आणविक निरीक्षणमा इरानको अडान
- असार ९, २०८३
महोत्तरी, १५ असार । हिलाम्य खेतमा छुपुछुपु धान रोपेर मनाइने असारे–१५ पर्व महोत्तरीबासीका लागि यसपालि निरस भएको छ । कोभिड–१९ महाव्याधि सन्त्रासका बीच परेको पर्व बीउ, पानी र जनशक्तिको तारतम्य नमिल्दा निरस बनेको हो ।
बीउको अभावले समयमा ब्याड राख्न नपाएको, पानीको तारतम्य नमिलेको र मुख्य कुरा महाव्याधिले रोपाइँको जनशक्ति व्यवस्थापन गर्न नसकिँदा पर्व निरस बनेको किसान बताउँछन् । “महाव्याधिको चपेटा थियो, समयमा बीउ नपाएर ढिलो भयो, अहिले पानी छैन, रोपाइँका लागि जन(मजदुर) पनि चाहिएका बेला पाइँदैनन् । पर्व मनाउने कुरा त उही घरमा बसेर आँप, चिउरा खानुमै रहने भयो ।”, बर्दिबास नगरपालिका–९ पशुपतिनगरका किसान रामचन्द्र थापा मगर भन्नुहुन्छ । पछिल्लोपटक असार–१५ उत्सवमय मनाउने पर्वते परम्पराको यो पर्व यसपालि निरस बनेको थापाको भनाइ छ ।
बर्दिबास–६ किसाननगरका ७५ वर्षीय केदारनाथ पोखरेल भन्नुहुन्छ, “हिल्याइएको खेतमा असारे गीतको लयमा रोपाइँको उत्सव मनाउने कुरा त अब पहिलेका कथा भनेर पछिल्लो पुस्तालाई सुनाउनेसम्म मात्र रह्यो । अब त न रहर देखिन्छ, न रउस नै ।” आपूm तन्नेरी हुँदा असारे १५ मनाउन केही दिन पहिलेदेखि नै तयारी हुने गरेको पोखरेल सम्झनुहुन्छ ।
यसअघिका वर्षमा असार १५ भित्र धानखेती गरिने जिल्लाको कूल क्षेत्रफलमध्ये एकचौथाइ जतिमा रोपाइँ भइसक्ने गरेको भए पनि यसपालि भने धान रोपाइँले गति लिनसकेको छैन । जिल्लामा खेतीलाई मुख्य व्यवसाय बनाएका पर्वते (पहाडी) मूलको बसोबास बाहुल्यका बर्दिबास, गौशाला र भङ्गाहा नगर क्षेत्रमा असारे १५ पर्व मनाउने परम्परा छ तर पछिल्लाकालमा नयाँपुस्ता खेती छाड्दै कामका लागि विदेशिने क्रम बाक्लिएपछि पर्व परम्परा हराउँदै गएको भङ्गाहा–४ का ७६ वर्षीय किसान दीपबहादुर फुँयाल बताउनुहुन्छ ।
चुरे पहाड र नदी क्षेत्रमा अनियन्त्रित उत्खनन बढ्नु र वन मासिँदै गएर सन्तुलित वर्षा हुन छाडेको, जलाधार क्षेत्र मासिँदै गएको र पानीका स्रोतका मुहान मासिने, सुक्ने क्रम बर्सेनि बढ्दै गएपछि समयमा खेती लगाउन पाइने कुरा हराउँदै गएको गौशाला–१० भरतपुरका मनु अधिकारी बताउनुहुन्छ । यो प्रतिकूलताले बर्सेनि धानखेतीको क्षेत्रफल घट्दै गएको ६५ वर्षीय अधिकारीको भनाइ छ ।
जिल्लामा ५० हजार हेक्टर क्षेत्रफलमा धानखेती गरिँदै आइएको भए पनि पछिल्ला केही वर्षयता बर्सेनि यो क्षेत्रफल घट्दो छ । सर्वसाधारण किसानले समयमा बीउ, मल नपाउनु, सिँचाइको भरपर्दो प्रबन्ध हुन नसक्नु, किसानले फसलको उचित मूल्य नपाउनु र कृषि जनशक्ति क्रमशः बाहिरिँदै जानुले यो अवस्था बनेको ग्रामीण किसान बताउँछन् । “भन्न त केन्द्रदेखि स्थानीय तहसम्मका सबै (तीनै तह) सरकार कृषि प्राथमिकताको पहिलो क्षेत्र रहेको बताउने गरेका सुन्ने गरिएको छ । तर कृषिका नाममा सरकारले दिने सहुलियतचाहिँ टाठाबाठाकै हात पर्छ, सोझा किसान त सधैँ हिस्स”, भङ्गाहा–५ सीतापुरका ९० वर्षीय किसान मानबहादुर भुजेल भन्नुहुन्छ । यही बेथितिले खेतीको आकर्षण घटेको कृषि विज्ञसमेत स्वीकार्छन् । मुख्य मेहनत गर्ने किसानसम्म सहुलियत नपुगेपछि निराशा बढेको लामो समय कृषि क्षेत्रको सरकारी सेवाबाट हाल निवृत्त हुनुभएका भङ्गाहा–६ सग्रामपुरका बासिन्दा कृषिविज्ञ राजकिशोर यादवको भनाइ छ ।
महोत्सवकै रूपमा मनाइने असारे १५ को जीवन्तता हराउँदै गएको पाका किसान बताउँछन् । पछिल्ला केही वर्षयता जनमनको भन्दा पनि असारे १५ कर्मकाण्डी पर्व बन्ने गरेको बर्दिबास–५ गणन्ताका ८० वर्षीय किसान धनबहादुर स्याङ्बा व्यङ्ग्त्रवमा बताउनुहुन्छ । “ठूलाबडा हाकिम जम्मा भएर बीउ हातमा लिएर फुटा (फोटो, तस्विर) लिएपछि असारे १५ भयो । किसानको मन रोओस् कि हाँसोस् ।” स्याङ्बाले भन्नुभयो । रासस
Leave a Reply