भर्खरै :

अफगानिस्तानबाट पराजय भोगेर भाग्दै संरा अमेरिका

काबुल, ९ जुलाई । बिहीबार संरा अमेरिकाका राष्ट्रपति जो बाइडेनले आगामी अगस्ट ३१ भित्र अफगानिस्तानबाट सबै अमेरिकी सेना फिर्ता गर्ने घोषणा गरेका छन् । उनले आतङ्कवादविरोधी लक्ष्यमा संरा अमेरिकाले सफलता हासिल गरिसकेको र अब सेना फिर्ता हुने समय आएको बताए ।
अफगानिस्तानबाट संरा अमेरिकी सेना फिर्ता हुने अचानकको निर्णयले अमेरिकाभित्रै चर्को विरोध भएको छ । धेरै मानिसको धारणामा तथाकथित सेनाको फिर्तीले अफगानिस्तानमा संरा अमेरिका थप टिकिरहन नसकेको देखाएको छ । संरा अमेरिका त्यस अर्थमा असफल भएको छ र हतार–हतारमा झोलीझम्टा बोकेर भाग्दै छ ।
बीस वर्षअघि संरा अमेरिकाले अफगान युद्ध थाल्दा त्यो लडाईसीआरआई जित्नेमा ऊ पूर्णतः विश्वस्त र कटिबद्ध थियो । तर, केही समयमा नै संरा अमेरिकाले आफू कुनै गहिरो दलदलमा फसेको अनुभव ग¥यो । अनि, उसले आफ्ना लक्ष्यमा सम्झौता गर्दै गयो र लचक पनि बन्दै गयो । संरा अमेरिकी सेनाले तालिबानको सामना गरिरहेको थियो । तालिबानलाई लगभग कुनै पनि विदेशी टेवा थिएन । तर, दस खर्ब अमेरिकी डलरभन्दा बढी पैसा र दुई हजारभन्दा बढी अमेरिकी सेनाको जीवनको मूल्यमा पनि संरा अमेरिकाले अफगानिस्तानको युद्ध सम्हाल्न सकेन । तालिबान मूलतः आफ्नै सामथ्र्यमा लड्यो र अहिले भियतनाम युद्धकै अन्त्यको झल्को दिने उपलब्धि हासिल गर्न सफल भएको छ । यसले संरा अमेरिकाको शक्ति समग्रमा क्रमशः क्षीण बन्दै गएको देखिएको छ ।
संरा अमेरिकी इराक युद्ध समयान्तरमा इरान पक्षधर शासनमा पुगेर टुङ्गियो । तर, अफगानिस्तानको भविष्य भने अनिश्चित बनेको छ । संरा अमेरिका लडाईँमा होमिन पाउँदा सधैँ मख्ख पर्छ । तर, झन्डै हरेक युद्धमा ऊ भद्रगोल अवस्थामा नै छोडेर भाग्ने गरेको छ । अहिले तालिबानले संरा अमेरिकालाई शत्रुको रूपमा हेर्ने गरेको छ र अफगानिस्तान सरकारले पनि उसैलाई स्वार्थी भगुवाको नजरले हेर्ने गरेको छ । अफगानी युद्धमा वाशिङ्टनले गर्ने गरेको तथाकथित विजयको बखान आफैमाथिको व्यङ्ग्य बनेको छ ।
तालिबानका प्रवक्ता सुहैल शेहिनले बुधबार चीन अफगानिस्तानको लागि ‘मित्र’ भएको र पुनःनिर्माण कार्यमा पेइचिङको लगानीको निम्ति कुराकानीको अपेक्षा गरिरहेको बताए । “अफगानिस्तानलाई अन्य देशविरूद्ध हमला गर्ने थलोको रूपमा प्रयोग गर्न चाहने देशलाई हामी भन्न चाहन्छौँ, हामी अफगानिस्तानलाई चीनलगायत कुनै पनि देश वा व्यक्ति वा संस्थाविरूद्ध प्रयोग गर्न नदिने प्रतिबद्धता व्यक्त गर्दछौँ”, उनले भने । यसले चीनका जनताको ध्यानाकर्षण पनि गरेको छ ।
बीस वर्षको युद्ध र अराजकतापछि अफगानिस्तान सरकार र तालिबान दुवैले चीनलाई मित्रको रूपमा लिने गरेको छ । सिङ्गो अफगानिस्तानले चीनलाई मित्रकै रूपमा हेर्ने गरेको कुरा निश्चयका साथ भन्न सकिन्छ । त्यसले भविष्यमा अफगानिस्तानको अवस्थामा सकारात्मक भूमिका खेल्न चीनलाई बलियो आधार बनाइदिएको छ ।
यद्यपि, चीनले आफ्नो प्रभावलाई सावधानीका साथ प्रयोग गर्नुपर्छ । फिर्ता भएका संरा अमेरिकी सेनाले खाली बनाएको ठाउँ भर्न चीन अफगानिस्तानमा जानेछैन । संरा अमेरिकाले जबरजस्ती अफगानिस्तानमाथि कब्जा जमायो र एक समय महत्वाकाङ्क्षी तरिकाबाट रूपान्तरणको प्रयास गरी अफगानिस्तानलाई पुनः आकार दिने काममा नेतृत्व गर्न खोज्यो । अफगानिस्तानको मित्रवत छिमेकीको रूपमा चीनको स्थान कहिल्यै परिवर्तन हुनेछैन न त अफगानिस्तानको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने चीनको आधारभूत नीतिमा नै कुनै परिवर्तन हुनेछ । चीनले आफ्नो क्षमताभित्र रहेर अफगानिस्तानलाई मद्दत गर्नेछ र अफगानिस्तानमा कहिल्यै प्रभुत्व जमाउनेछैन ।
अफगानिस्तानका आफ्नै अन्तरनिहीत स्वार्थको ढाँचा छ । आफ्नै सांस्कृतिक परम्परा छ । अनि अफगानिस्तानलाई धेरैले ‘साम्राज्यको चिहान’ को रूपमा लिने गर्छ । बितेका चालीस वर्षभन्दा लामो अवधिमा पूर्व सोभियत सङ्घ र संरा अमेरिका दुवैले अफगानिस्तानमा असफलता भोगे । चीन अफगानिस्तानमा कहिल्यै उनीहरूजस्तै जानेछैन । त्यसकारण अफगानिस्तानमा सोभियत सङ्घ र संरा अमेरिकापछिको ‘तेस्रो देश’ चीन कदापि बन्ने छैन ।
शान्तिपूर्ण सहअस्तित्वको लागि पञ्चशीलको सिद्धान्त चीनको खोक्रो नाराबाजीमात्र होइन । बरू पञ्चशीलको सिद्धान्त जटिलभन्दा जटिल अन्तर्राष्ट्रिय मुद्दा सम्हाल्ने चीनको खास नीति हो । पञ्चशीलको नीति अन्तर्राष्ट्रिय वास्तविकतासँग मिल्दोजुल्दो छ । यो धेरै देशको साझा हितको पक्षमा छ । तसर्थ, शान्तिपूर्ण सहअस्तित्वको पाँच सिद्धान्तले चीनको कूटनीतिलाई प्रभावकारी ढङ्गले मार्गनिर्देशन गरिरहेको छ । निकै जटिल समस्यालाई सिपालु ढङ्गले समाधान गर्न यो नीति प्रभावकारी बन्दै आएको छ ।
अफगानिस्तानमा स्थायित्व नै चीनको प्रमुख चासो र लक्ष्य हो । चीनले सकेसम्म चाँडो अफगानिस्तानमा शान्ति र स्थायित्व स्थापना गर्न चाहेको छ । साथै वार्ता र शान्ति स्थापनाको निम्ति चीन हरेक प्रकारको प्रयास गर्न तयार छ । अफगानिस्तानको अवस्थाले चिनियाँ कम्पनीहरूलाई लगानी गर्न दिने वातावरण बने पछि चीनका सरकारी र निजी कम्पनीहरूले निकै तदारूकताका साथ त्यहाँ लगानी गर्न थाल्नेछन् । चीनका अधिकांश छिमेकी देशहरूले चीनसँग नजिकको आर्थिक र व्यापारिक सम्बन्ध गाँसेका छन् । दीर्घकालमा अफगानिस्तान मात्र त्यसको अपवाद रहनेछैन ।
अफगानिस्तानमा संरा अमेरिकाले पु¥याएको पीडाको कुनै लेखाजोखा छैन । अफगानिस्तानमा नयाँ नयाँ परिस्थिति विकास हुँदै छ । त्यहाँ गृहयुद्ध हुन्छ वा मेलमिलाप, त्यसको कुनै टुङ्गो छैन । यो भद्रगोल अवस्थाबाट सिङ्गो अफगानिस्तानलाई एकै ठाउँमा के कुराले ल्याउनसक्छ, अझै अनिश्चित छ । तर, अफगानिस्तानको सद्भावपूर्ण छिमेकीको नाताले चीन उसलाई मद्दत गर्न तयार छ । चीनले अफगानिस्तानमा सकारात्मक ऊर्जामात्र दिन्छ र कुनै वियोगको बाटोमा जानेछैन ।
स्रोतः ग्लोबल टाइम्स

Leave a Reply

Your email address will not be published. Required fields are marked *