियो । यसको प्रकाशनले नयाँ सांस्कृतिक आन्दोलनको उदयलाई चित्रित गरेको छ । सन् १९१८ को जनवरीमा, ‘नयाँ युवा’ चौथो खण्डको पहिलो नम्बरबाट संशोधित गरियो, लेखहरू सङ्क्रमणकालीन भाषा र नयाँ शैली विराम चिह्नमा सम्पादन गरियो, यसले भाषिक सरलीकरणको आन्दोलनलाई प्रतिनिधित्व गरेको छ ।

One response to “चीनको ऐतिहासिक प्रदर्शनमा माक्र्सको पाण्डुलिपिदेखि पुराना पत्रिकासम्म”

  1. नारायण दुवाल says:

    मार्क्सकाे पाण्डुलिपीले मार्क्सवादी भावना अभिबृद्धि गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *