जेनेभामा अमेरिका–इरान वार्ता सुरु, हर्मुजमा पुनः तनाव
- असार ७, २०८३
तारा चन्द दलित परिवारमा जन्मेका हुन् । आफ्ना श्रीमतीको प्रेमीलाई मारेको अभियोगमा उनले चार वर्ष जेलमा बिताए । जेलमा उनी तारा चन्दबाट मोहम्मद ताहिर बने । जेलभित्र उनको भेट केही मुसलमानहरूसँग भयो । उनीहरूले तारालाई वकिलको सम्पर्कमा पु¥याए र अन्ततः उनी धरौटीमा रिहा भए ।
“जेल जानुअघि पनि म नमाज पढ्थेँ । त्यसका कुराले मेरो मन छुन्थ्यो”, अगस्ट महिनाको एक साँझ उनलाई उनकै घरमा भेट्दा उनले मलाई सुनाएका थिए । उनको घरमा न विद्युत् थियो न धारा नै । मेरुत सहर बाहिर दलित बस्तीमा थियो उसको घर । “जेलमा नमाजप्रति मेरो आस्था अझ बलियो भयो”, उनले भने ।
जुन महिनामा उनी धरौटीमा छुटेर घर फर्के । उनले मुसलमानहरूजस्तै दाढी पालेका थिए र उनीहरूले लगाउने जस्तो टोपी लगाएका थिए । त्यत्तिबेला हिन्दू भिजिलान्तेहरूको एक हुल मानिस उनको घरमा आएर उनमाथि नराम्ररी मारपिट गरेको उनले बताए । “तँ मस्जिद गइस् भने तेरो घाँटी काटिदिन्छु । तैँले त्यस्तो टोपी लगाए हामी तेरो टाउको फोड्छौँ”, ती मान्छेहरूले उनलाई धम्की दिएका थिए ।
प्रहरी आएर उनलाई नजिकैको प्रहरी चौकीमा लगे । त्यहाँ हिन्दू भिजिलान्तेहरूले उनको दाढी खौरिन माग गरे । ताहिरले भने,“प्रहरी अधिकारीले मलाई भने–मुल्लाह जी, दाढी अलि छाँट्नुस् ।”
“दाढी काट्ने मान्छे पनि चौकीमा बोलाइएको थियो”, ताहिरले भने र उनका भाइ दिप चन्दले दाजुको जिम्मा लिए । त्यसपछि मात्र भीड यत्रतत्र छरिएको थियो ।
मौखास प्रहरी चौकीका तत्कालीन प्रमुख वीरेन्द्र सिंहले ताहिरको भनाइ अस्वीकार गरे । “उनले आफ्नै चाहनामा दाढी पालेका थिए । अनि हामीले उनकै चाहनाअनुसार काटिदिएका थियौं”, सिंहले भने ।
ताहिरले त्यत्ति मात्र नभएको बताए । “मलाई दबाब दिइएको थियो”, उनले भने ।
हिन्दू भिजिलान्तेको उदय
वषौँ वर्षसम्म ‘छिटफुट’ भनी उपेक्षा गरिएको यस्तो विषय पछिल्ला वर्ष उल्लेख्य सङ्ख्यामा बढ्नुको यो एउटा उदाहरण मात्र हो । अहिले उत्तर प्रदेशमा हिन्दू भिजिलान्ते समूहले प्रहरी र सरकारी प्रशासनको सहायता पनि पाउने गरेका छन् । सन् २०१७ मा भारतीय जनता पार्टीको नेतृत्वमा आदित्यनाथ सरकार बनेपछि ती हिन्दू भिजिलान्ते समूहका नेताहरूले नयाँ शक्ति पाएका छन् ।
“पहिला हामी हिन्दूहरूको न्यायको लागि मात्र लड्थ्यौँ”, आदित्यनाथले सन् २००२ मा पूर्वी उत्तर प्रदेशमा स्थापना गरेको हिन्दूवादी समूहको युवा सङ्गठन हिन्दू युवा बाहिनीका महासचिव नगेन्द्र तोमारले भने । आदित्यनाथ मुख्यमन्त्री भएपछि उत्तर प्रदेशमा त्यो सङ्गठन तीब्र रूपमा फैलियो ।
“अहिले हाम्रो साथमा प्रशासन छ । यदि त्यसले पनि काम गरेन भने हामी सरकारको साथ लिन्छौँ”, मेरुतको एउटा सरकारी कलेजमा वाणिज्यशास्त्र पढाउने शिक्षक तोमारले भने ।
अन्य अवस्थामा कानुनअनुसार आपराधिक गतिविधि मानिने भिजिलान्ते हिंसालाई अहिले प्रशासनले नै संरक्षण दिने गरेको छ ।
उत्तर प्रदेशमा विरोधी मतमाथि दमन गर्ने सरकारी अभियानको अर्को पाटोको रूपमा हिन्दूवादी हिंसालाई वैधानिकता दिइएको छ । आदित्यनाथ सरकारले भने त्यहाँ अपराधको सङ्ख्या घटेको दाबी गर्दै आएको छ ।
“मेरो कारखानामा मैले पशुबधको काम नै बन्द गरिसकेको थिएँ । त्यसकारण पशुचिकित्सकहरू साथमा ल्याउनुको कारण पत्ता लगाउन सकिनँ”, उनले भने ।
त्यसको केही समयपछि त हिन्दूवादी सङ्गठनका मानिसहरू उनको कारखानामा आउँथे, नाराबाजी गर्थे र कारखानामा अवैध गतिविधि हुने गरेको आरोप लगाउन थालेको कुरेशीले भने ।
कुरेशीलाई त्यस्ता आरोप लगाउनेमध्ये एकजना मान्छेलाई मैले भेटेको थिएँ । उनको नाम रवीन्द्र गुर्जर ।
धेरै मानिस उत्तर प्रदेशमा आदित्यनाथ सरकार बनेपछि अपराधको सङ्ख्यामा आंशिक सत्यता भएको स्वीकार्छन् । “सामान्य अपराधमा पनि प्रारम्भिक अनुसन्धान उजुरी (एफआइआर) दर्ता हुने गरेको छ । मुख्यमन्त्री गुनासो कार्यक्रम निकै प्रभावकारी छ”, कानपुरको एउटा मुसलमान बस्तीमा इन्टरनेट क्याफे चलाउँदै आएका अभियन्ता मोहम्मद कुमैलले भने । उनी सरकारी कार्यक्रममा सामेल हुन सर्वसाधारण जनतालाई कागजी प्रतिक्रियामा सहायता गर्छन् ।
तर, कुनै धार्मिक मुद्दा नभएका अपराधको सन्दर्भमा मात्र सङ्ख्या घटेको उनले थपे । “सामान्यतः अपराध छैन भन्नुको अर्थ शान्ति कायम छ भन्ने अर्थ लाग्छ । तर, उत्तर प्रदेशको आजको सन्दर्भमा भने त्यसो छैन”, उनले भने, “अपराधको स्वरूप बदलिएको छ । त्यसले साम्प्रदायिकरूप लिएको छ । त्यसै कारण यसरी भीडमा कुटपिट हुने जस्ता धर्ममा आधारित हिंसा भइरहेका छन् ।”
उनले भने,“नयाँ खालका अपराधहरू देखापरेका छन् जसका अपराधीलाई प्रहरीले अपराधी नै मान्ने गरेका छैनन् ।”
कपटी प्रभाव
सन् २०१७ मा केही समस्याग्रस्त महिनापछि सलिम अहमेद कुरेशी अहिले भने उत्साहित छन् ।
भारतीय जनता पार्टीले मार्च महिनामा उत्तर प्रदेशमा सरकार गठन गरेको केही दिनपछि मेरुतमा उनका दुई वटा मासु प्रशोधन कारखाना सरकारले बन्द ग¥यो । अवैध वधशाला बन्द गर्ने नयाँ सरकारको कदमअन्तर्गत नै ती कारखाना बन्द गरिएका थिए । तर, त्यो निर्णयले राँगाको मासु बेच्ने मासु कारखानाहरू पनि एकै घानमा पिल्सिए ।
४७ वर्षका कुरेशीले धेरैतिर पैसा खुवाएर र धेरै मानिसको सम्पर्क सुत्रको कारण केही महिनाभित्रै उनले आफ्नो व्यापार सुचारु गरे । उनलाई पनि नयाँ सरकारको आशिर्वाद प्राप्त भयो । सेप्टेम्बरमा उनले कुखुराको दाना कारखाना सुरु गरे । राँगा, बाख्रा र कुखुराको मासु बेच्ने काम उनले बन्द गरे ।
“योगी सरकारबाट मैले स्वीकृति पत्र पाएको छु”, मुख्यमन्त्रीप्रति सम्मान दर्शाउँदै उनले भने,“मेरो विचारमा त्यही भएर मेरो काम ठीकठाक चलिरहेको छ ।”
तर, प्रशासनिक तगारा पन्छाउनु नै नयाँ सरकारअन्तर्गत हिन्दू मनोभावनामाथि चोट पुग्ने सम्भावना चिर्न सक्ने मनग्य आधार बनेको थिएन ।
एक दिन उनलाई प्रहरीले पत्रकारको भेषमा फोन गरे । “उनीहरूले मलाई फलाना फलाना हिन्दू सङ्गठनका प्रमुखलाई भेट्न भने”, मुसलमान बाहुल्य रहेको मेरुतको उनको घरमा मलाई सुनाए ।
अर्कोदिन गेरु वस्त्रधारी केही मानिसहरू उनको कारखानामा आए । “उनीहरूसँग कोही पशुचिकित्सक पनि थिए । उनीहरूले आफू अनुमगनमा आएको भने । तर, त्यो डरलाग्दो अवस्था थियो”,उनले भने ।
“मेरो कारखानामा मैले पशुबधको काम नै बन्द गरिसकेको थिएँ । त्यसकारण पशुचिकित्सकहरू साथमा ल्याउनुको कारण पत्ता लगाउन सकिनँ”, उनले भने ।
त्यसको केही समयपछि त हिन्दूवादी सङ्गठनका मानिसहरू उनको कारखानामा आउँथे, नाराबाजी गर्थे र कारखानामा अवैध गतिविधि हुने गरेको आरोप लगाउन थालेको कुरेशीले भने ।
कुरेशीलाई त्यस्ता आरोप लगाउनेमध्ये एकजना मान्छेलाई मैले भेटेको थिएँ । उनको नाम रवीन्द्र गुर्जर । उनले आफू सन् २०१५ सम्म बहुजन समाज पार्टीको सदस्य भएको बताए । त्यसपछि उनी भाजपामा सामेल भए । उनले आफू जनसङ्ख्या समाधान प्रतिष्ठानको उपसभापति भएको कुरालाई बारम्बार दोहो¥याए । त्यो प्रतिष्ठानले दुई सन्तान नीति लागु गर्न सरकारलाई दबाब दिँदै आइरहेको छ ।
गुर्जरले मेरुतका मासु कारखाना बन्द गराउन आफ्नो सक्रियता गौरवका साथ भन्छन् । “ती सबै गैरकानुनीरूपमा सञ्चालनमा थिए । ती कारखाना बन्द गर्न हामी जिल्ला प्रशासन कार्यालयमा धर्ना बस्यौँ, कारखानामा पुगेर विरोध ग¥यौँ, कारखाना जाने बाटो बन्द ग¥यौँ, उनीहरूलाई कार्वाहीको माग गर्दै हङ्गामा ग¥यौँ”, उनले भने ।
गुर्जरको कार्यक्रमले परिणाम दियो । कम्तीमा कुरेशीको कारखानाको सन्दर्भमा उनका गतिविधि प्रभावकारी बन्यो ।
सन् २०१८ मा स्थानीय प्रशासनले कुरेशीको कारखानाको लागि आवश्यक कुनै योजना नभएको भन्दै बन्द गर्ने सूचना जारी ग¥यो । कुरेशीले तत्कालै २० लाख भारु धरौटी बुझाएर मेरुत विकास प्राधिकरणमा निवेदन दर्ता गरे ।
दुई महिनापछि सन् २०१९ मा मेरुत विकास प्राधिकरणले नै उनको कारखानामा ताला ठोक्यो । “मैले किन त्यसो गरियो भनी सोधेँ । मैले प्राधिकरणमै निवेदन दिएको थिएँ । मैले निवेदनसँगै पैसा पनि दाखिला गरेको थिएँ”, उनले सम्झे, “मैले सरकारको अनुमतिमा वैधानिकरूपमा व्यापार गरिरहेको थिएँ । मैले सरकारलाई नियमित कर पनि तिरिरहेको थिएँ ।”
मेरुत विकास प्राधिकरणका वर्तमान अधिकारी विपिन कुमारले कुरेशीको कारखाना पुग्ने सहज बाटो नभएकोले उनको कारखाना बन्द गर्न लगाइएको स्पष्टिकरण दिए । “मानिसहरू आफूविरुद्ध लागेको उजुरी खारेज गर्न निवेदन दिन्छन् । तर, उनीहरूले आवश्यक शर्त भने पूरा गर्दैनन्”, उनले भने ।
कारखाना खोल्ने हतारोमा कुरेशीले भारतीय जनता पार्टीमा सामेल बन्ने निधो गरे । उनले भाजपाको अनलाइन सदस्यता फारम भरे । “मैले सरकारलाई साथ सहयोग गर्न आफू उत्सुक रहेको”, उनले भने । तर, त्यो उपायले पनि काम गरेन ।
कुरेशीको शब्दमा हिन्दू भिजिलान्ते समूहको दबाबमा उनलाई सदस्यता पनि दिइएन । “कोही पनि सरकारी अधिकारी उनीहरूको विरोधमा जाने हिम्मत गर्दैनन्”, उनले भने,“हिजोआज त आफ्नो नामको पछाडि ‘हिन्दू’ उपनाम राख्नेहरू पनि धेरै छन् ।”
सिङ्गो सञ्जाल
वास्तवमा हिन्दू विचारधाराको कोणबाट आदित्यनाथ सरकारअन्तर्गत उत्तर प्रदेशमा सबै कुरामा फलिफाप भइरहेको देखिन्छ । सत्तारुढ भारतीय जनता पार्टीको वैचारिक सङ्गठन राष्ट्रिय स्वयम्सेवक सङ्घले आफ्नो सञ्जाल व्यापकरूपमा पैmलाइसकेको छ । त्यसका साथै हिन्दू युवा बाहिनीजस्ता स्वतन्त्र सङ्गठनको प्रभाव पनि उत्तर प्रदेशमा जताततै भेटिन्छ । हरेक जिल्लामा बनेका धेरै सङ्ख्यामा साना सङ्गठनहरूको गन्ती गर्न पनि गा¥हो छ ।
उत्तर प्रदेशको एक जना वरिष्ठ प्रहरी अधिकारीले ‘धार्मिक मुद्दामा सही निर्णय गर्न नै गा¥हो भएको’ गुनासो गरे । “खासमा आरएसएसले समाजको सबै क्षेत्रमा अभिभावकको जस्तो भूमिका खेलिरहेको छ”, उनले भने ।
विशेषतः धर्म परिवर्तनको विषयमा प्रहरी हिन्दू विचारधाराअनुसारको निर्णय गर्न बाध्य भएको बताए उनले भने ।
धर्म परिवर्तनमाथि हिन्दू भिजिलान्तेहरूको हमला बढेसँगै अन्तरधार्मिक प्रेम पनि शिकार बनाइएको छ । हिन्दू सर्वोच्चतावादीहरू अन्तरधार्मिक पे्रमलाई ठुलो दुःखको रूपमा लिन्छन् । हिन्दू महिलालाई धर्म परिवर्तन गराउन विवाह गर्दा मुसलमानहरूले धर्म लुकाउने गर्छ भन्ने हिन्दूवादीहरूको सोच नै ‘लभ जिहाद’ हो । आदित्यनाथ सरकारअन्तर्गत सफल धेरै त्यस्ता अभियानमध्ये लभ जिहाद बन्द गराउने अभियान पनि एउटा हो ।
हिन्दू जागरण मञ्चको मुजफ्फपुर एकाइका अध्यक्ष नरेन्द्र पानवरले सन् २०१७ यता आफूले २४ जना हिन्दू महिलालाई मुसलमान केटाको जालमा फस्नबाट जोगाएको बताए । “हिन्दू केटीलाई फसाउन खोज्ने सबै केटालाई जेल पठाइयो”, पेशाले कारको लागि ऋण दिने एजेन्ट उनी आरएसएससम्बद्ध सङ्गठनका कार्यकर्ता हुन् । “यो सब योगी आदित्यनाथको कारण सम्भव भएको हो”, उनले थपे ।
“पहिला प्रहरीले यस्ता विषयमा हाम्रा उजुरी सुन्दैनथ्यो । अहिले हामीलाई प्राथमिकताका साथ व्यवहार गर्ने गर्छन् । चौकीमा हामीलाई सम्मानपूर्वक व्यवहार गर्छन् । यस्ता विषयमा अनुसन्धान पनि तत्काल हुने गरेको छ”, उनले भने ।
आदित्यनाथ सरकारले फेब्रुअरीमा धर्मपरिवर्तनसम्बन्धी कानुन पारित ग¥यो । त्यसले अन्तरधार्मिक विवाहलाई अपराध ठहर ग¥यो । हिन्दू भिजिलान्ते समूहको निम्ति त्यो कानुन बलियो हतियार बन्यो ।
राँगाको मासु कारखाना बन्द गराउने कामले सलिम अहमेद कुरेशीका मासु कारखाना बन्द गर्ने भिजिलान्तेहरूलाई हौस्याउनेबाहेक अरु केही उपलब्धि दिएन । “यसो हेर्दा मानिसहरूले राँगाको मासु खान छोडेको जस्तो भान पार्छ । तर मानिसहरू लुकीछिपी घरमै वा जङ्गलमा राँगा काटेर मासु खाइरहेका छन्”, कुरेशीले भने । “तर, केही मान्छेले आफ्नो राजनीतिक भविष्य बनाउन वैधानिक व्यापार बन्द गराएका छन् । सबै सरकारी संरचना त्यस्ता व्यापारमाथि खनिएर त्यसलाई ध्वस्त बनाएका छन्”, उनले थपे ।
आदित्यनाथ सत्तामा आएपछि हासिल भएका उपलब्धिप्रति हिन्दूवादी समूहले गौरव गरेका छन् । उनीहरू यसको प्रभाव उत्तर प्रदेशका सडकमा देखिएको दाबी गर्छन् । “अघि हामीले गाईलाई कसैले रोटी खुवाउँदै गरेको देख्नुहुन्नथ्यो”, हिन्दू युवा बाहिनीका नेता तोमारले भने,“अहिले यति धेरै गाई छन् कि मानिसहरू तिनलाई गौशालामा लान भनिरहेका छन् ।”
अर्को प्रभावशाली हिन्दू दक्षिणपन्थी सङ्गठन विश्व हिन्दू परिषद्का सह महासचिव राजकुमार डुङ्गरले पनि यसमा सहमति जनाए । “यसअघि गाई मार्दाको उजुरी दर्ता गर्न हामीले प्रहरी चौकी घेरा लगाउनुपरेको थियो”, उनले भने,“अहिले सन् २०१७ यता त्यसो गर्नुपरेको छैन । सूचना पाउना साथ कार्वाही हुने गरेको छ । कार्वाही पनि यति कडा हुने गरेको छ, दोषीले फेरि त्यो गल्ती गर्ने हिम्मत गर्दैैन ।”
स्रोत : स्क्रोल डट आइएन
नेपाली अनुवाद :सुमन
Leave a Reply