शान्ति स्थापना गर्न ‘ग्रेटर इजरायल’ लाई रोक !
- असार ११, २०८३
सिड्नी, २८ जून । ग्रेटर सिड्नीका परिवारको लागि यसै सातादेखि विद्यालयहरूमा सुरू हुने बिदा लामो समयको प्रतीक्षापछिको बिदा हुनुपर्ने थियो । तथापि, कोभिड–१९ को अनपेक्षित लकडाउनको कारण सबै कुरा सोचेजस्तो भएन ।
स्थानीयरूपमा कोभिड–१९ को सङ्क्रमण बढेसँगै ग्रेटर सिड्नी र वरपरका क्षेत्रमा जुलाई ९ को मध्यरातसम्म दुई साताको लागि लकडाउन घोषणा भएको छ । ठीक यही अवधिमा विद्यालयहरूमा बिदाको समय थियो ।
“आगामी दुई साताको लागि तपाईंहरू बाहिर गएर व्यायाममात्र गर्न पाउनुहुनेछ । विद्यालयहरूमा पनि बिदा हुने भएकोले व्यायामको समयबाहेक तपाईंहरू बाहिर निस्कन पाउनुहुनेछैन । यसरी जम्मा हुँदा पनि दस जनाभन्दा बढी एकै ठाउँमा बस्न पाउनुहुनेछैन”, न्यू साउथ वेल्स स्टेटका प्रधानमन्त्री ग्लाडिस बेरेजिकलियनले भने ।
ग्रेटर सिड्नी वरपर बस्ने परिवारको निम्ति यी दुई साता घरमै बस्नुपर्ने भएको छ । उनीहरूले आफ्ना सबै पूर्वतयारी गरिएका यात्राका योजना स्थगित गर्नुपर्नेछन् । राजधानी क्यानबेरामा चार दिनको बिदा मनाउने र नजिकैको स्की मैदानमा स्की खेल खेल्न जान पनि रोकिनुपर्ने भएको छ ।
“हाम्रो लागि यसको अर्थ केटाकेटीको लागि कम समय दिनुहुनेछ । मेरी श्रीमती स्वास्थ्य क्षेत्रमा काम गर्छिन् । उनी अनकल सेवामा रहनेछिन् । म घरमै बसेर काम गर्नेछु”, आफ्नो नाम बताउन नचाहने एउटा परिवारका बुबाले भने ।
सिड्नी वरपरका धेरै परिवारजस्तै यो लकडाउनको अर्थ पनि आफ्नो परिवारका अन्य सदस्यसँग भेटघाटबाट वञ्चित हुनुहुनेछ ।
“हाम्रो सबभन्दा ठुलो तनाव भनेको हाम्रा बाजे बज्यैलाई भेट्न जान नपाउनु हो । हामीले केटाकेटीलाई लिएर हजुरआमा–बुबालाई भेट्न जाने योजना बनाएका थियौँ”, उनले भने ।
“यो पटकको लकडाउन अघिल्लो लकडाउन जस्तो कडा खालको छैन । हामी कम्तीमा पार्कसम्म जानसक्छौँ”, उनले भने ।
सिड्नीको पश्चिमस्थित ब्लु माउन्टेन्समा आफ्नी श्रीमती र पाँच वर्षका दुई छोरीहरूसित बस्ने त्रिस्तानले पनि अहिलेको लकडाउनबारे आफ्नो अनुभव साटे ।
“सबभन्दा गा¥हो कुरा त छोरीहरूलाई पहिले नै योजना बनाइसकेको घुम्न जाने योजनामा अब जान नसक्ने कुराभन्दा भएको थियो । उनीहरू ज्यादै खुसी भएका थिए । तर, हामीले उनीहरूलाई सम्झाउनुपरेको थियो र भाइरस फेरि फर्किएको कुरा भन्नुपरेको थियो”, उनले भने ।
यो परिवारको लागि अर्को चुनौती भनेको यो अवधिमा घरमै बसेर काम गर्नु हो । त्यसको अर्थ केटाकेटीलाई उनीहरूको आमा कतिबेला व्यस्त छिन् भन्ने कुरा विद्युत्तीयरूपमा जानकारी गराउनुहुनेछ ।
“हामीले केही सीपमूलक काम ग¥यौँ । कागजमा ट्राफिक लाइट बनायौँ । हामी सबै उनीहरूका आमाको कोठाको ढोकामा बसिरह्यौँ । उनीहरूको लागि निश्चित तर कडा खालको नियम बनाइएको छ । कतिबेला आमाको कोठामा जाने भन्ने कुराको सङ्केत कागजमा बनाइएको ट्राफिक बत्तीले गर्ने व्यवस्था मिलाएका छौँ । जस्तो रातो रङ देखिन्छ भने भित्र जान नहुने, पहेँलोका अर्थ सोधेरमात्र भित्र जान पाउने र हरियो देखिए भित्र जान पाउने सङ्केत व्यवस्था गरिएको छ”, उनले भने ।
“लकडाउनले पक्कै पनि तनाव बढाएको छ । दिनैभरि केटाकेटी घरमा बस्ना तनाव बढ्नु स्वाभाविक हो”,उनले भने ।
“हामी पालैपालो केटाकेटीहरूसँग बस्ने गरेका छौँ । सबभन्दा गा¥हो समय भनेको टीभी हेर्ने समय हुने गरेको छ । उनीहरू प्रायशः टेलिभिजनको पर्दामै झुन्डिएर बस्न रूचाउँछन्”, त्रिस्तानले भने ।
१५ र १६ वर्षका दुई छोराका आमा लिसाले स–साना नानीबाबु भएको घर परिवारमा भन्दा हुर्केका केटाकेटी भएको घरमा अझ कठिन हुने गर्छ । किनभने, किशोरकिशोरीहरू आफ्ना साथीहरूसँग बस्न रूचाउने उनको भनाइ छ ।
उनको परिवारले सिड्नीको उत्तरमा रहेको पोर्ट मेकक्वारेमा माछा मार्न जाने योजना स्थगित गरेको छ । उनीहरूले आफ्नो जेठो छोराको जन्म दिवस यही समयमा मनाउने तयारी गरिरहेका थिए । अब ती सबै योजना रोक्नुपर्ने भएको छ ।
“गा¥हो भइरहेको छ । यो उमेरका केटाकेटीलाई सधैँ आफ्ना साथीहरूसँग बस्न रूचाउँछन् । उनीहरू निकै बुझ्ने, धैर्यवान केटाकेटी हुन्”, उनले भने ।
Leave a Reply