भर्खरै :

अधिकांश तहको ध्यान स्वास्थ्य, शिक्षा र पूर्वाधारमा

बूढानीलकण्ठ नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८÷७९ को नीति तथा कार्यक्रममा आफ्नो पहिलो प्राथमिकतामा स्वास्थ्य क्षेत्रलाई राखेको छ । नगरपालिकाले बुधबार आयोजना गरेको नगरसभाले बहुमतबाट नगर प्रमुख उद्धवप्रसाद खरेलद्वारा प्रस्तुत नीति तथा कार्यक्रम पारित गरेको हो ।
कुनै पनि बेला आउन सक्ने महामारीसँग जुध्न पूर्वाधारसहितका सामग्री व्यवस्थित गर्ने विषय नीति तथा कार्यक्रममा छ । त्यसैगरी नगर अस्पताल तयार पारेर सेवा थाल्ने, स्वास्थ्यचौकीको पूर्वाधार निर्माण गर्नेदेखि मुटु, मिर्गौलाजस्ता विशेष रोगबाट पीडित गरीब वर्गका लागि गरिँदै आएको सहयोग व्यवस्थित गर्नेसम्मका योजना समेटिएको छ ।
ध्यान योगका लागि खुला क्षेत्रको सुधार गर्ने, जनता स्वास्थ्य बीमा कार्यक्रम कार्यविधि बनाएर कार्यान्वयन गर्नेलगायत कार्यक्रमलाई पनि आगामी आर्थिक वर्षमा सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
मनाङ, ङिस्याङ
मनाङको ङिस्याङ गाउँपालिकाको नवौँ गाउँसभा बिहीबारदेखि भर्चुअल माध्यमबाट सुरू भएको छ । गाउँसभामा गाउँपालिका अध्यक्ष कान्छा घलेले आगामी २०७८÷७९ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ ।
बाढीपहिरोले एक गाउँ वा बस्तीबाट अर्को स्थानमा पुग्न सक्ने अवस्था नरहेकोले भर्चुअल माध्यमबाट गाउँसभा गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक ढकालले जानकारी दिनुभयो । एकै स्थानमा जमघट हुने अवस्था नहुँदा वडा–वडा तथा सहज हुने स्थानबाट नै वडाध्यक्ष तथा वडासदस्यहरू, कार्यपालिका सदस्यहरूबीच भर्चुअल माध्यमबाट नीति तथा कार्यक्रम पारित गरी सार्वजनिक गरिने भएको छ ।
राप्ती नगरपालिका
राप्ती नगरपालिकाले आफ्नो नगर क्षेत्रका चेपाङ छात्रालाई बालविवाह रोक्न २० वर्षसम्म अध्ययन गर्नेलाई रू. १५ हजार नगद दिने भएको छ । नगरपालिकाको आर्थिक वर्ष २०७८÷०७९ को बजेटमा यो व्यवस्था गरिएको हो । यसबाट सानै उमेरमा हुने विवाह रोकिने नगरपालिकाको अपेक्षा छ ।
त्यसैगरी रोजगार र उत्पादनमूलक कार्यक्रमका लागि नगरपालिकाले रू. एक करोड विनियोजन गरेको छ । साझेदारी कार्यक्रमका लागि रू. तीन करोड र अधुरा कार्यक्रम सम्पन्न गर्न रू. एक करोड विनियोजन गरेको छ । स्वास्थ्य स्वयंसेविकालाई साइकल कार्यक्रम तथा विपन्नहरूका लागि आवास कार्यक्रमअन्तर्गत रू. एक करोड विनियोजन गरिएको छ ।
दूधमा अनुदान दिन रू. ५० लाख छुट्याइएको छ भने क्यान्सर र मिर्गौलाको डाइलासिसका लागि रू. १० लाख छुट्याइएको छ । पहाडमा प्राथमिकता हुने गरी कृषक लक्षित कार्यक्रमका लागि रू. ३५ लाख तथा चेपाङ, दलित, विपन्न, असहाय, अपाङ्गलाई स्वास्थ्य बीमा कार्यक्रमका लागि रू. १० लाख बजेट छुट्याइएको छ ।
ललितपुर, महालक्ष्मी नपा
ललितपुरको महालक्ष्मी नगरपालिकाको नगरसभामा रू. एक अर्ब ९४ करोडको बजेट पारित भएको छ । ‘स्वच्छ, सफा, समृद्ध सुन्दर–महालक्ष्मी नगर’ भन्ने नारासहित आर्थिक वर्ष २०७८÷७९ का लागि मङ्गलबारदेखि सुरू भएको दसौँनगरसभामा उपप्रमुख निर्मला थापाले बिहीबार चालु खर्चतर्फ २८ दशमलव ७१ प्रतिशत र पुँजीगततर्फ ७१ दशमलव २९ प्रतिशत रकम विनियोजन गरिएको जानकारी गराउनुभयो ।
यसैगरी नगरसभाले महालक्ष्मीको वडा नं ८ लुभू र वडा नं ९ लामाटार भौगोलिक हिसाबले जनसङ्ख्या बढी रहनुका साथै यी वडामा सेवा प्रवाह चुस्त र दुरूस्त बनाउन दुई÷दुई वडामा विभाजन गर्ने नयाँ नीतिसमेत पारित गरेको बताइएको छ । मुलुकमा बढ्दै गइरहेको कोभिड–१९ नियन्त्रण तथा उपचार र परीक्षणको लागि स्वास्थ्य उपकरण तथा सामग्री आपूर्ति गर्ने र प्रभावितलाई रोजगारीका साथै राहत र सहायताको व्यवस्था पनि गर्ने भएको छ ।
कोरोनाका कारण अभिभावक गुमाएका १८ वर्ष मुनिका बालबालिकालाई शैक्षिक सहायता, वडा नं १ इमाडोलमा बहुउद्देश्यीय भवनका साथै मनमोहन मेमोरियल तथा गणेशमान उद्यान अनि नगर सभाहल र अन्तर्राष्ट्रिय धार्मिक सङ्ग्रहालय निर्माण गर्ने भएको छ । नगरभित्रका ज्येष्ठ नागरिकका हितमा बाआमा स्वास्थ्य सेवा कार्यक्रम तथा सामुदायिक विद्यालयमा अध्ययन गर्ने विपन्न छात्राका लागि शैक्षिक सहायता र नगरक्षेत्रभित्रको सार्वजनिक जग्गा संरक्षण गर्ने कार्यक्रममा जोड दिएको देखिन्छ ।
पर्सा, वीरगञ्ज महानपा
वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०७८÷०७९ को लागि रू. तीन अर्ब ५५ करोड ३५ लाखको बजेट सार्वजनिक गरेको छ । उपप्रमुख शान्ति कार्कीले चालु तर्फ रू. एक अर्ब ८६ करोड ३५ लाख, पुँजीगततर्फ एक अर्ब ६२ करोड ३३ लाख र वित्तीय व्यवस्थापन तर्फ रू. ६ करोड ६० लाख विनियोजन गरेको जानकारी दिनुभयो ।
प्रदेश नं. २ को एकमात्र महानगरपालिकका विनियोजित बजेटमध्ये सामाजिक विकासका क्षेत्रमा रू. एक अर्ब १५ करोड ५८ लाख, पूर्वधार विकास क्षेत्रमा रू. एक अर्ब ३५ करोड ६६ लाख र कार्यालयतर्फ रू. ८० करोड ७३ लाख रहेको छ ।
काभ्रे, बनेपा नपा
काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाको बिहीबार सम्पन्न भएको नगरसभाले कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचार र व्यवस्थित पार्किङसहित नगरलाई हरियाली प्रवद्र्धन गर्नेलगायतको नीति तथा कार्यक्रमलाई अगाडि सारेको छ । सभाबाट आर्थिक वर्ष २०७८÷०७९ को लागि रू. १ अर्ब ५५ करोड ६९ लाख ६८ हजारको बजेट प्रस्तुत गरिएको छ ।
नगरसभामा नगर प्रमुख तथा सभा अध्यक्ष लक्ष्मी नरसिं बादेले आर्थिक वर्ष २०७८÷७९ नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सबै वडा कार्यलयसम्म पक्की सडकको पहुँच पु¥याउने, सडकका दायाँबायाँ पैदल यात्रुको लागि फुटपाथ निर्माणसहित हरियाली प्रवद्र्धन गर्ने, चण्डेश्वरी मन्दिरदेखि गोसाइस्थानसम्म एक हजार ६०० सिँढी निर्माण सम्पन्न गर्ने, फोहोरमैला व्यवस्थापन, नगरभित्रका मठमन्दिर पाटीपौवा, गुठी पोखरीलगायत पौराणिक, धार्मिक तथा सांस्कृतिक सम्पदाका संरक्षणमा जोड दिने, भौतिक पूर्वाधार विकास, लैङ्गिक समानता र सामाजिक समावेशीकरण, भाषा, संस्कृति तथा सम्पदा संरक्षण तथा प्रवद्र्धन र पर्यटनजस्ता विषयलाई प्राथमिकतामा राखिएको योजना प्रस्तुत गर्नुभयो ।
यसैगरी जनतासँग मेयर कार्यक्रम, कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचार, सार्वजनिक शौचालय, नमुना विद्यालय, प्रत्येक वडामा न्यूनतम एउटा खेलकुद पार्क, ज्येष्ठ नागरिकका लागि स्वास्थ्य सेवालगायत बाजेबजैपार्क पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ । बजेटमा कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ रू. २६ करोड ९ लाख, आर्थिक विकास क्षेत्रतर्फ रू. दुई करोड ३२ लाख, सामाजिक विकासतर्फ रू. पाँच करोड ५० लाख पूर्वाधार विकासतर्फ रू. १० करोड ६८ लाख लगायत विभिन्न क्षेत्रमा प्रस्ताव गरिएको छ ।
गोरखा, गोरखा
गोरखा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेट एवं नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । नगरपालिकाकी उपप्रमुख बिनाकुमारी श्रेष्ठले आगामी आर्थिक वर्षका लागि कूल रू. एक अर्ब ५ करोड १ लाख २२ हजार ७३५ को बजेट सार्वजनिक गर्नुभएको हो ।
नगरपालिकाले सार्वजनिक गरेको बजेटअन्र्तगत नेपाल सरकारबाट वित्तीय अनुदान समानीकरणबाट प्राप्त भएको रू. २३ करोड ४९ लाख, सशर्त अनुदानबाट प्राप्त रू. ३३ करोड ४६ लाख, राजस्व बाँडफाँडबाट प्राप्त भएको रू. १० करोड २१ लाख ६४ हजार रहेको उपप्रमुख श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै विद्युत् रोयल्टी वापत रू एक करोड ५७ लाख ६० हजार, ९३५, प्रदेश सरकार वित्तीय समानीकरण अनुदानबाट रू. एक करोड ३० लाख ४ हजार, राजस्व बाँडफाँडबाट रू. एक करोड ३० लाख ४ हजार, समपूरक अनुदान ५० लाख, नगरपालिकाको आन्तरिक स्रोतबाट ८ करोड, सडक बोर्ड नेपालबाट प्राप्त भएको रू. ५० लाख बजेटमा समावेश भएको उहाँले बताउनुभयो ।
नगरपालिकाले सार्वजनिक गरेको बजेटमा बुहक्षेत्रीय पोषण कार्यक्रम, गाउँनगर साझेदारी कोषबाट प्राप्त रकम, घरजग्गा रजिष्ट्रेसन, सामाजिक सुरक्षा, नगद मौज्दात ४ करोड र नगद लागत सहभागिता बापतको रू. दुई करोड रहेको उपप्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।
गोरखा नगरपालिकाले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमा कोभिड–१९ को महामारीबाट नगरवासीको जीवन रक्षा र जनजीवन सामान्यीकरण गर्नेतर्फ उच्च प्राथामिकता दिएको छ ।
मकवानपुर, हेटौँडा उपमहानपा
हेटौँडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८÷०७९ को लागि रू. दुई अर्ब ६० करोड १५ लाखको बजेट सार्वजनिक गरेको छ । उपप्रमुख मीनाकुमारी लामाद्वारा बिहीबार नगरसभामा प्रस्तुत बजेटमा पूर्वाधार विकासमा रू. एक अर्ब ३० करोड ४५ लाख, आर्थिक विकासमा रू. १२ करोड ९८ लाख, सामाजिक विकासमा रू. ६३ करोड ९२ लाख, स्वास्थ्य विकासमा रू. आठ करोड ७६ लाख विनियोजित गरिएको छ ।
संस्कृति प्रवद्र्धनमा रू. दुई करोड ३७ लाख, खेलकूद तथा मनोरञ्जनमा रू. तीन करोड ७२ लाख, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणमा रू. तीन करोड ७ लाख, वातावरण तथा विपद् व्यवस्थापनमा रू. पाँच करोड ४४ लाख २२ हजार र संस्थागत विकास सेवा प्रवाह र सुशासनतर्फ रू. एक करोड ९१ लाख बजेट विनियोजन गरिएको छ ।
ललितपुर, गोदावरी
गोदावरी नगरपालिकाले रू. १ अर्ब ८२ करोड पाँच लाखको बजेट पारित गरेको छ । ‘कृषि पूर्वाधार र पर्यटकीय नगरी, समावेशी स्वच्छ र समृद्ध गोदावरी’ भन्ने मूल नारासहित नगरपालिकाका उपप्रमुख मुना अधिकारीले बिहीबार नवौँ नगरसभामार्फत आउँदो आर्थिक वर्ष २०७८÷०७९ को लागि बजेट प्रस्तुत गर्नुभयो । चालु खर्चतर्फ रू. ९३ करोड ४४ लाख २० हजार र पुँजीगत योजनातर्फ रू. ८८ करोड ६१ लाख ४९ हजारको बजेट सर्वसम्मतले पास भएको छ ।
यसैगरी गोदावरीले मुलुकमा फैलिरहेको कोरोना महामारीलाई ध्यानमा राखी वडा नं ५ लेले तथा वडा नं १४ बाँडेगाउँ प्राथमिक स्वास्थ्य केन्द्रमा २०–२० शय्याका अक्सिजनसहित आइसोलेसन कक्ष निर्माण गर्नाका साथै ज्येष्ठ नागरिक तथा गर्भवती र सुत्केरी महिलाका हितमा मल्टीभिटामिन र क्याल्सियमको व्यवस्था पनि गर्ने भएको छ ।
बा¥ह वर्षे गोदावरीका साथै नवदुर्गा मेलाका लागि अक्षयकोष खडा, पर्यटकको प्रभावकारी सत्कारका लागि सञ्चालित होटलमा ग्रीन स्टिकर टाँस्ने व्यवस्था, कक्षा १ मा २५ भन्दा बढी विद्यार्थी भर्ना गराई अन्तिम परीक्षामा सहभागी गराउने प्रत्येक विद्यालयलाई रू. २० हजारका दरले प्रोत्साहन अनुदान दिने भएको छ ।
कञ्चनपुर, भीमदत्त
भीमदत्त नगरपालिकाले आर्थिक वर्ष २०७८÷०७९ का लागि रू. एक अर्ब ५९ करोडको बजेट नगरसभामा प्रस्ताव गरेको छ । ‘सन्तुलित वातावरण, सुशासनसहितको समाजवादउन्मुख नगर, कृषि, पर्यटन तथा प्रविधिमा आधारित अर्थतन्त्र विकासको आधार’ भन्ने नारासहित बिहीबार सुरू भएको नवौँ नगरसभामा नगर उपप्रमुख सुशीला चन्दले नीति, कार्यक्रम र बजेट पेश गर्नुभयो ।
बजेटमा रू. एक अर्ब ११ करोड चालु र रू. ४१ करोड पुँजीगत खर्च गर्ने लक्ष्य राखिएको छ । भीमदत्तले यस वर्ष २५ वर्षे गुरू योजनाको आधारमा नीति, कार्यक्रम र बजेट ल्याएको हो । नगरपालिकाले गत वर्ष रणनीतिक गुरू योजना बनाएको थियो । बजेटमा कोेरोना महामारी नियन्त्रण, रोकथामसहित शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको छ ।
नगरपालिकाका प्रवक्ता हिमालबहादुर चन्दले कोभिड –१९ महामारी नियन्त्रण रोकथामसहित स्वास्थ्य, शिक्षा, कृषिलगायत क्षेत्रलाई प्राथमिकता दिएर बजेट ल्याइएको बताउनुभयो ।
कास्की, अन्नपूर्ण
कास्कीको अन्नपूर्ण गाउँपालिकाले कृषि, पर्यटन तथा पूर्वाधारमा जोड दिदै ७५ करोड २५ लाख रूपैयाँको बजेट सार्वजनिक गरेको छ ।
गाउँपालिकाको आर्थिक वर्ष २०७८÷०७९ को बजेट सार्वजनिक गर्दै गाउँपालिकाका उपाध्यक्ष सगुन गुरूङले कोभिड १९–को महामारी रोकथामसँगै यसका कारण रोजगारी गुमाएकालाई अवसर दिँदै उत्पादन र उत्पादकत्व वृद्धिलाई प्राथमिकतामा राखिएको बताउनुभयो । आव २०७८÷७९ का लागि चालुतर्फ रू. ५३ करोड २० लाख ७८ हजार र पुँजीगततर्फ २२ करोड ४ लाख २२ हजार रूपैयाँ बजेट विनियोजन गरेको छ । विषयगत समितिअन्तर्गत बजेट बाँडफाँट गरिएको जानकारी दिँदै उहाँले पूर्वाधार विकासतर्फ रू. १६ करोड ९६ लाख २२ हजार, आर्थिक विकासतर्फ ४ करोड ४ लाख, सामाजिक विकासतर्फ ४५ करोड ७३ लाख ७८ हजार विनियोजन गरिएको जानकारी दिनुभयो ।
त्यस्तै वन, वातावरण तथा विपद् व्यवस्थापनमा रू. ६३ लाख, सुशासन तथा संस्थागत विकासमा १ करोड ८ लाख र कार्यालय सञ्चालन तथा प्रशासनिकतर्फ ६ करोड ८० लाख रूपैयाँ विनियोजन गरिएको छ ।
हुम्ला, सिमकोट
सिमकोट गाउँपालिकाले आव २०७८।०७९ को नीति तथा कार्यक्रममा जडिबुटी, पर्यटन, जलविद्युत्, स्याउ, ओखर, चिनो, काउनी, आलु, सिमी, फापर, महलगायत फलफूल तथा नगदेबालीको प्रवद्र्धनको लागि पहिलो प्राथमिकता राखेको छ ।
त्यस्तै घरेलु उद्योग विकासलाई प्राथमिकता दिइने छ । पर्यकीयस्थलको पहिचान गरेर १० हजारभन्दा बढी पर्यटक गाउँपालिकामा भित्याइने लक्ष्यसमेत राखिएको छ । पर्यटकीयस्थल खार्पुनाथ र शिव मन्दिर, रलिङ गुम्बा, पञ्चमुखी हिमाल, दूधेदहलगायतमा सडक विस्तार तथा सुधार गर्नमा जोड दिइने छ ।
गाउँपालिकाका उपाध्यक्ष बली रावतले आव २०७८।०७९ को बजेट प्रस्तुत गर्नुभएको थियो । चालुतर्फ ५८.०९ र पुँजीगततर्फ ४१.९ प्रतिशत बजेट प्रस्तुत गरिएको थियो । गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामाले कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी तथा सडक निर्माणमा पहिलो प्राथमिकता दिइने बताउनुभयो ।
कञ्चनपुर, दोधारा चाँदनी नपा
दोधारा चाँदनी नगरपालिकाको सातौँ नगरसभाले आर्थिक वर्ष २०७८÷७९ का लागि रू. ६२ करोड १५ लाख १३ हजारका बजेट विनियोजन गरेको छ ।
पर्यटन प्रवद्र्धन, भौतिक पूर्वाधार निर्माण, आधुनिक कृषि, व्यावसायिक पशुपालन, गरिवी निवारण, नदी नियन्त्रण र आयआर्जनका कार्यक्रमलाई बजेटमा प्राथमिकता दिइएको छ । गुणस्तरीय शिक्षा, स्वास्थ्य, खेलकुदलगायतलाई बजेटमा स्थान दिइएको छ ।
नगरसभामा नीति तथा बजेट कार्यक्रम प्रस्तुत गर्दै नगर उपप्रमुख चिनी गिरीले आयतर्फ वित्तीय समानीकरणमा रू. १३ करोड ४० लाख, शसर्त अनुदानमा रू. १८ करोड ४२ लाख, राजश्व बाँडफाँडमा रू. आठ करोड २४ लाख, समपुरक अनुदानमा रू. २३ लाख, प्रदेश राजश्व बाँडफाँटबाट रू. १९ लाख, प्रदेशबाट वित्तीय समानीकरणमा रू. ९७ लाख रहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *