आणविक निरीक्षणमा इरानको अडान
- असार ९, २०८३
आगामी जुलाई १ मा चिनियाँ कम्युनिस्ट पार्टी (चिकपा) को १०० औँ स्थापना दिवस मनाउन सिङ्गो चीन कम्मर कसेर लागेको छ । १०० औँ स्थापना दिवस मनाउँदै गर्दा चिकपाले हासिल गरेका धेरै उपलब्धिमध्ये जो कसैको आँखा पर्ने एउटा पक्ष आर्थिक चमत्कार पनि हो । जनवादी गणतन्त्र चीन स्थापनाताका चीन पिछडिएको कृषिमा आधारित अर्थतन्त्र थियो । आज चीन संसारकै आर्थिक र प्राविधिक शक्तिगृह बनेको छ । चिकपाको नेतृत्वमा चीनले हासिल गरेको यो आर्थिक सफलताको कथा यो शताब्दीकै सफलताको कथा बनेको छ । चीनको यो सफलताप्रति संसार नतमस्तक छ ।
चीनको यो चामत्कारिक उपलब्धिको रहस्यबारे संसारभर चर्को बहस भइरहेको छ । यो लेखमा ती रहस्यका पन्तरो फुकाउने प्रयत्न गरिएको छ ।
जनवादी गणतन्त्र चीन अहिले ७० वर्षमा प्रवेश गर्दै छ । उसको जन्म एउटा गरिब ग्रामीण परिवारमा भएको थियो । त्यो परिवारको प्रतिव्यक्ति खर्च गर्नसक्ने आम्दानी ५० युआन (७.८० अमेरिकी डलर) भन्दा न्यून थियो । तर, सन् २०२० मा आइपुग्दा त्यो परिवारको प्रतिव्यक्ति खर्च गर्नसक्ने आम्दानी ३२ हजार युआन पुगेको छ । अर्थात्, चीनको प्रतिव्यक्ति खर्च गर्न सकिने आम्दानीको दर ६४० गुणाले बढेको छ । तर, चीनको सफलता त्यत्तिमा मात्र सीमित छैन । आज ऊ सबैजसो पक्षमा विश्वकै प्रमुख शक्ति बनेको छ । अनि, यसले यी सबै सफलता निकै छोटो समय र अभूतपूर्व बाटोमा हिंडेर हासिल गरेको छ ।
चिकपाले हासिल गरेका आर्थिक सफलताका रहस्य के हुन् ?
यो प्रश्नको उत्तर खोज्ने क्रममा ‘द ग्लोबल टाइम्स’ ले विभिन्न अक्करिलो समयमा चिकपाको आर्थिक नीति निर्माणबारे बृहत् अध्ययन गरेको छ । उसले धेरै जना चीनकै र विदेशका विज्ञहरूसँग अन्तर्वार्ता लिएको छ । त्यसबाट चीनको आर्थिक सफलताको पछाडि चार वटा प्रमुख कारण भएको ठम्याएको छ ।
फराकिलो योजना, प्रभावकारी कार्यान्वयन
“पञ्चवर्षीय योजना चीनको अर्थतन्त्रलाई संसारकै दोस्रो स्थानमा पु¥याउने प्रमुख औजार हो । पञ्चवर्षीय योजनाको प्रणाली अर्थतन्त्रको कुन क्षेत्रमा जोड दिने भन्ने कुरो निक्र्योल गर्ने प्रभावकारी र भरपर्दो प्रणाली हो । यो प्रणालीमार्फत हामीले अर्थतन्त्रले कसरी काम गर्छ भन्ने कुराको पूर्वानुमान गर्नसक्छौँ । अनि काम गर्ने सिलसिलामा कहीँ अप्ठ्यारो भए, मिलाउन पनि सक्छौँ”, जोहान्सवर्ग विश्वविद्यालयको अफ्रिका–चीन अध्ययन केन्द्रका निर्देशक डेभिड मोनेले भने ।
चीनमा सन् १९५० दशकबाट पञ्चवर्षीय योजनाको प्रणाली सुरु भएको थियो । त्यसयता १४ वटा पञ्चवर्षीय योजना लागु भइसकेका छन् । चीनको आर्थिक नीतिमा उल्लेखनीय हेरफेर अनि सामाजिक एवम् आर्थिक विकास अघि बढाउन ती हरेक पञ्चवर्षीय योजनाले उल्लेखनीय भूमिका खेलेका छन् ।
पहिलो पञ्चवर्षीय योजना सन् १९५३ मा लागु भएको थियो । त्यसमा चीनको औद्योगिकीकरण गर्ने योजना अघि सारिएको थियो । उक्त पञ्चवर्षीय योजनाले ६० वर्षभन्दा लामो यात्राको लागि आर्थिक आधार तयार ग¥यो । हरेक पाँच वर्षमा ती आर्थिक आधारको जीर्णोद्धार हुँदै आएको छ ।
“चीन पश्चिमा लेस्सेज–फेरे पुँजीवादभन्दा भिन्न बाटोमा अघि बढ्यो । अर्थात् ऊ तथाकथित बजारीकरणभन्दा फरक बाटोमा हिँड्यो । त्यसैले पश्चिमको तुलनामा चीनले संस्थागत प्रगतिमा फड्को मार्न सक्यो”, तियानजिन वित्त तथा अर्थतन्त्र विश्वविद्यालयअन्तर्गत माक्र्सवाद कलेजका डीन कोङ यीले भने । उनले अल्पकालीन योजनालाई मध्यम र दीर्घकालीन योजनामा एकीकरण गर्ने रणनीतिक विकास योजना तर्जुमा गर्ने चिकपाको सशक्त क्षमताको पनि चर्चा गरे ।
चीनले सुरुमा सोभियत सङ्घबाट पञ्चवर्षीय योजनाको अनुभव सिकेको थियो । तर, चिकपाले केही समयमा नै सोभियत ढाँचाका सीमितताको बोध ग¥यो । त्यसका कमजोरी र गल्तीहरू पनि देखिए । त्यसपछि चीनले आफ्नो राष्ट्रिय परिस्थितिमा मिल्दोजुल्दो समाजवाद निर्माणको बाटो स्वतन्त्ररूपमा खोज्ने निधो ग¥यो । त्यसरी बनाइएका पञ्चवर्षीय योजनाको विशेष प्राथमिकताका साथ प्रभावकारी कार्यान्वयन हुँदै गएपछि ती योजनाहरू एकपछि अर्को कोशेढुङ्गा बन्दै गए ।
सन् १९८७ मा चिकपाको १३ औँ महाधिवेशन भयो । त्यसबाट तीनपाइले विकासको रणनीतिक खाका पारित गरियो । त्यसमा सन् १९८१ देखि १९९० को अवधिमा चीनको कुल गार्हस्थ राष्ट्रिय उत्पादन (जीएनपी) दोब्बर गुणाले बढाउने, अनि २० औँ शताब्दीको अन्त्यसम्ममा पुनः जीएनपी दोब्बर दरमा बढाउने अनि एक्काइसौँ शताब्दीको मध्यसम्ममा चीनको प्रतिव्यक्ति जीएनपी मध्यमरूपले विकसित देशको तहमा पु¥याउने टुङ्गो लगाइयो ।
सन् १९७८ मा चीनमा लागु भएको सुधार र खुलापनयता अभूतपूर्व सुधारका कार्यक्रमको प्रभावकारी कार्यान्वयनपछि बीसौँ शताब्दीको अन्त्य अर्थात् सन् १९९९ सम्ममा जीएनपी दोब्बर दरले बढाउने योजना आठौँ पञ्चवर्षीय योजना (१९९१–९५) मा नै हासिल भयो । तोकिएको समय सीमाभन्दा पाँच वर्षअघि नै त्यो लक्ष्य हासिल भयो ।
त्यसपछिको अर्को कोशेढुङ्गा थियो–सन् १९९३ को नोभेम्बरमा सम्पन्न चौधौँ चिकपा केन्द्रीय समितिको तेस्रो विस्तारित बैठक । बैठकले समाजवादी बजार आर्थिक प्रणाली स्थापनाका निश्चित विषयमा निर्णय गरेको थियो । नवौँ पञ्चवर्षीय योजना (१९९६–२०००) को निदृष्ट बाटोअनुसार सन् २००० मा चीन योजनाबद्ध अर्थतन्त्रबाट समाजवादी बजार अर्थतन्त्रमा फड्को मा¥यो । सन् २००१ को डिसेम्बरमा विश्व व्यापार सङ्गठनमा प्रवेश गर्न त्यो एउटा आधार बन्यो ।
तोकिएको योजनाअगावै पूरा भएपछि सन् २०२० मा आएर मात्र ते¥हौँ पञ्चवर्षीय योजना समापन घोषणा गरियो । यो पञ्चवर्षीय योजनाको प्रभावकारिताको पछिल्लो प्रमाण हो ।
“पञ्चवर्षीय योजनाको प्रमुख विशेषता भनेको उच्च तहको योजना निर्माण हो । त्यस्तो योजना समग्र, बृहत्ताकार, अग्रगामी, अपेक्षामुखी र बाध्यकारी हुने गर्छ”, चिनियाँ सामाजिक विज्ञान अध्ययन प्रतिष्ठानअन्तर्गत अर्थशास्त्र विभागको चिनियाँ आधुनिक आर्थिक इतिहास अध्ययन केन्द्रका निर्देशक चाओ स्युचिनले भने ।
आज चीनको पञ्चवर्षीय योजना संसारभर गम्भीरतापूर्वक अध्ययन गरिने नीतिगत दस्तावेज बन्ने गरेको छ । चीनको आर्थिक नीति र विकास लक्ष्यलाई चियाउने त्यो आँखीझ्याल बनेको छ ।
यो वर्ष संसारको ध्यान सन् २०२५ मा सम्पन्न हुने चौधौँ पञ्चवर्षीय योजनामा केन्द्रित थियो । चीनले सङ्कल्प गरेको दोस्रो शताब्दी लक्ष्य पूरा गर्न चौधौँ पञ्चवर्षीय योजना नै प्रमुख बाटो हो । जनवादी गणतन्त्र चीन स्थापनाको १०० औँ वर्षमा चीनलाई आधुनिक समाजवादी शक्ति बनाउने चीनको दोस्रो शताब्दी लक्ष्य हो ।
तथ्यबाट सत्यको खोजी
योजनाअनुसार चीनको अर्थतन्त्र समग्रतामा चुस्त गतिमा अघि बढे पनि बितेका दशकहरूमा चिनियाँ अर्थतन्त्र जटिलता र कमजोरीबाट मुक्त हुनसकेको थिएन । सुरुमा बजारका नियमविपरीत गरिएका केही निर्णय र नीतिदेखि ‘सङ्कटको दशक’, केही निश्चित समयावधि बृहत् र तीव्र गतिको वृृद्धि गर्ने दृष्टिहीन गतिविधि आदि केही त्यस्ता कमी कमजोरी थिए ।
यस्ता कमी–कमजोरीलाई पार लगाउन चिकपाले ‘तथ्यबाट सत्य खोज्ने’ क्षमता प्रदर्शन ग¥यो । यो शब्दावलीले समस्याको चुरो पत्ता लगाउन पार्टीको लचकता र वस्तुगतरूपमा समस्या औँल्याउने क्षमता प्रतिबिम्बित गर्ने विज्ञहरू बताउँछन् ।
बृहत् अग्रगामी फड्कोको युग (द ग्रेट फर्वार्ड एरा) मा आएका सङ्कट सामना गर्दा ताका पार्टीले यो क्षमता प्रदर्शन गरेको थियो । बृहत् अग्रगामी फड्कोको युगमा तीन वर्षको प्राकृतिक विपत्ति (१९५९–६१) र चीन–सोभियत सङ्घ सम्बन्धमा विच्छेद एकैबाजी परेको थियो ।
त्यत्तिबेला चीनभरि उत्पादनसम्बन्धी अतिरञ्जनाका ठुलठुला कुरा हुन्थे । जस्तै ‘भूउपग्रह प्रक्षेपण’ को कुरा । गहुँ, धान, स्पात आदिको उत्पादनबारे धेरै अतिरञ्जनापूर्ण झूटा प्रतिवेदनहरू तयार हुन्थे । त्यत्तिबेलाको गरिब अर्थतन्त्रलाई आधुनिक कम्युनिस्ट समाजमा रूपान्तरण गर्न तीप्र औद्योगिकीकरणको लक्ष्यका साथ भएका आर्थिक र सामाजिक अभियानले अर्थतन्त्रलाई सही दिशामा डो¥याउन सकेको थिएन ।
सत्यप्रति आँखा चिम्लिनुको सट्टा चिकपा केन्द्रीय समितिले सन् १९६० को नोेभेम्बरमा एउटा आकस्मिक निर्देशनपत्र जारी गरी त्यस्ता सबै गलत निर्णय र प्रवृत्ति सच्याउन अधिकतम प्रयास गर्न आग्र्रह ग¥यो । सन् १९६१ को जनवरीमा आयोजित पार्टीको विस्तारित बैठकले आर्थिक समायोजन नीति कार्यान्वयनमा लाने निर्णय ग¥यो ।
सन् १९६५ को अन्त्यमा अर्थतन्त्र समायोजनको दिशामा अघि बढ्दा र तेस्रो पञ्चवर्षीय योजना सुरु हुन लाग्दा सांस्कृतिक क्रान्ति सुरु भयो । त्यसले सन् १९७६ सम्म चीनलाई ‘दस वर्षको महाविपत्ति’मा धकेल्यो ।
सन् १९७७ को अगस्टमा चिकपाको एघारौँ महाधिवेशन भयो । महाधिवेशनले सांस्कृतिक क्रान्ति अन्त्यको घोषणा ग¥यो । चीनलाई समाजवादी आधुनिक शक्ति बनाउने पार्टीको प्रमुख काम भएकोमा महाधिवेशनले जोड दियो ।
“चिकपासँग आत्मसमीक्षाको बलियो संरचना छ । पार्टीको प्रजातान्त्रिक प्रणालीभित्रबाट त्यस्तो क्षमता प्राप्त हुन्छ । आत्मसमीक्षाको त्यो संरचना मुख्यतः जनताको हितको खोजी र राष्ट्र पुनःजागरणको भावनामा आधारित हुन्छ”, चाओले भने ।
चिनियाँ अर्थतन्त्रको लचकताको कारण सन् १९९७–९८ को एसियाली वित्तीय सङ्कट, सन् २००८ को विश्वव्यापी वित्तीय सङ्कट र कोभिड–१९ महामारीजस्ता विभिन्न चुनौती र सङ्कटलाई पराजित गर्दै सत्यको खोजी चालु राखियो ।
सङ्कटको सामना गर्न चिकपा तथ्यबाट सत्यको खोजी गर्न सक्षम छ र लचिलो पनि छ । कुनै पनि पूर्वाग्रह र वैचारिक पक्षपातबाट मुक्त पनि छ । त्यसले चिकपालाई जरा तहसम्म खोज र अनुसन्धान गर्न उत्साहित बनाउने गरेको चाओले बताए ।
अर्को एउटा ज्यादै सान्दर्भिक र पछिल्लो घटना । पार्टीले कुल गार्हस्थ उत्पादन (जीडीपी) मा वृद्धिलाई अस्वस्थ मापन भन्दै त्यसको प्रयोगलाई बिदावारी गरेको छ । यसअघि जीडीपीलाई सरकारका गतिविधिको मूल्याङ्कन गर्ने प्रमुख वा एकमात्र आधार मानिन्थ्यो । अब सरकारले वातावरण र आर्थिक असन्तुलनको मूल्यमा उच्च जीडीपीको कुनै अर्थ नहुने निष्कर्ष निकालेको छ ।
उदाहरणको लागि सन् २०१४ को अगस्टमा पूर्वी चीनको फुजियान प्रान्तले ३४ वटा काउन्टी र नगरमा जीडीपीको तथ्याङ्क नै निकाल्न बन्द ग¥यो । बरु कृषि र पर्यावरण संरक्षणलाई प्राथमिकतामा राखेर मूल्याङ्कन गर्ने पद्धति कार्यान्वयनमा ल्यायो ।
सुधार र खुलापन
चिकपाले आफ्ना गल्ती सच्याउँदै गर्दा उसले वैज्ञानिक नीतिहरू पनि दिगो र तीव्रगतिमा कार्यान्वयनमा लगिरहेको थियो । चिकपाको आर्थिक सफलताको यो अर्को आधार हो ।
सन् १९७८ को डिसेम्बरमा भएको एघारौँ चिकपा केन्द्रीय समितिको तेस्रो विस्तारित बैठकले अर्थतन्त्रमा सुधार र खुलापन ल्याउने निर्णय ग¥यो । त्यसकारण, त्यो विस्तारित बैठकलाई कोशेढुङ्गा मानिएको हो । सुधार र खुलापन नीति लागु भएको चालीस वर्ष बितिसकेको छ । वर्गसङ्घर्षमा आधारित पार्टीले अब आर्थिक निर्माणलाई प्राथमिकतामा राखेको छ ।
पुँजीवादी पुनःस्थापनाको भय बोकेका जनताले त्यो निर्णयको विरोध गरेका थिए । विश्वको लागि चीन खुला गर्दा नयाँ चीनको सपना अधुरो हुने जनभावना थियो । संसारमा अर्थतन्त्र तथा विज्ञान र प्रविधिमा भएको विकासलाई नजिकबाट अध्ययन गरेका देङ स्याओपिङले खुलापनको नीति अघि बढाए । सङ्कोच र सङ्कीर्णता त्यागेर उनले त्यो नीति अघि सारेका थिए ।
सन् १९८२ को सुरुमा सेनचेनको शिको औद्योगिक क्षेत्रमा केही विदेशी प्रबन्धक भर्ती गरेको विषयमा आलोचना भयो । देङले यो कुरा सुनेपछि तत्काल विदेशी प्रबन्धकलाई भर्ती गरेको निर्णयको कदर गरे । उनले विदेशीलाई ल्याएर प्रबन्धक बनाउनु ठीक भएको र यो देशद्रोही काम नभएको बताए ।
राज्यनियन्त्रित उद्योगमा सुधारको काम अर्थतन्त्र उकास्ने चीनको प्रतिबद्ध अवधारणाको प्रभावकारी कदम बन्यो ।
सन् १९८७ मा राज्य नियन्त्रित ८० प्रतिशत उद्योगलाई विभिन्न किसिमका व्यवस्थापन ठेकेदारी प्रणालीमा लगियो । केही उद्योगलाई शेयरधनी प्रणालीमा लगियो ।
सन् १९६६ को पहिलो चौमासिकमा चीनका ६८ हजार ८ सय राज्यनियन्त्रित उद्योगले जनगणतन्त्र चीन स्थापना भए यता पहिलो पटक खुद घाटाको अनुभव गरे ।
दुःखले सुख दिन्छ । सन् १९८९ देखि २००१ मा राज्यनियन्त्रित उद्योगको सङ्ख्या १ लाख २ हजार ३ सयबाट ४६ हजार ८ सयमा झ¥यो । उनीहरूको औद्योगिक अभिवृद्धि मूल्य १४ खर्ब ७० अर्ब युआनबाट ३८ शङ्ख ५० खर्बमा उकासियो । वार्षिकरूपमा ११.६७ प्रतिशतले उनीहरूको औद्योगिक मूल्य बढ्यो ।
अघिल्ला दशकमा भएका ठुला सफलताबीच कठिनाइ र प्रतिकूलताले सुधार र खुलापनप्रति चीनको प्रतिबद्धतामा कुनै तलमाथि भएन । चीन आज पनि त्यही नीतिमा अघि बढिरहेको छ ।
सुधार र खुलापनतिरको फाइदाजनक बाटोमा अझ पनि असङ्ख्य काँडा छन् । वैचारिक मुक्ति र आर्थिक लाभकारी अनुसन्धानको लागि चीनले यो बाटो पछ्याएको थियो । बहुक्षेत्रमा दिगो मुक्तिको लागि अझ सघन सुधारको खाँचो थियो । चीन त्यतातिर अघि बढ्यो ।
सन् २०२० मा चीनले संसारकै सबभन्दा धेरै विदेशी लगानी हुने देशको ठाउँ संरा अमेरिकाबाट खोस्यो । सन् २०२१ को सुरुका पाँच महिनामा मात्र चीनले १८ हजार ४९७ वटा विदेशी लगानी भएका कम्पनीलाई आकर्षित गर्न सफल भयो र ४ खर्ब ८१ अर्ब युआन बराबरको वैदेशिक पुँजी भित्याउन सफल भयो ।
आत्मनिर्भर र अनुसन्धानमुखी
यद्यपि, बाह्य विश्वको निम्ति बढ्दो खुकुलोपनाको अर्थ चीनको राष्ट्रिय र आर्थिक सुरक्षामा गम्भीर खतरा कम भएको भने होइन । चिकपाका सुरुका नेताहरूदेखि नै खाद्य र प्रविधिजस्ता क्षेत्रमा आत्मनिर्भरतालाई आफ्नो पहिलो प्राथमिकता बनाउँदै आएका छन् । चिकपाको सफलताको निम्ति यो अर्को आधार हो ।
विकासमा आत्मनिर्भरताको प्रारम्भिक सङ्केतको रूपमा सन् १९६४ सम्ममा चीन प्रमुख औजार र ज्यावलमा ९० प्रतिशतले आत्मनिर्भर बन्यो । दाछिङ तेल खानीको निर्माण सम्पन्न भएपछि र शिङ्ली र दागाङका तेलखानी बन्दै गर्दा सन् १९६५ सम्ममा चीन तेलमा पूर्णतः आत्मनिर्भर भइसकेको थियो ।
त्यसयता प्राविधिक अनुसन्धानलगायत धेरै क्षेत्रमा आत्मनिर्भरको प्रयास कहिल्यै रोकिएन । चीनलाई विश्वका धेरै प्राविधिक क्षेत्रमा नेतृत्वदायी स्थानमा अघि बढाउने प्रयास जारी छ । फात्जीदेखि उच्च गतिको रेलसम्म, नयाँ ऊर्जा सवारी साधनदेखि अन्तरीक्ष अनुसन्धान प्रविधिसम्ममा चीन आत्मनिर्भरताको बाटोमा अघि बढिरहेको छ ।
लङमार्च–२ एफवाई १२ नामको रकेट वाहकमा शेनचाओ–१२ नामको मानवसहितको अन्तरीक्षयानको सफलतापूर्वक प्रक्षेपणपछि गएको साता मात्र चीनले आफ्नो पहिलो स्वचालित तीव्र गतिवान मानिससहितको अन्तरीक्षयान चीनको अन्तरीक्ष कक्षमा अवतरण गराएको छ ।
प्रविधि क्षेत्रमा चीनले हासिल गरेका उपलब्धिले संरा अमेरिकाको पेट पोलेको छ । दसकौंसम्म अमेरिकाले अन्तरीक्षमा आफ्नो एकछत्र चलाउँदै आएको थियो ।
चिकपाले आत्मनिर्भरता र अनुसन्धानमुखी रणनीतिलाई जोड दिंदै आएको छ । चीनको उदयलाई रोक्ने संरा अमेरिकी अथक प्रयासको कारण अमेरिकाको निर्मम व्यवहारको सामना गर्न चिनियाँ जनता अझ मिहिनेत गरिरहेका छन् ।
संरा अमेरिकाले घेराबन्दी थाल्नुअघि नै सन् २०१७ को अक्टोबरमा सम्पन्न चिकपाको १९ औँ महाधिवेशनमा चीनले आत्मनिर्भरता र प्राविधिक अनुसन्धानलाई जोड दिएको थियो । त्यही सम्मेलनबाट चीनमा समाजवादी युगको घोषणा गरिएको थियो । पार्टीको अठारौँ महाधिवेशनले अनुसन्धानमुखी विकास रणनीति तर्जुमा गरेको थियो । त्यसयता विभिन्न बैठक र उच्च नीतिगत दस्तावेजमा चिकपाले सेमिकन्डक्टरदेखि कृषि बिजनसम्मको प्रभावकारितामा धेरै काम गर्दै आएको छ ।
“चीन–संरा अमेरिकी शत्रुता बढ्दै गर्दा चीनले उच्च प्रविधिमा निषेध, आपूर्ति सञ्जालमा अवरोध वा थप व्यापार विवाद सामना गर्नुपर्ने हुनसक्छ । चीनले यस्तो बेला आफ्नो व्यापारमा ध्यान केन्द्रित गर्नुपर्छ र प्रमुख प्रविधि, सामग्री, कच्चापदार्थ र सफ्टवेयर डिजाइनका प्रतिकूलता समाधान गर्न जोड दिनुपर्छ । यी कुरा प्रायशः पश्चिमाहरूको नियन्त्रणमा छन् । त्यसबाहेक चीनले विकास र सुरक्षामा समन्वय गर्नुपर्छ”, चाओले भने ।
चीन अब पहिलेजस्तै पिछडिएको देश रहेन । सात दशकसम्म चीन युद्धग्रस्त देश रह्यो । अब चीन त्यस्तो देश होइन । यी चुनौतीहरूबीच घरभित्र र बाहिर चीनसामु धेरै चुनौती र जोखिम बढ्दो छ । चिकपाका प्रतिबद्ध नेता र उनीहरूको सफल प्रमाणित भएका आर्थिक नीतिले आगामी दशक आधुनिक समाजवादी शक्ति बनाउने फराकिलो विकास लक्ष्यको निम्ति चीनलाई अहिले उपयुक्त स्थानमा पु¥याएको विश्लेषकहरूको भनाइ छ ।
स्रोतः द ग्लोबल टाइम्स
नेपाली अनुवादः सुशिला
Leave a Reply