आणविक निरीक्षणमा इरानको अडान
- असार ९, २०८३
चिनियाँ कम्युनिस्ट पार्टीको १०० औँ स्थापना दिवसको सन्दर्भमा ‘द ग्लोबल टाइम्स’ पत्रिकाले विशेष आलेख माला प्रकाशित गर्दै आएको छ । चीनका जनताको निम्ति चिकपा कसरी स्वाभाविक नेतृत्व बन्यो, एक शताब्दीभित्र आएका अनेकन चुनौती र परीक्षालाई चिकपाले कसरी सफलतापूर्वक छिचोल्यो र विशाल देश चीनमा चिकपाले कसरी सफल शासन चलायो अनि चीनमात्र नभई संसारमा आर्थिक चमत्कार ल्याउने प्रभावकारी आर्थिक नीति कार्यान्वयन गर्ने सफलता कसरी हासिल ग¥यो भन्ने प्रश्न वरपर ती आलेखहरू केन्द्रित छन् ।
चिकपाले कसरी एकपछि अर्को सङ्कटको सामना ग¥यो र प्रतिकूल परिस्थितिमा चीनको नेतृत्व कसरी दृढतापूर्वक उभियो भन्ने विषयमा ती लेखहरूमा चर्चा गरिएको छ ।
प्रस्तुत आलेखमा सन् १९८०–दशकको उत्तर्राद्र्धको ‘अँध्यारो युग’मा चिकपा कसरी उठेको थियो भन्ने विषयमा चर्चा गरिएको छ । सोभियत सङ्घ र पूर्वी युरोपमा त्यत्तिबेला आएको परिवर्तनले संसारमा ठुलो उथलपुथल हुँदै थियो । जताततै पश्चिमा विचारधाराले प्रभाव फैलाउन थालेको थियो । चीनभित्र पनि पश्चिमा विचारधाराले टाउको उठाउन थालिसकेको थियो । त्यस परिस्थितिमा चीन आफ्नै फराकिलो र अनुभवसिद्ध विकासको नयाँ युगमा अघि बढ्यो ।
सांस्कृतिक क्रान्ति (१९६६–१९७६) मा भएका क्षतिबाट देशको उपचार गर्न सन् १९७०–दशकको उत्तर्राद्र्धमा आत्मसमीक्षा पछि चिकपाले सन् १९७८ मा सुधार र खुलापनको नीति अँगीकार ग¥यो । त्यो समयमा चीनले ठुलो आर्थिक र सामाजिक प्रगति हासिल ग¥यो । सबै विषयमा संसारका विभिन्न देशसँग सम्बन्ध र अन्तरक्रिया पनि फराकिलो बनाइयो । तर, सन् १९८०–दशकको उत्तर्राद्र्धमा चिकपामाथि अर्को ‘अँध्यारो समय’ आइलाग्यो । पश्चिमा उदारवादी विचारको प्रभाव र सुधार तथा खुलापन नीतिको कारण पार्टीभित्र फस्टाएको भ्रष्टाचारजस्ता केही समस्याको कारण त्यो ‘अँध्यारो समय’ आइलागेको थियो ।
सन् १९८०–दशकको उत्तर्राद्र्ध र सन् १९९०–दशकको सुरुआतमा चीनमा मात्र नभई सोभियत सङ्घ र धेरै पूर्वी र मध्य युरोपेली देशहरूसहित समाजवादी मोर्चामा ‘उदारवाद’ अथवा ‘प्रजातान्त्रीकरण’ को विशाल लहर उठ्यो । शब्द जे प्रयोग भए पनि खासमा त्यो पश्चिमाकरण थियो ।
चीन फेरि पनि इतिहासको चौबाटोमा उभिन पुग्यो । युरोपका कमरेडहरूजस्तै चिकपाका नेताहरू पनि ‘चिनियाँ विशेषतासहितको समाजवादको बाटोमा अघि बढ्दै पार्टीको मूल भावना अक्षुण्ण राख्ने अथवा युरोपेली कमरेडहरूले जस्तै समाजवादको बाटो त्यागेर पश्चिमाकरणको बाटोमा जाने’ मध्ये कुनै एउटा बाटो छान्नुपर्ने अवस्थामा पुगे ।
इतिहासको चौबाटो
सांस्कृतिक क्रान्तिको कारण संसारका अन्य देशको दाँजोमा चीनको विकास पछि प¥यो । संसारका विभिन्न देशसँगको सम्बन्ध भएका, पश्चिमा देशको भ्रमणबाट त्यहाँको विकास र समृद्धि देखेका, भ्वाइस अफ अमेरिका सुनेका, हलिउड चलचित्र हेरेका र कोकोकोला पिएका चीनका सरकारी अधिकारी र बुद्धिजीवीहरू पश्चिको विकास र समृद्धि देखेर चकित परे । अनि समाजवादको बाटोमा अघि बढ्न सकिनेमा उनीहरूको आत्मविश्वास गुम्यो ।
“त्यत्तिबेला हामी जापान र दक्षिण कोरियाको जस्तै अथवा कम्तीमा ताइवान र हङकङको जस्तै पूर्ण पश्चिमाकरण गरेर चीनका सबै समस्या समाधान गर्न मद्दत पुग्नेमा र चाँडै संसारका अन्य शक्तिको दाँजोमा चीन पुग्न सक्नेमा विश्वास गथ्र्यौं”, सन् १९८९ का विद्यार्थी, पेइचिङका एक जना बासिन्दाले भने ।
“पश्चिमा देश र हाम्रो देशबीचको अन्तर देखेर हामी जीब्रो टोक्थ्यौँ र हामीलाई परिवर्तनको हतार हुन्थ्यो । हामीलाई चीनलाई पिरोलिरहेका सबै रोगको उपचार गर्नसक्ने औषधि ‘पेनेसिया’ भएकोमा विश्वास लाग्थ्यो । त्यो पेनेसिया भनेको प्रजातान्त्रीकरण हो जस्तो पनि लाग्थ्यो । युवा विद्यार्थीहरूमात्र होइनन्, बरु चिकपाका केही वरिष्ठ पदाधिकारीहरूसमेत यस्तो सोचाइ राख्थे”, उनले भने ।
सन् १९८०–दशकको उत्तर्राद्र्धमा केही चिनियाँहरू विशेषतः पश्चिमा आधुनिक संस्कृति र नवउदारवादी विचारधाराको विशाल मोर्चासामु चरम लघुताभास अनुभव गर्ने र चीनलाई खुला गर्न व्यग्र बुद्धिजीवी र विद्यार्थीहरूले चीनका मौलिक संस्कृतिलाई न्यूनाङ्कन गर्न थाले र पश्चिमा संस्कृतिको प्रवद्र्धनबारे हल्ला गर्न थाले ।
सन् १९८८ मा प्रकाशित ‘रिभर इलेजी’ नामको वृत्तचित्र त्यसको राम्रो उदाहरण हो । त्यो वृत्तचित्रमा हचुवा ढङ्गले चीनको भूमि (ल्यान्ड)मा आधारित सभ्यता पश्चिमा सामुद्रिक (मेरिटाइम) संस्कृतिभन्दा पछौटे भएको निष्कर्ष निकालिएको थियो । त्यसमा चीनको देशभक्ति र परम्परालाई समेत अवमूल्यन गर्न खोजिएको थियो । त्यो वृत्तचित्रले धेरै चिनियाँ जनतालाई आक्रोशित बनायो । तर, त्यत्तिबेलाका युवाहरूको दिमागलाई भने त्यो वृत्तचित्रले केही अन्योल पनि जन्मायो ।
चीनको रेनमिन विश्वविद्यालयका प्राध्यापक चिन कानरोङ त्यत्तिबेला चिनियाँ परम्परागत संस्कृतिमाथि दोषारोपण गर्ने र लघुताभास पाल्ने ती मानिसहरू वास्तवमै अबुझ र अपरिपक्व भएको बताउँछन् ।
“आफूले काम नपाएकोले हजुरबुबालाई गाली गर्ने नातिहरूजस्तै थिए उनीहरू । चीनको संस्कृति कुनै पनि संस्कृतिभन्दा कमसल होइन, १०० वर्ष (अफिम युद्धपछि) मा चीनभन्दा पश्चिमा देशहरू अघि बढ्न सक्नुको मूल कारण त औद्योगिकीकरण थियो”, जिनले भने ।
चीनमा पूर्ण औद्योगिकीकरण भएपछि ‘पश्चिमको केही लाग्ने छैन किनभने चीनले गर्ने उत्पादन उनीहरूको भन्दा विशाल हुनेछ । यो कुरा पश्चिमका रणविद् र शासकहरूलाई राम्ररी थाहा छ । त्यसकारण, उनीहरू अहिले आत्तिरहेका छन् र चीनको विकासमा खुब चासो राख्दै छन्”, उनले भने ।
“सौभाग्यवश, चिकपाले त्यो परिस्थितिमा गल्ती गरेन । नभए हाम्रो हालत पनि सोभियत सङ्घकै जस्तो हुने थियो । सोभियत सङ्घजस्तै हामी पनि पछारिने थियौँ”, पेइचिङका एक जना विद्यार्थीले भने ।
यदि त्यत्तिबेला चिकपाले गल्ती गरेर सम्झौता गरेको भए चीनमा पनि रुसमा चेचेन लडाइँजस्तै गृहयुद्ध हुनसक्थ्यो । अथवा सन् १९९० को दशकमा नाटोले युगोस्लाभियामा गरेजस्तो हमला चीनमा पनि पश्चिमा शक्तिहरूले गर्नसक्थ्यो । अथवा चीनका राज्यनियन्त्रित सम्पत्तिको निजीकरण हुने थियो अथवा शीतयुद्धपछि पूर्वी र मध्य युरोपेली देशका जनताको समृद्धि पश्चिमा देशहरूले लुटपाट गरेजस्तै चीन पनि त्यही अवस्थामा पुग्ने थियो ।
महत्वपूर्ण र सही निर्णय
तर, त्यत्तिबेला देङ स्याओपिङ नेतृत्वको चिकपाका नेताहरूले चिनियाँ विशेषतासहितको समाजवादमा जाने सही निर्णय कसरी गरे ? जबकि युरोपका समाजवादी देशहरूले समाजवादको बाटो त्याग्ने निधो गरेका थिए । किनभने, उनीहरू (चिकपा नेताहरू) को अनुभवले पूर्ण पश्चिमाकरणले काम हुनसक्दैन भन्ने कुरा सिकाएको थियो । कम्तीमा चीनमा त्यसले काम गर्नसक्ने थिएन । चीनले आधुनिकीकरणको बाटो छान्नुअघि चीनका बुद्धिजीवी, राजनीतिक नेता र चिकपा तथा कोमिन्ताङका संस्थापक नेताहरूबीच गम्भीर बहस भयो, आपसमा सङ्घर्ष भयो । अन्ततः चिकपा नै त्यसको उत्तर भएको निचोड निकालियो । सन् १९८० दशकको उत्तर्राद्र्धमा इतिहासको चौबाटोमा चिकपा नेताहरूले आफ्नो मूल भावनाप्रति प्रतिबद्ध रहने विश्वास देखायो ।
साङ्घाईको फुदान विश्वविद्यालयको चाइना प्रतिष्ठानका निर्देशक चाङ वेइवेइले भने, “चीनसामु पश्चिमाकरणको विकल्प आएको त्यो पहिलो पटक थिएन । छिङ वंशदेखि जनवादी गणतन्त्र चीनको स्थापनासम्म चीनका नेता र पथप्रदर्शकहरूले झन्डै सबै खालका पश्चिमा प्रणालीको अभ्यास गरिसकेका थिए ।”
“संवैधानिक राजतन्त्र, बहुदलीय प्रणाली, प्रजातान्त्रिक चुनाव… हामीले सबै प्रयोग गरिसकेका थियौँ । तर, कुनै पनि पश्चिमा उपनिवेशवादी वा साम्राज्यवादी देशहरूले थालेको हमलाबाट चीनलाई जोगाउन सकेको थिएन । बरु, ती व्यवस्थाले चीनलाई अझ विभाजित बनाएको थियो । अनि देशभरका युद्धसरदारहरूबीच अन्त्यहीन युद्धतिर देशलाई धकेलेको थियो”, चाङले भने ।
अन्ततः सन् १९४९ मा चिकपाले त्यस्तो राजनीतिक प्रणाली स्थापना ग¥यो जसले चीनलाई वास्तवमा एकीकृत, स्वाधीन र स्थायित्व कायम गर्न सफल बनायो । त्यो व्यवस्थाले विदेशी हमलालाई पराजित गर्न चीनलाई सक्षम बनायो । चीनले आत्मविश्वास पुनः हासिल ग¥यो । चाङले भने, अनि सिङ्गो देश विकासमा केन्द्रित हुनसक्यो, चिकपा र समाजवादी व्यवस्था नै इतिहासले देखाएको बाटो थियो र चिनियाँ जनताको छनोट त्यही बाटो बन्यो ।”
सबै कम्युनिस्ट पार्टी जनताको छनोटमा पर्ने गर्दैन । सोभियत सङ्घका तत्कालीन नेता मिखाइल गोर्भाचोभले पनि सुधार अघि बढाउन खोजिरहेका थिए । उनले ‘नयाँ राजनीतिक विचार’ को नाममा सुधारको कार्यक्रम प्रस्ताव गरेका थिए ।
चीनका केही मानिसहरू पनि तथाकथित ‘नयाँ राजनीतिक विचार’ मा विश्वास गर्थे । चिकपाको सुधार र खुलापनभन्दा त्यही कार्यक्रम ठीक भएको उनीहरूको बुझाइ थियो । उनीहरूले सुधार र खुलापनमा बढी पश्चिमा रङ देखेका थिए । तर, समयान्तरमा तथ्यले गोर्बाचेभ गलत भएको र देङ सही भएको प्रमाणित ग¥यो । केही विज्ञहरूले गोर्बाचोभको सुधार सोभियत सङ्घको लागि राजनीतिक ‘आत्महत्या’ भएको बताए । लाल पहलमान आफै मर्नु र शीतयुद्ध समाप्त हुनु पश्चिमको लागि खुसीको कुरा थियो । अनि त पश्चिमा विश्वले हर्षविभोर भएर आफ्नो विजयको घोषणा ग¥यो ।
संसारभरका समाजवादी देशहरू पश्चिमा विश्वबाट सघन वैचारिक हमलाको सामना गरिरहेका थिए । केही शक्तिहरू त कम्युनिस्टहरूलाई सदाको निम्ति समाप्त गर्ने दौडमा लागेका थिए । सन् १९८९ को वसन्त र गर्मीयामबीच भएको घटनालाई केही विदेशी शक्ति र चिनियाँ अतिवादीहरूले विषयान्तर गरेर दुरुपयोग गरे र उपद्रव मच्चाए । चिकपाले सो उपद्रवको अवस्था अन्त्य गर्न निर्णायक कदम चाल्यो, उपद्रव अन्त्य भयो । देशभित्रको अवस्था स्थिर बन्यो र स्थायित्व एवम् शान्ति स्थापना भयो ।
आज चीनको सफल विकास र परिपक्व शासन त्यत्तिबेला चिकपाले गरेको सही निर्णयको परिणाम हो । सन् १९८९ मा फरक बाटो चुनेको शीतयुद्धपछिको रुसको दुर्भाग्यपूर्ण अनुभव र युरोपका पूर्व समाजवादी देशहरूको खराब नियति देखेर चिकपाले सन् १९८९ मा गरेको निर्णयले चीन र चिकपाको सुधार र खुलापनलाई जोगायो । चीन समयान्तरमा रङ्गीन क्रान्तिको हुरीमा अडिग उभिन सक्यो ।
सोभियत सङ्घको विघटनपछि सोभियत सङ्घ कम्युनिस्ट पार्टीको पोलिटव्युरोका पूर्व सदस्य येगोर लिगाचोभले एकपटक भनेका थिए, “हाम्रो सुधारले संसारकै एउटा महाशक्ति (सोभियत सङ्घ) लाई कसरी विघटनमा पु¥यायो ? लाखौँ जनतालाई गरिब किन बनायो ? रुसलाई पुँजीवादी शिविरमा कसरी पु¥यायो ? जब कि चीनको सुधारले त्यो देशलाई निर्माण, प्रगति र जनताको जीवनस्तर वृद्धि गर्ने स्थानमा पु¥याएको छ । अन्ततः त्यसले चीनलाई कसरी संसारको प्रमुख शक्ति बनायो ?” उनले भने, त्यसको सबभन्दा मूल कारण भनेको चिकपाको नेतृत्व हो ।
चिकपा केन्द्रीय समितिका पार्टी इतिहास तथा साहित्य प्रतिष्ठानका अध्येता ली येजुनले राजनीतिक सङ्कट समाधान गर्न निर्णायक कदम चाल्नेबाहेक चिकपाले सिक्ने, सुधार्ने र शासनमा परिमार्जन गर्ने क्षमता पनि प्रदर्शन गरेको छ ।”
एकातिर पार्टीले देशको आधारभूत राजनीतिक प्रणाली बलियो बनाउन, सुधार र विकासको लागि उपयुक्त अवस्था बनाउन आफूसँग भएका सबै स्रोत परिचालन ग¥यो । अर्कोतिर, अर्थतन्त्र, विज्ञान र प्रविधिमा मात्र नभई शासन पद्धतिमा पनि सुधार गर्न संसारका विभिन्न देशका अनुभवबाट पनि चिकपाको नेतृत्वले सिक्दै गयो । त्यसो नगरे पार्टीले चीनका जनताको चाहना पूरा गर्न सक्दैनथ्यो । अरू थप सङ्कटमा धकेलिने थियो ।
नयाँ युग
इतिहासका ती सबै आरोह–अवरोहबाट सार खिच्दा ती गम्भीर चुनौती सामना गर्न र ‘अँध्यारो समय’ छिचोल्न चिकपासँग भएको प्रमुख औजार भनेको स्वाधीनता र स्वायत्तताप्रतिको जोड, तथ्यबाट सत्यको खोजी गर्ने पद्धति र चिकपाको मूल भावनाप्रति निष्ठावान भई पार्टी स्थापनाको मूल लक्ष्यप्रति प्रतिबद्ध बलियो केन्द्रसहितको नेतृत्व नै थियो ।
सन् २०२० को जनवरीमा चिकपा केन्द्रीय समितिका महासचिव सी चिनफिङले सिङ्गो पार्टीलाई मूल भावनामा प्रतिबद्ध राख्न र पार्टीको लक्ष्यप्रति प्रतिबद्ध रहन लगातार काम गरिरहनुपर्ने बताउनुभयो ।
चिकपाको मूल भावना र स्थापनाका लक्ष्यबारे व्याख्या गर्दै सी चिनफिङले भन्नुभयो, “पार्टी स्थापनादेखि पार्टीले गरेका सबै कडा परिश्रम, सङ्घर्ष र बलिदान चिनियाँ जनताको खुसी र चिनियाँ राष्ट्रको पुनःजागरणको निम्ति हो ।”
सीले सजगतापूर्वक भन्नुभयो, “जब हामी राष्ट्रिय पुनःजागरणको मुखमा पुग्नेछौँ, तब हाम्रो यात्रा सहज हुनेछैन । चुनौती र जोखिम बढ्नेछ । अनि भयानक छालहरू उठ्नेछन् ।”
केही विश्लेषकहरू चीनको राष्ट्रिय पुनःजागरणले संसारमा विद्यमान प्रभुत्ववादमाथि प्रभाव पार्ने र चुनौती खडा गर्ने भएकोले चीनले चाहेर वा नचाहेर पनि संरा अमेरिका हात बाँधेर चीनले आफूलाई उछिनेको चुपचाप हेरेर नबस्ने, त्यसकारण त्यस्ता ‘छालहरू’ विदेशी शक्तिहरूले पनि ल्याउनसक्ने बताउँछन् ।
यो शताब्दीको मध्यसम्ममा राष्ट्रिय पुनःजागरणको ऐतिहासिक लक्ष्य हासिल गर्न चिकपा र चीनले थप कठिनाइ र चुनौती सामना गर्नुपर्नेछ । विगत शताब्दीमा कहिल्यै पनि नदेखिएका परिवर्तन यतिबेला संसारले अनुभव गरिरहेको छ । यो अवधिमा पार्टीमा बलियो केन्द्रसहितको स्थायी र शक्तिशाली नेतृत्व चिकपाको लागि अपरिहार्य छ । जसले इतिहासको त्यो विशाल लक्ष्य पुरा गर्न चीनको नेतृत्व गर्नसक्नेछन् ।
सुधार र खुलापनयता पछिल्ला दशकमा चीनले तीव्र आर्थिक विकासमा धेरै समस्या भोग्दै छ । जस्तैः भ्रष्टाचार, चीनको पूर्वी र पश्चिम क्षेत्रबीच असन्तुलित विकास र पश्चिमा संसारबाट पुनःउदय भएको वैचारिक चुनौती जसले चीनको आधारभूत राजनीतिक प्रणालीलाई चुनौती दिएको छ ।
चिकपाको अठारौँ महाधिवेशनयता सी चिनफिङ केन्द्रमा रहेको नयाँ पुस्ताले नेतृत्व गरेको पार्टीले भ्रष्टाचारविरुद्ध यसअघि कहिल्यै नभएको आकारको अभियान चलाएर उल्लेखनीय परिणाम हासिल ग¥यो । पार्टी निर्माणलाई बलियो बनाइयो । यी परिवर्तनको जगमा एकपछि अर्को गर्दै चीनले आफ्ना लक्ष्य हासिल गर्न सफल हुनेछ । जस्तैः गरिबीविरुद्धको सफल विजय र सबै हिसाबमा मध्यम ढङ्गले समृद्ध समाज निर्माण गर्न चीन सफल हुँदै छ ।
चीन आजको संसारको दोस्रो ठुलो अर्थतन्त्र हो । निकट भविष्यमा उसले संरा अमेरिकालाई उछिन्नेछ । जी ५ प्रविधि, उच्च गतिवान रेल प्रणाली र पूर्वाधार निर्माण क्षमताजस्ता धेरै क्षेत्रमा चीनको नेतृत्व अहिले नै स्थापित छ ।
कोभिड–१९ महामारीको समयमा चीनको प्रशासन र राजनीतिक प्रणालीले पश्चिमा प्रणालीभन्दा बढी प्रभावकारी ढङ्गले काम गरेको देखियो । राष्ट्रिय नेताहरूदेखि सर्वसाधारण जनतासम्म, नेतृत्वदेखि जरा तहसम्मको जनतासम्म, चीन आज दिनानुदिन सङ्गठित बनिरहेको छ । सन् १९८०–दशकको तुलनामा चीनको आत्मविश्वास बढेको छ । तर, पश्चिमा विश्व भने दिनानुदिन असुरक्षित अनुभव गर्दै छ । आत्तिएको छ । ध्रुवीकृत र विभाजित छ ।
संरा अमेरिकामा ट्रम्पको सरकार छँदा थालिएको व्यापार युद्धमा चीनले कहिले पनि मुन्टो निहुराएन । बरु, जस्तालाई तस्तैको भावनाले प्रतिवाद गरिरह्यो । यसले चीनको आर्थिक विकासमा कुनै क्षति भएन भने संरा अमेरिकाले गलत रणनीतिको चोट भोग्नुप¥यो ।
हङकङमा विदेशी शक्तिको हस्तक्षेपविरुद्धको लडाइँमा चिकपाले कूटनीति, राजनीति र कानुनी क्षेत्रमा धैर्यतापूर्वक परिपक्व निर्णय ग¥यो । जसले हङकङमा शान्ति र स्थायित्व पुनःस्थापना गर्न सफलता प्राप्त भयो । ताइवानको प्रश्नमा चिकपाको नेतृत्वले चीनको मूलभूमिमा सबै हिसाबले पुनःएकीकरणको लागि तयारी बलियो बनाएको छ । अनि ताइवानमा पृथकतावादी र विदेशी शक्तिलाई पन्छाउन सैनिक दबाब बढाएको छ ।
शीतयुद्धमा चीनको शक्ति सीमित थियो । तर, जुन कुनै हालतमा पनि चिकपाले निकै दुःख गरेर प्राप्त गरेको चीनको स्वाधीनता र स्वायत्तताको रक्षा गर्न कति पनि पछि परेन । महाशक्ति देशहरूसँग सम्भावित लडाइँ र आणविक हमलाको जोखिम सामना गर्न पनि तयार भयो, तर चीनले ती कुरामा सम्झौता गरेन । त्यसकारण आज संरा अमेरिकाले चीन अथवा चिकपाविरुद्ध गर्ने हमला सफल हुनसक्दैन । बरु, वास्तवमा द्वन्द्वको अवस्था आए विगतमा भन्दा अहिले चीनबाट शक्तिशाली प्रतिरोध अमेरिकाले सामना गर्नुपर्नेछ ।
चिकपासँग बलियो केन्द्रसहितको सङ्गठित, कडा मिहिनेती, सिङ्गो पार्टीको लागि आदर्श बन्न सक्ने, पार्टीको मूलभावनाप्रति इमानदार, पार्टीको लक्ष्यप्रति प्रतिबद्ध नेतृत्व हुँदासम्म चीनको राष्ट्रिय पुनःजागरण हासिल गर्ने काममा चीनलाई नेतृत्व गर्न चिकपालाई कसैले पनि रोक्न सक्दैन । चिकपा र चीन आज त्यही ऐतिहासिक लक्ष्यतिर अघि बढिरहेको छ ।
स्रोत : ग्लोबल टाइम्स
नेपाली अनुवाद : सुशिला
Leave a Reply