सदा जनताको हेरचाह र सेवामा तत्पर
चीनको आकाशमा रातो तारा पुस्तकमा लेखक स्नोले चिकपा र चिनियाँ जनताको घनिष्ठ सम्बन्धतिर सङ्केत गर्दै किन र कसरी चिकपाले चीनका बहुसङ्ख्यक किसान र कामदार जनताको समर्थन र साथ हासिल ग¥यो भनी विस्तृत वर्णन गरेका छन् ।
संरा अमेरिकी अखवारको लागि लेखेको एक लेखमा इप्स्टिनले चिकपाले नेतृत्व गरेको आठौं मार्ग सेनाले कसरी जनतासित घनिष्ठ सम्बन्ध कायम गरेको छ र ‘जनतासित सितैमा एउटा सियो र एक टुक्रा धागोसम्म नलिने’ नीति लागू गरेको छ भनी स्पष्ट चर्चा गरेका छन् ।
चिकपाले पूरै हृदयले जनताको सेवा गर्नुलाई नै आफ्नो उद्देश्य मानेको छ । पार्टीले आफ्ना सबै सुख र दुःख जनतासित बाँडेको छ, जनतासित घनिष्ठ सम्बन्ध कायम गरेको छ र जनताको आधारभूत हितहरूको सदैव रक्षा गरेको छ ।
एडगर स्नोले एक समय उत्तरी सान्सी चीनकै सबैभन्दा बढी गरिबीग्रस्त स्थानको रूपमा वर्णन गरेका थिए । आज चिकपा र चीन सरकारको गरिबी निवारण कार्यक्रमको सफलतास्वरूप सान्सीबाट गरिबी उन्मूलन गरिसकिएको छ । चीनले १९७० को दसकमा सुधार र खुलापनको नीतिसँगसँगै थालनी गरेको गरिबी निवारण कार्यक्रमले ७० करोडभन्दा बढी मानिसहरूलाई गरिबीबाट मुक्त गरेर माथि उठाएको छ ।
एक अष्ट्रेलियाली भेडा प्रजनन विशेषज्ञ डेभिड ओस्बर्नले लामो सायअघिदेखि चीनको गरिबी निवारण कार्यक्रममा टेवा दिँदै आएका छन् । विगत केही वर्षकै अवधिमा मात्र ओस्बर्नले चीनको उत्तरपश्चिमी कान्सु प्रान्तको हुवानसियान काउन्टीमा कैयौं पटक पुगेर लामो समय त्यहाँ बिताएर बढीभन्दा बढी भेडा प्रजनन गराउने र हुर्काउने प्रविधिहरू किसानहरूलाई प्रदान गरेका छन् । त्यसबाट पुस्तौंपुस्तादेखि गरिबीको रेखामुनि रहेका त्यहाँका किसानहरूको आम्दानी बढेर अहिले गरिबीमुक्त भएका छन् ।
“चिकपाले दसौँ करोड जनतालाई गरिबीबाट मुक्त गर्ने विचार लिनु नै पनि असाधारण कुरा हो । त्यो सफल पारेर देखाइदिएको पनि छ । यो विश्वकै अद्भूत सफलताहरूमध्ये एक हो”, ओस्बर्नले हरेक स्थितिमा चिकपालाई सहयोग गर्न तयार हुने चिकपा कार्यकर्ताहरूको प्रशंसा गर्दै पार्टीसित कार्यक्रम लागू गर्ने बलियो क्षमता भएको बताए ।
सन् २०२० को अन्तसम्ममा गरिबी उन्मूलन बाँकी रहेका सबै काउन्टीहरूलाई निकै राम्ररी घच्घचाएको छ र विभिन्न कार्यक्रमहरूको माध्यमले गरिबी उन्मूलन गरिएको छ ।
“चिनियाँ कम्युनिस्ट पार्टीले आफ्ना कार्यकर्ताहरूलाई अग्रमोर्चामा राखेर जनताको नेतृत्व ग¥यो र केही पनि असम्भव छैन भनी देखाइदियो”, पेइचिङमा बस्ने डा.हान्स मुलरका छोरा तेहुवा मुलरले भने ।
सुडानका याह्या मुस्तफाले २०१७ मा सम्पन्न चिकपाको राष्ट्रिय महाधिवेशनमा सि चिनफिङको प्रतिवेदनलाई अरबी भाषामा अनुवादमा योगदान गरेका थिए । उनी उक्त प्रतिवेदनमा भएको मूल योजनाबारे चर्चा गर्दै भन्छन् – ‘मध्यमरूपमा समृद्ध समाज’देखि ‘मानवताको साझा भविष्यको लागि एक समुदाय’ सबै सबैले जनताको हितलाई सबैभन्दा माथि राखेका छन् ।
चिकपाको अति विशिष्ट विशेषता भनेकै जनताको हितलाई पहिलो प्राथमिकतामा राख्ने र सधैं जनताको हेरचाह र सेवा गर्ने हो, चीनमा बीस वर्षभन्दा बढी अवधि बसिसकेका मुस्तफाले बताए ।
जनतामा केन्द्रित चिकपाको दर्शनशास्त्र २०२०मा कोभिड–१९ को महामारीको अवधिमा देशव्यापी परिचालनमा पनि देखिएको थियो । चिकपाले आफ्ना सबै सदस्यहरूलाई भाइरसविरूद्धको लडाईँमा सबैभन्दा कठिन र खतरनाक कामको जिम्मा लिएर आ–आफ्नो स्थानमा लडाईँको नेतृत्व लिन आह्वान ग¥यो ।
महामारीकै अवधिमा अफ्रिकी देश ग्याबोनका मुटुरोग विशेषज्ञ जीन क्रिश्चियन एन्जेग्यु चीन आइपुगे र दक्षिणी चीनको क्वाङचाउ सहरमा समुदायमा ज्वरो मापन र सल्लाह प्रदान गर्ने टोलीमा सामेल भएर चिकपा सदस्यहरूसँगै घनिष्ठ भएर काम गरे ।
“त्यो कार्य त्यतिबेला निकै जोखिमपूर्ण थियो तर चिकपाका सदस्यहरूले यसबारे कुनै पनि गुनासो गरेको सुनिएन किनभने तिनीहरू आफ्नो देशलाई प्रेम गर्थे र आफ्ना जनतालाई जोगाउन प्रतिबद्ध थिए”, डा. एन्जेग्युले भने ।
गत वर्षको जून महिनामा जारी गरिएको श्वेतपत्रअनुसार कोरोना भाइरस विरूद्धको लडाइँमा ३ करोड ९० लाख चिकपा सदस्यहरू र कार्यकर्ताहरू अग्रमोर्चामा रहेर काम गरे र तिनीहरूमध्ये करिब ४०० जनाको त्यस क्रममा निधन भयो ।

याह्या मुस्तफा
चीनको महामारी विरूद्धको लडाइँले यस देशमा जनता, पार्टी र सरकारको बीचमा कति धनिष्ठ ऐक्यवद्धता र विश्वास छ भनी प्रदर्शित ग¥यो, जुन विश्वका अरू पुँजीवादी देशहरूमा विरलै देख्न पाइन्छ, मुस्ताफाले भने ।
पार्टीको जनताप्रतिको समर्पणले नै सरकारप्रति जनसमर्थनमा अति धेरै वृद्धि भएको छ । चीनसम्बन्धमा आफ्नो १३ वटा सर्भेमा आधारित गरी संरा अमेरिकाको हार्भड विश्वविद्यालयले प्रकाशित गरेको एक प्रतिवेदनमा चिनियाँ जनतामा चीनको केन्द्रीय सरकारप्रतिको सन्तुष्टि दर ९३ प्रतिशत पुगेको र त्यसको कारण जनताको सेवामा चिनियाँ कम्युनिष्ट पार्टीको सक्रियता नै भएको उल्लेख छ ।
जनतासित सरसल्लाह
इप्स्टिन र मा हाइते पछि समाजवादी प्रजातन्त्रको अभ्यासमा भाग लिँदै चीनको सर्वोच्च राजनीतिक सल्लाहकार सङ्गठन – चिनियाँ जनताको राजनीतिक परामर्शदात्री सम्मेलन राष्ट्रिय समितिको सदस्य बने । उनीहरूले स्वास्थ्य, शिक्षा र अरू क्षेत्रहरूको प्रस्ताव तयार पारे । सन् २०१५ मा सरकारको वार्षिक कार्य प्रतिवेदन तयार गर्नका लागि चीनले पहिलोपटक विदेशी विशेषज्ञहरूको विचारको लागि आह्वान ग¥यो ।
सुडान समाचार संस्थाको लागि १० वर्ष काम गरिसकेका याहिया मुस्तफासित अहिले चीन र चिकपाको कार्य र चीनको जीवनबारे आफ्नै स्वाधीन धारणा बनेको छ ।
“पश्चिममा राजनीतिक पार्टीहरूको लक्ष्य भनेको राजनीतिक सत्ता प्राप्त गर्नु र आफ्नो स्वार्थ पूरा गर्नु हुन्छ । तर, चिनियाँ कम्युनिस्ट पार्टीको लागि सत्ताको अर्थ जनताको सेवा गर्न र जनताको सेवामा केन्द्रित सबै विकासका रणनीतिहरू र योजनाहरू बनाउनु हो”, मुस्तफाले भने ।
क्यानाडेली नागरिक इसाबेल क्रुक र उनकी ब्रिटिश पति डेभिड क्रुकले चिकपाले नेतृत्व गरेको १९४७ को भूमिसुधार योजनाको अध्ययन गरेका थिए । उनीहरूले पछि चीनका लागि ठुलो सङ्ख्यामा विदेशी भाषामा दक्ष चिनियाँहरू तयार गर्नमा मद्दत गरे ।
सन् २०१९मा चीन सरकारले इसाबेल क्रुकसहित अरू पाँच विदेशी मित्रहरूलाई चीनको समाजवादी आधुनिकीकरणमा उनीहरूको योगदानका लागि र विश्व शान्तिको रक्षाका लागि मित्रताको पदकद्वारा विभुषित ग¥यो । आफूहरूले गहिरो रूपमा अनुभव गरेको साझा कुरा भनेको चिकपाले सामान्य नागरिकहरूको परिचालन, व्यापक जनसमुदायद्वारा पार्टीमाथिको निगरानीलाई स्वीकार र जनसमुदायसितै छलफल गर्नु रहेको भनी इसाबेलाका सुपुत्र तथा चिनियाँ औद्योगिक सहकारीको प्रमोसनका लागि अन्तर्राष्ट्रिय समितिका अध्यक्ष माइकल क्रुकले बताए ।

डा. जीन क्रिश्चियन एनजेग्यु (दायाँ)
उनका अनुसार चिकपाले चिनियाँ विशेषतासहितको समाजवादी राजनीतिक प्रणाली सञ्चालनमा दक्षता हासिल गरेको छ र त्यसमा सुधार गर्दै जनताले प्रजातान्त्रिक निर्वाचन, सरसल्लाह, निर्णय निर्माण, व्यवस्थापन र कानुनअनुसार समग्र व्यवस्था सञ्चालनमा सुनिश्चितता गरेको छ ।
चीन र विश्वव्यापीकरण अध्ययन केन्द्रका एक अन्तर्राष्ट्रिय फेलो लाउरेन्स जे. ब्राह्मले पश्चिमा प्रजातन्त्रभन्दा भिन्न रहेको चिनियाँ प्रजातन्त्र जनचेतना निर्माणको प्रणाली रहेको बताए ।
सहयोगको मार्ग
विगत एक सय वर्षमा चिनियाँ कम्युनिस्ट पार्टीले चिनियाँ जनताको हितका लागि र चिनियाँ राष्ट्रको पुनर्जागरणका लागि निकै मेहनतपूर्वक र लगनशील भएर काम ग¥यो । आजको विश्वमा वैश्विक शासनमा चिनियाँ समाधान एक महत्वपूर्ण योगदान साबित भइरहेको छ ।
जापानको आक्रमणविरूद्धको प्रतिरोध लडाईँमा चिकपालाई एक बेलायती नागरिक माइकल लिन्डसेले पनि ठुलो मद्दत गरेका थिए । लिन्डसेले १९३० र १९४० को दशकमा चिनियाँ लालसेनाको लागि रेडियो स्टेशन निर्माणमा सहयोग गर्नुका साथै सामग्री सञ्चालन गर्ने र त्यसलाई सुधार गर्ने तालिम दिएका थिए । सन् १९४४ मा उनले येनानबाट अङ्ग्रेजी भाषामा सिन्ह्वा समाचार संस्थाको रेडियो स्टेशन निर्माणमा सहयोग गरेका थिए । त्यसले गर्दा चिकपाको आवाज प्रशान्त महासागर पारीसम्म पु¥याउन सकिएको थियो ।
“आज चिकपाको आवाज र दृष्टिकोण विश्वव्यापीरूपमा व्यापकरूपमा प्रशारण भइरहेका छन् र त्यसको परिणतिस्वरूप अझ बढी सकारात्मक प्रतिक्रिया र सहयोग आइरहेका छन् । आज चीनले विश्व मामिलामा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । विश्वका विभिन्न समस्या समाधानका लागि शक्तिशाली देशहरूले चीनसित सहकार्य गर्नुपर्छ । वातावरण संरक्षण, जैविक विविधता संरक्षणमा र महामारीको नियन्त्रणमा चीनको भूमिका अझै महत्वपूर्ण हुँदै गएको पाइन्छ”, माइकल लिन्डसेका छोरा र चीनका अर्का मित्र जीम लिन्डसेले भने ।
कोभिड–१९ महामारीले हालसम्म विश्वमा ३८ लाखभन्दा बढी मानिसको ज्यान लिइसकेको छ । कोभिड–१९ पहिलोपटक देखा परिसकेपछि र त्यसको रोकथाम र नियन्त्रण गर्नका लागि चीनले सुरूदेखि नै सक्रिय र स्वार्थरहित भूमिका निर्वाह ग¥यो । कोभिड–१९ रोकथाम र नियन्त्रण गर्नका लागि चीनमा लकडाउन गर्दा अधिकांश पश्चिमा देशका केही राजनीतिज्ञ र सञ्चारमाध्यमले चीनले जनताको स्वतन्त्रताको अधिकार कटौती गरेको र अब चीनको आर्थिक वृद्धि निकै खस्कने दावी गरेका थिए । महामारी समयमै नियन्त्रणमा नआएको भए आर्थिक वृद्धि खस्कने सम्भावना नकार्न सकिन्न र चीन सरकारले जनताको जीवन रक्षाकै लागि बन्दोबस्तसहितको लकडाउन गरेको थियो ।
अहिले चीनले विश्वव्यापीरूपमा फैलिएको महामारीसित लड्नका लागि विश्वका धेरै देशहरूलाई स्वास्थ्य सामग्री, औषधी र कोभिडविरूद्धको खोप सहयोग गरिरहेको छ । चीनको सहायताकै कारण कोभिड–१९ खोप वैश्विक सार्वजनिक वस्तुुसरह बनेको छ ।
चीनका यस्ता जोडहरू चिकपाको ‘मानवताको साझा भविष्यको समुदाय हो’ भन्ने दृष्टिकोणकै कारण सम्भव भएको हो । आज कोभिड–१९ को महामारीविरूद्धको लडाइँको क्रममा चीनको उक्त दृष्टिकोणले व्यापक मान्यता पाइसकेको छ ।
विश्वका १३८ देश र ३१ वटा अन्तर्राष्ट्रिय सङ्गठनहरूले बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) अन्तर्गत चीनसित सरसहयोगको सम्झौतामा हस्ताक्षर गरिसकेका छन् । बीआरआईको लक्ष्य भनेको प्राचीन रेशम मार्गसित जोडिएका र नजोडिएका देशहरूसित चीनको यातायात सम्बन्ध जोड्न, दुई पक्षीय र बहुपक्षीय व्यापार विस्तार गर्न र वित्तीय तथा प्राविधिक सहयोग आदानप्रदान गर्नका लागि नीति निर्माण गर्न जोड दिनु रहेको छ । बीआरआई विश्वकै सबैभन्दा ठुलो सहयोगको मञ्च र महत्वपूर्ण सार्वजनिक उत्पादन बनिसकेको छ ।
एक ब्रिटिश नागरिक डेभिड फर्गुसन २००६ मा चीनमा आए । उनी अहिले चीनको विदेशी भाषा प्रकाशन प्रशासनमा अङ्ग्रेजी भाषाको वरिष्ठ सम्पादक रहेका छन् । उनले सि चिनफिङ ः चीनको शासन पुस्तकको सम्पादन तथा कैयौं सरकारी श्वेत पत्रको सम्पादनमा पनि योगदान गरे । बीआरआईबारे चिनियाँ राष्ट्राध्यक्ष सि चिनफिङको मन्तव्यहरूको सङ्कलनको अङ्ग्रेजी अनुवादपछि त्यस पुस्तकले विश्वलाई बीआरआईबारे बुझ्ने महत्वपूर्ण सन्दर्भ ग्रन्थ मिल्ने तथा विश्वव्यापीकरण, शान्ति, स्थिरता, समृद्धि र विकासको नयाँ मार्ग मिल्ने विश्वास फर्गुसनले व्यक्त गरे ।
मुस्तफाले उल्लेख गरे, “मानवताको साझा भविष्यका लागि समुदाय भन्ने दृष्टिकोणको जरा परम्परागत चिनियाँ संस्कृतिमै रहेको छ । त्यसले मानव जातिले आफ्ना सुख र दुःख एक आपसमा बाँडचुड गर्नुपर्नेमा जोड दिन्छ । चीनले आफ्नो विकासलाई मात्र अगाडि बढाइरहेको छैन बरू आफूलाई अन्तर्राष्ट्रिय समुदायसित एकाकार गर्दै आफ्नो उपलब्धिको अंश अरूलाई पनि बाँडिरहेको छ ।”
सन् २०१९ मा रेड स्टार ओभर चाइना (चीनको आकाशमा रातो तारा) सिनेमा चीनमा देखाइयो । त्यसवर्ष एड्गर स्नोको पुस्तक रेड स्टार ओभर चाइना (चीनको आकाशमा रातो तारा) पनि चीन र विश्वव्यापी रूपमै निकै प्रति बिक्यो र लोकप्रिय बन्यो ।
सन् १९३७ मा स्नोले आफ्नो पुस्तकमा वर्णन गरेको स्थितिभन्दा चीन धेरै अगाडि बढिसक्यो । चिकपाले चिनियाँ जनतालाई चिनियाँ राष्ट्रको पुनर्जागरण तर्फ नेतृत्व गर्दै इतिहासमा नयाँ नयाँ अध्याय थप्दै विश्व समुदायसित हातेमालो गर्दै मानवताको साझा भविष्यका लागि समुदाय निर्माणमा अगाडि बढिरहेको छ ।
समाप्त
Foreign friends reflect on CPC’s success over past century) – Xinhua
अनुवाद ः प्रकाश
स्रोत: सिन्ह्वा
Leave a Reply